नारायण प्रसाद भण्डारी
आकाशमा फेरी पनि मडारिँदै छ कालो बादलसायद दिन मै रातो लालटिन बाल्नु पर्ने हो कि ?गाउँका पुन्टे र काले हराएको ३ दशक भयोउनी र उनका परिवारको कथा कोही सुन्यौ कि ?फेरी पनि औसीका रातको स्मरण आउँनै थाल्यो सुखकादिन आए भन्थे खै बाटैमा कहाँ हरायो अधुरो क्रान्तिको फल यस्तै हुँदो रहेछ । थाहा भयो मजदुरको रगतले रगताम्य झण्डाको अपमान भयो मजदुरको झण्डा ओढेर दुम्सिका काँढा फिजायाहाम्रो भूमिमा बैरीले नङग्रा गाडदा सातु बुकायौं विरोध खेप्न नसकी ३ करोड माथि तुवालो वर्षायौ विर सहिदको वलिदानीमाथि कलंकको बीउ रोप्यौ ।
अन्र्तराष्ट्रिय जगत यती बेला २१औं शताब्दीको रगं मन्चमा रमाइरहेको छ । नयाँ नयाँ विज्ञानको खोजीमा अहोरात्र खटिरहेको छ । मानव जातिले धेरै ठूला ठूला कष्ट आपत विपत संग संर्घष गर्दै सुखि समृद्ध सरल जीवन का लागि एक पछि अर्को फडको मार्दे आएको नत कल्पना हो नत सपना र अदृश्य हो प्रत्यक्ष भौतिक रुपमा देख्न र भोग्न पाएको तत्थ्य सत्य हो । कहिले काँही इतिहास पल्टाएर हेरयौ भने त्यहाँ भेटिने कुराहरुले शरिरमा एक प्रकारको कम्पन भएर आउँछ । के मानव जातिले ती काहाली लाग्दो इतिहासको सामना गरे होलान ?वास्तवमा सत्य हो । इतिहास कहिल्यै झुटो हुदैन । इतिहास भौतिकवादी हुन्छ ।आर्दशवादी ले अदृश्य कल्पना गरे जस्तो भए नभएका अफवा फैलाएर मान्छेको जन्म लिन ८४जुनी पार गर्न परेको काल्पनिक,सबैथोक भगवानको लिला भगवानलाइ राक्षसले दुख दिएको कपो कल्पीत कुराको भ्रम फिजाएर दुखि निसाय असाह्यहरु माथि चरम यातना दिने दमनकारी सामन्त वर्ग लाई भगवानको दर्जामा र पीडित उत्पीडित वर्ग लाईराक्षस भनेर भ्रम फिजाए एउटा उदाहरण भन्नु पर्दा रावण लाइ राक्षसको दर्जा दिए रामलाइ भगवान को दर्जा दिए तर वास्तवमा त्यसो होइन राम सामन्त हो । सामन्त भित्र पनि शक्तिकै दाउपेचमा ठूला ठूला घटना हुने गर्छन । भाइ भाइमा श्रीमती हरुको सौतेकलहमा नातेदार उच्च शुरक्षा दस्तामा त्यहि अवस्थाको झगडाको कारण रामलाइ सौतेनी आमा कैकेयीको षडयन्त्रको शिकार राम बनेको हो । रावणले रामको अतिचारको विरुद्धमा उसकी श्रीमती सीता हरण गरेर सेखि, हठ, अत्याचार लाई साइजमा ल्याउँनका लागि युद्ध लडेको हो वास्तवमा रावण क्रान्तिकारी प्रगतिशील विद्धान एवं वैज्ञानिक हो । रामकी श्रीमती लाई आफनो श्रीमती बनाउनका लागि हरण गरेको थिएन ।त्यतीबेलाको युगमा पनि अनुसन्धानको विज्ञ बनेकै कारण थुप्रै कुराको पत्ता लगाउने काम गरेको थियो सामन्तहरु लाइ यस्ता प्रगति नयाँ नयाँ वैज्ञानिक कुराहरुको सैह्य हुदैन । रामले रावणको शक्ति छिन्न भिन्न पारेर एकाधिकार साम्रज्य कायम गर्न बादरको सहयोगमा रावण को भाइ विचौलिया विभिषण बाहेकका सबै मारेको हो । राक्षस त तिनी हुन जसले एउटा मानवले अर्को मानव माथि गरेका अपराधका पराकाष्ठ निरङकुश सामन्तवादी मानव रुपि दानव हुन । मानव जातिले अहिलेको अवस्था सम्म आइपुग्न धेरै काहाली लाग्दा घटना संग सर्घंष गरेर मात्र आयो ती संघर्ष प्राय मान्छेकै दमनकारी निरङकुशताको विरुद्धमा गर्न परेको देखिन्छ । मानव जातिले भोगेका जगंलीयुग ,ढुगेंयुग ,कृषियुग,दासयुग जस्ता चरम नरकिय जीवन बिताउन बाध्य बनाइएका घटनाले वास्तविक सच्चा इमान्दार मान्छेको ह्ृदय विदारक बनेर आउँछ । अहिलेका पशु खरिद बिक्री गरे जस्तो त्यतीबेला मान्छेले मान्छे लाइ खरिद बिक्री गर्ने ,अहिलेका रागाँ गोरु खेतमा जोते जस्तै मान्छेलाई खेतबारीमा नारेर जोत्ने ,भाग्छ भनेर जन्जीरले बाधेर राख्ने ,हरायो भाग्यो भने चिन्हका लागि तातो पन्युले डामेर पहिचानको निसाना बनाइदिने त्यस्तो अपराध पनि मान्छेले मान्छे लाई कसरी गरे होलान ?ती मानव जातिले त्यस्तो माहासंकट कसरी भोगे होलान ?ती संकट बाट मुक्त हुनका लागि मानव जातिले कति संर्घष गरे होलान ? साच्चिकै भन्नु पर्दा मान्छेको परम शत्रु दुश्मन भनेकै मान्छे हो । इतिहास जति खोतल्दै गयो उति मानव जातिले मुक्तिको लागि मानव जातिकै विरुद्धमा ठूला,ठूला शसस्त्रविद्रोह,जनआन्दोलन,जीवनको आहुती,जीवनभर आफनो भन्ने केही नराखेर खुल्ला आकाशलाई छानोको रुपमा मानेर लोभ लालच पीडा चिन्ता लाई धैर्यमा परिवर्तन गरेर थुप्रै प्रकारका कठिनाइहरु संग संघर्ष गर्न परेको देखिन्छ ।अहिले पनि एक खाले बर्गीय मुक्ति आन्दोलन सामन्त नीरङकुशताको विरुद्धमा निरन्तर अहोरात्र लडि रहेका छन । त्यतिबेलाका राक्षसी प्रवृतिका दानवहरुले रङ फेर्दै अनेक रुपमा आएका छन । जस्तै दलाल पुँजीवाद उदारवाद फासिवाद,निरङकुश सामन्तवाद,भूमण्लीकृत ,विस्तारवाद,साम्राज्यवादका नयाँ,नयाँ रङ बदलेर आउने गर्छन् ।उनीहरु संग कहिल्यै विस्वास दया माया नैतिक्ता अनुशासन केहि हुदैन ।जसरी पनि आफनो छत्रछायाँ कायम गर्नका लागि विभिन्न प्रकारका तिकडम गरी रहन्छन ।
त्यहि रुप अहिले नेपालमा दलाल संसदीय व्यवस्थाको ठेकेदारहरुले देशलाई पूनः पश्चगमनको अध्यारो काला रात्रि तिर धकेल्दै विश्व २१औ शताब्दिमा रम्दै गर्दा हाम्रो देश नेपालमा उही पुरानै सामन्तवाद ब्यूताउँने कसरत गर्दै छन । के सामन्तवादको पश्चगमन यात्रा सफल होला ?कदापि हुदैन जस्का केहि उदाहरणसन २०१०को दशक कै शुरुवातिमा टयूनिसिया,यमन,लिबिया र इजीप्टका नीरङकुशवादी सरकारले सामाजीक सन्जाल बन्द गराउने कुचेष्टा गरेको थियो । जसको कारण अरबका देशहरुमा एउटा अरब बसन्त नामक आन्दोलनको लहर चल्दै थियो । त्यहि क्रममा एकजना मुस्लिम थरका अरब बसन्त नामका ब्यक्तिले गरेको नेतृत्वको बिशाल आन्दोलन सामाजीक सन्जालकै कारण त्यति बलियो सरकार र्गालम गुरलुम्म ढलेको थियो । अर्को घटना टयूनिसियामै सरकारले रेक्सा,साइकील,ठेला चलाएर जीविका निर्वाह गर्ने मजदुर माथि निर्मम दमन र निरङकुशता लगाउँथ्यो । एक पटक उनि पनि मुस्लिम थरका २६ बर्षे एक युवक को ठेला जफत गरयो । ठेला मजदुर आफनो ठेला माग्न प्रशासनमा गए त्यँहाको अधिकारीले उनी माथि ठेला फिर्ताउनुको साटो अपमान गरयो ठेला दिएन । त्यसपछि मजदुर घर फर्कनुको बदला उनले सरकारी कार्यालयहरुमा आगो लगाइदिए आफु पनि आत्म दाहा गरि मर्न बाध्य भए । उक्त घटना सामाजिक सन्जालले टुइटर मार्फत भाइरल बनाइदिए । त्यो आन्दोलनको नामै टुइटर क्रान्ति भयो । यस्तै सन २००४को युक्रेनी नामक क्रान्ति पनि सामाजीक सन्जाल बाटै सफल भयो । यस्ता घटना परिघटना विश्वभर दर्जनौ छन् । विडम्बनाको कुरा दर्ता हुन आएनन् भनेर करीब २६वटा सामाजीक सन्जाल बन्द गरिएको छ । देशमा पुरै हाहाकार मच्चिएको अवस्था छ ।२८सेरोफेरोका युवा सडकमा भ्रष्टचारी को विरुद्धमा र सामाजीक सन्जाल बन्द गरेको विरुद्धमा उत्रेका छन । सरकारले अति दमन गरेको छ । आन्दोलनमा दर्जनौ हताहत भएका छन भने सयौ घाइते भैसकेका छन् । पत्रकार समेत सामन्तहरुले छोडेनन् ।सेनाको परिचालन समेत गरिएको अवस्था छ । ठूलो दल मानीने एकथरी निरीहहरुले दर्ता गर्न पो भनिएको हो किन बन्द गराइयो भनेर विरोध जनाएका छन् । यो नाटक अब नगर तिम्रा काला कर्तुत जनताले पर्दाफास गर्ने छन । अहिले यो घटनाले स्वयं सरकारी कामकाजलाई प्रत्यक्ष असर पारेको छ तर सरकारका ठेकदारहरु बन्दकै पक्षमा वकालत गर्दै छन । सरकारी कामकाजमा प्रयोग भएका अनलाइन ,युटुब बन्द हँुदाका कारण राज्यलाइनै अर्थ तन्त्रमा प्रत्यक्ष असर पारेको छ ।
जनताले यिनीहरुबाट भए गेरका बेइमानी,बदमासी,भ्रष्टचार,देशको भूमि माथि विदेशीहरुको अतिक्रमण लगायतका विषय वस्तुको विरोध गर्दा विरोध खेप्न र फेस गर्न नसके पछि सन्जालनै बन्द गराउनु भनेको फेरी पनि सामन्तवाद ब्युँताएर देशमा एक छत्र छाँयाको हिटलरी शासनको कल्पना गरिरहेका छन ती सबै सपनाका महल चक्नाचुर बन्नेछन् । जनताका सामु संसारका कैयौ सामन्तहरु झुक्न बाध्य भएका इतिहास साक्षी छ । उनीहरुको उद्धेश्य कोही कसैले विरोध गर्न नपाओस भन्ने ठूलो षडयन्त्र कारी योजनामा विचौलियाहरुको सल्लाह सुझाव मै यस्ता हर्कत गरिएको हो ।
वास्तवमा अहिलेको सरकार मात्र यसको मुख्यकारक होइन यिनीहरु त पुरानै सामन्तवादी हुन जसको विरुद्धमा त्यती ठूलो जनयुद्ध जनआन्दोलन नै भयो । जनयुद्धकै समयमा बयल गाढा चढेर माओवादी अमेरिका जादैछन भन्नेहरुले र युद्धमा टाउकाको मूल्य तोक्नेहरुले जनताको पक्षमा काम गर्थे ?कुनै कल्पना थियो गर्छन भन्ने ? त्यसकारण अधुरो क्रान्तिको प्रतिफल फेरीपनि नेपाली जनताले ज्यान गुमाउने अवस्था सृजना भयो । अब एकपटक टाउँकोमा कफन बाधेर मैदानमा उत्रिनु पर्ने बाध्यात्मक अवस्था नेपाली जनता सामु आइसक्यो ।देश जनता न्याय को लागि जीवन वलिदानी गर्नेहरु त सडकमा उत्रे शहिद बनिसके यदि समयमा विबेक फिरेन भने १७हजार सहिदको बलिदानी घाइते बेपत्ता युद्ध आन्दोलनमा क्षति व्योहोर्ने सबैले जबाफ माग्ने छन ।कसैलाई पानी माथिको ओभानो भएर बाच्न दिने छैनन ।सबैमा चेतना भया ।धन्यवाद ।

