फासीवादकाविरुद्धमा चार वामपार्टी

काठमाडौं । विगत तीन वर्षमा कांग्रेसको गिरिजा शासनले देशमा फैलाएको हत्या, आतंक, महंगीबाट नेपाली जनता आतंकित भएका छन् । देशमा फासिवादी गिरिजा चरित्र हावी हुँदै गइरहेको अवस्थामा फासिवादलाई परास्त गर्न ने.क.पा. (मसाल) लगायत संयुक्त जनमोर्चा नेपाल (वैद्य), नेकपा (मालेमा) कम्युनिस्ट लीग,संयुक्त रुपमा आगामी आन्दोलनमा जाने भएका छन् ।
सजमोका लीलामणि पोखरेल र घनश्याम शर्मा, नेकपा (मसाल) दीनानाथ शर्मा, मालेमाका सिताराम तामाङ र नन्दकुमार प्रसाई, कम्युनिस्ट लिगका शम्भुराम श्रेष्ठद्वारा हस्ताक्षरित संयुक्त वक्तव्यमा भनिएको छ–“वर्तमान मध्यवधि चुनावको सन्दर्भमा नेपाली कांग्रेसको फासिवादी गिरिजा चरित्रलाई परास्त गर्नु आजको अपरिहार्य आवश्यकता भएको छ। त्यसका लागि सबै वामपन्थी र देशभक्त जनतान्त्रिक पार्टीहरु बीच व्यापक एकताको आवश्यकता महशुस गर्दछौं । त्यसका लागि सबै देशभक्त जनतान्त्रिक र वामपन्थी बीच साझा सहमति कायम गरी संयुक्त रुपमा आन्दोलनमा अघि बढ्न आह्वान गर्दछौं भनिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित