काठमाडौं । कुनै पनि विदेशी नागरिकले सजिलै नेपाली नागरिकता प्राप्त गर्न सक्ने अत्यन्तै खुकुलो प्रावधान रहेको चरम राष्ट्रघाती नागरिकता विधेयक देउवा सरकारले रातारात संसदबाट पारित गर्ने षड्यन्त्र अघि बढाएपछि देशभक्त नेपालीहरुले साउन ६ मा संसद भवन घेर्ने भएका छन ।
प्रतिनिधि सभाको आज (साउन ६ गते) को कार्यसुचिमा उक्त राष्ट्रघाती नागरिकता विधेयक पनि राखिएको छ । साउन ६ गते रातीनै उक्त विधेयकलाई संसदबाट पारित गराउने षडयन्त्रका साथ पाँच दलीय गठबन्धनको देउवा सरकार आएपछि त्यसले देशभक्त नेपालीहरुलाई स्वभाभिक रुपमा आक्रोशित बनाएको छ । प्रतिनिधिसभाबाट उक्त विधेयक हुबहु रुपमा पारित भयो भने त्यसले नेपाललाई फिजिकरण हुँदै सिक्किमिकरण गर्ने सुनिश्चित छ । त्यसकारणनै देशभक्त नेपालिहरुले साउन ६ गते दिउसै देखि संसद भवन घेर्न लागेका हुन । देशको स्वाधिनता र सार्वभौमिकता जोगाउन चाहाने हरेक देशभक्त नेपाली साउन ६ मा संसद भवन अगाडि नयाँ वानेश्वर चोकमा हुने विरोध प्रदर्शनमा सहभागी हुनै पर्ने देखिन्छ ।
देउवा सरकारको राष्ट्रघाती र जनघाती कदमका विरुद्ध संयुक्त संघर्ष अगाडि बढाउँदै आएका ६ बाम दलहरुले राष्ट्रघाती नागरिकता विधेयक रातारात पारित गर्ने देउवा सरकारको षडयन्त्रका विरुद्ध संसद भवन अगाडि उपस्थित भएर बिरोध प्रर्दशन गर्न देशभक्त नेपालीहरुसङ्ग अपिल गरेका छन । २०७९ साउन ५ गते साझ एक सुचना जारी गर्दै उनीहरुले भनेका छन – “नेपाललाई भारतीयकरण गर्ने चरम राष्ट्रघाती नागरिकता विधेयक साउन ६ गते नै संसदबाट पारित गर्ने षड्यन्त्र गरिंदैछ । त्यसका विरुद्ध सम्पूर्ण देशभक्त, लोकतन्त्रवादी, वामपन्थी र कम्युनिस्ट क्रान्तिकारी शक्ति, संघसंस्था र संगठन तथा स्वतन्त्र नागरिक र देशका सच्चा सपुतहरु आआफ्नो सम्पूर्ण शक्ति सहित आन्दोलनमा उत्रौं ! साउन ६ गते १ बजे संसद सुरु हुनु भन्दा अगाडि १२ बजे नयाँ बानेश्वरमा जम्मा होऔं !!
चरम राष्ट्रघाती नागरिकता विधेयक रातारात पास गर्ने देउवा सरकारको षडयन्त्र , देशभक्तहरुले आज संसद भवन घेर्ने
Comments