बेङ्गलोर , भारत । भोटेकोशी – त्रिसुली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरू प्रति अखिल भारत नेपाली एकता समाज, बेङ्गलोर दक्षिण नगर समितिले एक कार्यक्रम आयोजना गरी श्रद्धाञ्जली अर्पण गरेको छ । श्रद्धाञ्जली कार्यक्रम १३ सेप्टेम्बर २०२६ मा बेङ्गलोरको प्रसिद्ध शहर टाउन हलमा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन हुनुभन्दा पहिले विद्यार्थी प्रतिभा सरिता बिन्दु ज्योतिले नेपालीहरुको गौरवमय झण्डाको चित्र बनाएर हल सिङ्गारिएको थियो । नेपालमा २६ अगस्ट २०२६ (२०८३ भाद्र १०) मा रसुवाको भोटेकोशी – त्रिसुली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण नेपाली नागरिकहरू प्रति कार्यक्रममा उपस्थित सहभागीहरूले मौन धारण तथा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा नेपालमा भएको यस दुःखद घटनाप्रति अखिल भारत नेपाली एकता समाज केन्द्रीय उपाध्यक्ष किसन बहादुर बि.क. ले गहिरो दुःख व्यक्त गर्दै पीडित परिवार तथा प्रभावित सम्पूर्ण नेपालीहरूप्रति ऐक्यबद्धता र सहानुभूति प्रकट गरेको थियो। सभामा वक्ताहरूले विपत्तिको यस कठिन घडीमा एक–अर्काप्रति सहयोग, सहकार्य र मानवीय संवेदना कायम राख्नुपर्नेमा जोड दिएका थिए। साथै, दिवंगतहरूको सम्झना सधैं जीवित राख्दै पीडित परिवारहरूसँग साथ र ऐक्यबद्धता कायम राख्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। कार्यक्रममा सहभागी अखिल भारत नेपाली एकता समाज केन्द्रीय महिला बिभाग का महिला दिदि बहिनी क्षेत्रीय नगर बिभाग का महिलाहरु अखिल भारत नेपाली बिध्यार्थी संघका केन्द्रीय क्षेत्रीय नगर संघका बिध्यार्थी भाइबहिनीहरू नेपाली समाज भारत का सबैको उपस्थित रहेको थियो। यसरी सम्मान र ऐक्यबद्धताको भावनाका साथ श्रद्धाञ्जली सभामा उपस्थित भई ऐक्यबद्धता जनाउनु हुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा संस्थाका शुभेच्छुक तथा कर्नाटका पुलिसले राम्रो सुरक्षा दिएकोमा आयोजक समितिले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
Comments

