काठमाडौं । नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा पहिलो दिन नै समकक्षी भारतीय अर्थमन्त्री निर्मला सितारमणसँगको भेटवार्तामा भारतको मात्र झण्डा देखिएको र नेपालको झण्डा नदेखिएको दृश्यले भारतीय शासकहरुको हेपाहा प्रवृत्ति र कठपुतली सरकारको दास मनोवृत्ति उजागर भएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले बताउनु भएको छ । २०८३ असोज ३ मा प्रवक्ता सुदर्शनले एक पे्रस–वक्तव्य जारी गरी सो धारणा राख्नु भएको हो । पे्रस–वक्तव्य यस पञ्कार छ –
“नेपालको कठपुतली सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा पहिलो दिन नै समकक्षी भारतीय अर्थमन्त्री निर्मला सितारमणसँगको भेटवार्तामा देखिएको दृश्यले हाम्रो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । भ्रमणको कार्यसूचि नेपाल–भारत आर्थिक सम्बन्ध, लगानी उर्जा, कनेक्टिभिटी (सम्पर्क तथा सम्बद्धता) र बाढीपछिको पुनर्निर्माण राखिएको भएतापनि भारतीय अर्थमन्त्रीसँग भेटवार्ताको कक्षमा भारतीय राष्ट्रिय झण्डा राखिनु र नेपालको झण्डा नराखिनु भारत सरकारको नेपाल र नेपाली जनताप्रतिको अपमान हो भने यो दृश्य आँखा चिम्लेर भेटवार्तामा बस्नु नेपालका अर्थमन्त्रीको आफू कठपुतली तथा राष्ट्रघाती भएको सावित गर्नु हो । उल्लेखित कार्यसूचीका नाममा र भारतीय सहयोगको वाहानामा देशका साधनश्रोतहरु बेच्ने र देशको अस्तित्वमाथि खेलवाड गर्ने काम गर्न नदिन देशभक्त जनसमुदाय, नागरिक समाज र राजनीतिक पार्टीहरुलाई सचेत रहन आह्वान गर्दै भारतीय शासकहरुको हेपाहा प्रवृत्ति र कठपुतली सरकारको दास मनोवृत्तिको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । ”
Comments

