लेखनाथ पौडेल
राम्रा गाउँ पहाडबाट झरने झर्ना निकै सुन्दर ।
शिर् शिर् वायु चलेर मन्द गतिले पार्ने निकै मोहित ।।
सिञ्चन् गर्न त हो सुसज्जित वनी चुम्बन् लिँदै वादल ।
झुक्ने शैल हिमाल चुस्त गतिले पैरेर निलोत्पल ।।१
फुल्छन् फूलहरू निकै चहकिला वेली चमेली खुवै ।
वास्नादार सुगन्धितै मखमली सौ पत्रीका ती सबै ।।
कोएली वनकुञ्जमा कुहुकुहू चीवे चमेरा धरि ।
भुल्ने मीष्ठ फलादिको रस पिई वन्मा रमाई चरी ।।२
प्राकृत् सुन्दरता निकै गहकिलो आनन्द–दायक् हुने ।
गर्मी धेर् नहुने शितोष्ण रहने ज्यादै मजाको हुने ।।
अर्गानिक् सव पाइने दुषित क्यै शङ्का नगर्दा भयो।
रोग्व्याधी पनि कम् हुने छ सजिलो वस्दा र खाँदा छ जो।।३
छोड्दै छन् तर गाउँ आज किन हो प्रश्नै वन्यो आखिर?
निर्धक्कै सँग दिन्छ उत्तर त क्वै “मान्छे बन्यो शौखिन“!
रित्ता छन् घर मात्र हैन जमिनै वाँजा वने के भयो ?४
झाडी मात्र जता ततै छ वहुतै लस्कर् छ वाँदर् वढ्यो ।
गावै जङ्गलकै निवास सरि भो तस्कर् वढे त्रास भो ।।
मान्छे सून्य छ झैं भएर किनहो? थोत्रा घरै मात्र भो ।
प्रश्नै यो थपियो निचोड कुन हो जिम्मा छ कस्को नि यो ?५

