सन्दर्भः मसाल प्रवक्ताको पत्र मेरा भनाईलाई तोडमोड गरिएकोबारे

  • गंगा पौडेल

मैले सन् १९८१ मा ने.क.पा. (मासाल)को पार्टी सदस्ता प्राप्त गरे पछि आठौं महाधिवेशनकाल सम्म मूल रुपमा कुनै अन्तर विरोध थिएन । सामान्यतः भएका अन्तर विरोधलाई समाधान गरेर अगाडि बढ्न सकिन्छ भन्ने नै लागेको थियो । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सबैभन्दा पहिला राजतन्त्रको अन्त्य गर्नु पर्दछ, त्यसपछि संविधानसभाको निर्वाचन र त्यसबाट बुर्जुवा गणतन्त्र आउँछ, बुर्जुवा गणतन्त्र जनवादी क्रान्तिको एक कोशेढुंगा हुनेछ र त्यसैको जगमा उभिएर नयाँ जनवादी क्रान्तिको तयारी गर्दै जनवादी क्रान्ति सम्पन्न हुनेछ । त्यस पछि समाजवाद र साम्यवादमा पुग्न अरु संघर्ष गर्दै अगाडि बढ्ने विषयमा अहिले पनि विश्वास छ । ०३६ र ०४६ साल, ०६२ र ०६३ सालका ऐतिहासिक आन्दोलनले संविधानसभाको निर्वाचनमा मुलुकलाई उभ्याउन सफल भयो । २०६४ र ०७० मा २ पटक गरि संविधानसभाको निर्वाचन सम्पन्न भयो । राजतन्त्रको अन्त्य भयो र गणतन्त्रको स्थापना भयो ।

राजतन्त्रको अन्त्य र पार्टीको आठौं महाधिवेशन समयमा महामन्त्रीले छ महिनाको समय खर्चेर तयार पारेको दस्तावेजहरुमा पक्कै पनि नयाँ र गतिशिल कार्यक्रम आउँछ भन्ने आशा गरिएको थियो । तर दस्तावेजको सारमा गणतन्त्र खतरामा छ त्यसलाई बचाउनु नै अहिले पार्टीको मुख्य कार्यभार हो भन्ने बाहेक अन्य कुनै पनि प्रेरणादायी र उत्साहजनक कार्यक्रम आएन । केन्द्रीय समितिका साथीहरुमध्ये ९ जनाबाट नेतृत्वले प्रस्तावित गरेको मूल दस्तावेजको मूलट्रेनमा नै असहमति रह्यो । एउटा सच्चा क्रान्तिकारी पार्टीमा भिन्न विचार आउनु कुनै अनौठो कुरा थिएन । जतिवेला फरक विचार सहितको दस्तावेजहरु बहुमत र अल्पमतको नामबाट तलसम्म छलफलका लागि पठाइयो, त्यसपछि पार्टी भित्र ठूलै हलचल पैदा भयो । बहुमत पक्षका साथीहरुले अल्पमत पक्षलाई खुइलाउने र पार्टीबाट लखेट्ने प्रपञ्च नै गरे । अल्पमतले पार्टी फुटाउँदैछन्, उनीहरु “रअ” बाट संचालित छन् भनेर बहुमत पक्षले आरोप लगायो । पार्टी फोरम अत्यन्तै अस्वस्थ प्रकारले अगाडि बढ्यो ।

दुईचरणसम्मको फोरम संचालन पछि पार्टीका जिल्ला सम्मेलन र भेलाहरु सम्पन्न गरियो । जिल्ला सम्मेलन र भेलाको तैयारिमा बहुमत पक्षबाट चरम प्रकारको गुटबन्दी भयो । देश र प्रवासमा समेत भिन्न विचारको समर्थन गर्ने पार्टी सदस्यहरुलाई सकेसम्म समितिभित्र नल्याउने र उनीहरुलाई पाखा लगाउने प्रपञ्ज रचियो । कतिपय जिल्लाका सम्मेलनमा भिन्न विचार राख्ने साथीहरुको अधिकतम उपस्थिति हुने देखेपछि पूर्व निर्धारित जिल्ला सम्मेलनहरुलाई विभिन्न बहाना गरेर स्थगित गर्ने षडयन्त्र गरियो । सम्मेलन स्थगन गरेर चरम गुटबन्दीगरि भिन्न मत राख्ने  साथीहरुलाई पन्छाएर संस्थापन पक्षको बहुमत बनाएर प्रतिनिधि पर्यवेक्षकको चयन गर्नेगरि सम्मेलनको मिति पर सार्ने सम्मका हर्कतहरु भए । उदाहरणको लागि रुपन्देही, कास्की र वाग्लुङ आदि जिल्लामा ती कामहरु भए ।

बहुमत पक्षबाट देश, प्रवासमा यस्ता प्रकारका हत्कन्डाहरु विभिन्न तरिकाबाट अपनाउने काम भए । अन्तीममा बहुमत पक्षले आफ्नो विचारलाई पूर्ण समर्थन गर्ने पार्टी सदस्यहरुलाई ठूलो संख्यामा प्रतिनिधि बनाएर आठौं महाधिवेशन स्थलमा उपस्थिति गराउन सफल भयो । आठौं महाधिवेशनमा भिन्न मत राख्ने सि.सि.एम.हरु ९ जनामध्ये ४ जनालाई बाध्यताबस केन्द्रीय समितिमा राखियो, त्यो पनि भिन्न मत राख्नेलाई एकै पकट हटाउँदा कसैले प्रश्न उठाउलान् भनेर राखिएको थियो । महाधिवेशन पछि बैठकमा केन्द्रीय सदस्यहरुको कार्यक्षेत्र तोकियो तर अल्पमत पक्षका ४ जना सी.सी.एम.हरुलाई पार्टीको कुनै पनि सांगठनिक जिम्मेवारी दिइएन । 

अल्पमत पक्षका सि.सि.एम.हरुले महाधिवेशनमा पार्टीको राजनीतिक कार्यदिशा र कार्यशैली बारे प्रश्न उठाएका थिए । त्यसवारेमा “मैले राजिनामा किन दिनुप¥यो” भन्ने शिर्षकमा  १. राजनीति कार्यदिशा  २.कार्यशैली बारे ३. व्यवहार बारे ४. आर्थिक पारदर्शीता र अन्य उपशिर्षकहरु (क) अस्थाई संगठनकर्ताहरुको गठन (ख) फरक मत राख्नेलाई खेदो खनेर लखेट्ने शैली (ग) नेतृत्व पूर्वाग्रही छ भन्ने वारे (घ) महामन्त्री खुला भएको  (ङ)  पार्टीले बनाएको कार्यालय (च) नेतृत्वले मुल्यांकन गर्ने क्षमता राख्दैन (छ) गुटबन्दीको निरन्तरता र किन यस्तो व्यवहार ? भन्ने सम्बन्धमा विस्तृत रुपमा उल्लेख गरेर पार्टीलाई मिलिटेण्ट क्रान्तिकारी र एक ढिक्का बनाउने प्रयत्न स्वरुप २०७६ माघ १० गते केन्द्रिय कार्यालयमा प्रस्ताव पठाएको थिएँ । त्यो प्रस्ताव मैले पार्टीलाइ पठाएता पनि स्थातिय समितिमा बसेर कामगर्ने मेरो मनसाय थियो । तर पार्टी केन्द्र र नेतृत्वले २०७८ भाद्र सम्म मलाई न कुनै कमिटिमा आवध्य ग¥या,े न त लेभि दिन पाइयो, न त कुनै जिम्माको काम नै दियो । करिब २ वर्ष पार्टीबाट सम्पर्क विहिन भए पछि दक्षिण पन्थी अवसरवादका विरुद्ध संघर्ष गरौं, क्रान्तिकारी पार्टी पुनः निर्माणको दिशामा अगाडि बढौं शिर्षकमा एउटा लेख सार्वजनिक गरेको थिंए । त्यस पछाडि मलाई सोधिएको स्पष्टिकरणमा मैले लेखेको छु ः “पार्टीको विधान अनुसार पार्टी सदस्यले तीन महिना भन्दा बढी समय लेभि नतिरे उसँग स्पष्टिकरण लिने व्यवस्था छ । पार्टी केन्द्रिय कार्यालयको संकीर्णवादी सोच तथा पुर्वाग्रही चिन्तनको कारण विधानतः मेरो पार्टी सदस्यता स्वत खारेज भएको छ ।” “ कार्यकर्ताहरुले पार्टी हितकोलागि क्रान्तिकारी लाइन बाट विचलित हुन हुँदैन भनि केन्द्रिय कार्यालमा पठाईएका अनगिन्ति पत्रहरुको कहिं कतै सम्बोधन वा सुनुवाई नहुने भएपछि पार्टी कार्याकर्ताहरुले दक्षिणपन्थी भजन मण्डलीको पुजा गरेर बस्न सक्दैनन् ।”

पार्टीले मलाई स्पष्टिकरण पठाएको पनि १ वर्ष विति सकेको छ । मेरो स्पष्टिकरणको जवाफमा युगदर्शन अन्लाइनमा मोहन विक्रम सिंहद्वारा लिखित पत्र पार्टी प्रवक्ताको नामबाट सार्वजनिक भएको पाइयो । उक्त पत्रमा “के थियो गंगा पौडेलले पार्टीमा बुझाएको ‘सुझाव पत्र’ पार्टीले दिएको स्पष्टीकरण ” शिर्षकमा मेरो पत्रलाई सार्वजनिक गरिएको छ । त्यो पत्रमा यो पनि बताईएको छ की “पार्टी छाडेर गएका व्यक्तिहरुले आम कार्यकर्तामा दिग्भ्रमित पार्ने गरि पाटी विरुद्ध प्रचार गरे पछि ति दस्तावेज सार्वजनिक गर्न आवश्यक ठान्यौं ।”  “प्रवक्ता पुरीले अन्य दस्तावेजहरुसमेत आवश्यकता अनुसार सार्वजनिक गर्ने” जानकारी पनि दिएका रहेछन् । उक्त पत्रमा “पौडेलले आफुले पार्टीलाई  दिएको सुझाव पत्र हालै सार्वजनिक गरेपछि” भनेर उल्लेख गरिएको रहेछ । तर मैले त्यो जिज्ञासा सहितको सुझावपत्र पार्टी केन्द्रलाई वाहेक अन्यत्र कहिं कतै सार्वजनिक गरेको छैन । पार्टीको प्रवक्ता जस्तो व्यक्तिले सफेद झुट लेखेर भ्रम सिर्जना गरिएकोमा खेद प्रकट गर्दछु ।

मैले पार्टी भित्र पठाएको पत्र सार्वजनिक गर्दै मलाई पार्टीबाट हटेकोे जानाकारी गराईएको छ । तर यस अगाडि मलाई कुनै जानाकारीे थिएन । अव मेरा अरु पत्रहरु प्रवक्ताको भनाई अनुसार “दस्तावेज”को रुपमा स्वीकार गरिएकोमा पार्टीलाई धन्यवाद दिन चाहान्छु । साथै मेरा पत्र मात्र होइन अन्य भिन्नमत राखेका वा निष्कासन भएका व्यक्ति वा समितिको नामबाट कार्यलयमा पठाईएका पत्रहरुलाई समेत सार्वजनिक गर्न चुनौति दिन चाहान्छु ।

पार्टीले मलाई स्पष्टिकरण पठाएको पनि १ वर्ष विति सकेको छ । मेरो स्पष्टिकरणको जवाफमा युगदर्शन अन्लाइनमा मोहन विक्रम सिंहद्वारा लिखित पत्र पार्टी प्रवक्ताको नामबाट सार्वजनिक भएको पाइयो । उक्त पत्रमा “के थियो गंगा पौडेलले पार्टीमा बुझाएको ‘सुझाव पत्र’ पार्टीले दिएको स्पष्टीकरण ” शिर्षकमा मेरो पत्रलाई सार्वजनिक गरिएको छ । त्यो पत्रमा यो पनि बताईएको छ की “पार्टी छाडेर गएका व्यक्तिहरुले आम कार्यकर्तामा दिग्भ्रमित पार्ने गरि पाटी विरुद्ध प्रचार गरे पछि ति दस्तावेज सार्वजनिक गर्न आवश्यक ठान्यौं ।” 

पार्टी केन्द्रको नामबाट मोहन विक्रमले लेख्ने र प्रवक्तालाई सार्वजनिक गर्न लगाउने गरिएको कुरा पहिले सन्तबहादुर नेपालीको वारेमा पनि बाहिर आएको थियो । मोहन विक्रम सिंहले नै सार्वजनिक गर्न केले अप्ठारो परेको हो ? मैले पार्टी केन्द्रमा पठाएको पत्रलाई २०७९ आषाढ १६ गते युगदर्शन अन्लाइन मार्पmत सार्वजनिक गरिएको स्पष्टिकरणमा त्यो पत्रलाई जस्ताको तस्तै प्रकाशित नगरेर प्रवक्ताले मेरा आसयलाई तोडमोडगरि भ्रम सृजना गरेकोले मेरो “जिज्ञासा सहितको सुझाव पत्र” लाई निम्न अनुसार जस्ताको तस्तै सार्वजनिक गरेको छु । पार्टी केन्द्रमा पठाएका पत्रहरुलाइ मैले सार्वजनिक गर्न चाहेको थिइन । तर पार्टीले स्वयं सार्वजनिक गरिदिएको हुनाले मलाई ढोका खोली दिएको छ । अतः अन्य पत्रहरुलाई पनि आवश्यकता अनुसार प्रकाशित गर्नै छु ।

२०७९ आषाढ १८

का. महामन्त्री,

ने.क.पा.(मसाल)

विषय ः जिज्ञासा सहितको सुझाव पत्र ।

कामरेड,

अहिले हाम्रो पार्टीमा अनुशासन र गोपनियताको प्रश्न अत्यन्तै गम्भिर भएको कुरा सर्वत्र भएको छ । पार्टी यो स्थितिसम्म पुग्नु दुःखको कुरा हो । पार्टीभित्र यो समस्या किन र कसरी उत्पन्न भयो भन्ने बारे जडबाट नै पत्ता लगाउनु पर्दछ । स्थितिलाई यही रुपमा रहिरहन दिनु हँुदैन । पछिल्लो घटना क्रमलाई हेर्ने हो भने पार्टीको आठौ महाधिवेशन सम्पन्न गर्नकालागि संचालन गरिएको फरक मत सहितको फोरमको समयबाट नै पार्टी भित्र असहज स्थिति उत्पन्न भएको हो । तर महामन्त्रीले यो कुरा आजसम्म स्विकार गर्न सक्नु भएको छैन । महाधिवेशन भन्दा पहिला नै केन्द्रीय समितिका केही साथीहरुले मस्यौदा दस्तावेज माथि प्रश्न उठाएका थिए । मुलतः उनीहरुले पार्टीको कार्यदिशा र कार्यशैलीको बारेमा नै प्रश्न गरेका थिए । पार्टीको नेतृत्वले नै उनीहरुको विचारमाथि निर्मम प्रकारले हमला ग¥यो । पार्टी फुटाउने तत्व, घुसपैठिया, सि.आई.डी. अनेक अनेक प्रकारका आरोप लगाइयो । आसन्न महाधिवेशनको समयमा भिन्न विचारको कदर गरेर, नेतृत्व अलि सन्तुलित भएर जानपर्ने थियो भन्ने मलाई लागेको छ । फरक विचार आइसकेपछि विचार राख्ने सिसिएमहरुसंग मात्र २।४ दिनको समय मिलाएर छुटै छलफलको लागि वातावरण मिलाउनु पर्दथ्यो । एकै चोटी सि.सि. को बैठकमा हायर एण्ड फायर गरी पार्टी नेतृत्वले आफ्नो दस्तावेज भित्रको कमा, फुलस्टप समेत नहटाउने गरी भिन्न विचार राख्ने सिसिएमहरुलाई पेलेरै जाने काम भयो । दस्तावेज माथिको छलफलको क्रममा बहुमत पक्षका सिसिएमहरुले अल्पमतलाई आक्रमणशैलीमा प्रस्तुत भई अनावश्यक र अनुपयुक्त आरोपहरु लगाइयो ।

अल्पमतपक्षले पार्टी संसदीय गतिविधिमा मात्र अल्मलियो, आठौ महाधिवेशन पछि पार्टीले एउटा स्पीड पक्डेर नयाँ जनवादी क्रान्तिको लागि आधारभूत, कार्यक्रमहरुलाई अवलम्बन गरेर जानु पर्दछ, हाल पार्टी भित्र देखापरेको कार्यशैलीलाई सुधार गरेर जानु पर्दछ भन्ने प्रश्न उठाइएको थियो । खासगरी त्यहीबाट पार्टीमा तिब्र मतभेद शुरु भएको हो भन्ने कुरामा म अहिले पनि स्पष्ट छु । मेरो बुझाइ गलत भएमा भविष्यले बताउने छ ।

पार्टीमा यस्तो स्थिति नआएको भए वा स्थितिको सृजना नगरेको भए हुन्थ्यो तर भैहाल्यो । मलाई लाग्दछ अझै पनि नेतृत्वले नैतिक आँट गर्ने हो भने स्थितिलाई सुधार गर्न सकिन्छ भन्ने लाग्दछ । तर नेतृत्वले मेरो गोरुको बाह्रै टक्का भनेर फरक विचार राख्ने जति सबैलाई “कडा कदम”को नामबाट सफाय गर्न नै आँटेको भए मेरो भन्नु केही छैन ।

हाम्रो नेतृत्वले इतिहासमा यस्ता अन्तरविरोध र फुटहरु अनगिन्ती बेहोर्दै आएको छ । यसबारे राम्रो विज्ञता हासिल गरेको छ । तर पार्टीमा पटक पटक यस्ता प्रकारका घटना किनघट्ने गर्दछन् ? त्यसबारे भने अनविज्ञ छ । समस्याको पछाडिको रहस्य बारे अनुसन्धान गर्न नसकेको हो वागर्न नचाहेको के हो ? प्रश्न खडा भएको छ ।

यतिबेला (कोभिड–१९) भन्ने महामारीले विश्व नै समस्यामा परेको अवस्था छ । अहिलेसम्म यो रोगको औषधी पत्ता लाग्न सकेको छैन । संसारभरका स्वास्थ्य क्षेत्रका विज्ञहरु औषधिको खोज, अनुसन्धान तिर लागिरहेका छन् । हाम्रो पार्टी भित्र पनि कोभिड १९ प्रवेश गरको हो र ? लागेकै भए पनि हतास नहोउँ सबैले खोजतलास गरे पत्ता लाग्दछ । त्यसको लागि मूलत पार्टी भित्रको नेतृत्वले नै सकृयता बढाउनु पर्दछ र कार्यकर्ताहरुको पनि साथ चाहिन्छ नै । तर पार्टी नेतृत्व सकारात्मक हुनु पर्दछ । नयाँ जनवाद, समाजवाद र साम्यवादसम्मको सपना बोकेको पार्टी नेतृत्वले पार्टी भित्र पटक, पटक बल्झीई रहने कोभिड जस्तो महामारीलाई पत्ता लगाउन किन नसक्ने ?

महामन्त्री कामरेडलाई म विनम्र अनुरोध गर्दछु, तपाईले एक पटक ठण्डा दिमाखबाट सोच्नुहोस्त, तपाई आफूले उत्पादन गरेका कार्यकर्ताहरुको कति ठूलो संख्या थियो ? त्यसमध्य कति मान्छे पार्टीबाट बाहिरीए ? अपवाद बाहेक ति सबै मान्छे सीआइडी, पदलोलुप, अवसरवादी, दक्षिणपन्थी तथा घुसपैठीया हुन् भन्नेमा म अहिले सहमत हुन सक्तिन । हिजका दिनहरुमा तपाईले भनेकै कुरामा शतप्रतिशत सहमत थिएँ । तर समयले आज तपाईको सबैकुरा विश्वासनगर भनेर भनिदियो । ने.क.पा. (मसाल)मा काम गर्न थालेको ४० वर्ष पुरा भएछ । तर पनि सत्यकुरा बुझ्न यतिका धेरै वर्ष लाग्नेरहेछ । सत्यपत्ता लगाउन तथ्यको नजिक पुग्न पर्नेरहेछ । तपाई र म एउटै पार्टीमा भए पनि मेरो कार्यक्षेत्र लामो समयसम्म प्रवासमा थियो । त्यसैकारणले होला मैले सत्य र तथ्य फेला पार्न नसकेको । संयोगले नजिकै भइयो । राजनीतिक घटनाक्रम र व्यवहारले पनि सुस्त सुस्त फरक बाटो तर्फ डो¥याउन थालेको थाहै भएनछ । अचानक थाहा भयो कि हामीले भन्दै गरेको जनवादी क्रान्ति भन्दा फरक पथमा पो जान थालिएछ । बल्ल हेक्का आयो र अनि तपाईसंग प्रश्न राखिएको हो । हामीले अरु केही अपराध गरेका छैनौं ।

अब भन्नुहोस् नयाँ जनवादी क्रान्ति गर्न ठ्याक्कै कति र कस्ता मान्छे चाहिन्छन् ? के हामीलाई मान्छे धेरै भएर बेला बेलामा छँटनी गर्न खोजिएको हो ? स्पष्ट भनि दिनुहोस् मलाई यति जना फलाना, फलाना मान्छे भए पुग्दछ अरुको आवश्यकता छैन । त्यसो हो भने तपाईलाई नचाहिने जतिले कर्ममा यस्तै लेखेको रहेछ भनेर चित्त बुझाउलान् वा अन्य कुनै विकल्प सोच्लान् त्यो उनीहरुको कुरा भयो । कित भन्दिन प¥यो, अब माक्र्सवाद, लेनिनवाद, माओविचारधारा असफल भयो क्रान्ति संभव छैन यही गणतन्त्रबाट नै समाजवाद आउँछ । प्रचण्डले पनि माओवादी जनयुद्धको कोर्ष पुरा भयो, अब नयाँ ढंगले सोच्नु पर्दछ भनेर भनेकै हुन् । उनले कार्यकर्ताहरुलाई नढाँटी भनेका पनि हुन् र नयाँ ढंगबाट पार्टीलाई एमालेमा बुभाएका पनि हुन् । राजनीति गर्ने मान्छेले किन ढाँट छल गर्न ?

तपाईले हामीलाई बारम्बारको प्रशिक्षणमा भन्ने गर्नुभएको थियो । नयाँ जनवादी क्रान्तिको प्रमुख दुश्मन राजा नै हो । राजतन्त्रको अन्त्य गर्न संविधान सभाको चुनाव अपरीहार्य हुन्छ । संविधानसभाको चुनाव सम्पन्न भएपछि हामी नयाँ जनवादी क्रान्तिको तयारीमा लाग्ने हो । संविधानसभा पछिको बुर्जुवा गणतन्त्र नयाँ जनवादी क्रान्तिको लागि एउटा ईटा थपिनेछ । त्यसैमाथि टेकेर अगाडि बढ्ने भन्नु भएकै हो । हामीले पनि माने कै हो । बुर्जुवा गणतन्त्र स्थापित भैसक्यो त्यसपछि तपाईले नै हामीलाई भनेको कुराहरुलाई स्मरण गरेर अबको बाटो कस्तो हुने ? भनेर प्रश्न गरेको हो । तपाईलाई यो प्रश्न गलत लाग्ला तर हाम्रो मनलेत ठिक मान्यो त । कि तपाई जस्तो दार्शनिक विद्वानले हामी जस्ता किसान, मजदुरहरुलाई विस्वस्त पार्न सक्नु पर्दथ्यो, हैन भने हाम्रा विचारलाई पनि सम्मान गर्न सक्नु पर्दथ्यो । हाम्रा विचार गलत भएमा भविष्यले असफल सिद्ध गरिदिने थियो । किन यतिका ज्यादती गर्न परेको । 

तपाईसंग राख्नपर्ने प्रश्नहरु अनगिन्ती छन् । समय अनुसार राख्दै जाउँला । तपाईलाई हामीले बास्तवमा देवत्वकरण गरेकै हो । लेख्ने, पढ्ने, नीति बनाउने, क्रान्तिको योजना बनाउने जिम्मा दिएकै हो । हामी पढालेखा नभएका मान्छेले तपाईले अराए पराएको काम गरेकै हो । हाम्रो कुनै दोष छ भने भन्नोस् । तपाईको नजरमा हामी दोषि छौ भने आठौ महाधिवेशनमा तपाईले प्रस्तुत गरेको दस्तावेजमा फरक मत राखेकै हो त्यही कारणबाट दोषि भएका हौ ? कामरेड तपाई एकछिन कल्पना गर्नाेस् त एकजना किसान वा मजदुरलाई ने.क.पा. (मसाल)को सदस्य बनाएर उसलाई नेताको रुपमा स्थापित गर्न कति वर्ष पार्टीले लगानी लगाउनु पर्ने रहेछ ? त्यसको उत्तर म आफैसंग छ । तपाईले मलाई केन्द्रीय सदस्य बनाउन २५ वर्ष लागेछ । म जस्ता अरुलाई पनि त्यतिनै लागे होला । तर तपाईले मलाई पार्टीबाट निस्कासन गर्न एक मिनेट पनि लाग्दैन । तपाईलाई क्रान्तिको जति चिन्ता छ, म लगायत अन्य साथीहरुलाई पनि थोरबहुत चिन्ता त पक्कै छ होला, तर तपाईको जति नहोला । हाम्रा पनि इच्छा, आकांक्षा र सपना त होलान् नि, के हाम्रो जिवन सबै निरर्थकत हैन होला । तपाईको पुरानो क्रान्तिकारी विचारले लोभ्याएर तपाईको पथ रोजेका हजारौं देश विदेशका मजदुरहरुलाई यतिका वर्षसम्म कजाएर अपमान नगर्नुहोस् तपाईलाई धिक्कार्ने छन् । तपाईले फरक विचार राख्नेलाई घुसपेैठीया, सिआईडी भन्नुहुँदो रहेछ । यो तपाईको प्रवृत्तिनै बनेको रहेछ । हामीलाई मात्र हैन हामी भन्दा पहिलाका अग्रजहरु निर्मल लामा जस्ता निष्ठावान नेतालाई पनि त्यसै भन्नु भयो हामीले पत्याएकै हो ।

तपाईले निष्कासन गरेका र अहिले पार्टीभित्रै रहेका असन्तुष्टहरुको पृष्ठभूमि र उनीहरुले पार्टीलाई दिएको योगदान तपाईको नजरमा मिथ्या हो त ?फरक विचार राख्ने सबै साथीहरु सहिछन् म भन्दिन । उनीहरु पनि यही सामन्तवादी धरातलबाट सामन्ती चिन्तन बोकेको समाजका उपज हुन्, फरक यतिमात्र हो परिवर्तन हुन चाहेका मात्र हुन्, भैसकेका छैनन् । उनीहरुमा पनि कैयौं कमजोरी छन् । म आफूमा पनि छन् । त्यसैगरी बहुमत पक्षका पनि दुधै दुधले नुहाएका त पक्कै पनि छैनन्होला । पार्टी दुवै तर्फबाट ध्वस्त हँुदै गएको छ । यतिमात्र हो सुरुवात कस्ले वा कुन पक्षले ग¥यो ? महामन्त्री कमरेड स्वयंले महाधिवेसन भएको १ वर्ष पछि १९ पेजको सर्कुलरको नाममा भिन्न विचार राख्नेहरुलाई सफाय गर्नुपर्दछ भन्ने उद्देश्यबाट पार्टी भित्र एकल फोरम संचालन गर्नुभएको छ । त्यो भन्दा अनुसासन विहिन अरु के हुन सक्तछ ।

भनिन्छ फरक विचार महाधिवेशनले टुंगो लगायो, तर १९ पेजमा फरक विचार राख्नेलाई तह लगाउने प्रशिक्षण गरिएको छ । बहुमत पक्षका अन्य सदस्यहरुको बारेमा अहिले टिका टिप्पणी गर्न उचित ठानिन । रह्यो निष्कासित व्यक्तिहरुको कुरा । उनीहरु पार्टीबाट निष्कासित भईसकेका छन् । अब उनीहरुलाई कसैको बार बन्देज छैन । उनीहरुले के बोल्ने के लेख्ने भन्ने बारे हामीले नीति बनाइ दिने हैन । हामीले पार्टीका विरुद्ध नबोल नलेख भनेर मान्नेवाला पनि छैनन् । महामन्त्रीले आफ्नै मामा गोविन्दसिंह थापालाई पनि मनाउन सक्नु भएन । उदाहरणको लागि धेरै टाढा जान परेन ।

महामन्त्रीले अहिले पार्टी भित्र देखा परेको समस्यालाई कसरी समाधान गर्ने ? त्यसबारे तलसम्मका पार्टी सदस्यहरुको सुझावको लागि अपिल गर्नु भएको छ । पार्टी भित्र र वाहिर सम्म छताछुल्ल अनुशासन तथा गोपनियताले सिमानाघिसकेको अवस्थामा पार्टीलाई बचाउनु सबै पार्टी सदस्यहरुको कर्तव्य हो । पार्टीका सर्कुलरहरु खुल्लम खुल्ला सामाजिक संजालमा आएको अवस्था छ । यसलाई रोक्नका लागि पार्टी महामन्त्रीबाट मात्र सम्भव छैन । त्यसको लागि आम नेता कार्यकर्ताहरुको सहयोग र सुझाव चाहिन्छ । सबैका सुझावले नेतृत्वलाई फिडब्याक मिल्न सक्दछ । महामन्त्रीले सुझावको लागि गरेको अपील सह्रानिय छ । त्यसैले म पनि एकजना पार्टी सदस्यको हैसियतबाट आफ्नो सुझाव राख्न पाउने क्षमता राख्दछु ।

अहिले पार्टीमा देखिएको अनुशासनको समस्यालाई समाधान गर्नका लागि ३ वटा उपाए देख्दछु । प्रथमः केन्द्र देखि तलसम्मका पार्टी कमिटि विघटन गरेर न्यूक्लस वा समन्वय समिति बनाउने । द्वितीयः अहिले पार्टीले विश्वास राख्ने केन्द्रीय सदस्य र जिल्ला तथा क्षेत्रीय व्यूरोका सदस्यहरुलाई मात्र सर्कुलर पठाउने । उनीहरुले आ–आफ्ना जिम्माका कमिटिहरुमा लगेर सर्कुलर पढाउन सक्ने तर सर्कुलर कुनै कमिटिलाई नदिने । तृतीयः नेतृत्वले कुनै आग्रह पूर्वाग्रह नराखी पार्टी भित्रका असन्तुष्ट पक्षका खासखास सदस्यहरु र निष्कासितहरु सहितको एउटा भेलाको आव्हान गरेर समस्या के हो ? कसबाट हो र अबको समाधान के हो भन्ने कोणबाट राम्ररी छलफल गर्ने , असन्तुष्ट पक्षका राम्रा कुराहरुलाई सम्बोधन गर्ने गरी उइन–उइनको नीति अवलम्बन गरेर पार्टीलाई एक ढिक्का बनाएर लैजान सक्नु पर्दछ । यो परिस्थितिमा कसले जित्ने कस्ले हार्ने भन्ने प्रश्न हैन । दुवै पक्षले संयम भएर पार्टी क्रान्तिको हितमा नै काम गर्नुपर्दछ । कसैले पनि मेरा गोरुको वाह्रै टक्का भन्ने हो भने कुरो मिल्दैन ।

मलाई लाग्दछ तेस्रो उपाय नै अहिलेको अवस्थामा उपयुक्त हुन्छ । पार्टीबाट निष्काशित भएकालाई विना हिच्किचाहट पार्टी प्रवेश गराउने, असन्तुष्ट पक्षलाई पार्टी भित्र सम्मानजनक व्यवहार र व्यवस्थापन गर्ने, उनीहरुलाई निसन्देह कामको जिम्मेवारी दिने र पार्टीले आठौं महाधिवेशनमा पारीत गरेको दक्षिणपंथी लाइनलाई सच्याउने हो भने तत्कालको समस्या हल हुन्छ जस्तो लाग्दछ ।

महामन्त्री कामरेड, विगतमा तपाईलाई आरोप लगाएर पार्टीबाट अलग भएका साथीहरु पनि पुन पार्टीमा आएको हाम्रो परम्परा छ । अहिलेको अवस्था त त्यस्तो हैन । पार्टी फुटालेर गएको अवस्था पनि हैन । केही साथीहरुले आवेगमा आएर रोष प्रकट गरेका छन् ।यस्ता कुराबाट नेतृत्व विचलित हुनुहुंदैन । राजनीतिमा सधैंभर मित्रता र सधैभर दुस्मनी हुँदैन भन्ने कुरा हामी सबैलाई अवगत नै छ र इतिहासमा त्यो कुरा सत्य सावित पनि भएकै छ । संघियता विरुद्धको काठमाडौ केन्द्रीत आन्दोलनमा तत्कालिन मन्त्री गोपाल किराँतीले राष्ट्रिय जनमोर्चालाई सफाय गर्नुपर्छ भनेकै हुन्, अहिले उनीपनि राष्ट्रवादी नकाव लगाएर हामीसंग एउटै फोरममा उभिएर कार्यगत एकतामा सामेल भएका छन् भने, निष्कासीतहरु त गोपाल किराँतीको दर्जामा पुगिसकेका छ्रैनन् । प्रतिकृयावादीहरुले पनि दिवानी तथा फौजदारी मुद्दा लागेका अपराधिहरुलाई एउटा उपयुक्त दिन तथा राष्ट्रिय मान्यताको दिन पारेर आम माफिदिन्छ भने हामीले पनि महामन्त्रीको जन्मदिन पारेर निष्कासितलाई घर फर्कन भन्न के नै अप्ठेरो पर्लार मलाई त त्यस्तो लाग्दछ ।

अहिले महामन्त्री लगायत पार्टीले गम्भीर चिन्ता प्रकट गरेको विषय जंगेलाई पत्ता लगाउने भन्ने नै हो । अर्काे तर्फ महामन्त्रीका स्वकीय सचिवले जंगे भन्ने जागरण अभियान भित्रैको मान्छे हो पनि भन्नु भएको छ । महामन्त्री कामरेड र सचिवको बिचमा यो कुराको मेल खाँदैन । महामन्त्रीले अझैसम्म त्यसरी ठोकुवा नै गर्नुभएको छैन । खैर जे होस् जंगेलाई पत्ता गर्नु पर्दछ । कानुनी वा पार्टीगत उपचार गर्नै पर्दछ । त्यसमा कसैको भिन्न मत छ जस्तो लाग्दैन । तर जंगेको रीस असन्तुष्ट पक्षसंग पोख्ने काम हुन्छ भने उनीहरुमाथि अन्याय हुनेछ । जंगे असन्तुष्ट मध्यको एकजना हुन पनि सक्दछ भने बहुमत पक्षको पनि हुन सक्दछ त्यो भोलिको छानविनले पत्ता लाग्ला जुन पक्षको भएपनि जंगे जंगे नै हो ।

महामन्त्री ज्यू तपाई असन्तुष्ट पक्षलाई पनि बहुमत पक्षलाई जस्तै समान रुपमा माया गर्नुहोस् । विगतमा उनीहरुबाट तपाईले जुन सम्मान पाउनु भएको थियो अहिले त्यो कडी टुटेको छ । तपाईले विगतका टुटफुटका घटनालाई बिर्सीदिनुहोस् । त्यतिबेलाका घटना र व्यक्तिहरुको प्रवृति र यसपटकको अन्तरविरोध नितान्त भिन्न छ । तपाई अहिले सम्म असन्तुष्ट पक्षहरुलाई लगाउदै आएको आरोप मित्थ्या भएको छ । म यो दावा गर्दिन कि अल्पमत, बहुमत कतै पनि घुसपेैठीया छैनन् । हुन पनि सक्लान् तर सबैलाई शंकागर्न मिल्दैन । पत्ता लाउँछ त्यसपछि उपचार गरौ त्यो च्याप्टर त्यही सकिन्छ । अब वास्तविक ट्रोल सेना पत्ता लगाउने तर्फ सबैको ध्यान जान जरुरी छ ।

महामन्त्री ज्यू , असन्तुष्ट पक्षहरु तथा सन्तुष्ट पक्षहरु तपाईको अगाडि बोल्ने आँट गर्न नसकेर मात्र हो । सयकडौं पार्टी सदस्यहरुको मनमा आगो बलिरहेको स्थिति छ । कैयौ पार्टी सदस्यहरुको मनमा चोट परेको छ । तर तपाईलाई त्यो संख्या सामान्य लाग्न सक्दछ त्यसमा शंका छैन । तर पनि म तपाईलाई विनम्र अनुरोध गर्दछु की अहिले सम्मको तपाईको उचाई र यो विरासतलाई उत्तरार्धमा आएर खेर फाल्ने काम कदापी नहोस् । मैले भक्त बहादुर श्रेष्ठले लेखेको विविध आयम पुस्तक पढें । त्यसमा तपाई प्रति इंकित गरेको एउटा सानो अंश मात्र उल्लेख गर्न मन लाग्यो । उनले भनेका छन्– मोहनजीका गल्ती कमजोरीहरुलाई वहाँको अगाडि औल्याउन हामी सक्तैनथ्यौं । त्यो कुरा जलजलासंगजोडिएको प्रसंगममा उनले उठाएका छन् । यसरी तपाईसंग हाम्रा अग्रजहरु पनि बोल्न डराउने रहेछन् भने हामी त सर्वसाधारण नै हौ । अहिले पार्टीभित्र तिब्र असन्तुष्टिहरु पैदा भएका छन् । यसलाई बल्झाउने मात्र हैन सुल्झाउने तिर नै ध्यान गएमा पार्टी क्रान्तिको हित होला भन्ने ठान्दछु ।

अन्तमा तपाईले ७० वर्षसम्म मेहनत गरेर बनाएको पार्टीको मायाँ तपाईलाई नहुने हो भने अरु कसलाई हुने हो ? यही पार्टीमा धेरैको खुन पसीना सिन्चिएको छ । कोही सहिद भए, कोही घाइते भए, कोही जेलको यातना पाए, कोही खाइपाइ आएका जागिर, पेन्सनै छाडे, कसैले घर घडेरी स्वाहा पारेर पार्टीमा मरीमेटेर काम गरेका छन् । उनीहरुलाई अनुशासनको जन्जीर देखाएर अपमान गर्ने हैन, अनुशासन पनि कायम राख्ने हो, पार्टी सदस्यहरुका गुनासो पनि सुन्ने हो । यही अपेक्षा सहित अहिलेलाई कलम स्थगन गर्दछु । बाँकी कुरा त समय सन्दर्भ मिलाएर गर्दै गरौला । तपाईको शुभेच्छुक ।

 मितिः २०७७ जेष्ठ २४

हाँक साप्ताहिक, वर्ष ३९, अंक ३२

२२ असार २०७९ (६ जुलाई २०२२)

नेपालमा धान खेती र मल अभावभित्रको राजनीति

शशिधर भण्डारी

सरकारले सही आर्थिक, सामाजिक, नीति र कार्यक्रम ल्याउने हो भने नेपाल कृषि, जडीबुटी, उर्जा र पर्यटनको विकास तथा समृद्धिका निमित्त प्रचुर सम्भावना बोकेको मुलुक हो । धान खेतीकै कुरा लिउँ । यो धान खेतीको समय हो । धान नेपालको प्रमुख खाद्य बाली पनि हो । समून्द्र सतहदेखि ६० मिटर मात्र उचाइमा रहेको झापाको कचनाकेवलदेखि ३ हजार ५० मिटरको उचाइमा रहेको जुम्लाको हुमचौरसम्म धानको खेती हुन्छ । सरकारी तथ्यांकहरुका अनुसार नेपालको उच्च पहाडी क्षेत्रमा ५ प्रतिशत, पहाडी क्षेत्रमा २५ प्रतिशत र तराइ क्षेत्रमा ७० प्रतिशत धानको उत्पादन हुन्छ । नेपालका ७७ जिल्लामा धानको खेती नहुने जिल्ला दुईवटा मात्र छन् । ती मनाङ र मुस्ताङ हुन् । नेपालको खेती प्रणालीमा खनजोतमा ट्याक्टरको प्रयोग, रोप्ने मेसिनको प्रयोग र भित्र्याउने बेलामा थ्रेसरको प्रयोग गर्न थालिएको छ । तर यसको सदुपयोग सुगम ठाउँमा मात्र हुने गरेको छ ।

समग्रमा देशको कृषि प्रणाली परम्परागतरुपमा रहेको देखिन्छ । यस्तो अवस्थामा पनि नेपालमा सरदर १५ लाख हेक्टर जमिनमा ५० लाख टनसम्म धान फल्दछ । परम्परागत खेती प्रणालीको आधारमा हेर्दा यो राम्रो उत्पादन हो । नेपालको हिमाली र उच्च पहाडी क्षेत्रमा फल्ने जढन धानलाई जापानीहरुले निकै मन पराए र जापानको ओसाकामा लगेर खेती गरिरहेको कुरा यससम्बन्धी अध्ययनमा भेटिन्छ । तर नेपालमा सो धानको बीउ नै लोप हुने अवस्थामा रहेको छ । ६७ प्रतिशत जनता पूर्णरुपमा कृषिमा निर्भर रहेको यो मुलुकमा २७ प्रतिशत जमिन खेतीयोग्य छ तर २० प्रतिशत जमिनमा मात्र खेती गरिन्छ । सरकारले नीतिगतरुपमा कृषिलाई प्राथमिकतामा राखेको ऐलान गर्ने तर व्यवहारमा कृषि क्षेत्रप्रति अपनाउने उपेक्षाभाव र उदासिन नीतिका कारण मुलुकको सर्वाङ्र्गण विकासको आधारभूत कुरा कृषि पेशा नै निकै कम आय हुने एउटा दुःखी पेशाका रुपमा स्थापित भएको छ । कृषि प्रधान मुलुकमा नै कृषि पेशाको यस्तो दयनीय अवस्था मुलुकका निमित्त ठूलो चुनौती हो । तर जुन सरकार आए पनि यो चुनौतिप्रति गम्भीर भएको नपाइनु धेरै दुःख र दूरभाग्यको कुरा पनि हो ।

मुलुकलाई आधुनिक प्रविधियुक्त र व्यावसायिक कृषिकर्मको दिशामा अगाडि बढाउन पर्ने अहम् दायित्व त छँदैछ । त्यसका अतिरिक्त सरकारले मौजुदा अवस्थामा पनि मल, बीउ तथा बजार व्यवस्था मात्र मिलाई दिन सक्ने हो भने कृषिले राष्ट्रिय आत्मनिर्भरताको दिशामा महत्वपूर्ण योगदान पु¥याउन सक्दथ्यो तर त्यो दिशामा मुलुकलाई अगाडि बढाउन ध्यान दिएको पाइन्न । यही पूँजीवादी व्यवस्थामा पनि धेरै महत्वपूर्ण कार्य सम्पादन गर्न सकिन्छ तर राज्य सञ्चालनको विधिमा बस्नेहरुले यस विषयमा गम्भीरतापूर्वक विचार गरेको पाइदैन ।

व्यावहारिकरुपमा हेर्दा सरकार कृषिमैत्री छैन तर मूलतः देशका साना किसानहरुको पौरखमा धान खेती हुँदै आएको देखिन्छ । नेपालका ६७ प्रतिशत किसानहरुमा ८० प्रतिशत किसान साना किसानको दायरामा पर्दछन् । कृषि फसल उत्पादनका निमित्त मल आधारभूत तत्व हो । पानीको आवश्यकता परिपूर्तिका निमित्त सिंचाई नभएको स्थानमा मनसुनमा पनि भर पर्न सकिन्छ तर मलको विकल्प हुँदैन । सरकारले मुलुकमा कृषिजन्य उत्पादन बढाउने लक्ष्य लिएको बताउने गर्दछ तर कृषि उत्पादनमा अत्यावश्यक मल, विषादी र बीउ उपलब्ध गराउन सक्दैन ।

अहिले मुलुकमा मलको ठूलो हाहाकार मच्चिएको छ । मानो रोपेर मुरी फलाउने सपना बोकेर धानखेतमा किसानहरु आजभोलि माटोसित पौठेजोरी खेलिरहेको छन् । मल नभइकन माटोसित जति पौठेजोरी खेले पनि उत्पादन लिन सकिदैन तर धान रोप्ने बेलासम्म रासायनिक मल पाइने सम्भावना झनपछिझन कमजोर हुँदै गएको देखिन्छ । मल ऐनमा सरकारले ६ महिना अगाडि नै मलको व्यवस्था सुनिश्चित गर्न पर्ने प्रावधान रहेको छ । तदनुरुप संसदमा किसानहरुलाई यथासक्य मल उपलब्ध गराउन पर्ने विषयमा आवाज उठ्ने गरेको पनि देखिन्छ । नेपालमा सिमित मात्रामा रहेको मलमा पनि कमिशनको खेल चलेको र काला बजारियाहरुले तेब्बरसम्म मूल्यमा रातारात मल बेचिरहेको कुरा पनि बाहिर आएको छ यस सम्बन्धमा संसदमा आवाज उठ्दै आएको छ तर यो नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले यो आवाजलाई सम्बोधन गरेर किसानलाई कसरी सहजरुपमा मल उपलब्ध गराउन सकिन्छ भनेर सामान्य गृहकार्य समेत गरेको पाइएन ।

संसदमा त्यसरी आवाज उठ्दा सरकारले एउटा अध्ययन टोली तथा आयोगको गठन गरेर पहल गर्न सक्दथ्यो तर त्यति पनि गरेन । यो परिदृश्यले यो वर्तमान सरकारको किसानप्रतिको गैर जिम्मेवारपन प्रष्टरुपमा देखाएको छ । कृषि विज्ञहरुका अनुसार नेपालमा जग्गा बाँझो नराखेर भरपुर उत्पादन लिनका निमित्त ७ लाख टन रासायनिक मलको आवश्यकता पर्दछ । गतकालमा हेर्दा एक वर्षमा मुस्किलले करिव ४ लाख टन मल वितरण भएको देखिन्छ । त्यही अनुपातमा यस वर्षपनि सरकारले मल वितरण गर्न सकेमा किसानलाई त्यति गम्भीर अभावको सामना गर्न पर्ने थिएन । नेपालमा मलको आयात र वितरणको ग्राफका विषयमा जानकारी राख्ने विज्ञहरुका अनुसार अहिले मुलुकमा जुन ढंगले मलको अभाव सिर्जना गरिएको छ । देशमा त्यही रुपमा मलको सञ्चिति नै नभएको भने होइन ।

गतकालको तुलनामा ६० देखि ७० प्रतिशत मात्र मल निष्पक्षढंगले वैज्ञानिक विधिमार्फत वितरण गर्ने हो भने किसानलाई यति धेरै पीडा हुने थिएन । बताइन्छ कि साल्ट ट्रेडिङसँग मौजदाद मल छ तर साल्ट ट्रेडिङले सिधै किसानलाई मल बेच्न पाउँदैन । सहकारीमार्फत मल किन्न पर्दा किसानहरुले महंगो मूल्यमा किन्न

परेको र अहिले त्यही पनि पाइएको छैन । कतिपय सहकारीहरुले नै रातीराती आफन्तहरुलाई मात्र मल दिएको, कमिशन खाएको र कालाबजारी गरिरहेको गुनासो किसानहरुले गरिरहेका छन् । देशमा किसानहरुलाई मल वितरणमा यति डरलाग्दो बेथिति भइरहँदा पनि एउटा अध्ययन समिति वा आयोग गठन गर्ने कुरामा समेत तयार नहुनुका पछाडि सरकार निकट व्यक्ति तथा संस्थाहरु नै कमिशनको खेल र कालाबजारीयामा संलग्न रहेका छन् भन्ने सन्देह पैदा भएको छ ।

नेपालमा रासायनिक मल उत्पादन गर्ने कारखाना छैन । मल बाहिरबाटै मगाउन पर्दछ । विश्वमा सबभन्दा धेरै फर्टिलाइजर उत्पादन गर्ने मुलुकमा रुस, चीन र अमेरिका पछि भारतको नाउँ आउँछ । भारतको कृषि पनि निगम पूँजीवादसित जोडिएको छ तर भारत मूलरुपमा कृषिमा आत्मनिर्भर मुलुक हो । आजको अन्तरनिर्भरतामा आधारित विश्वमा भारतले कतिपय अनाज अपुग भएको अवस्थामा आयात गर्नु अस्वाभाविक होइन । भारतीय पूँजीवाद यति निष्ठुर र निर्मम छ कि सरकारबाट ल्याएको कृषि ऋण तिर्न नसकेर वर्षेनी हजारौ किसानहरुले आत्महत्या गरेका अत्यन्त मार्मिक र पीडादायी इतिहासका घटनाहरु छन् तर पनि भारतमा पैसा तिरेपछि मल बीउ नपाइने भन्ने हुँदैन ।

कृषिमा आत्मनिर्भरताको जगमा उभिएर झण्डै डेढ अरब जनसंख्या पालेको र मल बीउ किसानलाई उपलब्ध गराएको भारतले चाहेमा नेपालका लागि ५.६ लाख टन रासायनिक मल उपलब्ध गराउनु असम्भव कुरा होइन । झण्डै डेढ अरब जनसंख्या भएको दक्षिण एशियाको विशाल मुलुक भारतका लागि थप तीन करोडलाई म्यानेज गर्नु सामान्य कुरा हो । शक्ति राष्ट्रहरुका बीचको अन्तरविरोध, युद्ध, अशान्ति, खाद्यान्न संकट, फर्टिलाइजर उत्पादनमा कमी आदि कारणले केही समस्या जरुर उत्पन्न भएका छन् तर हाम्रो जस्तो मूलरुपमा भारतवेष्ठित र भारतनिर्भर जस्तो मुलुकले यति गम्भीर समस्याको सामना गर्न पर्नु असामान्य कुरा हो । नेपालको राजनीति र अर्थनीति तथा कूटनीतिको मूलमा समेत दलाल तथा नोकरशाही पूँजीपति वर्गको चकचकी छ । तिनीहरुले नेपालको राजनीति, अर्थनीति र कूटनीतिलाई आफ्नो व्यापारिक स्वार्थ अनुरुप उपयोग गर्ने प्रयत्न गर्दै आएका छन् । त्यसोत भारतसितको कूटनीतिमा नेपालका सरकारहरु उतारचढावबाट गुज्रदै आएका छन् ।

जसरी भए पनि भारतले आफ्नो स्वार्थलाई पूरा गर्दै आएको देखिन्छ तर भारतसित डरलाग्दो व्यापार घाटाको सामना गर्न विवश नेपाल भारतको तप्केनीमा पर्दै आएको छ । त्यसमा राष्ट्रको हित चिन्तन होइन नाफालाई मात्र आधार बनाएर सोंच्ने नेपालको दलाल तथा नोकरशाही पूँजीपति वर्ग राजनीतिमा नाँच्दा देशका पालक किसानहरुले भयानक शास्ती खेप्न परेको छ । अहिले भारतबाट चोरी व्यापारीका रुपमा अत्यन्त महंगोमा नेपालभित्र मल भित्रेको छ । मलको कालो व्यापारबाट भित्रभित्र केही दलाल व्यापारीहरु रातोरात करोडौं मुनाफा आर्जन गर्ने भएका तथ्यहरु देखा परेका छन् । तर सरकारको यस दिशातर्फ खास ध्यान भएको पाइदैन । नेपालमा मल आयात गर्न नेपाल सरकार भारतसित एकातिर कूटनीतिक डिलिङमा असफल भएको देखिन्छ । अर्कोतिर चीन, बंगलादेशलगायतका मुलुकहरुसित सम्बाद अगाडि बढाएर रासायनिक मल आयात गर्न पनि सक्दैन । त्यो समस्याको घानमा गरीव किसानहरु पर्दै आएका छन् । यस्तो अवस्थामा नेपालका दलाल पूँजीपतिहरुले नीजि संकायमार्फत मल आपूर्ति गराउनका निमित्त सरकारलाई निर्णय गराउन रणनीतिक चाल चालिरहेका छन् । किनभने नेपालमा अत्याधिक माग हुने मलको व्यापारमा तिनीहरुले अकुत नाफा देखेका छन् ।

जग्गा दलालहरुले उर्वरभूमिमा प्लटिङ गरेर गिट्टी, वालुवा बिच्छाउँदा फाँटहरु सकिन थालेका छन् । उर्वरभूमिमा खेती नहुँदा खाद्यान्न उत्पादनमा ठूलो ह्रास आएको छ । यसले हाम्रो मुलुक प्रमुख खाद्यान्न बालीमा नै कति डरलाग्दो ढंगले परनिर्भर हुँदै गएको छ भन्ने देखाएको छ । झन मलको आपूर्ति मै संकट पर्दा उत्पादनमा कति गम्भीरढंगले ह्रास आउने हो त्यसको चित्र आउनै बाँकी छ । विश्वमा उत्पादन हुने धानमा ९० प्रतिशत बराबरको उत्पादन एशियामा हुने गर्दछ । त्यसमा चीन, भारत, इण्डोनेशिया, भियतनाम, पाकिस्तान, बंगलादेश, थाइल्याण्ड, म्यानमार, फिलिपिन्स, कम्बोडिया आदि प्रमुख धान उत्पादक मुलुकहरुमा पर्दछन् । उत्पादन क्षमताका हिसावले नेपाल सत्रौं नम्बरमा धान उत्पादक देशमा पर्दछ । तर आधुनिक प्रविधि, सिंचाई र सरकारको वैज्ञानिक कृषि योजना त छैन नै, एउटा मलको समेत राज्यले उचित प्रबन्ध मिलाउन नसक्दा मुलुक गम्भीर भलखाँडोतिर सोंझिदै छ ।

यो संकटबाट जोगाएर मुलुकलाई रासायनिक मलमा आत्मनिर्भर बनाउन महंगो र खर्चिलो नै भए पनि चुनौती मोलेर देशमै मल कारखाना स्थापना गर्न पर्दछ । होइन भने नेपालमा प्रांगारिक मल उत्पादनको वैज्ञानिक प्रविधि भित्र्याउनु पर्दछ । त्यसपछि प्रांगारिक मलयुक्त अग्र्यानिक खेतीको जोनका रुपमा मुलुकलाई उभ्याउने र अर्थोपार्जन गर्ने विषयमा सरकारले सोचेमा अरु फलदायी हुने देखिन्छ । तर दुःखको कुरा नवउदारवादी अर्थनीति र नीजिकरणको मार्ग समातेको दलाल तथा नोकरशाही पूँजीपति वर्गको रिमोटमा चल्ने यो व्यवस्थाका सरकारहरुबाट यस्ता आत्मनिर्भर र जीवनमुखी कामको आशा गर्न सकिदैन । किनभने यस्ता कुरा यो सरकारको कार्यक्रमको फ्रेमभित्र पर्नै सक्दैनन् ।

सरकारले किसानहरुलाई भनेर व्यवस्था गरेको सहुलियत ऋण, अनुदान र अन्य सेवा सहयोगका सुविधाहरु राजनीतिक पहुँचका आधारमा वितरण भएको देखिन्छ । यसबाट साना किसान, पहुँच नभएका वास्तविक किसान होइन पहुँचवाला ठूला किसान र अभिजात वर्गीय गैर किसानसम्म लाभान्वित भएको देखिन्छ । सरकारले किसान वर्गलाई दुःखी र वेचैन बनाउँदै आएको छ । समाजको पालक शक्ति किसान नै सबभन्दा दुःखी, बेचैन र मुस्कुराउनै नसक्ने भए पछि देशको मुहार बदलिने प्रश्नै आउँदैन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित