क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल भोटेकोशी बाढी प्रभावित क्षेत्रको  निरिक्षण तथा अध्ययन समितिको प्रतिवेदन

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल भोटेकोशी बाढी प्रभावित क्षेत्रको  निरिक्षण तथा अध्ययन समितिको
प्रतिवेदन
यहि २०८३ साल भाद्र १० गते विहान ८ः४५ बजे तिब्बतको भोटेकोशी नदीमा भिषण बाढी आई हाम्रो पार्टी संरचनाको आठ नम्बर व्यूरो अन्तरगत रसुवा, नुवाकोट, धादिङका साथै त्रिशुली नदी आसपासका सयौं बस्ती तहसनहस पार्नुका साथै हजारौं मानिसको ज्यान लिएको घटनालाई हाम्रो पार्टीले गम्भिर रुपमा लिएको छ । यस दुःखद घटनामा परि ज्यान गुमाउनु हुने हजारौं जनता प्रति भावपूर्ण श्रद्धाञ्जली तथा मृतकका आफन्त प्रति गहिरो समबेदना व्यक्त गर्दैपार्टी केन्द्रको २०८३ भाद्र ११ गते बसेको कार्यालयको बैठकले स्थायी समिति सदस्य क.राजवीरको संयोजकत्वमा आठ नम्बर व्यूरो इञ्चार्ज क. सरोज, व्यूरो सेक्रेटरी क. विश्वास, के.स.तथा रसुवा जिल्ला ईञ्चार्ज क. बसन्त, नुवाकोट सेक्रेटरी क. प्रशिद्ध र धादिङ का.स क.अदृष्य सहितको एक निरिक्षण तथा अध्ययन समिति गठन गरि सात दिन भित्र अध्ययन प्रतिवेदन बुझाउने निर्णय गरेको थियो । सो समितिले निर्धारित समय भित्र आप्mनो अध्ययन पुरागरी आफ्नो राय सहितको  प्रतिवेदन कार्यालयमा पेश गरेको छ ।
१) समितिको बैठकः 
२०८३ भाद्र १२ गते समितिको बैठक बसी निम्न बमोजिमको कार्ययोजना तय ग¥यो–
क) प्रभावित क्षेत्रमा पार्टीको उपस्थिती देखाउन राहत, उद्धार र अवलोकन सहित जाने,
ख) उद्धारको लागि क.प्रशिद्धको नेतृत्वमा क. अदृष्य र सम्भव भए सम्म केन्द्रीय र स्थानीय युवा स्वयमसेवकहरु समेत परिचालन गर्ने,
ग) बाढीबाट विस्थापित भएकाहरुलाई केहि राहत उपलब्ध गराउन क. सरोजले सम्पर्क मञ्चका कमरेडहरु संग समन्वय गर्ने,
घ) प्रभावित क्षेत्रमा अवलोकन र सम्बन्धित विभिन्न निकाय संग समन्वय गर्नको लागि क. सरोज र क. विश्वासको टोलि आवागमनको सम्भाव्यता हेरि नुवाकोट, रसुवा र धादिङ जिल्ला जाने,
ञ) व्यूरो संग कुनै आर्थिक श्रोत नभएकोले पछि सोधभर्ना गर्ने गरि आर्थिक व्यवस्थापन व्यूरो ईञ्चार्जले गर्ने ।
२) बाढी प्रभावित क्षेत्रमा भ्रमणः
क) भाद्र १३ गते विहान सम्पर्क मञ्चका कमरेडहरु संग राहत तथा उद्धारको लागि छलफल भयो,
ख) उद्धार टोलि युवा स्वयमसेवक क. आकाश सहित विहानै आप्mनो कार्यक्षेत्र तिर प्रस्थान ग¥यो,
ग) अवलोकन टोलिमा क. सुदर्शन थप भै तिन जना दिउँसो नुवाकोटको लागि प्रस्थान ग¥यो ।
३) प्रभावित बस्तिको विवरण
क) बाढीले सबैभन्दा बढी प्रभावित रसुवा जिल्लाको गोसाइंकुण्ड, आमाछोदिङमो, कालिका र उत्तरगया गा.पा.का कूल २१ बस्तिहरु पुरै बगाएको जानकारी भयो । बेत्रावतीमा पुल बगाएको र सिमुटारमा सडक कटान भएकोले तत्काल त्यता जान सकिने अवस्था रहेन,
ख) नुवाकोटको विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाऊँपालिका र किस्पाङ गाऊँपालिकाका ३० वटा बस्तिहरु प्रत्यक्ष प्रभावित भएको पाइयो ,
ग) धादिङ का गल्छी, गजुरी, बेनीघाट रोराङ र शिद्धलेक गाऊँपालिकाका १६ वटा बस्तिहरु प्रत्यक्ष प्रभावित भएको पाइयो ।
४) क्षतिको विवरण
क) भौतिक क्षतिः
अ) रसुवा जिल्लामा १८०० निजि घर, २८ सार्वजनिक निकाय, ८ सामुदायिक विद्यालय, १४ बैंक तथा वित्तिय संस्था, १ पेट््रोल पम्प, ८ जलविद्युत आयोेजना, ९ पक्की पुल, १० झोलुगे पुल र ४१ किमी सडक क्षति भएको जानकारी भयो ।
आ) नुवाकोट जिल्लामा ४००० निजि घर, ८ सार्वजनिक निकाय, ११ सामुदायिक विद्यालय, २४ बैंक तथा वित्तिय संस्था, १ पेट््रोल पम्प, ३ जलविद्युत आयोेजना, र ४ किमी सडक क्षति भएको जानकारी भयो
इ) तुलनात्मक रुपले कम क्षति भएको धादिङ जिल्लामा १५०० निजि घर, १४ सार्वजनिक निकाय, १० सामुदायिक विद्यालय, ५  वित्तिय संस्था, १ पेट््रोल पम्प, १ जलविद्युत आयोेजना, ५  पक्की पुल, ९ झोलुंगे पुल र कृष्ण भिर लगायत १५ ठाउँमा सडक क्षति भएको पाइयो ।
ख) मानवीय क्षतिः
अ) रसुवा जिल्लामा हाल सम्म उद्धार गरिएका १२५० जना, बेपत्ता २१३०, मृतक १३३ पुगेको छ ,
आ) नुवाकोट जिल्लामा हामी पुग्दा सम्म उद्धार गरिएका २५०० जना, बेपत्ता ४७७, मृतक ५१ पुगेको छ ,
इ) धादिङ जिल्लामा प्रत्यक्ष प्रभावित ४७७, उद्धार गरिएका ५०० जना, बेपत्ता १४७, मृतक ९ र ५९ शव प्राप्त भएको छ ,
ग) पार्टी पंक्तिमा पुगेको क्षतिको आंकलन
पार्टी पंक्तिमा पुगेको क्षतिको आंकलन गर्दा रसुवामा हाइडोपावरमा कार्यरत एकजना पार्टी सदस्य भागदौडमा सामान्य घाइते भएको, नुवाकोट देवीघाटमा जिल्ला सेक्रेटरी क.प्रशिद्धको घर र सम्पत्ति पूर्ण क्षति भएको, धादिङ मलेखुमा मजदुर मोर्चामा आवद्ध दुईजना श्रमिकको डेरा डुवानमा परि सामान नोक्सान भएको र धादिङ कृष्णभिर नजिक ३ घर सुकुम्बासी परिवार जोखिममा रहेको पाइएको छ ।
५) राहत उद्धार सम्बन्धि सरकारका गतिविधिः
राहत तथा उद्धारमा सरकारी प्रयास हाल सम्म उद्धारमा मात्र सिमित देखिएको छ । बटार स्थित सैनिक क्याम्पमा सरकारी र निजि क्षेत्रका हेलिकप्टरहरु तैनात छन् र बाढी प्रभावित व्यक्ति, घाइतेहरुको उद्धार भैरहेको देखिन्छ । नुवाकोटमा थुप्रिएको राहत सामाग्री दुई मिनेटको हवाइ दुरीमा रहेको त्रिशुली बजार सम्म पनि ओसारीएको देखिएन । बरु विभिन्न ओहदाका सरकारी नेताहरु प्रभावित क्षेत्र अवलोकन भन्दै हेलीकप्टरमा ओहोर दोहोर गरेको देखियो ।  सडक मार्गले छोएको एकमात्र प्रभावित जिल्ला, सैनिक क्याम्प र उद्धार स्थल भएको कारणले बाढीमा फसेका र वेपत्ता भएका स्वदेशी विदेशीका हजारौं आफन्तहरु बटार बजार र विदुरमा अस्तव्यस्त छरिएर रहेको अवस्थामा बजारभाउ पसलै पिच्छे फरक छ भने बासी खानेकुराहरु यत्रतत्र पाईन्छ ।
६) होल्डीङ सेण्टरहरुको अवस्था
रसुवामा ७, नुवाकोटमा १५ र धादिङ मा २ वटा होल्डीङ सेण्टरहरुमा करिब ४४०० पिडीत आश्रय लिएर बसिरहेका छन् । होल्डीङ सेण्टरमा सरकारी उपस्थिति र खाद्य सुरक्षाको अवस्था सुन्य देखियो । स्वतःस्फुर्त विभिन्न संस्थाहरुले आफु खुसी विभिन्न खाद्य अखाद्य बस्तुहरु वितरण गरि रहेका छन् र प्रभावितहरुको घाउमा नुनचुक छर्कंदै सामाजिक सञ्जालमा पोष्ट गरि रहेका छन् ।
७) बाढी प्रभावित क्षेत्रमा अन्य राजनीतिक पार्टीहरु
राहत तथा उद्धारमा राजनीतिक पार्टीहरुको भूमिका कतै देखिएन, न त स्थानीय सर्वदलीय संयन्त्र नै बनेको देखियो । हामी अमुक पार्टीको भनेर राहत तथा उद्धारमा कुनै समुहको उपस्थिति छैन । न त कुनै जिम्मेवार पार्टीका नेताहरु नै प्रभावित ठाउँमा देखिए ।
८) राहत र उद्धारमा स्थानीय निकायको सकृयता
स्थानीय निकायको सकृयता राहत तथा उद्धार कार्यमा देखियो । खोज तथा उद्धार र होल्डिङ सेण्टरलाई व्यवस्थित गर्ने कुरामा नुवाकोट देवीघाटका वडाध्यक्ष लिलानाथ न्यौपाने र गल्छी वडा नं.६ का वडाध्यक्ष दीपक कुमार कार्की प्रत्यक्ष प्रभावित क्षेत्रमा खटेको पाइयो । तर पिडित पहिचानमा केहि कमजोरी भएको गुनासाहरु सुन्नमा आएको छ ।
९) बाढी प्रभावित क्षेत्रमा पार्टीले खेलेको भूमिका
क) प्रसाशनीक हस्तक्षेप
भाद्र १३ र १४ गते नुवाकोटमा प्रमुख जिल्ला अधिकारीलाई भेटेर दुई मिनेटको हवाइ दूरी त्रिशुली बजारमा चौथो दिन पनि राहत नपुगेको, हेलीकप्टर नेताहरु घुमाउने साधन भएको, होल्डिङ सेण्टरमा अनुगमन नभएको, स्थानीय जनप्रतिनिधि र राजनीतिक दललाई सूचना सम्पर्क नभएको, बजार अनुगमन नगरिएको विषयमा दवावमूलक कुराकानी भएको, नुवाकोट रेडक्रसका बाढीमा परेर पनि बाँन्न सफल मन्त्रि उद्धव रिजाल, सभापति हरि श्रेष्ठबाट र अन्य मानवीय संस्थाहरु संग भेटघाट गरि प्रभावकारी उद्धार र राहत व्यवस्थापन सम्बन्धि छलफल भएको थियो ।
भाद्र १४गते रसुवाको प्रभावित क्षेत्रमा समितिका सदस्य क. बसन्तले निरिक्षण गर्नु भएको र आवश्यक निर्देशन दिनुभएको थियो । रेडक्रस रसुवाका सभापति बाबुलाल तामाङ संग राहत व्यवस्थापन र जिल्लाको बस्तुगत अवस्थाको बारेमा कुराकानी भयो ।
भाद्र १५ गते समिति सदस्यहरु क. सरोज र विश्वास बाट धादिङ को प्रभावित क्षेत्र गल्छीबाट शुरु गरि कृष्णभिर सम्मको निरिक्षण कार्य सम्पन्न भयो । सोहि क्रममा गल्छी क्षेत्रमा अवस्थीत पार्टी सदस्य र शुभचिन्तकहरु संग भेटघाट भयो । बाढी प्रभावित क्षेत्र बैरेनीका वडाध्यक्ष कार्की संग फोनमा छलफल भयो । जिल्ला प्रसाशनका सूचना अधिकारी विजन ढकाल संग सम्पर्क गरि राहत वितरणमा पारदर्शिता नभएको, बैरेनीमा खानेपानीको अभाव रहेको र राजमार्ग सुचारु गर्ने सम्बन्धमा दवावमूलक सुझाव दिइयो । गजुरीमा रेडक्रस सभापति दुर्लभ कुमार तामाङ संग जिल्ला भरको क्षति र उद्धार र राहत सम्बन्धि छलफल भयो ।
ख) उद्धार
समितिको सदस्य क. प्रशिद्ध, सदस्य क.अदृष्य र क. आकाशको नेतृत्वमा १३ गते देखि नै बाढी प्रभावित देवीघाट बजारमा उद्धार कार्यक्रम सञ्चालन भयो । उद्धार कार्यमा १४ गते क.सुदर्शन र १५ गते क. ढुण्डीराजको नेतृत्वमा स्थानीय युवाहरु समेत जोडीनु भयो र थप उद्धार कार्यको लागि १७ गते क. आकाशको नेतृत्वमा थप पाँच जना युवाहरुको टोली प्रभावित क्षेत्र पुगिसकेको छ ।
ग) राहत
नुवाकोट काठमाण्डौं सम्पर्क मञ्चका अध्यक्ष क. बसन्त, क. सुरेश, क. उद्धव क. विक्रम सहितको सकृयतामा काठमाण्डौमा लत्ता कपडा, चाउचाउ, विस्कुट, दालमोठ, पाउरोटी, कुकीज लगायतका खाद्य सामग्रीहरु संकलन गरि प्रभावित क्षेत्रका वडाध्यक्ष लिलानाथ न्योपानेलाई हस्तान्तरण गरियो ।
१०) पार्टीका आगामी कदमको लागि सुझाव
यस विपदको घडीमा हाम्रो क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले निम्न कदमहरु चाल्नु पर्ने देखी सिफारिस गरिएको छ
क)हाम्रो पार्टीले अधिकतम पारदर्शी राहत व्यवस्थापनको लागि सरकारलाई दवाव दिनु पर्ने,
ख) अन्य राजनीतिक दलहरु संग भेटघाट गरि उनिहरुको हौसलालाई माथी उठाउँदै उद्धार र राहत कार्यमा जनताको सहभागिता बढाउनु पर्ने,
ग) चार दलीय संयुक्त मोर्चालाई संयुक्त रुपमा परिचालित गराउनु पर्ने,
घ) पार्टीको आन्तरिक श्रोत र अन्य शुभचिन्तकहरुबाट राहत संकलन गरि प्रभावकारी रुपले सरकार र पिडित पार्टी सदस्य र शुभचिन्तकहरु सम्म पुयाउनु पर्ने ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रको निरिक्षण तथा अध्ययन समिति
१) संयोजक क. राम सिंह श्रीस “राजवीर “ पार्टी स्थायी कमिटि सदस्य,
२) सदस्य    क. रमेश पौडेल “सरोज “ पार्टी ८ नं.व्यूरो ईञ्चार्ज
३)  ,, क. अमृत अधिकारी “विश्वास “ पार्टी ८ नं. व्यूरो सेक्रेटरी
४)  ,, क. बद्री चापागाई “ बसन्त “ पार्टी रसुवा जिल्ला ईञ्चार्ज
५)  ,, क. अर्जुनलाल श्रेष्ठ “ प्रशिद्ध “ पार्टी नुवाकोट जिल्ला सेक्रेटरी
६)  ,, क. राजेन्द्र कोइराला “ अदृष्य “ पार्टी धादि जिल्ला का.स.
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित