बालिका बचाऔं

बारा जिल्ला जितपुर सिमरा उपमहागरपालिकाकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलत्कार पछि विभत्स हत्या भयो । हराएको तीन दिनमा छिमेकीको खाली घरमा शव फेला प¥यो । २०८३ साउन ३१ गते बिहानदेखि हराएकी गरिमाको २०८३ भदौ २ गते मात्रै शव भेटिएको थियो ।
गरिमा चौधरीको बलत्कार र हत्याको घटनाले सबै आमाबुवालाई झस्काएको छ । आफ्ना कोपिला नानीहरुलाई कसरी सुरक्षित राख्ने र हुर्काउने भन्ने चिन्ताले सताएको छ । यो घटनाले देशभरि बालिका बचाउने बारेमा गम्भीर बनाएको छ । देशमा बालिकाहरुको सुरक्षाको विषय निकै गम्भीर छ भन्ने देखाएको छ । आमाबुवाले ध्यान दिँदा दिँदै बालिकाहरु सुरक्षित छैनन् । अबोध बालिका जसलाई केही कुरा नै थाहा छैन उनलाई फकाइफुलाई अपहरण गरेर एकान्तमा लगी बलत्कार पछि हत्या हुनुले बालिकाहरुको सुरक्षाको चिन्ता निकै बढाएको छ । बालिकाहरु दिनदाहडै मारिनु, अपहरणमा पर्नु, बेचिनु,बलात्कृत हुनु जस्ता घटनाहरुले बालिकाहरु सुरक्षित छैनन् भन्ने देखाएको छ । यसले समाजमा अपराध कर्मको कमी हुन नसकेको,कुनै पनि अपराधीले अपराध गरेपछि अपराधीले पाएको सजायबाट समाजका अन्य मानिसहरुले पाठ सिकेर अपराध कम गर्न नसकेको, समाजले अपराधलाई प्रश्रय दिइरहेको, सुरक्षा निकायहरुले अपराध हुनुभन्दा अगावै सतर्कता अपनाउन नसकेको,राज्य नै बालिका जोगाउन असफल भएको देखाएको छ ।
समाजमा बालिकाहरुलाई कस्तो प्रकारको व्यवहार हुन्छ भन्ने पनि यो घटनाले देखाएको छ । आजका फूल भोलिका कोपिला । यही कोपिलालाई चुँडेर सक्ने अपराधीको प्रवृति । यही प्रवृतिको मारमा परेका तमाम बालिकाहरु समाजमा सुरक्षित हुन नसक्दा बालिकाहरुको विकास र संरक्षण हुन सकेको छैन । एक वर्षमा १५ सय भन्दा बढि १५ वर्ष मुनिका बालिकाहरु बलात्कृत हुने एक अध्ययनले देखाएको छ । यहाँ बलत्कार मात्रै होइन हत्या नै हुन्छ । बलत्कारको घाउ बोकेर जीवन जीउन बाध्य नानीहरुको सामाजिक,मानसिक विकास हुन गाह्रो छ । घरभित्र र घरबाहिर बालिकाहरु सुरक्षित छैनन् । आफन्तीहरुबाटै पटक पटक हिंसामा पर्ने,नजिकका भनिएका छिमेकीहरुबाट नै बालिकाहरुले हिंसा सहनु पर्ने आफ्नो शरिरको राम्रोसँग ख्याल गर्ने उमेरसम्म पनि नपुगेका बालिकाहरुमाथि दूव्र्यवहार हुने,हत्या हुने घटना रोकिएका छैनन् । बालिकाहरुमाथिको हिंसा रोक्नु पर्ने सबैको दायित्व हो । बालिकाहरुको सुरक्षामा सबैको गम्भीर ध्यान जानु पर्दछ ।
घर परिवारमा महिला जातिको सुरक्षा तथा संरक्षण गर्ने प्रशिक्षण दिनु पर्दछ । पाठ्यक्रममा महिला हिंसा के हो ? बालिका हिंसा केहो र यो रोक्न के के गर्नुपर्छ भनेर सिकाइनु पर्दछ । अपराधीहरुलाई कानुन अनुसार दण्ड सजायको भागीदार बनाउनु पर्दछ । कैयौं अवस्थाहरुमा बलत्कार जस्तो फौजदारी अभियोग लागेका घटनाहरुलाई आपसी सहमति समाधान गर्ने जस्तो परिपाटी हाम्रो समाजमा रहेको छ । यसले अपराध कर्ममा रमाउने अपराधीहरुलाई थप हौसला मिलेको हुन्छ । जे गर्दा पनि हुने आफुलाई कुनै नियम कानुनले नछुने ठानेर अपराधीको मनोविज्ञान बढ्दछ ।
कतिपय अवस्थामा महिलाहरुमाथि हुने गरेका हिंसाहरुको घटनामा पद,पैसा र शक्तिले अपराधीलाई संरक्षण गरेको छ । समाजमा यस्ताखाले प्रवृतिले महिला हिंसालाई प्रश्रय दिएको छ । बालिका माथिको हिंसालाई प्रोत्साहन गरेको छ । बालिकाहरुलाई बचाउन सरकार, संगठन, समाज,सदन तथा सडकबाट पुरै ध्यान पु¥याउनु पर्दछ । बालिकाहरु बचाउन सरकारको प्रमुख दायित्व हो । सरकारले बालिकाहरुमाथि अपराधकर्म हुन नदिने,भएमा कारबाहीको दायरामा ल्याउने, पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्ने,अपराध कर्म गर्नेलाई कानुन अनुसार सजायको भागीदार बनाउने र थप घटना हुन नदिन सजगता अपनाउनुका साथै सचेतना फैलाउने काम गर्नु पर्दछ ।
बालिका बचाउन संगठनहरुको महत्वपूर्ण भूमिका हुन्छ । संगठनहरुले जनचेतना फैलाउने कार्य गर्नु पर्दछ । समाज नै बालिकाहरुको सुरक्षामा प्रमुख दायित्व हुन्छ । समाज सचेत भएमा बालिका जोगाउन सकिन्छ । आवश्यक परेमा कानुनमा नै निर्माण गर्नु पर्दछ । सडकबाट बालिका ब
चाउन अभियान चलाउनु पर्दछ । घटना भइसकेपछि र घटना हुनु अगावै अपनाउनु पर्ने विधिहरुको बारेमा सचेततापूर्वक सडकबाट आवाज उठाएर सम्बन्धित निकायलाई जिम्मेवार बनाउनु पर्दछ । बालिकाहरु बचाउन सबैको ध्यान जाओस । बालिकाहरुको अपराधीको हातबाट ज्यान गुमाउन नपरोस् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित