टेकहरि न्यौपाने
हे आलु तँ निकै रैछस चालु
माटोबाट निकाले तँलाई
बोरा भित्र हालु कि नहालु
बोरा भित्र अलि दिन राखौं
भने पनि सुख छैन
भटाभट कुहिन थाल्छस् ।
तँ चतुर निकै रैछस चालु
तँलाई भुईमा खुलै छाडौं
भने पनि यत्रतत्र फैलिन्छस्
अलि दिन यस्तै राखौं भने पनि
सुख छैन आफै बोइलिन्छ्स
काटेर सुकाउँ भने पनि खोईलिन्छस्
आखिर तँ आलु होस् जहाँ पनि
जसकोमा पनि जस्तोमा पनि फैलिन्छस्
सबै जसोको भान्सामा सुटुक्क छिर्छस
नाना भाँतीका थरीथरीका नाम राखेर
निकै उत्ताउलो बनेर गिर्छस
कतै आलु पालक, कतै पालक पनिर
कतै आलु परौंठा, कतै दम आलु
कतै मुस्ताङे आलु, कतै आलु गोबी
कतै आलु चिप्स, कतै आलु फ्राई
कतै आलु सिन्कि, कतै आलु टमाटर
कतै फ्रेन्च फ्राई कतै ब्रोकाउली र आलु
हे आलु कति थरीथरीका नाम राख्छस्
तँ कुहिएको आलु कति बेसरम भएर गिर्छस्
लाजै नमानेर इण्डियातिर छिर्दछस्
अमेरिका तिर पनि छिर्छस
कहिले एमसीसीको मतियार बनेर गिर्छस्
कहिले व्याख्यात्मक टिप्पणी भन्दै हिंड्छस्
कहिले पानी जहाज र रेल भन्दै हिंड्छस ।
नेपाललाई बिगार्ने काम गर्छस्
सिंहदरबारमा आगो लगाउँछस्
अड्डा अदालतमा आगो लगाउँछन् ।
युवाहरुलाई विदेशतिर भगाउछस्
यती मात्र कहाँ हो र फ्रि तिब्बत भन्दै आउँछन्
रोहगिंया र अलकाइदासँग रमाउँछस्
जनतालाई महंगी र कर लगाउँछस्
यत्रतत्र भाँडो भैलो चलाउँछस् ।
वेइमान र विदेशीको गोटी बनेर
हिंड्दैमा भैदैन हेर आलु सिपालु
हे आलु त निकै नै रैछस् बेइमान चालु
हेर है त विदेशीको गोटी रैछस्
आखिर तैले जति भ्रमको खेती गरे पनि
सबैले चिनिसके तेरो असली नाम
आखिर कुहिएको आलु नै होस् त
जति सुकै बनेपनि सिपालु
तेरो असली रुप र नाम हो
कुहिएको विषालु आलु ।
सिंगापुर पनी भाग्न भ्याउने
झोले र चम्चेहरु देखेपछि
उही पुरानै दम्भ आउने
अझै पनि म आलु दम हुँ
भन्नलाई भ्याउने
हे लाजै नभएको तँ
कुहिएको आलु
अझै पनि छु भन्छस् सिपालु
तेरो असली रुप र नाम हो
कुहिएको विषालु आलु ।

