– धर्मेन्द्र बास्तोला, संयोजक, नेकपा (बहुमत)
का. धर्मेन्द्र बास्तोला सर्वहारा वर्गको क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन क्रियाशील व्यक्तित्व हुनुहुन्छ । बुबा मोतिलाल बास्तोला र आमा नन्दादेवी सापकोटाको कोखमा २०१९ भाद्र २४ गते उहाँको जन्म भएको थियो । उहाँको जन्म स्थल पश्चिम नेपालको सुर्खेत हो । २०३६ सालको आन्दोलनसँगै बास्तोला राजनीतिमा क्रियाशील हुनुभएको थियो । लामो समय उहाँले नेकपा (माओवादी)को अन्तर्राष्ट्रिय विभागमा रहेर काम गर्नु भएको थियो । बहुदलीय जनवाद कि मदन भण्डारीको पुँजीवादी घोर अवसरवाद, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन सम्बन्धी संकलित रचनाहरु, संशोधनवाद विरुद्ध अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन शीर्षकमा धर्मेन्द्र बास्तोलाका पुस्तकहरु प्रकाशित छन् । यसपाली नेकपा (बहुमत) का केन्द्रीय संयोजक का. धर्मेन्द्र बास्तोलासित हाँक साप्ताहिकले अन्तर्वार्ता लिएको छ । प्रस्तुत छ उहाँसितको अन्तर्वार्ता ः
० भर्खरै प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको छ । अब देशको राजनीतिक परिस्थिति कसरी अगाडि बढ्छ भन्ने ठान्नु हुन्छ ?
–यो चुनावले केही संकेतहरु देखाएका छन् । ती हुन् कुलीनहरुको निरंकुश शाशन प्रणाली र राजनीतिक अस्थिरता । अवका दिनहरुमा पहिलो राजनीतिक नेतृत्वमा कुलीनहरुको बाहुल्य हुने छ, दोश्रो, त्यो शासन निरंकुश हुने छ र तेश्रो त्यसले देशमा राजनीतिक अस्थिरता ल्याउने छ । त्यो अस्थिरता भित्र देशमा भ्रष्टाचार, महंगी, मुद्रास्फिति, विदेशी मुद्राको पलायन तीब्र हुने छ । नेपाली जनताको घर–जमिन, सम्पत्ति बैंकहरुमा केन्द्रित हुने छन् । बैक शोषण मार्फत भूमाफियासँग सबै सम्पत्ति केन्द्रित हुने छ । जनता कंगाल हुने छन् । देशको जागरुक श्रम विदेशी बजारमा निर्यात हुने छ, देशका आर्थिक श्रोतहरु पैदा गर्ने प्राकृतिक सम्पदाहरु विदेशी एकाधिकारवादी पँुजीवादीहरुको हातमा जाने छन् । आगामी देश यही बाटोमा अगाडि बढ्ने छ ।
यी कुलीन र निरंकुश वर्गको प्रतिनिधित्व गर्ने शासकहरुले राजनीतिक क्षेत्रमा स्थिरता खोजीकोे प्रयत्न गर्ने छन् । दलाल संसदीय राजनीतिक प्रणालीको चरित्र अनुसार अस्थिरता भित्र निश्चित रुपमा स्थिरता खोज्ने प्रयत्नहरु विविध तरिकाले हुने छन् । त्यसमा पहिलो तरिक अहिलेको कांगेस–माके गठबन्धन भित्रबाट अरु पार्टीहरु जोडेर स्थिर सरकार बनाउने र त्यसको नेतृत्व आलो–पालो गरी चलाउने । तर, त्यसको लागि प्रचण्ड वा शेरबहादुरको प्रधानमन्त्री पहिले हुने भत्रे संघर्ष पर्नेछ । यो प्रक्रिया असफल भयो भने एमालेको नेतृत्वमा सरकार बनाउने प्रक्रिया चल्ने छ । त्यसमा पनि त्यही भागबण्डाको कुराहरु हुने छन् । तेश्रो विकल्प कथित वामपन्थी भनिने पार्टीहरुलाई अलग गरेर ब्राण्ड दक्षिणपन्थीहरुको सरकार बनाउने प्रयत्न हुने छ । यो राजनीतिक सिन्डीकेटभित्र हुन भागबण्डामा केवल प्रधानमन्त्रीको मात्र विषय रहने छैनन् । त्यसमा सभामुख, राष्ट्रपति, मन्त्री, राजदूत, जीएम, सचिव, अधिकृतहरु, सैनिक अधिकारी, पुलीस अधिकारीहरु, सबै क्षत्रमा भागबण्डा हुने छ । यतिसम्म यहाँ भागवण्डाको कुरा हुने छ कि देशका पुरातात्विक महत्वका सामान बिक्रि गरेर आउने पैसामा भागबण्डा, विदेशी ऋण लिंदा आउने कमिसनमा भागबण्डा, तस्करीको सम्पत्तिमा आउने कमिसनमा भागबण्डा, विकाशका नाममा बिनियोजन गरिएको बजेट रकममा भागबण्डा र समग्र क्षेत्रमा देशको लुटपाट गर्ने काममा भागबण्डा हुनेछन् । यसप्रकारको भागवण्डाको उद्देश्य कसरी आफ्नो पालोमा देश लुट्ने भत्रे नै हुने छ ।
यसले देशको राष्ट्रियता, जनतन्त्र, जनजिविका सम्बन्धी जनसरोकारका मुद्दाहरु गम्भीर बन्ने छन् । संसदवादी इतिहासको दुई दशक लामो अनुभव लिएको नेपाली जनताले यो अस्थिरतालाई क्षमा दिने छैनन् । यसले जनताको आक्रोशलाई थाम्न नसक्ने अवस्थामा पु¥याउने छ । जसको परिणाम देशमा ठुलो राजनीतिक परिवर्तन हुने छ । यो परिवर्तका लागि नेतृत्व गर्ने क्रान्तिकारी राजनीतिक पार्टीको खोजी हुने छ र त्यसले परिवर्तनको संवाहक कम्युनिष्ट पार्टीहरुबीच पार्टीगत एकताहरु हुँदै जानेछन् जसले देशको परिवर्तनको नेतृत्व गर्ने छ ।
अबका दिनहरु यसरी नै अगाडि बढ्नेछन भत्रे स्पष्ट छ ।
० नेपालमा राजनीतिक, आर्थिक संकट गहिरिंदै गएको छ । संकट समाधानको उपाय के हो ?
– नेपालको राजनीतिक, आर्थिक संकट गहिरिनुको मुख्य कारण यहाँको दलाल पुँजीवादी उत्पादन सम्बन्ध हो । दलाल पुँजीवादले आत्मनिर्भर अर्थ प्रणालीको अन्त्य गर्छ, जसको परिणाम नेपालमा आत्मनिर्भर अर्थ प्रणाली समाप्त भएको छ । जनताका लागि आवाश, स्वास्थ्य, शिक्षा, रोजगारी, सामाजिक सुरक्षा, स्थापित नै हुन सकेको छैन । जनताको रोजगारीको क्षेत्र देशमा उत्पादन र अनुसन्धान उन्मुख हुन सकेको छैन र श्रमको क्षेत्र सीप र कला विक्रि गर्ने छैन प्रकृतिको छैन । यहाँको रोजगारीको क्षेत्र केवल उत्पादित बस्तुको खपत गर्ने जस्तो सेवा क्षेत्र, पर्यटन तथा होटल व्यवसायमा आधारित छ भने श्रम विक्रि गर्ने क्षेत्र रगत पसिनादेखि आफ्नो हाड मासु विक्री गर्ने सम्मको रहेको छ । दलाल पुँजीवादले स्वदेशमा उत्पादन गर्ने, बजारमा सीप विक्रि गर्ने वातावरणको पुरै अन्त्य गर्छ जसको परिणाम नेपाली युवा युवतीहरु देशमा खपत हुने सामान उत्पादन गर्न या त विदेशमै जानु पर्छ या देशभित्र कै विदेशी कम्पनीहरु काम गर्नु पर्छ । एउटा नेपाली मजदुरका लागि काठमाडौंमा काम गरेको होस या कतारमा, सियोलमा काम गरेको होस या सिंगापुरमा, पैसाका हिसाबले थोरै तलमाथि देखिए पनि मान्यताका हिसाबले एउटै हुन आउँछ, त्यो हो एकाधिकार पुँजीपतिका लागि रगत पसिना, हड्डी र मासुको विक्री गर्नु । र उत्पादीत बस्तुहरुको खपत गर्नु ।
यो प्रक्रियाले नेपाली जनताको सेवा क्षेत्रबाट आर्जित विदेशी मुद्रा र विदेशी बजारमा श्रम विक्री गरेर आर्जित विदेशी मुद्रा सबै विदेश तिरै पलायन गराउँछ । अव, आत्मनिर्भर उत्पनदन नभएपछि राज्य संचालन गर्न देशमा उत्पादित सामानमा कर हुने कुरा भएन, नत राजस्वको श्रोत सामान विक्री हुने भयो । राजस्वको श्रोत विदेशबाट आयातित सामानमा लगाइएको कर, अतिरिक्त कर, घुसखोरी, बेथिति हुने भयो, जसले जनताका लागि ढाड सेक्नेगरी महंगी थोपर्छ, राज्यका लागि मुद्रास्फिति थोपर्छ, व्यापारिक सन्तुलन समाप्त पार्छ, आयात निर्यात सन्तुलन सून्य अनुपात सय जस्तै बनाउँछ ।
र सरकार चलाउनका लागि समेत बैदेशिक ऋण लिन बाध्य गराउँछ । यसले देशमा आर्थिक संकट मात्र होइन, राजनीतिक संकट पनि ल्याउँदै आएको छ र त्यो अझ गहिरीदै जाने पक्का छ ।
अब यो संकटको समाधानको उपाय के हो त ? यसको समाधानको उपाय एउटै वाक्यमा भत्रे हो भने पँुजीवादी ब्यवस्थाको अन्त्य र नयाँ जनवाद सहितको वैज्ञानिक समाजवादी सत्ताको स्थापना हो । दलाल पँुजीवाद हावी भएको अहिलेको नेपाली राजनीतिक र आर्थिक प्रणालीमा हामीले दलाल पुँजीवाद, सामन्तवादका अवशेषहरु, सहित पुँजीवादी उत्पादन सम्बन्धको अन्त्य गर्नु पर्ने छ । त्यो राजनीतिक प्रणालीले जनतालाई राजनीतिक हिसाबले स्वतन्त्रता दिनेछ, आर्थिक हिसाबले आत्मनिर्भर मात्र होईन, बैदेशिक ब्यापारको आयात निर्यातमा सन्तुलन बनाउने छ, साँस्कृतिक हिसाबले स्वाभलम्बन बनाउने छ र सांगठनिक हिसाबले राष्ट्रिय एकता पैदा गर्ने छ । यो एकताले समाजमा निरन्तर क्रान्ति गर्दै लैजाने छ ।
तर, तत्कालकालागि जनताको आन्दोलन, संघर्ष र परिवर्तनबाट मात्र नेपालमा गहिरीदै गएको राजनीतिक, आर्थिक, सामाजिक संकट समाधान गर्दै लैजाने छ ।
० संसदवाद भनेको के हो र तपाईहरुले संसदवादको किन विरोध गरिरहनु भएकोछ ? सर्वसाधारण जनताले बुझ्ने गरी बताइदिनुहुन अनुरोध छ ।
– संसदवाद भनेको अत्यधिक न्युन मतले अत्यधिक बहुमत जनतामाथि शासन थोपर्ने अलोकतान्त्रिक, अप्रजातान्त्रिक, अजनतान्त्रिक अथवा अनडेमोक्रेटिक व्यवस्था हो । त्यो भनेको निरंकुश र तानाशाही ब्यावस्था हो । यसका लागि हामीले तमाम उदाहरण दिन सक्छौ । संसदीय व्यवस्था भएको भारतमा भारतमाथि अत्यन्त न्युन भोट ल्याउने बिजेपीको शासन छ, बेलायतमा त्यही छ, जर्मनीमा त्यही अवस्था छ । नेपालको सन्दर्भमा त हामी सबैले देखेकै छांै । अहिले प्रधानमन्त्रीको उम्मेदवार दावी गर्ने व्यक्तिहरुमा कुल मतदाता संख्या १ करोड ७९ लाखमा शेरबहादुरले २५ हजार भोट ल्याएका छन्, प्रचण्डले २६ हजार भोट ल्याएका छन् र केपीले ५२ हजार मतले चुनिएका छन् । त्यमा केपीले कुल मतको ०.२८ प्रतिशत मत ल्याएका छन, प्रचण्डले ०.१४ प्रतिशत मत ल्याएका छन् र शेरबहादुरले ०.१३ प्रतिशत मत ल्याएर निर्वाचित भएका छन् । अब हिसाब गरौ ः यदि शेरबहादुर प्रधानमन्त्री हुने हो भने उनले जति प्रतिशत मतको हैसियत राख्छन् त्यसले ९९. ९ प्रतिशत मानिसमाथि शासन गर्छ । त्यस्तै केपी प्रधानमन्त्री हुने हो भने उनको जति प्रतिशतको हैसियत छ त्यसले ९९.८ प्रतिशत जनतामाथि शाशन गर्छ । प्रचण्ड प्रधानमन्त्री हुने हो भने उनको हैसितले ९९.९ प्रतिशतमाथि शासन गर्छ । सिंगो पार्टीको कुरा गर्ने हो भने एमालेले कुल मतका केवल १८ प्रतिशत, कांगे्रसले १३ प्रतिशत र माकेले ५ प्रतिशत भोट हासिल गरेका छन् । यी तीन ठुला पार्टीलाई एकै ठाउँमा मिसायो भनेपनि कुल मतदाताको केबल ३६ प्रतिशत हुन्छ । यस्तो अल्पमतले बहुमतमाथि शासन गर्ने यो प्रणाली कसरी डिमोक्रेटिक हुन्छ ? यो चित्र नेपालको मात्र होईन, संसारभरका संसदीय व्यवस्थामा हुने यस्तै हो । यही हो संसदीय व्यवस्था भनेको । यो अलोकतान्त्रिक हुनुको परिणाम संसदीय व्यवस्था भएका सबै देशहरुमा अस्थिरता हुने गर्छ । अस्थिरता भित्र ठूला–ठूला राजनीतिक, आर्थिक अपराध हुने गर्छन । जनविरोधी नियम कानुनहरु बत्रे गर्छ ।
संसारमा जहाँ–जहाँ संसदीय प्रणाली रहेको छ, पुँजीवादी राज्य प्रणाली भित्रै पनि, त्यहाँ अत्यन्तै निरंकुश प्रकारको शासन हुने गर्छ । त्यहाँ तीनवटा पुरातन तत्वहरुको संगम हुन्छ । एउटा शाहीतन्त्र (जसलाई नोकरशाही तन्त्र भनिन्छ), दोश्रो कुलिनतन्त्र र तेश्रो निरंकुश तन्त्र । पुँजीवादी डिमोक्रेसीको उदय हुनु पूर्ब यी प्रबृत्ति दास युगीन राज्य प्रणाली र सामन्ती युगिन राज्य प्रणालीमा प्रचलित थिए । त्यही कारण ती समाजमा बिद्रोह हुँदै गयो र पुरानोको कोखबाट नयाँ प्रणालीको जन्म हुँदै गयो । तर, जसरी पुरानाका गुणहरु नयाँ सन्तति या नयाँ उत्पादनमा आउने गर्छ त्यस्तै गरी नयाँ समाज पनि तीनै पुराना गुणहरुले घेरीन पुगे । जसको परिणाम कुनै समयमा अथवा आज भन्दा करिब ३ हजार वर्ष पहिलेको संसदीय लोकतन्त्र वा आज भन्दा करिब ८ सय वर्षको आधुनिक संसदीय लोकतन्त्र प्रगतिशील मानिन्थ्यो, त्यो आज यिनै पुराना गुणबाट घेरिएको कारण अहिलेको संसदीय लोकतन्त्र बद्नाम छ, दुर्गन्धित छ र मृत अवस्थामा पुगेको छ । फेरी पनि संसारका कतिपय देशहरु यसलाई बचाइराख्न लागि परेका छन । जसको परिणाम इतिहासको पछिल्लो चरणमा यो मृत संसदीय व्यवस्था नेपालमा लादिएको छ । तर, यो राजनीतिक लासलाई खरानी नपारिकन जनताले यसको दुर्गन्धित असर र चरित्रबाट मुक्ति पाउन सक्दैनन् ।
अब, संसदीय व्यवस्थामा कुलीनहरु, राजशाहीहरु र निरंकुषहरुको शाशन हुने भएकोले त्यसको नेतृत्वमा स्वभावत या त कुलीनवर्ग आउने हुन्छ या उसका प्रतिनीधिहरु आउने गर्छन् । त्यसले न त समस्त जनताको प्रतिनीधित्व गर्छ न कुनै पनि हालतमा जनताको प्रतिनीधि हुन सक्छ । हुन्छ त केबल कुलीनहरु, निरंकुश र तानाशाहहरुलाई सत्तामा पु¥याउने भ्रम, जनतामाथि धोषाघडी, अनि समस्त जनतामाथि शोशण र उत्पीडन ।
यस्तो लोकतन्त्रको नाममा चल्ने यस्तो निरंकुशतन्त्र, नोकरशाहीतन्त्र र कुलीनतन्त्र हुने भएकोले, यो जनतन्त्रको पुरापुर विरुद्धमा हुने भएकोले र यो व्यवस्था अनिवार्य रुपमा भ्रष्ट, अनैतिक, अत्याचारी हुने भएकोले हामीले विरोध गरेका हौ । यो हामीले मात्र होईन, संसारका सबै सचेत नागरिकले त्यसको विरोध गर्दै आएका छन् र कतिपय देशमा जनताको संघर्षले यसको अन्त्य पनि भएको छ र त्यसको स्थानमा नयाँ राजनीतिक प्रणाली स्थापना पनि भएको छ ।
० नेत्र विक्रम चन्दजीले नेतृत्व गर्नु भएको नेकपाबाट विद्रोह गरेर तपाईको नेतृत्वमा नेकपा (बहुमत) गठन गर्नु भयो । बेग्लै पार्टी निर्माणको औचित्य पुष्टि गर्ने आधारहरु के के छन् ? बुँदागत रुपमा बताईदिनुहोस ।
–चन्द जीलाई हामीले पार्टीबाट हटाएर नेकपा (बहुमत) गठन गर्नुको मुल कारण विचारधारात्मक एवं राजनीतिक कुरा थियो । मिस्टर चन्दमा दार्शनिक रूपले सारसङ्ग्रहवाद, राजनीतिक दृष्टिले संसदीय संशोधनवाद, सङ्गठनात्मक दृष्टिले निषेधात्मक अधिभूतवाद, सङ्घर्षका दृष्टिले आत्मसुरक्षावाद र आर्थिक दृष्टिले जुझारु अर्थवाद देखापरे । यसप्रकारका समस्याहरूको स्रोत विप्लवमा देखिएको निम्न पुँजीवादी रोमान्टिसिज्म (स्वच्छन्दतावाद) थियो । यो तथ्य उनको सोचाई र व्यवहारबाट पुष्टि भएपछि हामीले उनको गुटलाई हटाएर (बहुमत) पुनर्गठित गरेको हो ।
हामीले यसो किन गर्नु प¥यो भत्रे तथ्य जग्जाहेर छ । कुनै पनि देशमा समाजवादी क्रान्ति छलछाम र षढ्यन्त्रले हुन सक्दैन । षढ्यन्त्र र छलछामको बिधि द्वारा क्रान्तिको नेतृत्व गर्छु भत्रु अन्ततः दक्षिणपन्थी अवसरवादमा फँस्नु हो । बिप्लवले सैद्धान्तिक वैचारिक र संगठनात्मक बिषयलाई स्पष्ट पार्ने भन्दा बढी तिलस्मी बनाउने, रहस्यात्मक बनाउने र त्यसबाट फाईदा लिने सोच बनाए । यो उनको वैचारिक क्षमताको सीमाको कुरा थियो । तर, त्यसलाई संगठनात्मक बिधि जनवादी केन्द्रीयताका आधारमा समाधान दिने भन्दा पनि नोकरशाही केन्द्रीयताको आधारमा संचालन गर्ने बनाए । यसको प्रत्यक्ष उदाहरहण ११ दिन सम्म चलेको केन्द्रीय समितिको निर्णयको उल्लंघन थियो, जुन बिप्लवको संसदवादमा पार्टीलाई छिराउने प्रस्तावको बिरोधमा थियो । उनले केन्द्रीय समितिको बहुमतको निर्णयलाई उल्लंघन गर्दै जब संसदवादी राजनीतिमा प्रवेश गरे त्यसबाट उनलाई पार्टीबाट हटाएको र नेपाल कम्युनिष्ट पार्टी (बहुमत) पुनर्गठन गरेको औचित्य पुष्टि हुन्छ ।
० नेपालको कम्युनिस्ट आन्दोलनमा सहकार्य , कार्यनीतिक मोर्चा , क्रान्तिकारी संयुक्त मोर्चा, पार्टी एकता , ध्रुवीकरण बारे तपाइहरुको धारणा के छ ?
–हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले नेपालको अहिलेको अवस्थामा तीन प्रकारका राजनीतिक शक्ति भएको विश्लेषण गरेको छ । त्यसमा
पहिलो, हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सहित सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने क्रान्तिकारी तथा माओवादी कम्युनिस्टहरू ।
दोस्रो, विभित्र नाम धारण गरेका दलाल पुँजीवादको प्रतिनिधित्व गर्ने संसद्वादी पार्टीहरू । र तेस्रो, क्रान्तिकारी र दलाल पुँजीपतिबीच ढुलमुल अवस्थामा रहेका संसद्वादी पार्टीहरू हुन ।
यी पार्टीहरुमा पहिलो तहको पार्टीहरु बिच आन्दोलनमा सहकार्य, क्रान्तिकारी संयुक्त मोर्चा, पार्टी एकता तथा ध्रुबिकरण हुन सक्छ । दोश्रो तहको पार्टीका बिरुद्ध वर्गसंघर्षको माध्ययमबाट रुपान्तरण गर्ने प्रयत्न हुन्छ र तेश्रो प्रकारको राजनीतिक शक्तिहरुलाई वर्गसंघर्षको प्रक्रियामा कार्यनीतिक एकता गर्ने नीति हाम्रो रहन्छ ।
हामीले नेपालको अहिलेको विशिष्ठ अवस्थामा दलाल पुँजीवाद र समस्त नेपाली जनताको बिचको अन्तरविरोध प्रधान हो भनेका छौ । जब हामीले दोश्रो दर्जामा रहेका राजनीतिक पार्टीहरु जस्तो, विभिन्न नाम धारण गरेका दलाल पुँजीवादको प्रतिनिधित्व गर्ने संसदवादी पार्टीहरुलाई वर्गसंघर्षको प्रक्रियामा रुपान्तरण गर्ने भन्छौ, कम्युनिष्टहरुले दुश्मनलाई पुरै सखाप पार्ने भन्ने परम्परागत बुझाई भन्दा फरक छ । नेपाली जनताको प्रमुख दुश्मन दलाल पुँजीवाद हो, त्यसले देशको समस्त जनतामा गरिबी, अशिक्षा, बेरोजगारी, पछौटेपना, रोगब्यादी, दिनहीनता ल्याएको छ । यसका विरुद्ध संघर्ष गर्न दलाल पँुजीवादको प्रतिनिधित्व गर्ने दलाल पुँजीवादीहरुलाई पनि रुपान्तरण गर्नु पर्छ र यो रुपान्तरण केवल वर्गसंघर्षको माध्यमबाट मात्र हुन सक्छ । तेश्रो दर्जाका पार्टीहरु बीच कार्यगत एकता गर्ने कुरा विगतदेखि चल्दै आएको नियम हो, जुन माओ त्सेतुङले चिनियाँ क्रान्तिको समयमा साम्राज्यवादका विरुद्धको संघर्षमा प्रतिपादन गर्नु भएको थियो । त्यसो भए कम्युनिस्टको लडाई को सँग हुने हो ? हाम्रो विश्लेषणमा त्यो शत्रु दलाल पुँजीवाद हो । दलाल पुँजीवादका विरुद्ध त्यो संघर्ष हुने हो । यसका लागि क्रान्तिकारी कम्युनिस्टहरु एकता र ध्रुवीकरणको प्रक्रियामा एकजुट हुने, ढुलमुल पार्टीहरुसँग कार्यगत एकता र सहकार्यको प्रक्रियाबाट एकताबद्ध हुने र दलाल पुँजीपति वर्गका प्रतिनिधिहरुलाई वर्गसंघर्षको प्रक्रियाद्वारा रुपान्तरण गर्ने र दलाल पुँजीवादी सत्ताको रुपमा रहेको संसदीय व्यवस्था र सम्पूर्ण रुपमा पुँजीवादी व्यवस्थाको अन्त्य गरी नयाँ जनवाद सहितको वैज्ञानिक समाजवाद स्थापना गर्न संघर्ष गर्ने हाम्रो स्पष्ट माओवादी नीति हो । हाम्रा बिचारहरु कतिपय सन्दर्भमा र कतिपयको आँखामा सारसंग्रहवादी र अन्योल ग्रस्त देखिन सक्छन् । हाम्रो स्पष्ट कुरा छ, अहिलेको नेपालको विशिष्ठ अवस्थामा नेपाली जनताको लडाई दलाल पुँजीवादीसँग हो र त्यसको नेतृत्व नेपालको कम्युनिस्टले मात्र गर्न सक्छ । सर्वहारा वर्गको अग्र दस्ता बाहेक न यसको नेतृत्व पुँजीवादी वर्गले गर्न सक्छ न अरु कुनै वर्गले । तर, हाम्रो बिचारमा यसबाट सहकार्य, कार्यगत एकता, एकता र धु्रवीकरणबारे नीति प्रष्ट हुन्छ ।
यही नीतिका आधारमा हामीले केही माओवादी संगठनहरुसँग एकता गरिसकेका छौं, केही माओवादी कमरेडहरु जसले ढुलमुल अवसरवादी तथा सुधारवादीहरुबाट विद्रोह गर्नु भयो । उहाँहरुसँग पनि एकता गरिसकेको छांै र अहिले नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी र नेपाल कम्युनिष्ट पार्टी (मशाल)सँग पनि एकताको प्रक्रिया अगाडि बढाउन छलफल चलाइरहेको छ । साथै अन्य क्रान्तिकारीहरु बीच कार्यगत एकता एवं संयुक्त मोर्चा पनि बन्दै आएको छ ।
० के विश्व साम्राज्यवाद कमाजोर हुँदै गैरहेको हो ? अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन के गर्नु पर्छ भन्ने ठान्नु हुन्छ ?
–विश्व साम्राज्यवाद सधैभरी संकटग्रस्त छ र यसको संकट हरेक समयमा बढ्दै पनि जाने छ । तर, यसले संकटको समाधान पनि निरन्तर निकाल्दै पनि आएको छ । साम्राज्यवाद संकटमा हुनु भनेको कमजोर हुुनु पनि हो । यसरी हेर्दा साम्राज्यवाद कमजोर पनि भएको छ । साम्राज्यवाद कमजोर हुनुका कारणहरु के के हुन त ? हाम्रो बिचारमा साम्राज्यवादी शक्तिहरु बीचको आपसी अन्तरविरोध, साम्राज्यवाद र उत्पीडित जनताको बीचको अन्तरविरोध तीव्र हुन, र साम्राज्यवाद र उत्पीडित राष्ट्रको बीचको अन्तरविरोध तिब्र हुनु हो ।
अन्तरसाम्राज्यवादी अन्तरविरोधको सन्दर्भमा तमाम देशहरु नयाँ साम्राज्यवादी देशको रुपमा उदाएका छन् । त्यसले पहिलेका एकछत्र साम्राज्यवादी लुटपाट गर्ने देशहरुमा चुनौती थपिएको छ । दोश्रो साम्राज्यवादी देशहरुका बीचमा नयाँ आर्थिक तथा राजनीतिक ब्लक (समुह) बनेका छन् । तेश्रो त्यो आर्थिक र राजनीतिक ब्लक अब सैन्य ब्लकको रुपमा विकाश हुन बाध्य हुनु पर्ने अवस्था सिर्जना हुँदै गएको छ । साम्राज्यवाद कमजोर हुनुको यो एउटा कारण हो ।
दोश्रो, साम्राज्यवाद र विश्वका उत्पीडित जनताको बीचको अन्तरबिरोध अहिले तीब्र बनेको छ । विश्वभर रहेको जनता साम्राज्यवादबाट एकै प्रकारले उत्पीडित छन् ः पुँजीवादी उत्पादन सम्बन्धको आधारभूत अन्तरबिरोध सामुहिक उत्पादन र व्यक्तिगत वितरणको अन्तरबिरोध ले । विज्ञान र प्रबिधिमा भएको चौथो पुस्ताको औद्योगिक क्रान्तिले साम्राज्यवादका लागि जनताको ठूलो हिस्सालाई सामुहिक उत्पादनमा ल्याउन औद्योगिकरणको पहिलो, दोश्रो र तेश्रो पुस्ताको भन्दा कैयांै गुण सहज बनायो । पहिलो, दोश्रो र तेश्रो पुस्ताको औद्योेगिक क्रान्तिले पुँजीवादी साम्राज्यवादका लागि मलामीको रुपमा सर्वहारा वर्ग उत्पादन गरेको हुन्थ्यो त्यसको तुलनामा हजारौं गुणा बढी कम्युनिस्टहरु उसको मलामी विश्वभर पैदा गरेको छ । यसले पनि साम्राज्यवाद कमजोर बन्दै गैरहेको छ ।
तेश्रो, साम्राज्यवादले तेश्रो विश्वका राष्ट्रहरुमा पुँजीवादी विकाश रोक्न सामन्तवादसँग सहवास गर्दै आयो । साम्राज्यवाद र सामन्तवादको सहवासबाट दलाल पँुजीवादी सन्तति पैदा भयो, जुन वर्णशंकर प्रजातिको व्यवस्था हो त्यो न सामन्तवाद न पुँजीवादको रुपमा पैदा त भयो, तर यसले मुलतः पुँजीवादको बाटो अपनाउनु अनिवार्य हुन्थ्यो र भएको पनि छ । त्यसकारण तेश्रो विश्वका उत्पीडित देशहरुमा अप्राकृतिक विकासहरु भएका छन् । प्राकृतिक श्रोतहरु साम्राज्यवादबाट शोषित भएका छन्, जनशक्तिमाथि उत्पीडन भएको छ, मानव संशाधनमाथि ब्रह्मलुट भएको छ । दोश्रो विश्वयुद्धको समाप्तीसंँगै समाजवादी सोभियत रुसको विश्वभर परेको प्रभाव, साम्राज्यवादको पराजय र औपनिवेशिक देशहरुमा स्वाधिनताको लहर आएपनि पछिल्लो चरणमा वित्तिय पुँजीमार्फत् साम्राज्यवाद फेरि ती अविकसित र विकाशोन्मुख देशहरु प्रवेश गरेको छ, जसको परिणाम यी देशका शासकहरुले जनताको प्रतिरोध निरन्तर खेपिरहनु परेको छ । यसको कारण ती राष्ट्रहरु र साम्राज्यवाद बीचको अन्तरविरोध पनि तीब्र बनेको छ ।
यी सबै कारणहरुले साम्राज्यवाद कमजोर बन्दै गैरहेको छ भत्रे तथ्यलाई नै पुष्टि गर्छ । यस्तो अवस्थामा अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन अगाडि बढाउन परम्परागत रुपमा होइन, नयाँ रुपमा अर्थोडोक्स माक्सिष्ट भएर होईन, डाईलेक्टीकल माक्र्ससिष्ट–लेनिनिष्ट–माओईष्ट भएर अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित गर्नु पर्छ । यसले विश्वमा क्रान्तिको नयाँ धाराको विकाश गर्नेछ ।
यहाँ एउटा विषय ध्यान दिन आवश्यक छ । अन्तर्राष्ट्रिय अन्तरविरोधमा मुलभूत रुपमा साम्राज्यवाद र उत्पीडित राष्ट्र र जनता बीचको अन्तरविरोध भनेर बुझ्ने गरिन्थ्यो । त्यसमा जनता भनेको राष्ट्र र राष्ट्र भनेकै जनता हो भत्रे हुन्थ्यो र त्यो एक हदमा हुन्छ पनि । तर, उत्पीडित देशहरुमा राजनीतिक र व्यवहारिक कोणबाट हेर्दा राष्ट्र भत्राले शासक वर्ग हुने र जनता राष्ट्रविहिन जस्तो हुने भएकोले र राष्ट्र र जनताको मान्यताको आधारमा आन्दोलन हुने र आन्दोलनको नेतृत्वले क्रान्ति र सामाजिक रुपान्तरण भन्दा पहिलेनै सम्झौता मार्फत् सरकारमा पुग्ने र त्यसो गर्दा साम्राज्यवादी उत्पीडनमा परेको जनता फेरि राजनीतिक, वैचारिक र संगठनात्मक विभ्रम, फुटमा जाने अवस्था पैदा हुने गरेको छ । तसर्थ हामीले तेश्रो विश्व तथा उत्पीडित देशहरुमा राष्ट्र र जनतालाई साम्राज्यवादसँगको अन्तरविरोधको सन्दर्भमा अलग अलग गर्नु पर्छ भनेका हौ ।
० तपाईको पार्टीले नयाँ जनवादको कार्यभार पूरा गर्दै समाजवादमा जाने भनेकोछ । अब नयाँ जनवादको कार्यभार कति पूरा हुन बाँकी छ र समाजवादमा प्रवेश गर्न कम्युनिस्ट पार्टीले के कस्ता दायित्व पूरा गर्नु पर्ने हुन्छ ?
– हामीले नयाँ जनवाद सहितको वैज्ञानिक समाजवाद भत्रुको तात्पर्य क्रान्ति समाजवादी मान्यताका आधारमा हुने र समाजवादमा रुपान्तरण हुँदासम्मको समाजको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरण नयाँ जनवादी मान्यताका आधारमा पूर्णता प्राप्त हुने भनेको हो । यस्तो किन ? किन भने हरेक देशको क्रान्तिमा जस्तै नेपालमा हुने क्रान्ति पनि देशको वर्गीय विकास र सन्तुलनमा हुने छ । नेपालको अहिलेको राजनीतिक, आर्थिक, सामाजिक, विशेषता सहित ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी नियमका आधारमा वर्गविश्लेषण गर्दा कोही पनि कम्युनिष्टलाई यो निस्कर्षमा पुग्नु अनिवार्य हुन्छ कि नेपाली समाजको अहिलेकोे आवश्यकता नयाँ जनवाद सहितको वैज्ञानिक समाजवादी क्रान्ति हो ।
फेरि यहाँ हामीले “नयाँ जनवादको कार्यभार पुरा गर्ने” भत्रुको तात्पर्य केही “कम्युनिस्टहरु”को जस्तो नयाँ जनवादी क्रान्ति भइसक्यो अव समाजवाद हुन्छ र कार्यभार पूरा गर्छ भनेको होइन, जो मैले माथिनै उल्लेख गरिसकेको छु । हामीले भनेको त के हो भने क्रान्ति समाजवादी अवधारणामा गरिनु पर्छ र समाजको समाजवादमा रुपान्तरण गर्न नयाँ जनवादी कामहरु पुरा गर्नु पर्छ ।
क्रान्तिको सन्दर्भमा नयाँजनवाद र सामाजवादका बारेमा खासगरी, राजनीतिक र सामरिक कार्यदिशा, कार्यनीति र कार्यक्रमलाई लिएर गोलमटोल अवधारणा बत्रे गरेका छन् । यस्तो धारणा कम्युनिष्टहरुको बीचमा देखा पर्ने बिचारधारात्मक समस्याको एउटा पाटो हो । हाम्रो बिचारमा सामरिक नीति कस्तो हुनु पर्छ भत्रे कुरा नयाँ जनवाद या समाजवादको शुत्रमा निहीत हुँदैन, त्यो त बिशिष्ट परिस्थितिको बिशिष्ट विश्लेषण अनुसार सम्बन्धित देशमा रहेको शक्ति सन्तुलनमा आधारित हुने गर्छ । त्यसकारण नयाँ जनवादको कार्यभार पुरा गर्न कति बाँकी छ भत्रे प्रश्न आउँदैन । नयाँ जनवादी क्रान्ति पुरा नभएको अवस्थामा यसको कार्यभार सतप्रतिशत नै बाँकी छ भत्रु पर्छ ।
० तपाईको पार्टीले स्वाधिन सरकारको नारा दिएको छ ? स्वाधिन सरकारको स्वरुपबारे स्पष्ट गर्नु हुन अनुरोध छ । चौथो महाधिवेशन कालमा दिइएको देशभक्त – जनतान्त्रिक सरकारको नारा र अहिले तपाईहरुले दिनु भएको स्वाधिन सरकारको नाराका बीचमा कति समानता र कति भिन्नता छ ?
– स्वाधीन संयुक्त सरकार अहिलेको दलाल पँुजीवादको प्रतिनिधित्व गर्ने पुँजीवादी संसदीय ब्यवस्थाको असफलता र वैज्ञानिक समाजवादमा पदार्पण गर्न नसकेको अवस्थाको बीचमा रहेको संक्रामक सत्ताको अवस्था हो । सबै तथ्यहरुले स्पष्ट गरेको कुरा के हो भने नेपाली जनताले संसदीय व्यवस्थाको अन्त्य चाहेको छ, जुन कुरा अहिलेको संसदीय चुनावमा केबल ४१.७ प्रतिशत मत खस्नु र ५८.३ प्रतिशत मत अवज्ञा हुनु अथवा बहिस्कार हुनुले स्पष्ट गरेको छ । तर, सरकारी योजनामा ६१ प्रतिशत मत खसेको बिबरण प्रचार गरिएको छ जुन सरासर झुटो हो । यो तथ्यबाट स्पष्ट हुन्छ कि जनता नेपालमा वैज्ञानिक समाजवाद स्थापना होस् भत्रे चाहन्छ तर त्यो अवस्था आउन एउटा राजनीतिक संक्रमणको प्रक्रियाबाट अगाडि बढ्नु पर्ने हुन्छ । त्यो राजनीतिक संक्रमणको अवस्था स्वाधीन संयुक्त सरकार हो ।
अब, यो स्वाधीन संयुक्त सरकार कतिबेला वा कस्तो अवस्थामा हुन्छ त ? यो त्यस्तो अवस्थामा हुन्छ जब त्यहाँ संसदीय प्रणालीको अन्त्य, राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, शान्ति, समृद्धि र स्वाधीनता स्थापित हुन्छ या हुने आधार तैयार हुन्छ । राजनीतिक हिसाबले यी ६गोटा अवस्था पुरा गर्ने आधार बन्यो भने त्यो सरकार स्वाधीन हुने छ । किनकि यी कुराहरु पुरा हुँदा अत्यधिक समस्याको समाधान आइसकेको हुनेछ । तर, यो तथ्यमा कदाचित नजरअन्दाज गर्नु हुँदैन कि यसप्रकारको स्वाधीन संयुक्त सरकार संसद जस्तो ब्याङक्वेट हल –(भतेर गृह) बाट आउन सक्दैन । यसका लागि जनताले सडकको तागत लगाउनु पर्नेछ । सडकबाट एकताबद्ध भएर करोडांै नेपाली जनता प्रदर्शनमा उत्रनु पर्ने छ । सबैले पुरानो सत्ताको अवज्ञा गर्नु पर्नेछ । सबैले नयाँ राज्य प्रणालीको माग गर्नु पर्नेछ । सबैले यो निष्कर्षमा पुग्नु पर्ने छ र दलाल पुँजीवादको प्रतिनिधित्व गर्ने सत्ताधारीहरुलाई चेतावनी दिनु पर्नेछ कि यो वर्गसंघर्षको प्रक्रियामा या त उनीहरु रुपान्तरण हुने छन् होईन भने उनीहरुलाई बलपूर्वक सत्ताबाट बाहिर गरिने छ र जनताको सत्ता स्थापना गरिने छ । त्यो स्थितिमा स्वाधीन संयुक्त सरकार बत्रे छ ।
जहाँसम्म चौथो महाधिवेशनको देशभक्त जनतान्त्रिक शक्तिको सरकार र स्वाधिन संयुक्त सरकारको तुलना छ त्यसमा देशभक्त जनतान्त्रिक शक्तिको सरकार एउटा सत्ताको चरणको रुपमा सोचिएको थियो । तर स्वाधीन संंयुक्त सरकार एउटा संघर्षको चरणको रुपमा साँचिएको हो । यो संघर्ष जनताको आन्दोलन हो । किन ? किनभने, त्यतिबेला देजशसको सरकार बनाउने अनि नयाँ जनवादी क्रान्ति गर्ने बिचार थियो । त्यसले नयाँ जनवादी क्रान्ति पूर्व एउटा राजनीतिक चरणको माग गरेको हुन्थ्यो । तर हामीले भनेको नयाँ जनवाद सहितको वैज्ञानिक समाजवादमा सत्ताको मंजील केवल एउटै सत्तालाई मानेको छ र बिचका सबै चरण उपचरणहरुको अन्त्य गरेको छ । यसरी हामीले तात्विक रुपमा देख्न सक्छौ कि हामीले भनेको स्वाधीन संयुक्त सरकार त्यतिबेला ब्याख्या गरिएको देशभक्त जनतान्त्रिक शक्तिको सरकार होइन, न त मदन भण्डारीले भनेको बहुदलिय जनवाद नै हो, न प्रचण्डले भनेको एक्काईसौ शताब्दीको जनवाद । यो केबल जनताको आन्दोलनको एउटा चरण हो, वर्गसंघर्षको एउटा विशिष्ट राजनीतिक र संगठनात्मक अभिव्यक्ति हो । यसरी हामीले भनेको संयुक्त सरकार विगतका सबै सत्ताका चरणहरु भन्दा आधारभूत रुपले नै फरक छ ।
० आफुलाई कम्युनिस्ट पार्टी बताउने पार्टीहरुले पथपर्दर्शक सिद्धान्त माक्र्सवाद – लेनिनवाद राख्दै आएका छन् । माओ विचारधारालाई पथप्रदर्शक सिद्धान्तमा अङ्गिकार गरेको अबस्था पनि छ र माओवाद नराखी माओको योगदानको सही मूल्याङ्कन हुन्न भन्ने पनि विचार छ । यसबारे के भन्नु हुन्छ ?
– कम्युनिस्ट पार्टीहरुले माओ विचारधारा भन्छन या माओवाद भन्छन भत्रे कुरा महत्वपूण होईन, महत्वपूर्ण कुरा विज्ञानलाई कसरी बुझ्छन भत्रे हो । माओवाद माक्र्सवाद–लेनिनवादको अभित्र अंग हो, अविछित्र विकास हो र माक्र्सवादको माक्र्सवाद–लेनिनवादमा र माक्र्सवाद–लेसिननवादको माक्र्सवाद–लेनिनवाद–माओवादमा विकास भएको हो, यो द्वन्द्वात्मक भौतिकवादको सार्वभौम नियम हो । अब, यो तथ्य अकाट्य भैसकेको छ कि माओवाद नबुझिकन न त माक्र्सवावाद बुझिन्छ न लेनिनवाद । किन भने मालेमावाद एउटा, अविछित्र र सार्र्वभौम भएपछि माओवादको अभाव हुने वित्तिकै बुझाईमा अधुरोपना, अपूर्णता र एकाङ्गीपना पैदा भैहाल्छ । त्यस्तै कुनै पनि कम्युनिस्ट माओवादी नभैकन न माक्र्सवादी हुन सक्छ न त माक्र्सवादी–लेनिनवादी । किनभने यो शब्दको प्रयोगको कुरा होईन, यो त माक्र्सवादी मान्यताहरुको बुझाईको कुरा हो । द्वन्द्वात्मक भौतिकवादी मान्यताको ग्रहण गराईमा पूर्णता र अपूर्णताको कुरा हो ।
यदि कसैले आफूलाई माक्र्सवादी–लेनिनवादी मानेको हुन्छ र माओवादको बारेमा पत्तो पाएको छैन भने वास्तवमा उसको अन्तर्यमा, सारमा उसले माक्र्सवाद–लेनिनवाद पनि बुझेको हुँदैन किनकि उसका त्यो बुझाई परापुर अधुरो रहेको हुन्छन् । जब यो बुझाई अधुरो रहन्छ तब माक्र्सवाद प्रतिको प्रतिवद्धता र इमान्दारीतामा खोट पैदा हुन्छ ।
कतिपय मानिसहरु भत्रे गर्छन, माक्र्सवाद–लेनिनवाद–माओवाद नमाने के भो त, क्रान्तिकालागि बन्दूक त चलाएकै छौ, युद्ध पनि लडेकै छौ, समाजवाद पनि भनेकै छौ । यस्ता पार्टीहरुले ठुलो त्याग बलीदान गरेका हुन पनि सक्छन् । तर उनीहरु अन्तत बिचारधारात्मक प्रष्टताको अभावमा पूजीवादको दास बत्र पुग्छन, संशोधनवादको सिकार हुन पुग्छन र सुधारवादको रसातलमा भासिन पुग्छन् । यस्ता उदाहरणहरु हामीले तमाम देशहरुमा, तमाम कम्युनिष्ट पार्टीहरुमा देख्न सक्छौ ।
त्यसकारण हामीले भनेको माओवाद केवल शब्दको प्रयोग होइन, अथवा कुनै परिचयात्मक साइनबोर्ड पनि होईन, यो त द्वन्द्वात्मक भौतिकवाद ठिक किसिमले, पूर्णताका साथ ग्रहण गर्ने विषय हो । जसले, अथवा जुन पार्टी या संगठनले या व्यक्तिले यसलाई पूर्णताका साथ ग्रहण गरेको छ त्यो अनिवार्य रुपमा माओवाद शब्दको प्रयोग गर्ने निष्कर्र्षमा पुग्छ ।
जहाँसम्म कसैले माओको मूल्यांकन गर्ने बिषय छ, हाम्रो बिचारमा कुनै पनि ब्यक्तिले माओको मूल्याङकन गर्न सक्दैन । जसरी कुनै पनि व्यक्तिले माक्र्सको मूल्याङकन गर्न सक्दैन, लेनिनको गर्न सक्दैन त्यस्तै माओको पनि कसैले मूल्यांकन गर्न सक्दैन । मानिसले जति माक्र्स, एंगेल्स, लेनिन, स्टालिन, माओबारे मूल्यांकन गर्दै जान्छन, उनीहरु यति गहिराईमा, त्यतिनै फराकिलो दायरामा पुग्छन कि त्यो मूल्यांकन सँधै अधुरो रहन्छ । हो, कुनै पनि ब्यक्ति ती महान् गुरुहरुको योगदानमा अरु थप्न सक्छ, किन्तु त्यसले उनीहरुको मूल्याङकन हुन सक्दैन । यसरी हेर्दा न त एंगेल्सका लागि माक्र्सको मूल्यांकन गर्न सम्भव हुन्थ्यो, न स्टालिनका लागि लेनिनको न अहिलेका माओवादीहरुका लागि माओ को । किनकि उहाँहरुका योगदानहरु नै ती मूल्यांकन हुन जहाँ मानिसले आफ्नो ज्ञान, सिद्धान्त आफ्नो आवश्यकतामा विस्तार गर्छ र आफ्नो आवश्यकता पूरा गर्छ । त्यसकारण माओवाद पदावली प्रयोग गर्नुको हाम्रो तात्पर्य वास्तवमा माओको मूल्यांकन गरेर उहाँ प्रति न्याय गर्न खोजेको भत्रे कदापि होइन । माओवाद मात्रुको तात्पर्य समाज विज्ञानमा निरन्तर परिवर्तनको दर्शनलाई ठीकसँग, दह्रोसँग पकड्नु हो जुन माक्र्स लेनिनका खोज अनुसन्धानको निरन्तरता हो ।
जहाँसम्म विचारधारालाई पथप्रदर्शक सिद्धान्त मात्रे कुरा छ त्यसमा तीन प्रकारका तथ्यहरु सतहमा आउँछन् । पहिलो तथ्य के हुन्छ भने एक प्रकारका कम्युनिस्टहरुले माओका खोज र अनुसन्धानलाई माक्र्स लेनिनको खोजकै निरन्तरताको रुपमा ग्रहण गर्छन् परन्तु शब्द बिचारधारा प्रयोग गर्छन् । ती कम्युनिस्टहरुको बुझाइ सापेक्षित रुपमा सही हुन्छ । तर, समस्या केवल सटिक शब्दको प्रयोग गर्नेमा मात्र रहन्छ । दोश्रो तथ्य के हुन सक्छ भने एक प्रकारका कम्युनिस्टहरु माओ बिचारधाराको शब्द प्रयोग गर्छन् किनकि उनीहरुको माक्र्सवादप्रतिको बुझाइ नै अपूर्ण रहेको छ । यदि बुझाइपूर्ण रहेको हुन्थ्यो भने माओवादनै प्रयोग गर्ने हुन्थ्यो, परन्तु अपूर्ण रहेकै कारण उसले बिचारधाराको प्रयोग या कुनै पनि शब्दको प्रयोग नगर्ने हुन पुग्छ । जब यो समस्या कम्युनिस्टमा देखा पर्छ त्यसले बिचारधारात्मक संघर्षको माग गर्छ र त्यसले दर्शनको क्षेत्रमा रुपान्तरणको माग गर्छ । तेश्रो तथ्य के हुन्छ भने एक प्रकारका कम्युनिस्टहरु माओवादको प्रयोग गर्छन परन्तु त्यो माक्र्स र लेनिनको द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्तको विकासको निरन्तरतामा होइन, धेरै मानिसहरुले प्रयोग गरेको कारणले, फेसनको रुपमा या लहैलहैको रुपमा, यो जडशुत्रवादको अभिव्यक्ति हुन सक्छ । यसले पनि बिचारधारात्मक संघर्षको माग गर्छ । यसमा हामीले पहिलो प्रकृतिका कम्युनिस्टहरु प्रति विनम्रताका साथ शब्दको प्रयोगको महत्वबारे छलफल गर्नु पर्छ, दोश्रो र तेश्रो प्रवृत्तिसँग विनम्रतापूर्वक विचारधारात्मक संघर्ष चलाउनु पर्छ ता कि उनीहरुको रुपान्तरण होस् ।
० पार्टीका आगामी कार्यक्रमहरु के के छन् ?
–हाम्रो पार्टीको आगामी कार्यक्रम स्वाधीन संयुक्त सरकारलाई केन्द्रमा राखेर संघर्ष संचालन गर्ने रहेको छ । हाम्रो पार्टीको तेश्रो केन्द्रीय समितिको बैठकले एउटा महत्वपूर्ण संश्लेषण गरेको छ । त्यसको सार के छ भने नेपाल कम्युनिस्ट पार्टीको स्थापना २००६ सालमा भएदेखिनै नेपालमा नयाँ जनवादी तथा समाजवादी सत्ता स्थापना गर्ने पवित्र लक्ष्यका बाबजुद कार्यदिशामा पूर्णता हुन सकेन, जसको कारण हमेसा सुधारवादको चक्रमा घुम्नु प¥यो । कम्युनिस्ट पार्टी बनेदेखि पहिलो, दोश्रो, तेश्रो, चौथो, पाँचौ, छैठांै लगायत जति महाधिवेशनहरु भएका छन् ती सबै महाधिवेशनमा जुन कार्यनीतिहरु पारित गरिएका छन् ती अपूर्ण छन्, लंगडा छन् र तिनी चल्नै नसक्ने प्रकृतिका छन् जसको कारण कम्युनिष्ट आन्दोलन सुधारवादको दुश्चक्रमा फँस्दै आयो ।
परन्तु, हाम्रो विश्लेषणमा नेपालमा तीन वटा क्रान्तिकारी प्रयोग वा प्रयत्न भएका छन । जसमा पहिलो, ०२८ सालको झापा विद्रोह, दोश्रो सर्वहारावादी श्रमिक संगठनले क्रान्तिका लागि सशस्त्र कार्यवाही र बैंक काण्ड र तेश्रो तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा जनयुद्ध । यी सबै कार्यबाहीहरुमा जनयुद्ध गणतन्त्र ल्याउनसम्म सफल रह्यो बाँकी बबल–इभेन्सको रुपमा हराए । तर, यी क्रान्तिकारी प्रयोग नेपाली कम्युनिस्टले बनाएको लाइनमा थिएन, चिनियाँ क्रान्तिको सन्दर्भमा माओले बनाएको लाइनमा थियो ।
अब, नेपाली कम्युनिस्ट आन्दोलनमा कार्यदिशा र कार्यनीतिको समस्या कहाँ हो त ? त्यो कहाँ हो भने सबै आन्दोलनहरु सत्ता केन्द्रित भएनन, केवल अर्थवाद केन्द्रित भए । राष्ट्रियता, जनतन्त्र, जनजिविका भनेको अर्थवादी नारा हुन, त्यसलाई माओले जनताको मनोभाव पकडन, जनताका दैनन्दीन समस्या सम्बोधन गर्न डा. सन यात सेन बाट सापटी लिनु भएको थियो । किन्तु नेपालका कम्युनिस्टहरुले त्यसलाई रणनीति बनाउँदै आए, त्यसैलाई कार्यनीति बनाउँदै आए । हामीले त्यसको तिखो समीक्षा गरेका छांै । हाम्रो बिचारमा कम्युनिस्टहरु यो बारेमा निर्मम बत्रे पर्छ र विचारधारात्मक काममा छलाङ लगाउनै पर्छ ।
नेपाली कम्युनिस्ट आन्दोलनको यो ऐतिहासिक विरासतबाट पाठ सिक्दै हामीले भनेका छौं अवको आन्दोलन अर्थवाद, जुझारु अर्थवाद वा कुनै दैनन्दीनका समस्याका विषयलाई लिएर होइन, सत्ता प्राप्तिको बाटोमा सिधै सत्ता केन्द्रित भएर तत्कालका लागि स्वाधीन संयुक्त सरकार स्थापना गर्नका लागि केन्द्रित गर्ने छौ ।
० हाँक साप्ताहिक मार्फत् थप भन्नु केही छ कि ?
–हाँक साप्ताहिक परिवारलाई हार्दिक धन्यवाद ! यो लोकप्रिय पत्रिकाले सदैव जनतामा क्रान्तिको झिल्का प्रज्वलित गरिरहोस भत्रे शुभकामना व्यक्त गर्दछु !