सत्कर्म भनेको के हो ?

गंगा पौडेल
सत्कर्म भनेको आफ्नो स्वार्थ मात्र हेरी सत्य,न्याय, मानवता, करुणा र जिम्मेवारीको भावनाबाट गरिने असल काम हो । सत्कर्म ठूलो काम मात्र होइन । दैनिक जीवनमा गरिने सानो राम्रो व्यवहार पनि सत्कर्म हुन सक्छ ।
सत्कर्मका केही उदाहरण
० सत्य बोल्नु र इमान्दार हुनु ।
० दुःखमा परेकालार्य सक्दो सहयोग गर्नु ।
० वृद्ध बालबालका ,अशक्त तथा असाहइप्रति सम्ममान र सहयोग गर्नु ।
० कसैलाई अन्याय शोषण वा दुःख नदिनु ।
० आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नु ।
० प्रकृति ,पशुपन्छी र वातावरणको संरक्षण गर्नु ।
० गल्ती भए स्वीकार गर्नु र सुधार गर्न प्रयास गर्नु ।
० अरुको सफलता देखेर ईष्र्या नगरी प्रोत्साहन गर्नु ।
आफ्नो ज्ञान सीप वा समय अरुको हितमा प्रयोग गर्नु ।
जात धर्म ,लिंग वर्ग वा विचारका आधारमा मानिसलाई भेदभाव नगर्नु ।
सत्कर्मको वास्तविक मूल्य
सत्कर्म प्रसंशा वा पुरस्कार पाउनकालागि मात्र गरिने काम होइन । कसैले नदेखे पनि सही काम गर्नु नै सत्कर्मको उच्च रुप हो ।
“अरुलाई दुःख नदिनु आफुले सकसम्म अरुको ददुःख घटाउनु र सत्य तथा न्यायको पक्षमा उभिनु नै सत्कर्म कोमूल भावना हो ।”
यस अथृमा सत्कर्मले व्यक्तिको चरित्र निर्माण गर्छ सम्बन्ध बलियो बनाउँछ र समाजमा विश्वास शान्ति तथा मानवता बढाउँछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित