क्रान्तिकारी महिला संगठन नेपालको बर्दिया जिल्ला भेला सम्पन्न

गुलरिया । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपालको बर्दिया जिल्ला को प्रथम भेला २०८३–६–५ गते सम्पन्न भएको छ । सो प्रथम भेलाले छाँया श्रेष्ठ (कमरेड सरिता)को नेतृत्वमा १५ सदस्य जिल्ला कमिटी निर्बिरोध चयन गरेकोे छ । भेला छाँया श्रेष्ठ (कमरेड सरिता ) को अध्यक्षतामा सम्पन्न भएको छ । सो भेलाको प्रमुख अतिथि कमला खड्का (कमरेड कर्णाली) हुनुहुन्थ्यो भने अतिथि पार्टी केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला ईन्चार्ज कमल राज रोकाया (कमरेड बिपिन क्षेत्री )र पार्टी केन्द्रीय सदस्य दिल बहादुर कठायत (कमरेड भुकुम्प ), बर्दिया पार्टी जिल्ला सचिव कमरेड बिनय राना र र राष्ट्रिय थारू मुक्तिमोर्चाका जिल्ला संयोजक कमरेड विशाल थारू हुनुहुन्थ्यो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित