१९५० को सन्धि नै खारेज गर्नुपर्छ

मेघराज भट्टराई •• राणा शासनपछि प्रजातन्त्र प्राप्तिको दुई वर्षपछि २००९ सालमा भारतीय नागरिकलाई नेपाली नागरिकता वितरण गर्न शुरु गरियो । यो शिलशिला २०१७ सालसम्म चल्यो जब महेन्द्रले प्रजातन्त्रमाथि प्रतिबन्ध लगाए । २०३६ सालसम्म यो रोकियो । जनमत सङ्ग्रहको समय निर्दललाई जिताउने शर्तमा सुर्यबहादुर थापा प्रधानमन्त्री भएको समय फेरि भारतीय नागरिकलाई नेपाली बनाइयो र निर्दलले जित्यो ।

२०४६ साल पछि त यहाँ नागरिकता विधेयक ल्याएर नै नेपाली नागरिकता बाँडियो । खासमा नागरिकता विधेयक नेपालीको लागि चाहिएको होइन । पहिले पहिले त गाविस हुने समय गाविस अध्यक्षले प्रत्येक वडाका प्रत्येक घरका मान्छे चिन्दथे । वडा अध्यक्ष सदस्यले त आˆनै गाउँका नागरिक कसको छोरा कसको छोरी घर कहाँ बाजेको नाम के सब चिनेका नागरिकताको लागि सिफारिस गर्न कुनै कठिन परिस्थिति थिएन । यो किन चाहियो भन्दा भारतबाट ल्याउने यहाँ काम गर्न आएका भारतीय नागरिकको लागि उनको छोरा नातिको लागि यहाँ नागरिकताको समस्या देखाइयो । यो २०६२-०६३ सालमा पनि देखाइयो ४० लाख भारतीयलाई नेपाली नागरिकता बाँडियो ।

०७२ सालमा पनि नागरिकता विधेयक ल्याएर नागरिकता बाँडियो समस्या अझै समाधान भएन, अब २०८० सालमा पनि उही समस्या देखाएर विधेयकलाई प्रमाणीकरण गरियो । त्यो पनि राष्ट्रपतिको क्षेत्राधिकार भन्दा बाहिर गएर संविधान माथि “कु” गरे झै गरेर । कारण के हो भने हाम्रो सीमाना खुला छ । हरेक दिन भारतीय नागरिक नेपाल आउँछन् । यहाँको हावापानी राम्रो छ यही काम गर्छन् यही बस्छन् । यही छोरा छोरी जन्मिन्छन उनलाई स्कुल कलेज यही पढाउँछन् नागरिकता चाहियो । उनैको लागि सदावहार नेपालीले समस्या भोगिदिनु पर्ने ? यो सीमाना बन्द गर्ने हो भने कुनै पनि नेपालीको लागि नागरिकता लिन राज्यले दिन समस्या नै हुँदैन । त्यसैले १९५० को सन्धि खारेज गर्नै पर्छ ।

भारतको जनसङ्ख्या १५० करोड छ भने चाइनाको जनसङ्ख्या १४५ करोड हामी ३ करोड पनि छैनौँ । यसैमा पनि हामी ८० लाख विदेशमा छांै । भारत तिरको सीमाना खुल्ला छ आउन जान कुनै कागजात चाहिँदैन । भने पछि भारतीय नागरिक २२ करोड भिखारी मात्रा भएको कुरा विभिन्न पत्रपत्रिकाबाट जानकारी लिन सकिन्छ । जो हरेक ठूला शहरका पुल मुनी सुतेर जीवन चलाएका छन् । उत्तर प्रदेशको जनसङ्ख्या २५ करोड छ । विहारको जनसङ्ख्या २३ करोड भने पछि हाम्रो देश भोलि के होला ? ३ करोड नेपालीमाथि ३ करोड भारतीय आए भने हाम्रो हविगत के हुन्छ ? केही हप्ता पहिले नेपालगन्जमा प्रहरीमाथि आक्रमण गरेको घटना सानो होइन । जत्ति पटक भारत जाने अनि राष्ट्रघात गर्ने शासकहरूको अन्त्य नगरी यो समस्याको समाधान हुँदैन ।

हामी नेपालीले देश गुमेका नागरिकसँग उनीहरूको पिडा सुनौँ बुझाँै आफ्नो राष्ट्रिय पहिचान नभएका दार्जिलिङ, देहेरादुनका नेपालीसँग सोध्नु के रहिछ राष्ट्रिय पहिचान भन्ने चिज । हामी गरिब छौँ भौतिक पुर्वाधारको विकास भएको छैन तर पनि हामी कहिलै कसैको गुलाम नभएको नेपाली आमाका सन्तान हौँ आˆनो चिनारी सम्झौँ । अपराधीलाई लखेटौँ । एक जना १४ वर्षकी नानी बेलायत पढ्न गएकी अपमानित भएर बसेर पढ्नु भन्दा स्वाभिमानको साथ आˆनै देशमा बस्छु भनेर फर्केको कुरा जीवराम भण्डारीसँगको कुराकानी मन नै भावुक भयो ।

राष्ट्रियता भन्ने कुरा हामीले बुझ्न सकेनौँ भने भोलि हाम्रा सन्ततिले सराप्ने छन् । यो मन्दिरको प्रशाद सरह नागरिता बाँड्न सकिदैन । राष्ट्रघाती हत्यारा भ्रष्टाचारी दलाल सरकार मुर्दावाद नागरिकता विधेयक खारेज गर । राष्ट्रघाती १९५० को सन्धि खारेज गर सीमानामा पर्खाल लगाउँ । आफ्नो देश बचाउँ । आफ्नो देशमा आफै नै अल्पमतमा पर्ने खालका नागरिकता विधेयकलाई ऐन बनाउन रोकांैं । अनाधिकृत वितरण गरिएको नागरिकताको छानवीन होस् र गैर नेपालीले प्राप्त गरेको नागरिकता खारेज गरियोस् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित