बाग्लुङ । राष्ट्रिय जनमोर्चाको विशेष आधार इलाकाको रुपमा परिचित बागलुङको जैमिनी नगरपालिकामा राष्ट्रिय जनमोर्चाकै समन्वय समिति गठन भएको छ । राष्ट्रिय जनमोर्चा समन्वय समितिका केन्द्रीय सदस्य रेशम गिरीको प्रमुख आतिथ्यमा २०७९ साउन १४ गते सम्पन्न भेलाले सो समिति गठन गरेको हो ।
भेलाले टङ्क रानाको अध्यक्षतामा १५ सदस्यीय राजमो समन्वय समिति जैमिनी गठन गरेको छ । समितिको सचिवमा निर बहादुर श्रीस रहेका छन् । भेलाद्वारा निर्वाचित समितिका सदस्यहरुमा चन्द्र थापा, धन बहादुर थापा, कुमार छिरिङ थापा, रमेश गोर्खाली, होम नेपाली, दल बहादुर नेपाली, दल बहादुर वि.क. रहेका छन ।
नेकपा (मसाल) मा पाँच वर्ष भन्दा बढी समय अगाडि देखिएको सैद्धान्तिक वैचारिक संघर्षमा पार्टी नेतृत्वले पार्टीलाई निरंतर दक्षिणपन्थी संशोधनवादमा पतन गराउँदै गएको अवस्थामा पार्टीको विगतको गौरवशाली इतिहासको रक्षा र नेपालि कम्युनिस्ट आन्दोलनको विकासको लागि नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिलाई सहयोग गर्ने स्पष्ट उद्देश्यका साथ जैमिनीमा सो समिति गठन गरिएको निर्वाचित अध्यक्ष टङ्क रानाले बताए । “पछिल्लो राजनीतिक घटनाक्रममा नेकपा (मसाल) को नेतृत्व पुरै नेपाली काङ्ग्रेसको पिछलग्गु बनेको छ । पार्टीले कम्युनिस्ट मुल्य–मान्यताहरुलाई परित्याग गरेको छ ।” – अध्यक्ष रानाले भने – “मसाल नेतृत्वले क्रान्तिकारी आन्दोलनबाट पार्टीलाई दक्षिणपन्थी सुधारवादमा फसाएकोले अब पार्टीमा विद्रोह बाहेक अर्को विकल्प देखिदैन ।”
भेला टङ्क रानाको अध्यक्षता र धन बहादुर थापाको सन्चालनमा सम्पन्न भएको थियो ।
बागलुङ जैमिनीमा राष्ट्रिय जनमोर्चा समन्वय समिति गठन
Comments