मूल्य र मान्यता

–गंगा पौडेल
मूल्य भनेको कुनै वस्तु विचार वा व्यवहारलाई कति महत्वपूर्ण,उचित,राम्रो वा सम्मान योग्य मानिन्छ भन्ने आधार हो । उहाहरणका लागि सत्य इमानदारी न्याय समानता र स्वतन्त्रता मानवता र सहयोगलाई हामी सामाजिक तथा नैतिक मूल्यका रुपमा लिन सक्छौं ।
मान्यता भनेको कुनै व्यक्ति वा समुदायले सही उचित वा स्वीकार्य ठानेर विश्वास र व्यवहारमा अपनाएको धारणा,नियम वा चलन हो । समाजमा लामो समयदेखि प्रचलित केही संस्कार परम्परा रीतिरिवाज र सामाजिक विश्वास मान्यताका उदाहरण हुन् ।
मूल्य मान्यताको सम्बन्ध
सरल भाषामा भन्नुपर्दा ः
१. मूल्यले हामीलाई के राम्रो र महत्वपूर्ण ? भन्ने सिकाउँछ ।
२.मान्यताले त्यसलाई कसरी स्वीकार्ने र व्यवहारमा उतार्ने ? भन्ने बाटो देखाउँछ ।
३. मूल्य मान्यताले व्यक्ति परिवार र समाजको आचारण,सम्बन्ध र संस्कारलाई दिशा दिन्छ ।
४. असल मूल्य मायताले शान्ति ,सद्भाव सहयोग न्याय ,समानता र सामाजिक एकता बढाउँछ ।
तर सबै पुराना मान्यता असल हुन्छन् भन्ने छैन ।मानव सम्मान,समानता,न्याय र स्वतन्त्रता विरुद्धका कुरीति तथा अन्धविश्वासलाई समयअनुसार सुधार वा परिवर्तन गर्नु पर्छ । नेपालाका विविध धार्मिक ,साँस्कृतिक र सामाजिक मान्यताहरुलाई सम्मान गर्दै सकरातक पक्षको संरक्षण र हानिकारक पक्षको सुधार गर्नु उचित हुन्छ ।
निश्कर्षमा मूल्य भनेको जीवनमा हामीले महत्वपूर्ण र असल ठानेका सिद्धान्त हुन् भने मान्यता भनेको ती सिद्धान्त तथा विश्वासलाई समाजले स्वीकार गरी व्यवहारमा अपनाउने तरिका हुन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित