- विमल शर्मा
गतांकबाट क्रमश
संगठनात्मक प्रस्ताव
१. मसौदा दस्तावेज पृष्ठ ८३ दोस्रो प्याराको छैठौं लाइनमा विरुद्धको संघर्षलाई पछि “व्यापक रुपमा अगाडि बढाउन पर्ने आवश्यकता छ ।” को स्थानमा पारित दस्तावेज पृष्ठ १ को दोस्रो प्याराको सातौं लाइनमा “नयाँ जनवादी दिशामा अगाडि बढाउने” बनाएर बदलिएको छ ।
२. मसौदा दस्तावेज पृष्ठ ८४ माथिबाट चौथो लाइनमा उतार्न हामीले पछि “तुलनात्मक रुपमा धेरै”को स्थानमा पारित दस्तावेज पृष्ठ २ आठौलाइनमा उतार्न हामीले पछि “अपेक्षा गरे अनुरुप” बनाएर बदलिएको छ ।
३. मसौदा दस्तावेज पृष्ठ ८४ दोस्रो प्याराको तलबाट ९वौं लाइनमा मुख्य कमजोरी भैरहेको छ पछि “यसको परिणाम देशमा प्रतिक्रियावादी अवसरवादी र आत्मसमर्पणवादी संस्कृतिले जरा गाड्दै गएको छ ।” भन्ने वाक्यलाई पारित दस्तावेजको पृष्ठ २ तलबाट माथि दोस्रो लाइनबाट हटाइएको छ ।
४. मसौदा दस्तावेज पृष्ठ ८४ तलबाट माथि तेस्रो लाईनमा सृजित हुनेछ पछि “जुनकुरा हाम्रो जस्तो क्रान्तिकारी पार्टीको लागि दुःख र चिन्ताको विषय हुनेछ ।” भन्ने वाक्यांसलाई पारित दस्तावेजको पृष्ठ ३ माथिबाट चौथोलाईनमा सृजित हुनेछ पछि हटाईएको छ ।
५. मसौदा दस्तावेज पृष्ठ ८५ तलबाट माथि दशौं लाइनमा बढ्नु पर्ने हुन्छ । त्यसरी पार्टीको पछि “निर्देशनको दिशामा” भन्ने शब्दलाई बदलेर पारित दस्तावेजको पृष्ठ ३ को अन्तिम लाइनमा त्यसरी पछि “नै पार्टीको नेतृत्वमा” बनाई बदलिएको छ ।
६. मसौदा दस्तावेज पृष्ठ ८५ को तलबाट माथि आठौ लाइनमा कार्यान्वयनको लागि पछि “कार्ययोजनाहरुको” को स्थानमा पारित दस्तावेजको पृष्ठ ४ माथिबाट दोस्रो लाईनमा कार्यान्वयनको लागि पछि “संगठनात्मक” भनेर परिवर्तन गरिएको छ ।
७. मसौदा दस्तावेज पृष्ठ ८५ को तलबाट माथि दोस्रो लाइनमा समिक्षा र पछि “समालोचना” को स्थानमा पारित दस्तावेजको पृष्ठ ४ माथिबाट दोस्रो प्याराको पाँचौ लाइनमा समिक्षा पछि “मुल्यांकन” बनाईएको छ ।
८. मसौदा दस्तावेज पृष्ठ ८६को माथिबाट तेस्रो लाइनमा भएको योजनालाई मद्दत पछि “पुराउदै अगाडि बढेर आजको अवस्थाबाट फड्को मार्न सकिन्छ ।” भन्ने वाक्यको स्थानमा पारित दस्तावेजको पृष्ठ ४ को दोस्रो प्याराको तेस्रो लाइनमा योजनाहरुलाई मद्दत पछि “पुराउन पर्दछ” भनेर परिवर्तन गरिएको छ ।
९. मसौदा दस्तावेज पृष्ठ ८६ को माथिबाट आठौ लाइनमा दिनुपर्छ भने, अर्कातिर, पछि “जन संगठनको माध्यमबाट पार्टी संगठनलाई व्यापक जनतामा पुराउन पर्ने र आधारभूत वर्गमा पार्टीलाई पु¥याउन पहल गर्न सबै तहमा गम्भीर हुनुपर्ने” भन्ने स्थानमा पारित दस्तावेजको पृष्ठ ४ को दोस्रो प्याराको अन्त्य तिर दिनुपर्छ भने, अर्कातिर पछि “पार्टी संगठनलाई व्यापक जनतामा पुर्याउनु पर्ने आवश्यकता छ । त्यसका साथै हामीले हाम्रो पार्टीलाई आधारभूत वर्गमा पु¥याउन गम्भीरतापूर्वक ध्यान दिनुपर्ने” भनेर परिवर्तन गरिएको छ ।
१०. मसौदा दस्तावेज पृष्ठ ८६ दोस्रो प्याराको पहिलो लाइनमा पुँजी हुन् पछि पारित दस्तावेजको पृष्ठ ४ तेस्रो प्यारामा पुँजी हुन् पछि “यो कुरा हामीले एकदमै विर्सन हुँदैन” भनेर नयाँ वाक्य थपिएको छ ।
११. मसौदा दस्तावेज पृष्ठ ८६ को दोस्रो प्याराको चौथो लाइनमा कैयांै गुणा बढी पछि नभएको शब्द पारित दस्तावेज पृष्ठ ४ को तलबाट माथि तेस्रो लाइनमा “पेशेवर” भनेर थपिएको छ ।
१२. मसौदा दस्तावेज पृष्ठ ८६ को दोस्रो प्याराको पाँचौ लाइनमा आवश्यकता छ । पछि “त्यसकारण हामीले पाटी कार्यकर्ताको क्षमताको बढी भन्दा बढी उपयोगमा ध्यान दिनु पर्ने आवश्यकता छ । कार्यकर्तालाई काममा लगाउँदा उसको दक्षता, अनुभव, कमि कमजोरी, लगनशीलता, रूचिलाई समेत ध्यान दिएर कामको जिम्मा दिनु पर्दछ र यो भावनाको पनि विकास गराउनु पर्दछ कि व्यक्तिगत आवश्यकता रूचि भन्दा पार्टीको आवश्यकता व्यक्तिगतहित भन्दा सामूहिकहित माथिका कुरा हुन् भन्ने चेतनाको विकास गराउँदै स्थानीय पार्टी कमिटी वा जनसंगठनको आवश्यकता भन्दा पार्टी केन्द्रको आवश्यकता महत्वपूर्ण हो भन्ने प्रश्नमा प्रष्टता ल्याउनु पर्ने आवश्यकता छ । साथै कार्यकर्ताको खटनपटन, बाटो खर्च, घर परिवारमा बिमारी जस्ता प्रश्नमा सबै तहका कमिटिले ध्यान पुयाउने र आम पार्टी कार्यकर्तामा पेशेवर कार्यकर्ता प्रति सहयोगी भावनाको विकासमा जोड दिदै पेशेवर कार्यक्रताहरूमा पनि तलवी मानसिकता बाट माथि उठ्न प्रेरित गर्दै नयाँ पेशेवर कार्यकर्ताको विकासमा जोड दिनुपर्ने आवश्यकता छ । साथै पेशेवर कार्यकर्ताले पनि पार्टीका आयश्रोतहरू बढाउन र व्यवस्थित गर्ने, जनताको बीचमा निसंकोच भएर प्रस्तुत हुने वातावरण निमार्णमा जोड दिनुपर्छ । आर्थिक रूपमा मात्र होइन सबै पक्षमा पार्टी सदस्यहरूमा आपसी सहयोगी वातावरण निर्माणमा जोड दिनुपर्दछ, कामका जिम्मेवारीहरूको निरन्तर समीक्षा गरेर कामहरू अझ बढी व्यवस्थित गराउन ध्यान दिनुपर्दछ, नियमित प्रशिक्षण, स्व–अध्ययनको स्पिरिटलाई पक्रेर कामलाई प्रभावकारी बनाउनु पर्दछ, पार्टीका प्रशिक्षणहरूलाई यान्त्रिक रूपमा बुझने जस्ता कमजोरीहरूलाई हटाएर प्रशिणहरू सहयोगी हुन, प्रथम कुरा स्व–अध्ययन हो भने वातावरणको निमार्णमा जोड दिनुपर्दछ । कामहरूबाटै सिक्ने र झन उच्चप्रकारले कामहरूलाई अगाडि बढाउने वातावरणको निमार्ण गर्दै आन्दोलनबाट खान्ने र खारिने वातावरणको निमार्णमा जोड दिनुपर्दछ । कामरेडहरूको कमिकमजोरी प्रति द्वन्द्वात्मक दृष्टि अपनाउँदै खुलस्त आलोचना र आत्मीय बातावरणको श्रृजना गर्दै निरन्तर प्रोत्साहन दिँदै कामको समीक्षा गरेर अगाडि बढ्नु पर्ने आवश्यकता छ । कार्यकर्ताहरूमा जुनसुकै मोर्चामा भए पनि श्रेष्ठतम काम गर्ने आशा, उत्साह र जागरिलो वातावरण निर्माणमा सबै तहका पार्टी कमिटिहरूले ध्यान दिनु पर्ने आवश्यकता छ । त्यसरी हजारौं कार्यकर्ताहरूको विकास गरेर मात्र आज पार्टीका अगाडि विद्यमान जिम्मेवारीलाई बहन गर्न संभव हुनेछ ।” को स्थानमा पारित दस्तावेज पृष्ठ ४ तलबाट माथि दोस्रोलाइनमा “ त्यसका लागि खास गरेर ठूलो संख्यामा पेशेवर कार्यकर्ताहरुको संख्यामा बृद्धिगर्ने दिशामा पनि आवश्यक ध्यान दिनुपर्ने आवश्यकता छ । हाम्रो पार्टीमा महिला पेशेवरहरूको संख्या न्यून रहेको छ । पार्टीमा महिलाहरूलाई ल्याउने विषयमा अहिले पनि पार्टीको पर्याप्त ध्यान पुग्न सकेको छैन । महिलाहरूलाई पार्टीका सबै तहहरूमा अनिवार्य रूपले ल्याउने प्रयत्न गर्नुपर्ने आवश्यकता छ । कार्यकर्ताहरूलाई कामको जिम्मा दिंदा उसको दक्षता, अनुभव, कमि कमजोरी, लगनशीलता, रूचिलाई समेत ध्यान दिनु पर्दछ र यो भावनाको पनि विकास गराउनु पर्दछ कि व्यक्तिगत आवश्यकता तथा रूचि भन्दा पार्टीको आवश्यकता, व्यक्तिगत हित भन्दा सामूहिक हित महत्वपूर्ण हुन्छन् । त्यस्तै प्रकारले स्थानीय पार्टी कमिटी वा जनसंगठनको आवश्यकता भन्दा पार्टी केन्द्रको आवश्यकता महत्वपूर्ण हुन्छ भन्ने कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ । कार्यकर्ताको खानपिन, बाटो खर्च, घर परिवारमा बिरामी जस्ता प्रश्नमा सबै तहका कमिटीले आवश्यक ध्यान पुयाउने र आम पार्टी पंक्तिमा पेशेवर कार्यकर्ता प्रति सहयोगी भावनाको विकास गराउनुको साथै नयाँ पेशेवर कार्यकर्ताको विकासमा ध्यान दिनुपर्ने आवश्यकता छ ।
पार्टी सदस्यहरूमा आपसमा सहयोगको वातावरण निर्माणमा जोड दिदै कामका जिम्मेवारीहरूको निरन्तर समीक्षा गरेर अझ बढी व्यवस्थित गराउन ध्यान दिनुपर्दछ । नियमित प्रशिक्षण तथा स्व(अध्ययनको कामलाई निरन्तरता दिनु पर्दछ । पार्टीका प्रशिक्षणहरूलाई यान्त्रिक रूपमा बुझ्ने जस्ता कमजोरीहरूलाई हटाएर आफूले प्राप्त गरेको शिक्षालाई जनताको बीचमा कसरी सृजनात्मक ढंगले व्यवहारमा लागु गर्ने भन्ने विषयमा ध्यान दिन जरूरी छ । जनताको बीचमा कामहरूबाटै सिक्ने र सिकाउने प्रक्रियालाई झन् उच्चप्रकारले अगाडि बढाउने र आन्दोलनमा खारिने वातावरणको निर्माणमा जोड दिनुपर्दछ । वर्गीय समाजमा विद्यमान सबैखाले सोंच र प्रवृत्तिहरूको प्रभावबाट पार्टी सदस्यहरू पनि मुक्त हुन सक्दैनन् । त्यसले गर्दा पार्टी सदस्यहरूमा गैर सर्वहारा प्रवृत्तिहरू देखिनु र कामको दौरानमा कमी, कमजोरीहरू देखिनु स्वभाविक हुन जान्छ । त्यो अवस्थामा कामरेडहरूको कमिकमजोरी प्रति द्वन्द्वात्मक दृष्टि अपनाउँदै खुलस्त आलोचना गर्दै सुधारका लागि प्रयत्न गर्नुपर्दछ । कार्यकर्ताहरू जुनसुकै मोर्चामा भए पनि श्रेष्ठतम काम गर्ने आशा, उत्साह र जागरिलो वातावरण निर्माण गर्नमा सबै तहका पार्टी कमिटिहरूले ध्यान दिनु पने आवश्यकता छ । हामीले हजारौं कार्यकर्ताहरूको विकास गरेर मात्र आज हाम्रो पार्टीको विद्यमान आवश्यकतालाई पूरा गर्न सम्भव हुनेछ ।” भनेर राखिएको छ ।
१३. मसौदा दस्तावेज पृष्ठ ८८ मा पार्टी संगठन शिर्षकको ४ लाइनबाट स्वभाविक पनि हो । पछि “तर अहिलेको अवस्थालाई पुनः उच्चस्तरमा अगाडि बढाउन पहल गर्नुपर्ने आवश्यकता छ । यो अवस्थाबाट क्रमशस् विकास गरेर सुदृढिकरण र सुद्दिकरण अवस्थामा पार्टी संगठनलाई पुयाउनु पर्ने आवश्यक हुन्छ । त्यसरी नै कामकाजी पार्टीको निमार्ण गर्न सकिन्छ । पार्टी सदस्यहरूको कामबाट मुल्याङकनको परिपाटी बसाल्ने, आन्दोलनमा सक्रियतामा जोड दिने संगठनको भावनाको विकासमा जोड, काममा नखटिने, जिम्मेवारी नलिने, लिएको जिम्मेवरी पूरा नगर्ने पार्टी सदस्यहरूलाई तत्काल सजग बनाउने कार्यमा ध्यान दिनुपर्ने आवश्यकता हुन्छ । कमिटीको” भएको स्थानमा पारित दस्तावेजको पृष्ठ ७ मा पार्टी संगठनको सुदृढिकरणको पाँचौ लाईनमा स्वभाविक पनि हो । पछि “विगतमा पार्टी एकीकरण पछि पार्टीको संगठनात्मक अवस्था निकै कमजोर भएर गएको थियो । पार्टीका नियमित बैठक बस्ने, जिम्मेवारी लिने, समितिहरूको परिचालन गर्ने, योजना बनाउने, संगठन विस्तार गर्ने जस्ता सामान्य कामहरू पनि पार्टीमा उपेक्षित हुन पुगे । केन्द्रको निर्देशन प्रति उदासीनता, जुझारूपनमा कमी, संगठनात्मक अव्यवस्था र अराजकता जस्ता समस्याले गर्दा हाम्रो पार्टी बुर्जुवा संसदीय पार्टीको स्तरमा झर्ने अवस्थामा पुग्यो । हामीले पार्टीलाई यो अवस्थामा रहिरहन दिने हो भने पार्टी बुर्जुवा पार्टीको दिशामा धकेलिने खतरा रहन्छ । पार्टीलाई त्यसप्रकारको सुधारवादी दिशामा जान नदिनका लागि अहिलेको अवस्थामा हामीले धेरै नै मेहनत गर्नुपर्ने आवश्यकता छ । अहिले हामीले पार्टीलाई सुदृढीकरणको दिशामा लैजानु पर्ने आवश्यकता छ भने पार्टीको अहिलेको अवस्थामा सुधार आएपछि शुद्धीकरण गर्दै पार्टीलाई मिलिटेन्ट, अनुशासित । र जुझारू बनाउनु पर्दछ । अहिलेको संगठनको निम्न पुँजीवादी स्वरूपलाई बदलेर क्रान्तिकारी ढाँचामा रूपान्तरण गर्नुपर्ने आवश्यकता छ । एउटा कम्युनिष्ट पार्टीको राजनीति मात्र क्रान्तिकारी भएर पुग्दैन, संगठनात्मक स्वरूप पनि क्रान्तिकारी र मिलिटेन्ट हुनु आवश्यक हुन्छ । त्यसकारण हामीले त्यो दिशामा हाम्रा प्रयत्नहरूलाई केन्द्रित गर्नुपर्दछ ।
पार्टी सदस्यहरूको कामको मूल्याङ्नको परिपाटी वसाल्ने, आन्दोलनमा सक्रिय भाग लिने, सामुहिक भावनाको विकासमा जोड दिने, काममा खटिने, जिम्मेवारी लिने, आफूले लिएको जिम्मेवारी पूरा गर्ने पार्टी सदस्यहरूको कामको मूल्यांकन गर्दै उनीहरूलाई उपल्लो स्तरको जिम्मा दिने, उच्चस्तरको प्रशिक्षण दिने र नेतृत्व गर्ने क्षमताको विकास गराउने काममा ध्यान दिनुपर्ने आवश्यकता छ । हरेक तहका कमिटीहरुका” सम्म २ प्यारा परिवर्तन गरिएको छ ।
१४. मसौदा दस्तावेज पृष्ठ ९० मा दोस्रो प्याराको “जनसंगठनको कामलाई व्यवस्थित गर्न ठोस योजनाहरू बनाएर कार्यान्वयनमा जोड दिनुपर्ने हुन्छ । जनसंगठनको माध्यमबाट जनताको बीचमा पार्टीको कामलाई व्यवस्थित गर्न जोड दिदै जनताका समस्याहरूलाई लिएर संघर्षलाई अगाडि बढाउने कुरामा जोड दिनुपर्ने आवश्यकता छ । पार्टीलाई जति कडा, भूमिगत बनाउनु पर्ने आवश्यकता छ । त्यति नै जनसंगठनलाई खुकुलो, उदार, संघर्षशील बनाउनुपर्ने आवश्यकता छ ।” स्थानमा “पार्टीको एकीकरण पछि पार्टीभित्र संगठनात्मक अराजकताको साथसाथै व्यापकरूपमा लुजटक, व्याकवाइटिङ्ग, अनुशासनविहीनता, जिम्मेवारी प्रति उपेक्षा, आर्थिक अनियमितता वा आर्थिक अनुशासनविहीनता, क्षेत्रीय स्वायत्तवाद जस्ता थुप्रै नकारात्मक प्रवृत्तिहरू देखा परे । त्यसले गर्दा पार्टीको जुझारू क्षमतामा काफिहदसम्म हास आयो । माओवादीपरस्त तथा माओवादीपरस्तसित सम्झौतापरस्त नीति अपनाउँदै आएका ‘मध्यपन्थी’हरू अलग भएपछि राजनैतिक रूपमा देखापरेको अराजकता समाप्त भएको छ । तैपनि संगठनात्मक कमजोरीहरू लामो समयसम्म कायम रहन सक्छ । त्यसकारण तिनीहरूलाई हटाउन योजनावद्ध प्रकारले काम गर्नुपर्दछ र त्यसका लागि केन्द्रदेखि सेल वा समर्थक ग्रुपसम्म पहल गर्नुपर्दछ । हामीले संगठनलाई सुदृढ पार्ने दिशामा सबै प्रकारका लुजटक, व्याकवाइटिङ्ग जस्ता गलत र अनुशासनविहीन गतिवधिमाथि नियन्त्रण गर्नुपर्ने आवश्यकता छ ।”
१४. मसौदा दस्तावेज पृष्ठ ९० मा दोस्रो प्यारा पहिले ठोस योजनाहरु बनाएर पछि “उत्साह पूर्वक कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ ।” को स्थानमा पारित दस्तावेज पृष्ठ १० को कमजोरी भन्दा पहिले योजनाहरु बनाएर पछि “यो समस्या हल गर्ने तर्फ ध्यान दिनुपर्ने आवश्यकता छ ।” भनेर परिवर्तन गरिएको छ ।
१५. मसौदा दस्तावेजमा नभएको शीर्षक कमजोरीहरु बनाएर पारित दस्तावेजको पृष्ठ १० ११, र १२ मा निम्न अनुसार थप गरिएको छ ः–
कमजोरीहरु
गतकालमा हाम्रा कैयौं कमजोरीहरू रहेका छन् । गतकालको हाम्रो मुख्य गल्ती एकताकेन्द्रसित पार्टी एकता गर्नु नै रहेको छ । समग्ररूपमा भन्नु पर्दा त्यसबाट गतकालको पार्टीको राजनैतिक भूमिका, संगठनात्मक अवस्था, अनुशासनको अवस्था वा पार्टी सदस्यहरूको मनोवलमा समेत नकारात्मक असर परेको छ । को(अर्डिनेशन त्यो अवस्थामा सुधारका लागि उठाइएको महत्वपूर्ण र निर्णयात्मक कदम थियो । त्यसले पार्टीलाई व्यवस्थित र अनुशासित बनाउन तथा पार्टीको राजनैतिक भूमिका अगाडि बढाउन पनि महत्वपूर्ण योगदान दियो । तर को(अर्डिनेशनको गठन पछि पनि हाम्रा कैयौं कमजोरीहरू रहेका छन् । त्यसपछिको हाम्रो सबैभन्दा (५ मुख्य कमजोरी यो रहेको छ स् केन्द्रिय वा अन्य विभिन्न स्तरमा भएका निर्णय वा कार्यक्रमहरूलाई कार्यान्वित गर्न नसक्नु । त्यसको मुख्य जिम्मेवारी सर्वप्रथम पार्टी केन्द्रले लिनु पर्दछ । सबै निंण्णयहरूको कार्यान्वयनका लागि केन्द्रले नै पहल गर्नुपर्दछ । तर पार्टी कार्यालय नै व्यवस्थित हुन सकेको छैन । त्यसले गर्दा पार्टी केन्द्रबाट आवश्यकतानुसार पहल हुन सकेको छैन । पार्टीका विभिन्न क्षेत्रका इन्चार्जहरू वा क्षेत्रीय व्यूरोहरूद्वारा पनि निर्णय वा कार्यक्रमहरूको कार्यान्वयनका लागि आवश्यक पहल हुन नसक्दा पनि निर्णयहरूको कार्यान्वयन पछाडि पर्ने गरेको छ । गतकालमा आर्थिक अभियान र बैधानिक साप्ताहिकको ग्राहक अभियान वा संचालन बारे गरेका निर्णयहरू कार्यान्वयन हुन नसक्नु त्यसका केही प्रमुख उदाहरणहरू हुन् । पार्टी एकताको अत्यन्त ठूलो असर पार्टी भित्रको आर्थिक कार्यप्रणालीमा परेको छ । लेभी, प्रतिशत, पार्टीका विभिन्न कोषहरूको हिसाब आदि अनियमित भएर गएका छन् । वास्तवमा भन्ने हो भने पार्टीको आर्थिक मेरूदण्ड नै कमजोर र अव्यवस्थित भएको छ । पार्टीमा जनवादी केन्द्रियता कमजोर भएको छ । पार्टीमा एक प्रकारको स्थानीय स्वायत्तवादको विकास भएको छ । तल्ला समितिहरूद्वारा उपल्ला समिति वा सेलहरूद्वारा गरिएको निर्णयहरूको कार्यान्वयनमा प्रायशः ध्यान दिइन्न वा उपेक्षा गर्ने गरिन्छ । विरोधी शक्तिहरूका विरूद्धको जुझारू स्पिरिटमा हास भएको छ । पार्टीमा लुजटक, व्याकवाइटिङ्ग आदि आम कुरा भएका छन् । पार्टीका कुनै सदस्य वा समितिका तर्फबाट हुने कुनै गल्ती, कमजोरी, जिम्मेवारी पालन नगर्ने आदि बारे तुरून्त छानवीन गर्ने वा आवश्यकतानुसार आलोचना वा कारवाही गर्ने कामहरू प्रायशः बन्द जस्तै भएका छन् । पार्टीमा कसले आफ्ना जिम्मेवारी पूरा गरिरहेको छ वा छैन ? कसैको सर्वहारा दृष्टिकोणको कति विकास भएको छ ? कसैमा व्यक्तिगत महत्वाकांक्षा, पदलोलुपता, पार्टीको आडमा व्यक्तिगत फाइदा उठाउने प्रवृत्ति कति छ वा छैन ? उक्त विषयहरूमा मूल्यांकन गर्ने प्रणाली पनि समाप्त जस्तै भएको । त्यसले गर्दा पार्टीमा कार्यकर्ताहरूको सही प्रकारले मूल्यांकन हुन सक्ने गरेको छैन । केन्द्रदेखि तल्ला समितिहरूसम्म नै आलोचना आत्मालोचनाको पद्धति पनि समाप्त जस्तै भएको छ । पार्टी केन्द्र देखि समर्थक ग्रुपहरूसम्म उक्त कमजोरीहरू हटाउन योजनावद्ध प्रकारले काम गर्नुपर्दछ र त्यसरी पार्टीको सम्पूर्ण राजनैतिक भूमिका वा संगठनको अवस्था, कार्यकर्ताहरूको स्तरलाई माथि उठाउन सम्भव हुनेछ । आज पार्टीमा जुन कमजोरीहरू देखा परेका छन, तिनीहरूको स्रोत निम्न पुँजीवादी चरित्र र दृष्टिकोण नै हो । त्यसकारण त्यसमा सांस्कृतिक रूपान्तरणको आवश्यकता छ । मार्क्सवादी–लेनिनवादी सिद्धान्त र सर्वहारा दृष्टिकोणका आधारमा नै त्यसप्रकारको रूपान्तरण सम्भव छ । त्यसपछि नै हामी सही अर्थमा कम्युनिष्ट बन्न सबने छौं र आफ्नो राजनैतिक भूमिका वा संगठनात्मक कार्यशैलीलाई उच्च स्तरमा उठाउन सक्ने छौं ।”
संगठनात्मक कार्यहरू
मसौदा दस्तावेजको पृष्ठ ९० मा “अहिलेको अवस्थामा निम्न लिखित कार्यहरुमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।” शिर्षक अन्तरगत बनाइएका बुँदा नम्बरहरुमा १४नं. लगाइएको छ । तर पारित दस्तावेजको पृष्ठ १२, १३ र १४ मा तत्कालिन कार्यहरु भन्नेमा २० बुँदासम्म र विशेष कार्यहरुमा ९ ओटा बुँदा बनाएर थप गरिएको छ ।
(१५) पेशागत कर्मीहरूको संगठन निर्माण गर्न पहल गर्ने ।
(१६) सबै स्तरमा प्रशिक्षण बढाउन र कार्यकर्ताहरूलाई क्रियाशील बनाउन योजनावद्ध प्रकारले काम गर्ने ।
(१७) केन्द्र र जिल्लास्तरमा समेत धेरै भन्दा धेरै संगठनकर्ताहरू तयार पार्न प्रयत्न गर्ने ।
(१८) पार्टी वा जनवर्गीय संगठनहरूका प्रकाशनहरू तथा बैधानिक पत्रिकाहरूको विक्री बढाउन र हिसाब व्यवस्थित गर्न पहल गर्ने ।
(१९) सवै स्तरका समितिहरूमा आत्मालोचना तथा आलोचना नियमित पार्ने ।
(२०) जनवादी केन्द्रीयताका आधारमा पार्टीको सम्पूर्ण संगठनात्मक प्रणाली र अनुशासनलाई सुदृढ पार्ने ।
विशेष कार्यहरूः
(१) पार्टी सदस्यहरूले आफ्नो परिवारलाई पार्टीकरणका लागि प्रयत्न गर्ने ।
(२) मजदूर संगठनको निर्माणका लागि पूरा शक्ति लगाउने ।
(३) नयाँ पिढीमा पार्टी चेतना बढाउन पहल गर्ने ।
(४) केन्द्रीय पार्टी स्कूलको स्थापनाका लागि प्रयत्न गर्ने ।
(५) सबै स्तरका समितिले आर्थिक स्रोत बढाउन पहल गर्ने ।
(६) पार्टी कार्यकर्ताहरूको मूल्यांकनको वैज्ञानिक पद्धति विकसित गर्दै माथिल्लो तहबाट क्रमशस् डायरी प्रथाको प्रचलन सुरू गर्ने ।
(७) कार्यकर्ताहरूको जुझारू चरित्रको विकासका लागि प्रयत्न गर्ने ।
(८) कार्यकर्ताहरूको सर्वहारा विश्व दृष्टिकोणको विकासका लागि प्रयत्न गर्ने ।
(९) कार्यकर्ताहरूमा मिलिटेन्ट अनुशासन बढाउन प्रयत्न गर्ने ।
विधान–मस्यौदा
१. मसौदा दस्तावेज पृष्ठ ९२ को शुरुमा प्रस्तावना भनेर नलेखिएकोमा पारित दस्तावेजमा प्रस्तावना भनेर उल्लेख गरिएको छ ।
२. मसौदा दस्तावेजको अध्याय १ भन्दा पहिला प्रत्येक प्यारामा बुंदा नम्बर लगाइएको छैन । तर पारित दस्तावेजको ५पृष्ठ सम्म १४ ओटा बुँदा नम्बर बनाइएको छ ।
३. मसौदा दस्तावेजको पृष्ठ ९२ को प्रस्तावना पछि नभएको वाक्य पारित दस्तावेजको पृष्ठ १ को शुरुमा प्रस्तावना पछि “पार्टीले देहाय बमोजिमका सैद्धान्तिक तथा प्रचलित मान्यताहरुलाई स्वीकार गर्दछ ।” भनेर थपिएको छ ।
४. मसौदा दस्तावेज पृष्ठ ९२ को अन्तीम प्याराको तलबाट माथि तेस्रोलाइनमा नभएको वाक्य पारित दस्तावेजको पृष्ठ २ बुँदा नं. ६ मा रक्षा गर्दै आएको छ । पछि “नेपालको कम्युनिष्ट आन्दोलनमा” भनेर थपिएको छ ।
५. मसौदा दस्तावेज पृष्ठ ९३, पहिलो प्याराको अन्त्यमा अनिवार्य शर्त हुन् पछि नभएको वाक्य पारित दस्तावेज पृष्ठ २ बुँदा ७ को जनसेना अनिवार्य शर्त हुन् पछि “भन्ने कुरा पार्टीले स्वीकार गर्दछ । तर उक्त प्रश्नहरुमा पार्टीले ठोस स्थितिको ठोस विश्लेषण गर्दै तात्कालिन नीति तथा संगठन र संघर्षका रुपहरु निश्चित गर्दै जान्छ । देशमा सशस्त्र विद्रोहका लागि अनुकुल अवस्था नभएको अहिलेको स्थितिमा शन्तिपूर्ण संघर्ष नै संघर्षको प्रधान रुप हुन्छ । तर त्यसको उद्देश्य पुनः सशस्त्र संघर्षका लागि आधार तयार पर्नु हुन्छ ।” भनेर थपिएको छ ।
६. मसौदा दस्तावेज पृष्ठ ९३ दोस्रो प्याराको तेस्रो लाइनमा सजग रहनु पर्दछ पछि “जनता र जनसेनाको” भन्ने स्थानमा पारित दस्तावेज पृष्ठ २ बँुदा ८ मा सजग रहनु पर्दछ पछि “जनताको” भन्ने राखेर “जनसेनाको” भन्ने शब्द हटाइएको छ ।
७. मसौदा दस्तावेज पृष्ठ ९३ दोस्रो प्याराको चौथो लाईनमा माछा मात्र हुनेछ पछि नभएको शब्द पारित दस्तावेज पृष्ठ २ बँुदा ८ को अन्तमा “भन्ने पार्टीको मान्यता रहेको छ” भनेर थपिएको छ ।
८. मसौदा दस्तावेज पृष्ठ ९३ चौथो प्याराको चौथो लाइनमा भारतीय विस्तारवाद र पछि “ती संग मिलिमतो गर्ने सबै प्रतिक्रियावादीहरु तथा देशमा” भन्ने शब्द पारित दस्तावेज बुँदा १० पृष्ठ ३ को शुरुबाट हटाइएको छ ।
९.मसौदा दस्तावेज पृष्ठ ९३ चौथो प्याराको पाचंैलाइनमा पूँजिपति वर्ग र पछि “उनीहरुका पिछलग्गु प्रतिकृयावादी तत्वहरु सबै हाम्रा ज्यानी” शब्दलाई पारित दस्तावेज बुँदा १० पृष्ठ ३ को पहिलो लाइनबाट हटाइएको छ ।
१०. मसौदा दस्तावेज पृष्ठ ९३ को अन्तीम प्यारामा तलबाट माथि तेस्रोलाइनमा अदम्य उत्साह पछि “अडिक क्रान्तिकारी शु¥याईका साथ संघर्ष गर्न कमर कसौं आवश्यक बलिदान र त्यागबाट नडराऔं दृढ रहौं ।” को स्थानमा पारित दस्तावेजको पृष्ठ ३ को बुँदा ११ को चौथो लाइनमा अदम्य उत्साह पछि “साहस र दृढताका साथ संघर्षगर्न हामी पछि पर्न हुँदैन । आवश्यक बलिदान र त्याग गर्न हामी पछि पर्नु हुदैन ।” भनेर परिवर्तन गरिएको छ ।
११. मसौदा दस्तावेज पृष्ठ ९५ को पहिलो प्याराको अन्त्यमा लक्षहरु पुराहुने छन् पछि नभएको वाक्य पारित दस्तावेजको पृष्ठ ४ को बुँदा १४मा पुरा हुनेछन् पछि “भन्ने पार्टीको दृढमत रहेको छ” भने थपिएको छ भने त्यसपछि पृष्ठ ५मा नयाँ प्यारा थपिएको छ । त्यसमा लेखिएको छ, “माक्र्सवाद–लेनिनवाद–माओत्सेतु” विचार धारालाई पथ प्रर्दशक सिद्धान्त मान्दै अमेरिकी साम्राज्यवाद भारतीय विस्तारवाद तथा देशीय सामन्तवाद तथा देशी विदेशी प्रतिकृयावादका विरुद्ध संघर्ष गर्दै वर्ग संघर्षको माध्यमद्वारा नेपाली राजतन्त्रको अन्त्य गरि देशमा नयाँ जनवादी क्रान्तिद्वारा नयाँ जनवादी व्यवस्थाको स्थापना समाजवादी तथा साम्यवादी समाजको स्थापना गर्ने उद्देश्य बोकेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)को सातौ महाधिवेशन द्वारा पारित यो विधान लागु गरिएको छ ।” भनेर थपिएको छ ।
१२. मसौदा दस्तावेज पृष्ठ ९६ धारा ३ को शुरुमा भएको “सर्वहारा सुकुम्बासी र गरिब किसान बाहेक” भन्ने शब्द पारित दस्तावेज धारा १ पृष्ठ ६ को (ञ) को सिलसिलेवार शुरुबाट हटाईएको छ ।
१३. मसौदा दस्तावेज पृष्ठ ९६ को धारा ३ को अन्तीमबाट माथि दोस्रोलाइनमा काम गरिरहेको हुनुपर्दछ पछि “यस नियमलाई नाघ्नु पर्ने विषेश परिस्थिति आइपरेमा” भन्ने शब्दलाई पारित दस्तावेजको पृष्ठ ६ को (ञ)को तलबाट माथि पाँचौं लाइनबाट हटाईएको छ ।
१४. मसौदा दस्तावेज पृष्ठ ९६ को धारा ३ को अन्तीमा अनिवार्य हुनेछ पछि नभएको “तर मजदुर सुकुम्बासी र गरिब किसानहरुको सम्बन्धमा भने अपेक्षाकृत खुकुलो वा लचिलो नीति अपनाइने छ ।” भनेर थपिएको छ ।
१५. मसौदा दस्तावेज अध्याय २ धारा ५को पृष्ठ ९८ बुँदा (थ)को अन्त्य मुक्ति भन्ने मान्नु पछि “(द) छुवाछुत प्रथा र महिला माथिहुने सम्पूर्णखाले हिंसा (घरेलु र सामाजिक) र उत्पीडन आदिलाई समाप्त गर्न सदैव संघर्षरत रहनु । (ध) सबै उपेक्षित, अपहेलित जनसमुदायहरु, अपाङ्ग, विधवा, असाहय, नावालक आदिको हक र हितको रक्षाकालागि संधै प्रयत्न शिल रहनु ।” बनाएर नयाँ बुँदा पारित दस्तावेजको अध्याय २ धारा २ को पृष्ठ ९मा थपिएको छ ।
१६. मसौदा दस्तावेज पृष्ठ ९९ अध्याय २ धारा ६ को अन्त्यमा नभएको “(छ) महाधिवेशन, सम्मेलन वा अन्य कुनै अवसरमा केन्द्रीय समितिले चलाउने अन्तरपार्टी फोरम चलाउन निर्णय गरेको अवसरमा निर्धारित विषयहरुमा र निर्धारित नियम अन्तरगत रहेर आप्mना विचार वा मतभेदहरु पार्टी भित्र पूरै पार्टी पंक्तिमा लैजाने अधिकार हुनेछ । (ज) केन्द्रिय समितिले निर्धारण गरेको खास विषयहरुमा आप्mना विचार वा भिन्न विचार पार्टी वाहिर पनि सार्वजनिक गर्ने अधिकार हुने छ ।” बनाएर पारित दस्तावेजको अध्याय २ धारा ५ पृष्ठ १० मा थपिएको छ ।
१७. मसौदा दस्तावेज पृष्ठ ९९ अध्याय ३ धारा ८ (क) को अन्त्यमा केन्द्रलाईमात्र हुने छ पछि नभएको वाक्य पारित दस्तावेजको पृष्ठ १० अध्याय ३ धारा ५ को (क) को केन्द्रलाई मात्र हुनेछ पछि “तर कुनै जिल्ला समितिले कुनै पार्टी सदस्यलाई सदस्यताबाट हटाएमा त्यस्ता सदस्यले केन्द्रमा अपील गर्न सक्ने छन् ।” भनेर थपिएको छ ।
१८. मसौदा दस्तावेज पृष्ठ १०० अध्याय ३ धारा ८ (ख)को अन्त्यबाट माथि पाँचौलाइनमा उच्च कमिटिमा पठाउनु पर्ने छ पछि “लगातार सल्लाह र सुझाव दिंदा दिंदै पनि पार्टी सदस्यमा क्रान्तिकारी जोश र सैद्धान्तिक दृढता सेलाएर जान थालेको खण्डमा त्यस्तो अवस्थामा” भन्ने शब्दको स्थानमा पारित दस्तावेजको अध्याय ३ धारा ५ (ख) को तलबाट पाँचौ लाइन माथि पठाउनु पर्नेछ पछि “पार्टीबाट राजीनामा गर्ने अधिकार सबै सदस्यलाई हुनेछ” भनेर राखिएको छ ।
१९. मसौदा दस्तावेज पृष्ठ १०१ अध्याय ३ धारा ८ को अन्त्यमा नभएको पारित दस्तावेज अध्याय ३ धारा ५को अन्त्य पृष्ठ १२मा (ङ) पछि (च) बनाएर “कुनै खास अवस्थामा पार्टीमा शुद्धिकरणको अभियान चलाइने छ । तर त्यो कार्यक्रम बारे कुनै निर्णय गर्ने अधिकार राष्ट्रिय सम्मेलन वा पार्टीका भेलाहरुलाई मात्र हुनेछ ।” भनेर थपिएको छ ।
२०. मसौदा दस्तावेज अध्याय ४ धारा १० पृष्ठ १०२ को (झ) मा उठाउन सक्ने पछि “पार्टी फोरम द्वारा पुरै पार्टीमा आफ्ना विचारहरु प्रचार गर्ने वा” पारित दस्तावेजको अध्याय ५ धारा ७ पृष्ठ १३ को (झ) मा उठाउन सक्ने पछि को शब्द हटाईएको छ ।
२१. मसौदा दस्तावेज अध्याय ५ धारा १५ पृष्ठ १०३ उपधारा (१) को अन्त्यमा व्यूरो चयन गर्ने छ पछि नभएको शब्द पारित दस्तावेज अध्याय ५ पृष्ठ १४ धारा १२ उपधारा (१) (क) मा “तथा एकजना प्रवक्ताको” भन्ने शब्द थपिएको छ ।
२२. मसौदा दस्तावेज अध्याय ५ धारा १६ पृष्ठ १०४ विस्तारित बैठक (प्लेनम) को व्यवस्था शिर्षकमा भएको “केन्द्रीय समितिको विस्तारित बैठकका लागि स्थायी व्यवस्था हुनेछ । बैठकमा उपस्थित हुने सदस्यहरुको संख्या महाधिवेशनले तोक्ने छ । जसमध्ये ३÷४ तीन चौथाई सदस्यहरु स्थायी रुपमा रहने छन् । एक चौथाई १÷४ सम्बन्धित बैठकका लागि मात्र अस्थाई रुपमा रहने छन् । ती दुवै अस्थायी र स्थायी सदस्यहरु केन्द्रीय समितिले मनोनयन गर्नेछ । आवश्यकता अनुसार स्थायी वा अस्थायी पर्यवेक्षकको संख्या र उनीहरुको मनोनयन केन्द्रीय समितिले गर्नेछ ।” भन्ने प्यारा हटाएर पारित दस्तावेज अध्याय ५ पृष्ठ १५ म राष्टिय परिषदको व्यवस्था शिर्षक बनाएर धारा १३ उपधाराहरु बनाएर निम्न अनुसार राखिएको छ ः–
राष्ट्रिय परिषद्को व्यवस्था
धारा १३. उपधारा (१), महाधिवेशनद्वारा राष्ट्रिय परिषद्को व्यवस्था गरिने छ । त्यसको संख्या र सदस्यहरू महाधिवेशनले ठेगान गरे अनुसार हुनेछन् । केन्द्रीय सदस्यहरू राष्ट्रिय परिषद्का सदस्य स्वतः हुनेछन् । राष्ट्रिय परिषद्का ९० प्रतिशत सदस्यहरू स्थायी हुनेछन् । १० प्रतिशत सदस्यहरू केन्द्रीय समितिले आवश्यकतानुसार बैठकहरूमा आमन्त्रित गर्न सक्नेछ । आमन्त्रित सदस्यहरू अस्थायी हुनेछन् ।
उपधारा (२), राष्ट्रिय परिषद्को बैठक कम्तिमा वर्षमा एकपटक बस्ने छ । विशेष अवस्थामा आवश्यकतानुसार कुनै पनि बेला केन्द्रीय समितिले बैठक डाकेको खण्डमा बस्न सक्नेछ ।
उपधारा (३), राष्ट्रिय परिषद्को काम केन्द्रीय समितिलाई नीति निर्माणका निम्ति आवश्यक परामर्श, सुझाव र सल्लाह दिनु हुनेछ ।
उपधारा (४), राष्ट्रिय परिषद्को कार्य संचालनका लागि राष्ट्रिय परिषद्को बैठकले नियमावली बनाउने छ ।
२३. मसौदा दस्तावेज अध्याय ५ धारा १७ पृष्ठ १०५ उपधारा (५)को प्रयोग गर्न पाउने छ । पछि “तर विघटित अवस्थाबाट बन्ने समितिमा भने पूर्ण सदस्यलाई मात्र आधार मानिने छ ।” लाई पारित दस्तावेज पृष्ठ १७ उपधारा (६) मा प्रयोग गर्न पाउने छ पछिको उपरोक्त वाक्य हटाइएको छ ।
२४. मसौदा दस्तावेज अध्याय ६ धारा २२ पृष्ठ १०६ को उपधारा (२) पछि नभएका उपधारा बनाएर पारित दस्तावेज अध्याय ६ धारा १९ पृष्ठ १९ उपधारा (२) पछि उपधारा (३) (४) र (५) बनाएर नयाँ उपधारा निम्न अनुसार थपिएको छ ः–
उपधारा (३), जिल्ला सम्मेलन जिल्ला समितिको निर्वाचन गर्नेछ । सम्मेलनले एकजना सेक्रेटरी र सेक्रेटरीयटको पनि चयन गर्नेछ ।
उपधारा (४), जिल्ला समितिलाई आवश्यक सुझाव, परामर्श र सल्लाह दिनका लागि जिल्ला परिषद्को गठन गरिने छ । त्यसको संख्या जिल्ला सम्मेलन वा भेलाले ठेगान गरे अनुसार हुनेछ । तर सदस्यहरूको मनोनयन जिल्ला समितिद्वारा गरिने छ ।
उपधारा (५), आवश्यकतानुसार जिल्लामा जिल्ला सल्लाहकार समितिको गठन गर्न सकिने छ । त्यसको गठन जिल्ला सम्मेलन वा भेलाद्वारा गर्न सकिने छ ।
२५. मसौदा दस्तावेज अध्याय ६ धारा २७ पछि, पृष्ठ १०७ मा नभएको बुँदा पारित दस्तावेजको अध्याय ६ पृष्ठ १९ मा धारा (२५) बनाएर “क्षेत्र तथा जिल्लामा पनि आवश्यकताअनुसार एकजना प्रवक्ताको व्यवस्था गर्न सकिने छ । तर त्यसका निम्ति केन्द्रको अनुमोदन आवश्यक हुनेछ । प्रवक्ताहरू चयन गरिएका क्षेत्र तथा जिल्लाहरूमा खुला जनसम्पर्कका लागि प्रवक्ताको कार्यालय व्यवस्था गर्न सकिने छ ।” थपिएको छ ।
२६. मसौदा दस्तावेज अध्याय ८ धारा ३० पृष्ठ १०८ मा बुँदा ३ नं. पछि नभएका बुँदा पारित दस्तावेज पृष्ठ २१ मा ४ र ५ नं. बुँदा बनाएर निम्नअनुसार थपिएको छ ः–
४. सदस्यता आवेदन फारम परिशिष्टमा लेखिए बमोजिम हुनेछ ।
५. जन सम्पर्कका लागि केन्द्रले तोकेको स्थानमा केन्द्रिय सम्पर्क कार्यालयको व्यवस्था गरिने छ ।
(समाप्त)