नवलपुर । भौतिकवादी समाज नेपाल, नवलपुरको बैठक असोज १८ गते डण्डामा सम्पन्न भएको छ । बैठकले आगामी प्रशिक्षण, जनभेटघाट लगायतका कार्यक्रम तय गरेको छ ।बैठक संयोजक पूर्णप्रकाश विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यस समितिमा प्रेमनारायण न्यौपाने,लोकप्रसाद भूत्याल,,सोम नेपाली,बागवीर सुनार ,टेक राज भुसाल,मुना लम्साल,रामराज पण्डित,सरला खनाल,प्रेम गैरे ,किशोर गैरे,माया श्रेष्ठ,गोपाल गिरी लगायत हुनुहुन्छ । बैठकका अवसरमाभौतिकवादी समाज नेपालका केन्द्रीय सल्लाहकार किसन शर्मा र हाँक साप्ताहिकका कार्यकारी सम्पादक राम बहादुर बुढा लगायतले भौतिकवादी चिन्तनको महत्वबारे बोल्नुभएको थियो ।भौतिकवादी समाज नेपाल, नवलपुरको स्थापना २०८३ जेष्ठ १९ गते स्थापना भएको थियो ।
Comments

