काठमाडौ । मिति २०८३ असोज १७ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा जिल्लास्तरीय प्रशिक्षणत्मक भेला सम्पन्न भएको छ। प्रशिक्षण भेलालाई प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले उद्घान गर्नुु भएको थियो । सम्बोधन गर्दै हाम्रो देश अर्धसामन्ती अर्ध औपनिवेशिक र खास गरेर औपनिवेशिक अवस्थामा रहेको र देशको अर्थ राजनीतिक व्यवस्था दलाल पुँजीवादी रहेको हुँदा देशमा नयाँ जनवादी क्रान्ति अपरिहार्य रहेको बताउनुभयो। वर्तमान राजनीतिक अवस्थालाई विश्लेषण गर्दै जेन्जी आन्दोलनको नाममा साम्राज्यवादी र विस्तारवादीहरूले प्रायोजित षड्यन्त्रबाट सत्ता कब्जा गरेको र वर्तमान सरकार साम्राज्यवादी र विस्तारवादी शक्तिहरूको कठपुतलीको रूपमा काम गर्दै गएको, द ग्रेजोन पत्रिकाको रिपोर्टले पुष्टि भएको बताउनुभयो । देश गम्भीर संकटतर्फ गुज्रिरहेकोले प्रमुख अतिथि नेपालीले सम्पूर्ण देशभक्त जनतान्त्रिक, वामपन्थी , बुद्धिजीवी लगायत आम जनता सबैलाई सचेत रहन आह्वान गर्नुभयो । कार्यक्रमलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पोलिट ब्युरो सदस्य तथा ५ नम्बर ब्युरो इन्चार्ज नरेन्द्रबहादुर थापाले पनि सम्बोधन गर्नुभएको थियो। भेलाले आगामी मङ्सिरसम्म जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ भेलामा ज्ञात अज्ञात सहिदहरूप्रति एक मिनेट मौन धारण गरिएको थियो। कार्यक्रम क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला सेक्रेटरी राजेन्द्र नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो।

