२५ असोज, काठमाडौं । बूढीगण्डकी नदीमा विनाशकारी बाढी आएको छ । बूढीगण्डकीमा आएको बाढीपबाट चार जना सम्पर्कविहीन भएका छन् ।
उङगिलुङ खोला किनारका चार वटा गोठ, १५ वटा याक र नाक बगेका छन् भने पशुको हेरचाहमा बसेका चार जना सम्पर्क विहीन भएका छन् । कालो लेदोसहितको बाढीले पक्की पुल र बजारहरुमा समेत क्षति पुर्याएको छ । बाढीले पुर्याएको क्षतिको पूर्णविवरण आउन बाँकी छ ।
Comments

