वैज्ञानिक फ्रान्सिस हाल्सनले यो वर्ष भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाउने भएका छन्। फ्रान्सिस हाल्सन बेल्जिअममा जन्मिएका हुन् , उनले अमेरिकामा प्राध्यापन गर्ने गर्छन् ।
नोबेल समितिका अनुसार ‘आइसक्यूब न्यूट्रिनो अब्जर्भेटरी’ स्थापनाका लागि निर्णायक योगदान पुर्याएको अनि अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्यूट्रिनोहरू पत्ता लगाएकाले हाल्सनलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो।
नोबेल समितिका अनुसार हाल्सनले नितान्त नयाँ प्रकारको अन्तरिक्षविज्ञानको जग बसाएका छन्।
Comments

