चेन्नई, महेन्द्र बस्याल– कालिगन्डकी गाउपालीका वार्ड नंबर ४ जुखुम, पुर्तिघाट, गुल्मी जिल्ला निवासी डिल बहादुर परियारका ४२ बर्षीय छोरा नर बहादुर परियार (नरू) दिनांक १७ नोभेम्बर २०२६ का दिन विहान चेन्नईको नुंगाम्वाक्कम एरियामा चक्कुले गहिरो संग घाटी रेटेर मरेको अबस्थामा फेला परे पछि पोलिस प्रशासनिक चेकजाच चलिरहेको छ। नर बहादुर परियार (नरू) तेजेन्द्र थापाजीको सेकुरीटी सर्भिसमा पहिला पनि काम गरेको र यसपटक पनि महेन्द्र बस्याललाइ काम लगाइ दिनुस भनेर बिन्ती गरे पछि तेजेन्द्रले सल्लाह गरेर गुल्मी बाग्लुङ ट्रावल बस द्वारा चेन्नई पठाउनु भएको थियो। निज नरू १५ नोभेम्बर २०२६ का दिन चेन्नई आइ पुगेका रहेछन। निज नरूको मानसिक सन्तुलन सामान्य जस्तो नभएको कुरा संगै आउने साथिहरू बताउछन। १६ नोभेम्बर २०२६ का दिन थापा सेकुरिटीमा जईन भएर डिउटी बसेको समयमा मलाइ सन्चो भएन लिन आउनुस भने पछि थापा सेकुरिटी ईन्चार्ज तुरंत गएर आफु बस्ने रूममा लिएर आराम गर्न भने छन। साँझ पख धेरै आत्तीए जस्तो गरे पछि मैलापूरमा रहेका गोविंद बि क संग झाँक्री फुक फाक गराउन लगेछन। गोविंदले बुटी बादिएर झारफुक गरेर पठाइ दिएछन। त्यस पछि ईन्चार्जले रूममा लगेर आराम गर्न भनेछन। थापा सेकुरटी ईन्चार्ज बस्ने रूममा छतमा एउटा कोठा रहेछ उक्त कोठामा ईन्चार्जले सुनिल, सुजन र नरू लगायत ४ जनालाइ सुत्ने ब्यबस्था मिलाइ दिएर आफु तल सुतेछन। १७ को विहान ५.३० बजे ४ जना मध्ये एक जना उठेर ड्युटी गएछन। त्यस पछि विहान ६.१० मा ईन्चार्जले २ जनालाइ गाडीमा राखेर ड्यूटी लगेर गएछन। त्यती बेला सम्म नरू सुतेकै थिए रे। बिहान करिब ७.१० बजे औषधी लिन भनेर तल सुतेको साथी माथी जादा त नर बहादुर परियार (नरू) पातलो दावे जस्तो चक्कुले गहिरो संग घाँटी रेटेर रगताम्मै भएको अबस्थामा देखे पछि तुरंत सेकुरिटी ईन्चार्जलाइ बोलाएछन। बचाउन सकिन्छकी भनेर सबै मिलेर एम्बुलेंस बोलाउनी काम भएछ। एम्बुलेंस आएर चेक जाँच गरे पछि मरिसकेको जानकारी दिएर गएछ। त्यस पछि तुरंत नुंगाम्वाक्कम पोलिस प्रसाशनलाइ जानकारी गराउने काम भएछ। उक्त घटनाको जानकारी अखिल भारत नेपाली एकता समाज र मूलप्रवाहलाइ पनि गराए पछी एकता समाजका केन्द्रीय सदस्य तथा चेन्नई उत्तर नगर अध्यक्ष उमानन्द आचार्य, मूल प्रवाहका चेन्नई उत्तर नगर अध्यक्ष गोपाल बिक लगायत घटनास्थलमा उपस्थितभई घटनाक्रमको जायजा लिनुका साथै पोलीस प्रशासन संग मिलेर १७ तारिकका दिन दिनभरी फोरेन्सिक चेकजाचका साथै लामा झाँक्री गराउने र संगै कोठामा सुत्ने साथीहरू संग पूछताछ गर्ने काम भएको थियो। परिवारलाइ पनि जानकारी गराउने काम भएको थियो। नरूका घरमा २ छोरी र श्रीमती रहेछन भने निजका भाइ होम बहादुर परियार चेन्नईमा नै काम गर्दा रहेछन निज होम बहादुरको उपस्थितमा पोस्टमार्टम गराउने काम भएको थियो। निज नरूको गला गहिरो गरी काटीएको हुँदा आत्माहत्या हो या होईन भन्नको लागि पोस्टमार्टम रिपोर्ट लगायत फोरेन्सिक ल्याव रिपोर्ट नआउदा सम्म घटना पोलिस प्रशासनले छानमिन जारी राख्ने निर्णय गरेको छ। त्यस पछि १८ नोभेम्बर २०२६ का दिन परिवारको सहमतिमा आफन्तजन, थापा सेक्युरिटी ईन्चार्ज सरोज थापा, अखिल भारत नेपाली एकता सामाजका केंद्रीय सदस्य उमानन्द आचार्य, क्षेत्रीय सदस्य प्रेम आचार्य, महिला ईन्चार्ज कल्पना थापा, मूल प्रवाह चेन्नई उत्तर नगर अध्यक्ष गोपाल बिक, चन्द्र बहादुर थापा, क्षेत्रीय सदस्य कासीराम आचार्य, लोकेन्द्र पौडेल, राजेश बिक, लगायतका साथीहरूको उपस्थितीमा दिनांक १८ नोभेम्बर २०२६ का दिन निज नरू परियारको नुंगमवाक्म संससानघाटमा दाहसंस्कार गरिएको छ। खास गरी उमानन्द आचार्य जी र गोपाल बिक जीले यो घटनामा सकृयतापूर्वक काम गर्नु भएको छ। धन्यवाद छ वहाहरूलाइ। घटनाको जानकारी गराउनु तेजेन्द्र थापा जीले पनि मलाई नेपाल बाट फोन गर्नु भएको थियो।
चेन्नईमा नेपाली मजदूरहरूले अकालमा जीन्दगी गुमाउने विभिन्न माध्यम अपनाउने गरेका छन। कतिपयले पासो लगाएर आत्महत्या द्वारा जीन्दगी समाप्त गरेका छन भने कसैले गलारेटेर आत्महत्या गर्न पनि खोजेको देखीदै छ। कतिपय ट्रेन यात्रामा डिप्रेशन भएर हराउने, रेलबाट खसेर मर्ने पनि गरेका छन। कतिपय मानसिक सन्तुलन गुमाउने र आत्महत्याको बाटो रोज्ने गरेको पनि पाइएको छ। यो शिलशिला जारी रहने हो भने चेन्नईमा धेरै मजदूरहरूको जीन्दगी जान सक्छ। हामी सबैले आत्महत्याका घटनाक्रम लाइ न्युनिकरण गर्न सक्दो कोशीस गर्न जरूरी छ। अखिल भारत नेपाली एकता समाजले हरेक समय यी बिषयलाइ प्रशासन र जनता समक्ष लेख रचना , अनलाइन कार्यक्रम र जनभेटघाट द्वारा चेतनामूलक कार्यक्रम गर्दै आएको छ।

