क्रान्ति छिट्टै आउँदैछ

–मानबहादुर भण्डारी “रक्तिम झिल्को”

आफुलाई एक्लो ठानी निराष हुन्छौ किन ?

सत्यको पछि लाग्ने प्राय सबै एक्लै हुन्छन।

भिडभाडमा रुमल्लिएर ब्यर्थ हाँस्ने पो किन?

बनावटी हाँसोमा दुखका आँसु लुकेका हुन्छन ।

केवल बनावटी खुशीमा जिउनुको के अर्थ  ?

बास्तबिकतामा गरुङ्गो दुखको भारी हुन्छ भने ।

अरुको लागि आफ्नो भविष्य बिगार्नुको के स्वार्थ ?

बर्तमानमा त्यही सम्बन्ध बिनासकारी हुन्छ भने ।

असत्यको पर्धाहरु च्यातेर अब सत्य चिन्न जरुरी छ

मिठा ,वचन अनि झुट्टा आश्वासनले झुक्काएको छ

बास्तबिकता बुझेर गम्भीर भै अब उठ्न जरुरी छ

बनाई खेलौना आज उस्ले हामी सबैलाई खेलायको छ

जो सित्तैमा बिक्छ उसैलाई नै हो अरुले किन्ने

के तिमी बिकाउ माल हौ र?एक पटक सोँचि हेंर

समय आएकोछ को हो आफ्नो को को पराई चिन्ने

तिमी आफैमा एउटा उर्जावान शक्ति हौ ब्युँझी हेर

जब सत्यको वास्तविक पहिचान खुल्दै जानेछन

तब सारा बिभ्रमहरु जलेर खरानी हुँदै जानेछन

जो आज शक्तिशाली ठानी मनोमानी गरेका छ्न

ती सबै अशक्त भै भबिस्यका कुरुप कहानी बन्नेछन

त्यसैले म भन्छु उठ जुट अब यो बस्ने बेला होइन

जीवन सुन्दर छ निरास बनी टोलाउने बेला यो होइन

हाँसि देउ खुशी भै अब आँशुले मुहार धुने बेला होइन असत्यको हार, सत्यको हुन्छ जित यो रुने बेला होइन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित