आउनुहोस् एकताको झण्डामुनि

किसन बहादुर वि.क.

सामाजिक परिवर्तनका लागि आवाज उठाउने हरू समाज परिवर्तन आफैँ हुँदैन। समाजमा रहेका अन्याय, विभेद, शोषण, कुरीति र गलत प्रवृत्तिविरुद्ध आवाज उठाउने साहसी व्यक्तिहरूको निरन्तर प्रयासबाट सकारात्मक परिवर्तन सम्भव हुन्छ।सामाजिक परिवर्तनका लागि आवाज उठाउने हरू कुनै व्यक्ति वा समूहको व्यक्तिगत विरोधकालागि होइन, समानता, न्याय, अधिकार र सम्मानको पक्षमा उभिएका हुन्छन्। उनीहरूले समाजमा दबिएका, पछाडि पारिएका र आफ्नो अधिकारबाट वञ्चित भएका मानिसहरूको आवाजलाई अगाडि ल्याउने काम गर्छन्।
तर सामाजिक परिवर्तनको बाटो सजिलो हुँदैन। सत्य बोल्दा आलोचना, विरोध र विभिन्न चुनौतीहरू सामना गर्नुपर्छ। यस्तो अवस्थामा पनि धैर्य, विवेक र सकारात्मक सोचका साथ अघि बढ्नु आवश्यक हुन्छ। प्रतिशोध वा व्यक्तिगत बदला होइन, विचार, चेतना र संगठन मार्फत परिवर्तन ल्याउनु नै वास्तविक सामाजिक संघर्ष हो।आजको आवश्यकता एक–अर्कालाई कमजोर बनाउने होइन, हातेमालो गर्दै समाजलाई अझ न्यायपूर्ण, समान र सभ्य बनाउने हो। त्यसैले सामाजिक परिवर्तनका लागि आवाज उठाउने प्रत्येक व्यक्तिले सत्य, न्याय र मानवताको पक्षमा दृढ भएर अघि बढ्नुपर्छ।समाज बदल्ने शक्ति हाम्रो चेतना, एकता र सकारात्मक संघर्षमा छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित