क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय सल्लाहकार समितिको  बैठक सम्पन्न

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय सल्लाहकार समितिको  बैठक सम्पन्न भएको छ । गोविन्द सिंह थापाको अध्यक्षता र सचिव कमल चौधरीको सञ्चालनमा  बैठक सम्पन्न भएको हो ।

बैठकमा प्रमुख अतिथिको रुपमा कार्यवाहक महासचिव हरिभक्त कँडेल प्रतीक र विशिष्ट अतिथिको रुपमा स्थायी समिति सदस्य सीताराम तामाङले पार्टीका समसामयिक नीति तथा कार्यक्रम, संगठन र संघर्षका योजनाका बारेमा कुरा राख्नुभएको थियो । त्यसपछि सल्लाहकार समितिका सदस्यहरु समितिका अध्यक्ष, सचिव लगायत बैठकमा उपस्थित १० जना सल्लाहकारहरुले पार्टीलाई सुझाब दिनुभएको थियो ।
पार्टीका स्थायी समितिका सदस्य सीताराम तामाङले दिएको जानकारी अनुसार उपलब्ध सल्लाहकारहरुको बैठकमा सल्लाहकारहरुले संशोधनवादी, अवसरवादी र संसदवादीहरुसँग संयुक्त मोर्चा निर्माण गर्न नहुने, जनतामा देखिने खालका कार्यक्रमहरुले लिएर जनतामा जानुपर्ने र सल्लाहकार समितिको बैठक कम्तिमा तीन महिनामा एकपटक नियमित रुपमा राख्नुपर्ने र सक्रिय रुपमा काम गर्न सक्ने सदस्यहरुलाई जिम्मेवारी दिएर पनि परिचालन गर्नुपर्ने लगायतका सुझाबहरु राख्नुभएको थियो ।
बैठकमा कार्यवाहक महासचिव प्रतीकले असारदेखि अहिलेसम्मका पार्टीका सम्पूर्ण सर्कुलर, राजनीतिक दस्तावेजहरुका बारेमा ब्रिफिङ गर्नुभएको थियो । उहाँले अहिले पार्टी सुदृढीकरणको अभियानमा रहेको र त्यसपछि शुद्धीकरणको अभियानसँगै पार्टीलाई नयाँ ढंगले संघर्षमा लैजाने कुरा राख्नुभएको थियो । बैठकमा पार्टीले चलाएको आर्थिक अभियानमा आआफ्नो ठाउँ र अवस्थाबाट सहयोग गर्न आग्रह गरिएको थियो । सल्लाहकारहरुले पार्टीको आर्थिक, सुदृढीकरण र शुद्धीकरण अभियानलाई पूर्ण रुपमा सफल बनाउन सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित