नारायण प्रशाद भण्डारी
साम्राज्यवादको बुइ चढेर समाजवादको यात्रा गर्नेहरु
संसदवादको रसमा डुबेर समाजवादको भजन गाउँनेहरु ।
अर्कालाइ मुर्ख बनाउँन खोज्दा आफै लिनपियाओ बन्यौ
यद्यपि काल्पनिक उटोपियाली समाजवाद त्याग्न सकेनौ ।
आजको समय २१औं शताब्दीको आधुनिक युग हो ।संसार एउटा भिन्न परिबेशमा नयाँ नयाँ अकल्पनिय सृजनात्मक प्रतिस्पर्धाको खेल खेलिरहेको छ ।वास्तवमा समय गर्नेको हो ।समय गरेर देखाउन सक्नेको हो ।समय मेहनत गर्नेहरुको हो । यो समय सिकेर गर्ने भन्दा अभ्यास गर्दै अनुभव संगाल्दै दक्षता हासिल गर्नेको हो । मानिस वर्तमानमा टेकेर भविष्य निमार्णको सपना देख्न सक्यो भने मात्र आफु र आफनो मातृभूमि लाई समृद्धशाली बन्न बनाउन सकिन्छ तर हाम्रो देशको अहिलेको अवस्था लाई नियाल्दा अग्रगमनका सपना भन्दा पश्चगमनको मरेको लाश ब्युँताउनेहरुको भीड लामबद्ध देखिन्छ ।फेरि पनि कागजमा लेखेर भाषणमा कुर्लेर मात्र हुँदो रहेन्छ । हुनेखाने संभ्रान्तहरु पुरानै सामन्तवादको अमानवीय सोचाइ बाट ग्रस्त छन् । अहिले पनि हुने खानेहरुले गरिब निमुखा माथि रजाइ गरिरहेका छन ।एउटा मानवले आफु जस्तै अर्को मानवलाई कजाएर, श्रमशोषण गरेर संसार मेरो हो । म भन्दा संसारमा अन्य कोही छैन । म नै समृद्ध सुखी बन्नु पर्छ भन्ने सामन्तवादी सोच राखेर जसरी भएपनि बसी खाने,ठगी खाने,भ्रष्टचार,ब्रह्लुटको प्रपन्चहरु रच्दै छ । मानव जातिले एउटा यस्तो पनि समय भोगेको थियो । दासप्रथा नोकरशाही तानाशाह भन्दा झनै पीडा दुःखदायी पशुजन्य व्यवहार मालिकले खरिद विक्री गर्ने गोरु रागाँबाट गरिने काम मानव जातिबाटै गराइने नरकीय जीवन भोग्नु परेका कथा व्यथा अझै विलिन भै सकेका छैनन् । यस्तो प्रकारको सामन्ती संस्कारको समयमा समभ्रान्त ,धनाढय ,सबै चिजको पुगी सरी भएकाहरुको दास बनेर तिनीहरु कै २४सै घण्टा स्याहार संहार गर्दै नारकीय जीवन बिताउन बाध्य थिए । त्यही प्रथाको अन्त्य गर्नका लागि संसारका आफनो पसिनाबाट जीवन ब्यतित गर्नेहरुले कति संघर्ष गरे ?कति रगत बगाए ?कति जिउदै जले कति जिउदै खाडलमा पुरिए ?कुनै हिसाब र खोजीनीति भएन ।सामन्तहरुले पनि ती वर्गमाथि कति चरम यातना कु्रर व्यवहार हामीबाट भयो । यो राम्रो पक्ष थिएन भनेर त्यसको थोरै पनि आत्मग्लानी स्मरण सम्म गर्न सकेनन् तर हामी भन्दा पछाडि निरङकुश सामन्ती शासनबाट मुक्त भएका धेरै देशले मानव जीवनमा अकल्पनीय फड्को मार्यो ती देश र त्यँहाका जनता कसरी समृद्ध सुखि बन्न सके ? हाम्रो देशबाट त्यस्ता देशहरुमा प्रत्यक वर्ष भ्रमण जानेको ओइरो हुन्छ ।त्यस्ता भ्रमणको उदेश्य के हो? किन गइन्छ राष्ट्रलाई ऋणको भारमा पारेर जाँदा एउटा आर्थिक वर्षमा कति खर्च हुन्छ होला ?ती भारी र्कमका लावालस्करबाट देश र जनताले के उपलब्धि पाए ?यसको समिक्षा गर्ने बेला आयो गयो कुनै वास्ता भएन । किनभने अहिले एउटा नेपाली नागरिकको थाप्लोमा एकलाख भन्दा बढी ऋणभार छ । के को लागि ऋण भार बोकाइयो ?जवाफ माग्ने कि मौन बस्ने ?मौन बस्नु पनि उनीहरुले गरेका काला कर्तुत सँग हाम्रो पनि सहमत छ भन्नु हो तर त्यसो होइन देश हाम्रो हो हामी पनि यो देशका नागरिक हौ ।देशलाइ यसरी खोक्रो पारेर सिध्याँउने अधिकार कसैलाइ छैन ।त्यसको लागि जनता चनाखो हुनु पर्ने समयले हामीलाई घचेट्दै ल्याएको छ । देशको भविष्य नै अन्धकार तिर जादै छ ।
सर्व प्रथम नेपाल एउटा भू– परिवेष्ठित देश हो ।नेपाल आजको अवस्था सम्म स्वतन्त्र हुन सकेन नेपालको अवस्था संरचनालाई साम्रज्यवादका दलालहरुले सधै आफ्नै अनुकुलतामा चलाउँन खोज्दा ,नेपाललाई सहयोग गरे बापत नवउदारवादी घुमाउँरो तरिकाबाट कब्जा गर्न खोज्ने हरुले जहिले पनि सहयोग निशर्तमा भएन ससर्तमा हुने गरयो फल स्वरुप अन्त राष्ट्रिय सहयोग दिँदा पनि शर्त सहित आउँने भएको कारण नेपालका कुनै पनि योजना जुन देशको अनुदान हो त्यसै अनुरुपका हुने भए । उनीहरुकै मातहत बाट सन्चालित हुने हाम्रो देशका लाखांै युवा बेरोजगार हुँदा पनि ठुलाठुला आयोजनाहरुमा नेपालीहरुले अवसर पाउँन सकेनन ।अर्को दुःखद पक्ष देश र नागरिकलाई दक्ष बनाउने भनेकै शिक्षा हो ।शिक्षा क्षेत्र झनै अस्तव्यस्त छ । सरकारी शिक्षाक्षेत्र राजनीतिको अखडा बन्दै जादा शिक्षा जस्तो संवेदनशील स्थानहरुमा बन्द ,हडताल, आगजनी, चन्दा आतंक ,अयोग्य, असक्षम, राजनीति पार्टीका झोलेहरुको बोलबालाको हातमा गयो ।त्यस्ता स्कूलहरुमा शिक्षा आर्जन गर्न गएका साना नानी बावुहरुले शिक्षा हासिल गर्नु भन्दा कुलत विसंगति विकृति अराजक कुसस्कार लागुऔषध जस्ता खर्तनाक बाटोमा लागेपछि भविष्यका कर्णधार त्यही अवस्थाबाट उत्पादित नागरिकको अवस्था कस्तो होला ? कल्पना गरौ ।मान्छेको शरिरमा रगत नै खराब बहन थाल्यो भने मानब शरिरको अवस्था कस्तो बन्ला ?त्यस्तो मान्छेको दिमागले कस्तो काम गर्ला ?त्यसकारण नेपालको वर्तमान दुरगतिको एउटा प्रमुख कारण अयोग्य असक्षमहरुको बोलबाला नै कारक तत्व हो ।
अर्को पक्ष देशलाई अधोगति तर्फ धकेल्ने काम निम्न पुँजीवादी चिन्तन ,पश्चिमा सँस्कृति दलाल पुँजीवादको घेराबन्दी साम्राज्यवाद सँगको संगत र नेपाली कम्युनिष्ट आन्दोलन दलाल संसदीय भाषमा भासिनु नेपालमा यी पाँच पक्षको मिलन बाटै देश अर्कमण्डयतामा फस्न गयो । यो मिलनको परिणाम ले के देखायो र देशको भविष्य कता जाँदैछ ?
यी पाँच पक्षको मिलन नेपालको लागि नयाँ बिषय होइनन ।जति बेला नेपालमा नेपाली जनताले धेरै ठूला ठूला संर्घष त्याग बलिदान गरेर मात्र बहुदलीय प्रजातान्त्रिक व्यवस्था ल्याए तर प्रजातान्त्रिक विधिबाट देश चल्न सकेन । त्यतिबेला बाटै लुकीचोरी गर्दै आएका अबैधानिक भ्रष्टाचारहरु खुलम खुल्ला रुपमा घुस ,कमिसन, मिटरब्याज, चोर्ता प्रमाणपत्र, सोर्सफोर्स भनसुन कोटाका जागिर, हाम्रो पार्टी मेरा मान्छे सर्बेसर्वा नै मेरो र म भन्ने कुसस्कारले देशलाई अधोगतिमा धकेल्ने कुकार्यको विजारोपण भयो ।त्यसपछि यस्तै विकृति विसंगति अराजक सामन्तवादको विरुद्धमा शसस्त्र युद्ध भयो सबै क्षेत्रबाट आजित नेपाली जनता मुक्तिकै खातिर युद्धको रापिलो भटिटमा होमियो ।देश विदेशबाट प्रगतिशील अग्रगमन चाहने सर्वहारा वर्गले युद्धलाइ उत्कर्षमा पुराए ।सामन्तवादको अन्त्यको अवस्थामा पुगेको क्रान्तिले धोका खायो नेतृत्वले गद्धार गरयो ।नेतृत्व फस्ने फसाउँने भयो ।नेतृत्व स्वयं निम्न पुँजीवादी अवसरवादको चिन्तनमा फस्यो ।त्यसपछि क्रान्तिकारी योद्धाहरु पनि नेतृत्वभन्दा १,२ मिटर माथि उठे निम्न पुँजीवादी दृष्टिकोण हावी हुँदै जाँदा पश्चिमा सस्कृति पनि एक साथमा हावी हुँदै गयो । त्यसपछि नवउदारवादको तरिका अपनाएर दलाल पुँजीवाद देशमा बिभिन्न बाहनामा प्रबेश गर्ने गराउने को होडबाजी भयो । यसबाट नतिजा कस्तो भयो ?
(क)प्रचुर मात्रामा लघुबित्तिय, सहकारी, च्याँउ उम्रेसरिका बैंक ,एन जी ओ, आइ एन जी ओ,विभिन्न नामका समूहहरुको नेपालमा उदगम स्थल नै बन्न पुगे ।यिनीहरुको काम गरिबका घरजग्गा धितो राख्ने , मिटर व्याजी ऋण प्रवाह गर्ने, गरिबका छाकबास उठिबास लगाउँने, युवापुस्ता बिदेश पलायन गर्ने ,जग्गा जमिन धितो राख्दा बखत ऋणखानेले आफनो हकभोगको सम्पति मालपोतमा रोक्का गराउँनु पर्ने त्यति मात्र होइन ।बैक,लघुबित्त,सहकारी जहाबाट ऋण लिइन्छ ।त्यसको नाममा नै अर्ध पाँश गरेर अधिकार बाट बन्चित भै सकेको हुन्छ ।त्यसपछि ब्याज हजार्ना को हिसाबगर्दे तिर्नै नसक्ने तिर्न खोजे पनि किस्ता किस्ताको बाहनामा लिएको ऋणको अझ त्यसमा सेबा शुल्क सहितको हिसाबमा चौबलसम्म पुग्छ । यसरी सरकारबाट नै वैधानिकता प्राप्त मिटरव्याजी धन्दा ,भ्रष्टाचारी धन्दा भएको हुन्छ ।ऋण खानेहरुले न्याय पाउँने कुनै निकाय हुँदैन ।अदालत भनेको गरिबको पक्षमा कहिल्यै भएन हुन पनि सक्दैन ।एउटा कारण त न्याधीश भन्नेहरु पार्टीका कोटा भागबण्डा बाट आएका हुन्छन ।अर्को कुरा गरिब सँग उनीहरुलाई खुश िपार्न सक्ने हिम्मत हुदैन ।अर्को प्रमुख पक्ष उनीहरु कागजी घोडा चढ्छन ।यस्तो सेटिङबाट नेपालमा भ्रष्टाचार वैधानिक रुपमै हुन्छ ।यो सम्पुर्ण खेल दलाल पुँजीवादको दलाल पुँजीवादकै योजनामा लघुबित्तिय बैक ,सहकारी बैक ,एन जी ओ आइ एन जी ओ हरु गाउँ शहर यत्रतत्र खुलाउँने काम दलाल पुँजीवादको सेटिङमा हुन्छ ।उसैका दलाल कर्मचारी हुन्छन ।सरकारका सम्पूर्ण निकाय सम्म पहुच हुन्छ ।
(ख)अहिले नेपालको अवस्था यस्तै दलाल पुँजीवाद र साम्राज्यवादको रिर्मोटमा सन्चालित छ । मुठठीभरका दलाल पुँजीपति संग नेपालको सम्पति केन्द्रित छ ।आर्थिक पुर्ण रुपमा पँुजीपतिको एकलौटि बैकमा र बाकसमा थन्काएर राखिएको छ ।सर्वहारा वर्ग झनै लम्पट सर्बहारा हुँदै सडकमा छन् ।बचेकुचेका विदेश पलायन भएका छन् ।केही रकम हुनेहरु र जग्गा जमिन बन्धक बनाएर अबैधानिक बाटो जान खोज्ने कोहीको जीउँ धनै कँहा छ ? कस्ले खोज्ने ?कँहा खोज्ने ?घर वृद्धआश्रम बनेको छ ।भएका बच्चा,बच्चीको बिजोग छ ।उनै पुँजीवादका मतियार दलालहरुबाटै श्रीमान् उतै बेपत्ता उनका श्रीमतीहरु एतै बेपत्ता बनाएका घटना दर्जनौ सुन्नमा आउछ । नेपालको बर्तमान को चित्र यहि बिजोगमा छ ।
अन्तमा यो सम्पुर्ण विकृति, विसंगति,जति छ ।सबैको नाइके दलाल पुँजीवाद र साम्राज्यवाद हो ।जबसम्म साम्राज्यवाद रहिरहन्छ तबसम्म यी घटना हरु मौलाइरहन्छन ।त्यसको निकास भनेको बलप्रयोगको द्वन्द्वात्मक भौतिकवादको माक्र्सवादी सिद्धान्त बाटै पुरानो समरचना पूर्णरुपमा ध्वंस पारेर नयाँ जनवादी क्रान्तिको खुटकिलो पार गर्दै वैज्ञानिक समाजवादमा जानु हो ।त्यतिबेला मात्र सबै कुराको छिनोफानो हुनेछ । यदि समयमै त्यसो गरिएन रमिते बनेर अहिलेकै दलाल संसदवादी आहालमा पौडी खेल्दै संसदवादको रसपानमा डुबुल्की मार्दै समाजवादको भजन गाउदै माला लगाउदै हिडने हो भने एकदिन माला लगाउँने घाँटीमा जन्जीर लाग्ने छन । देश पनि अन्धकारको खाडलमा फेरि निस्कन नसक्ने गरि पुनः निरङकुश सामन्तवादको जन्जीर भित्र कैद हुनेछ । सबैमा चेतना भया ।
दलाल पुँजीवाद र साम्राज्यवादको पाँच मिलन देश धरापमा
Comments

