दक्षिणपन्थी अवसरवादीहरुले देखाए अमानवीयताको निकृष्ट रुप

विरामीलाई दिइएको सहयोग समेत फिर्ता मागियो

काठमाडौं । जब कुनै पनि पार्टी, संगठन र नेता , नीति सिद्धान्तबाट च्यूत हुन्छ तब उसले आफ्नो गलत राजनैतिक व्यवहारलाई ढाकछोप गर्न कतिसम्म तल झर्दो रहेछ भन्ने नमुना हेर्न अब मोहन विक्रमसिंह नेतृत्वको नेकपा (मसाल) लाई हेरे पुग्ने भएको छ । सो पार्टीका जिम्मेवार नेताहरुले भारतको हैदरावादमा त्यस्तै निकृष्ट अमानवीय व्यवहार प्रदर्शन गरेका छन् । मसालको बैधानिक मोर्चाका अध्यक्ष चित्रबहादुर केसी र मसालका केन्द्रीय नेता आनन्द शर्मा मुख्य र विशेष अतिथी रहेको एक कार्यक्रमको मन्च बाट सो पार्टी आबद्ध एकता समाज भारतका उपाध्यक्ष रहेका प्रेम पौडेलले त्यस्तो व्यवहार प्रदर्शन गरेका हुन । उपाध्यक्ष पौडलले केसी र शर्मा मुख्य अतिथि रहेको भारत हैदरावादमा १७ जुलाई २०२२ मा आयोजित एक कार्यक्रममा एक मृगौला पीडित महिलालाई गरिएको सहयोग फिर्ता मागेका थिए ।

“मेरी श्रीमतिको किड्नी फेल भयो, किड्नी ट्रान्सफर गर्न एकता समाजले सहयोग गरिदिनु पर्यो भनेर फोन गरे । तपाईहरु धेरैले सहयोग गर्नुभयो । मैले आफै लगेर सूर्य बहादुर पुनलाईृ त्यो रकम बुझाएको छु ।” कार्यक्रमको मञ्चबाट प्रेम पौडेलले भनेका थिए –“तपाईहरुले दिएको त्यो पैसा कहाँ गयो ? कतै त्यो पैसाले घर घडेरी त किनिएन ? किड्नि ट्रान्सफर भयो कि भएन ? हामीले त्यसो गरेको भए कति कमाउन सक्थ्यौ ? त्यस्तालार्ई हामीले घर्सार्दै घसार्दै जनताको कठघरामा ल्याउने छौं ।” यसरी प्रेम पौडेलले चित्रबहादुर केसी, आनन्द शर्मा, ठाकुर खनाल र धनवीर पुन समेत अतिथि रहेको हैदरावादको कार्यक्रममा “सूर्य पुनले आफ्नी श्रीमतीको किड्नी फेल भयो भन्ने झुठो कुरा गरेर पार्टीबाट सहयोग अनुदान लिएकाले अब आफूहरुले उनलाई घिर्सादै ल्याएर कार्वाही गर्ने” धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए । पौडेलले उक्त अभिव्यक्तिबाट सूर्य पुनको श्रीमति विरामी नै नभएको, सहयोग रकम उठाएर घर घडेरी किन्नका लागि मात्र सुर्य पुनले श्रीमती विमारी भएको नाटक गरेको कुरानै बुझाउन खोजेको प्रष्ट बुझन सकिन्छ । उक्त कार्यक्रममा पौडेलले अराजनैतिक अपशब्दहरु प्रयोग गरेर गाली गलौज समेत गरेका थिए । तर उनको अभिव्यक्तिको केसी, शर्मा, खनाल र पुन कसैले पनि खण्डन गरेनन् न त पौडेलले त्यहाँ अभिव्यक्त गरेको विचार र लगाएको आरोप त्यो उनको व्यक्तिगत विचार हो भनेर एमवी नेतृत्वको मसालले आजसम्म भनेको नै छ । त्यसैले हैदरावादको कार्यक्रममा प्रेम पौडेलले जुन अभिव्यक्ति दिए त्यो एमबी नेतृत्वको मसालको आधिकारिक धारणा भएको नै प्रष्ट हुन्छ ।

के सूर्य पुनको जीवन साथीको किड्नी फेल भएको भन्ने कुरा झुठो हो ? के आफनी जीवनसाथीको उपचारको लागि भनेर सहयोग रकम जुटाइ सूर्य पुनले घर घडेरी खरिद गरेका हुुन् ? हामिले सत्य तथ्य जान्नकालागि , स्वम सुर्य पुन र सम्बन्धित अस्पताल सबै तिर कुराकानी गरेका थियौ । ती कुराकानी बाट प्राप्त तथ्यहरुले प्रेम पौडेलले सुर्य पुन माथी लगाएका सबै आरोपहरुलाई झुठा सावित गरिदिएका छन ।

सूर्य पुनकी जीवन साथी शुशिला पुनको अहिले पनि उपचार चलिरहेको छ । हाल बुटवल–१२ तामनगरमा रहनु भएकी सूर्य बहादुर पुनकी जीवन साथी शुशिला पुनको २०७७ साउनमा मृगौला फेल भएको अस्पतालमा चेक गर्दा थाहा लागेको थियो । काठमाडौंमा ल्याएर सोही सालको असोजमा १० दिनसम्म उहाँको उपचार गरिएको थियो । त्यसपछि लामो समयसम्म भारतको हैदरावादमै राखेर उहाँको औषधि उपचार चलाइएको थियो । औषधिकै सहारामा उहाँ अहिले पनि बाँचिरहनु भएको छ । मृगौला प्रत्यारोपणको काम अझै हुन सकेको छैन । त्यसको प्रक्रियाकालागि अझै समय लाग्ने भएको छ । आफन्त तथा संगठनका साथीहरुको सहयोग र सापटीबाट सूर्य पुनले आफ्नी जीवन संगिनीको उपचार प्रक्रिया अघि बढाइरहनु भएको छ । यी सबै तथ्यहरुको जानकारी स्वयं प्रेम पौडेललाई पनि छ । तर पनि सूर्य पुनको चरित्र हत्या गर्ने गरी प्रेम पौडेलले उक्त अभिव्यक्ति किन दिए त ? त्यसका पछाडिको कारण भने राजनीतिक प्रतिशोध रहेको प्रस्ट छ ।

मसाल भित्र क्रान्तिकारी विचार र दक्षिणपन्थी विचारका बीचमा लामो समयदेखि तीब्र अन्तरसंघर्ष चलिरहेको छ । सूर्य पुन मसाल भित्रको क्रान्तिकारी विचार समूहमा लागेका छन् भने प्रेम पौडेल दक्षिणपन्थी विचार समूहमा । राजनैतिक रुपमा सूर्य पुनसँग प्रतिवाद गर्ने हैसियत र क्षमता नभएर नै प्रेम पौडेल व्यक्तिगत गाली गलौज र चरित्र हत्याको राजनीतिमा उत्रिएको सहजै बुझ्न सकिन्छ । पौडेलको उक्त अराजनैतिक चरित्र हत्याको अमानबिय अभिव्यक्तिले मसाल भित्रको एमबी समुहको बैचारिक टाटपल्टाइललाइनै प्रस्ट पार्दछ ।

सिंहको मसाल यतिबेला आफ्नो वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा मार्फत् पाँच दलीय सत्ता गठबन्धनमा सामेल छ । पाँच दलीय गठबन्धनको देउवा सरकार जनघात र राष्ट्रघातको मार्गमा तीब्रतर गतिमा अघि बढिरहेको छ । राष्ट्रघाती एमसीसी देउवा सरकारले नै संसदबाट अनुमोदन गरायो । विदेशीलाई नेपाली नागरिकता लिन अत्यन्त सहज हुने गरि भर्खरै संसदबाट राष्ट्रघाती नागरिकता विधेयक पारित गरेको छ – पाँच दलीय गठबन्धनको देउवा सरकारले । तर पनि एमबी नेतृत्वको मसालले पाँच दलीय गठबन्धन अझै छोडेको छैन । आफैले वर्गशत्रु घोषणा गरेको कांग्रेससँग मसालले लगनगाँठो कस्नुको औचित्य अझै पुष्टि गर्न सकेको छैन । त्यो कहिल्यै सक्ने पनि छैन । चुनाबमा एक दुई सिट जित्नकै लागि वर्ग शत्रु सङ्ग घाँटी जोडेर मसालको एमबी समूह अघि बढेको सबैले बुझेका छन । आफ्ना घोषित नीति सिद्धान्तका विरुद्धमा एमबी समुहले जुन अपराध गरेको छ त्यसकोलागी इतिहासले उसलाइ सायद कहिल्यै माफी दिने छैन । राजनैतिक रुपमा एमबी नेतृत्वको मसाल रित्तिएको छ । उसको क्रान्तिकारीपन सम्पूर्ण रुपमा भुत्ते भएको छ । जब कुनै राजनैतिक पार्टी बैचारिक रुपमा टाट पल्टिन्छ तब उस्का नेता कार्यकर्ताहरुले चरित्रहत्याको अराजनीतिक बाटो समाउन पुग्छन । गैर राजनैतिक यस्ता कपोलकल्पीत भ्रमहरुको सहारा लिन पुग्छन ।

यसैबिच मुल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिती र मध्य दक्षिण भारत क्षेत्रीय समितिले एक प्रेस बक्तब्य जारी गर्दै प्रेम पौडेलको उक्त अभिव्यक्ति कपोकल्पित र झुठा रहेको बताएका छन । मुलप्रवाहको दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्याल र कोषाध्यक्ष शेर बहादुर बिकले एक संयुक्त प्रेस बक्तब्य जारी गर्दै अनुसासन बिहिन , अराजक र भ्रष्टहरुले फैलाएको भ्रममा नपर्न अनुरोध गरेका छन । त्यस्तै मध्य दक्षिण भारत क्षेत्रीय समितीका अध्यक्ष कृष्ण पौडेलले पनि एक प्रेस बक्तब्य जारी गर्दै बिरामीलाई सङ्गठनले गरेको सहयोग समेत फिर्ता माग्ने अमानबिय र अराजक ब्यवहारको ससक्त बिरोध गरेका छन ।

जारी प्रेस बक्तब्यहरु निम्नानुसार रहेका छन :-

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित