अग्निधर चन्द बोहोराद्वारा लिखित ‘जीवन भार कि उपहार’ पुस्तकको   विमोचन

बुटवल । लेखक अग्निधर चन्द बोहोराद्वारा लिखित ‘जीवन भार कि उपहार’ पुस्तक असोज १८ मा  विमोचन गरिएको छ । पुस्तक विमोचन कार्यक्रममा सहभागीहरूले जीवनलाई उपहारका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो ।

आत्मजीवनीपरक निबन्ध सङ्ग्रहका रूपमा बोहोराले ‘जीवन भार की उपहार’ पुस्तक लेख्नुभएको हो । पुस्तक विमोचन गर्दै लेखक तथा विश्लेषक प्रा .डा. गीतु गिरीले पुस्तकमा जीवनका आरोहअवरोह समावेश गरिएको भन्दै यसले जीवनलाई भारभन्दा उपहारका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएको बताउनुभयो ।

लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष ऋषि आजादले मानव जीवन विसङ्गत मात्र ह‌ैन, अस्तित्वबाेधकाे साथ आफ्नाे मूल्य खाेज्नुपर्ने धारणा पस्कनु भएकाे थियाे । आजादले जीवन भार हैन,याे ब्रह्मण्डभित्र संयाेगले पाएकाे सृष्टिकाे सुन्दर र महत्वपूर्ण उपहार हाे भन्दै कृतिमा रहेकाे लेखकीय उक्ति व‌ैचित्र्यकाे प्रशंसा गर्नु भएकाे थियाे । प्राध्यापक ऋषिराम भुसालले पुस्तकमाथि समीक्षा गर्दै पुस्तकमा पाैराणिक, साँस्कृतिक बिम्बहरु प्रयाेग गरिएकाे छ । उखान तुक्काकाे प्रयाेग भएकाे छ । क्षेत्रीय भाषामा रहेका शब्दहरु पर्याप्त आएका छन् । कृति तुलनात्मक रूपमा शुद्ध छ भन्नुभएको थियो । हाँक  साप्ताहिकका कार्यकारी सम्पादक रामबहादुर बुढाले बोहोराजीको यस पुस्तकबाट नेपाली साहित्यको आत्म कथा विधामा एउटा नयाँ इँटा थपिएको बताउनुभयो । प्रगतिशील लेखक सङ्घका राष्ट्रिय परिषद सदस्य डि.आर. सङ्घारले लेखक तिक्त उपेक्षितको यस कृतिले वर्गीय पक्षधरतालाई पक्रिएको बताउनुभयो ।शिक्षक तथा साहित्यकार देव सिह सेनले लेखकलाई बधाई दिदै लेखकसित आगामी दिनमा सहकार्य गर्ने अपेक्षा व्यक्त गर्नु भयो ।

प्रगतिशील लेखक सङ्घ नेपाल, रुपन्देहीको आयोजना तथा साहित्य परिषद् प्युठान र प्रगतिशील लेखक सङ्घ प्युठानको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

गुल्मीको अग्लुङफेदीमा रहेर जीवनयापन गरिरहनुभएका  बोहोरा साहित्यिक रूपमा ‘तिक्तोपेक्षित’ नामले परिचित हुनुहुन्छ ।उहाँको यस निबन्ध सङ्ग्रहमा ३५ वटा निबन्ध समेटिएका छन् । यसअघि उहाँका ‘भीरपाखाका सुसेली’ कथा सङ्ग्रह र ‘जनजागृतिको कोसेली’ कविता सङ्ग्रह प्रकाशित छन् ।

लेखक अग्निधर चन्द बोहोराले पुस्तक विमोचनमा बोल्दै प्रस्तुत पुस्तकमा अभिव्यक्त अनुभव कैयौ नेपालीहरुको पनि कथा हो भन्नु भयो । कलाकार सरिता चन्दले स्वागत गीत गाउनु भएको थियो । कार्यक्रममा बाबु आमा जीवित हुँदा नै उहाँहरूको सेवा,सुसार र माया गरौँ, मरेपछिको कर्मकाण्ड भन्दा जीवित हुँदाको सेवा नै उत्तम हो भन्ने भावमा यदु लामिछानेले लोक भाकामा गीत प्रस्तुत गर्नु भएको थियो ।

लेखक चन्दमा शिक्षण पेशा, निजामति सेवा,वैदेशिक राेजगार,राजनीति, पत्रकारिताकाे अनुभव छ ।
कार्यक्रममा समीक्षकहरूले साहित्यिक साधनाकाे माध्यमबाट लेखकका अझै निखार परिस्कृत कृतिहरु आउने आशा व्यक्त गर्नु भयाे ।लेखक तिक्ताेपेक्षितले सामाजिक यथार्थकाे धरातलमा टेकेर रूढि संस्कार विरुद्ध प्रगतिशील दृष्टिकाेण प्रस्तुत गर्नु भएकाे छ । कृतिमा बाल्यकालदेखि आजसम्म अनुभव गरिएका बालापन, प्रारम्भिक शिक्षा, जन्मभूमिप्रतिकाे गहन स्मरण, अग्लुङ् आसपासकाे प्राकृतिक छटा,जीवनमा भाेग्नु दु:ख, सङ्घर्ष, बुढेसकालकाे पढाइ,मातृशाेक पितृशाेक, पत्रकारिता यात्रा, दाम र नाम बिचकाे भावनात्मक द्वन्द्व, आँसु र त्यसकाे मा‌न सन्देश, घरायसी व्यवहार, व‌ैचारिक बहस, शत्रु र मित्रुकाे मूल्याङ्कन, समाजमा रहेकाे खुट्टा तान्ने प्रवृत्ति, परिवर्तनप्रतिकाे हुटहुटी, अविकास, अमानवीय छुद्र र सङ्कीर्ण प्रवृत्ति, शाेषण, अपमान, असमानता,छुवाछुत, हिंसा आदि विषयमा गहन विश्लेषण गर्नु भएकाे छ । याे कृति अद्याेपान्त सामाजिक,साँस्कृतिक सुधारकाे सन्देशकाे केन्द्रीयतामा टेकेर अघि बढेकाे छ ।
कार्यक्रममा शिक्षाविद् दलबहादुर गुरुङ्, अन्टार्टिकामा पुग्ने पहिलाे नेपाली भुवनसिंह विश्वकर्मा,लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका महासचिव पुरुषाेत्तम पाण्डेय, केन्द्रीय सदस्य सरु ज्ञवाली, साहित्यकार उद्वव देवकाेटा, प्रलेस केन्द्रीय सदस्य श्याम पाेखरेल,साहित्यकार नारायण प्रसाद भण्डारी, मदाने फर्निचरका सञ्चालक केदारचन्द्र भुसाल, कान्तिपुर टेलिभिजनका संवादाता घनश्याम गाैतम, नेपाल टेलिभिजनका संवादाता केशव भण्डारी, युवा पत्रकार नरेश केसी सङ्गीतकार यदु लामिछाने, गायक सरिता चन्द, डा.रेवतीरमण पाैडेलको उपस्थिति थियाे ।
कार्यक्रमकाे अध्यक्षता कृष्ण गाउँलेले गर्नु भएकाे थियाे भने सञ्चालन  माधव पौडेलले गर्नु भएकाे थियाे ।
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित