कमल राज राेकाया. ‘बिपिन’
दश वर्षिय महान जनयुद्धको अन्त्य गरेर २०६३ मङ्सिर ५ गते तत्कालीन सरकार र नेकपा (माओवादी) प्रचण्ड ,बाबुराम, बीच कथित सम्पन्न शान्ति सम्झौता नेपाली राजनीतिक इतिहासले एउटा दु:खद र लज्जास्पद आत्मसमर्पणकाे मोड लिएकाे थियो। यो केवल दशवर्षे ऐतिहासिक जनयुद्धको अन्त्य गर्ने साम्राज्यवाद,बिस्तारवाद र घरेलुु दलाल प्रतिक्रियावादीहरूले नेपाली मुक्तिकामी जनताले आर्जेकाे र बिश्वभरी स्थापित गरेकाे क्रान्तिकारी माओवादी पार्टी , प्याराे जनमुक्ति सेना , जनसत्ता , जनअदालत धाेष्त पारेर आफ्नो साम्राज्य खडा गर्नु थियाे ।त्याे सम्झौता नेपालमा राज्यको संरचना, राजनीतिक प्रणाली र सामाजिक सम्बन्धमा परिवर्तनको ढोका खोल्ने ऐतिहासिक सहमति थिएन। याे आत्मसमर्पण कथित प्रचण्ड , बाबुराम , सम्झौताले युद्धरत माओवादी पार्टीलाई शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा ल्याउने नाममा जनसत्ता बिघटन गर्नु ,जनअदालत बिघटन गर्नु , जनमुक्ति सेना बिघटन , गर्नु , मात्रै थिएन ।
नेपाली क्रान्तिकारी जनता काे मुक्तिकाे लागि लड्दै आएकाे सिङ्गो माओवादी पार्टीलाई नै अन्ततः बिघटन गर्नु थियाे । संविधानसभाको निर्वाचन र राज्यको पुनर्संरचनाको प्रक्रिया अघि बढिसकेपछि। अन्ततः राजतन्त्रको अन्त्य,भैसके पछि जनताको जनगर्णतन्त्र नेपाल ( जनवादी राज्य ब्यवस्था ) हुने ठाउँमा प्रतिक्रियावादी साशक हरूले र केही माओवादी भन्ने हरूले संघीय लाेकतान्त्रिक गणतन्त्र काे मन्त्र नेपाली जनतामा छरेर लुटतान्त्रिक ब्यबस्थाकाे बाटाे अंगालेर आज हाम्रो देश र नेपाली जनतालाई नाङ्गो बनाइरहेका छन् । संघीय जनगणतन्त्र स्थापना र जनताकाे जनमुखी संविधान निर्माणजस्ता ऐतिहासिक उपलब्धि हासिल गर्नु पर्ने ठाउँमा यहाँ त साम्राज्यवाद र बिस्तारवादकाे तलु बनेर सिङ्गो देश र उत्पिडीत नेपाली जनतालाई ठुलाे खाल्डोमा फसाइयाे ।
आज २० वर्षको समयलाई त्यतीखेरका माओवादी भन्ने लम्पसार बिदेशीका तलुहरूले केवल राजनीतिक उपलब्धिको सूची बनाएर दलाल प्रतिक्रियावादी सत्ताकाे लुछाचुडि र कुर्चि आसिनमा तछाड मछाड मै सिमित देखिए । हामीले परिकल्पना गरेको सामाजिक, आर्थिक, राजनितीक र सांस्कृतिक रूपान्तरण अझै अधुरै छ। द्वन्द्वपीडितले सत्य, न्याय र परिपूरण पाउन सकेका छैनन्। बेपत्ता नागरिकको अवस्था अझै अनिश्चित छ। सहिद, घाइते, अपाङ्गता भएका योद्धा र द्वन्द्व प्रभावित परिवारका अपेक्षा सम्बोधन हुन सकेका छैनन्। आज दुःखद पक्ष त सिङ्गो माओवादी आन्दोलन काे गद्दारी बिभाजन र पलायन ले परिवर्तनको नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल स्वयं आफ्ना प्रतिबद्धताअनुसार परिस्थिति बन्दा बन्दै पनि आत्मगत स्थिति लाई बलियाे र सुदृढ गरेर अघि बढ्न सकेकाे छैन ? जनयुद्धका क्रममा र शान्ति प्रक्रियामा प्रवेश गरेपछि माओवादी नेतृत्वले नेपाली जनतासामु असाधारण समृद्धिको सपना बाँडेको थियो। दस वर्षभित्र नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक मध्ये अग्रस्थानमा पुर्याउने र बीस वर्षमा स्विट्जरल्यान्ड जस्तै बनाउने प्रतिबद्धता सार्वजनिक गरिएको थियो। तर व्यवहारमा उत्पादन, रोजगारी, आर्थिक आत्मनिर्भरता र जनताको जीवनस्तरमा अपेक्षित परिवर्तन त्यहीँ गद्दारी र पलायनका कारणले नै ल्याउन सकेन। बरु सत्ता, शक्ति र सुविधाको वितरणमा आफ्ना परिवार, निकटस्थ र चाकडी गर्ने सीमित घेरालाई प्राथमिकता दिएर गम्भीर आलोचना स्थापित हुँदै गयो। जनयुद्धमा जीवन समर्पण गर्ने इमानदार कार्यकर्ता, सहिद परिवार, घाइते योद्धा र परिवर्तनको आशा बोकेका आम जनताका सपना एकातिर रहे, सत्ताको वरिपरि सीमित व्यक्तिहरूको जीवनशैली र अवसर अर्कैतिर पुग्नुले आन्दोलनप्रतिको विश्वास कमजोर बनायो।
२०८२ भदौ २३/२४ गतेको जेनजी विद्रोहले भ्रष्टाचार, कुशासन, राजनीतिक बेथिति र नेतृत्वप्रतिको असन्तुष्टिबाट उठेको युवा आक्रोशलाई सामान्य असन्तुष्टिका रूपमा मात्रै लिन मिल्दैन। तर त्यसपछिका आगजनी, तोडफोड, सार्वजनिक तथा निजी सम्पत्तिको विनाश र राज्यका महत्त्वपूर्ण संरचनामाथिको आक्रमणले अर्को गम्भीर प्रश्न पनि खडा गर्यो। राज्यको दमनबाट निर्दोष युवाहरूको ज्यान जानु र त्यसपछि भएका विध्वंसकारी गतिविधिहरू दुवै दुःखद र गम्भीर विषय हुन्। जनताको वास्तविक असन्तुष्टिलाई सम्बोधन गर्नुको सट्टा त्यसको आवरणमा परिवर्तनका ऐतिहासिक आधारलाई कमजोर पार्ने कुनै पनि प्रवृत्तिले आधुनिक प्रतिक्रान्तिको जोखिम बोकेको हुन्छ। त्यसैले जेनजी पुस्ताले उठाएका सुशासन, जवाफदेहिता र रूपान्तरणका जायज प्रश्नको सम्मान गर्दै आन्दोलनका नाममा भएका विध्वंसकारी गतिविधिको पनि निष्पक्ष छानबिन हुनुपर्छ। यदि यस बारेमा राज्यले नै आलटाल गर्ने हो भने यसलाई देश जलाएर खरानी बनाउने र विदेशी शक्तिको प्रयोगमा ल्याउन गरिएको प्रतिक्रान्ति थियाे भनेर बुझ्न गाह्रो छैन। अन्ततः कथित शान्ति सम्झौता माओवादी ले मात्रै हैन सिङ्गो देशले हारेको कालाे दिन थियाे ।आम उत्पिडित जनताले धाेका पाएकाे दिन थियाे । यो मंसिर ५ इतिहास काे कालाे र लज्जास्पद दिन थियाे हामीले केवल सम्झौताको लागि र सम्झौतामा टुङ्गेइने जनयुद्ध लडेका थिएनाै , हामीले त परिकल्पना गरेको आम नेपाली नागरिक लाई गाँस,बाँस,कपास र शिक्षा , स्वास्थ्य ,राेजगारी सुनिश्चित हुने जनसत्ता वा जनवादी ब्यबस्था थियाे जाहानियाँ सामन्ती सत्ता बिराेद्धकाे हाम्रो लडाइँ त सामाजिक विभेदको अन्त्य र न्यायपूर्ण, समावेशी, समृद्ध र संघिय जनगणतन्त्र र जन संविधान निर्माण गर्नकाे लागि थियाे । आज सिङ्गो माओवादी आन्दोलनमा लागेका नेता र बिभाजित पार्टी हरूले विगतका उपलब्धिको रक्षा, कमजोरीको निर्मम समीक्षा, द्वन्द्वपीडितलाई न्याय र नयाँ पुस्ताको आकाङ्क्षालाई सम्बोधन गर्ने र बृहत राष्ट्रिय राजनीतिक सम्मेलन द्रारा सच्चा क्रान्तिकारी हरूबिच एकता ,धुर्बिकृत र देशभक्ति हरूसंग कार्यगत एकता वा संयुक्त माेर्चाे बनाउनुकाे बिकल्प छैन ।
बीस वर्षअघि हामीले युद्ध अन्त्य गरेर शान्तिको बाटो रोज्यौँ। अब नयाँ विकल्प लाई जनताको समृद्धि, समानता, न्याय र सम्मानजनक जीवनमा रूपान्तरण गर्न सक्नुपर्छ । इतिहासको सम्मान गरौँ, गल्तीबाट सिकौँ र परिवर्तनका अधुरा कार्यभार पूरा गर्ने नयाँ सङ्कल्प गरौँ। कथित शान्ति सम्झौताले वास्तविक जनताको जनयुद्ध रोकिएको छैन , त्यसले देखाएको परिवर्तनको सपना जनताको जीवनमा कति साकार भयो भन्ने कुरामा निहित रहन्छ। “ जनताको शस्त्र जनविद्धाेह जिन्दावाद´´ धन्यवाद अभिवादन ।
Comments

