पार्टी एकता समयको माग र आवश्यकता

–प्रेम सुवेदी

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी ( मशाल) बीच पार्टी एकता सम्पन्न भएको छ ।यो एकताप्रति विभिन्न क्षेत्रबाट सकारात्मक र नकारात्मक दुबै प्रकारका टीका टिप्पणी बाहिर आएका छन । ती सबै टिप्पणीप्रति यहाँ चर्चा गर्न खोजिएको छैन , बरु यो एकता किन आवश्यक छ र यसले नेपालको कम्युनिस्ट क्रान्तिकारी आन्दोलनमा कस्तो प्रभाव पार्न सक्दछ भन्ने विषयमा नै मुख्य चर्चा गरिने छ । एकताको मूल आधार विचार , राजनीतिलाई केन्द्रमा राखेर दुबै पक्ष ले छलफल गर्दै आएको र आधारभुत विषयमा समान धारणा रहेकोले पार्टी एकता सम्भव रहेको कुरा जगजाहेर नै छ । कतिपय विषयमा मतभेद रहेको कुरा पनि त्यतिकै सत्य हो । पार्टी स्वयं विपरित बीचको एकत्व भएकोले त्यहा कैयौं विषयमा मतभेद हुने कुरा स्वभाबिक हुन्छ र त्यो बाट यो एकता अलग हुने कुरा पनि भएन । जहाँ सम्म यो एकतालाई सिद्धान्तहीन र अराजनैतिक भनेर प्रचार गर्ने जुन दुस्साहस गरिएको छ त्यो एकता विरोधि तत्वहरुको रोदन मात्रै हो ।

कम्युनिस्ट क्रान्तिकारीहरुको एकता आजको समयको माग र आवश्यकता दुवै हिसाबले सही छ ।यो दुई पार्टी बीचको एकता त हो नै, त्यसका साथ साथै छरिएर रहेका सबै क्रान्तिकारी समुह व्यक्ति र व्यक्तित्वहरुलाई एकताबद्ध गर्ने एउटा बलियो आधार पनि हो । त्यो कुरालाई ध्यान दिदै एकता घोषणा सभामा जारीवक्तव्यमा भनिएको छ पार्टी एकताको यस सुखद अवसरमा कम्युनिस्ट नामका विभिन्न संसोधनवादी दलहरूको भ्रममा परेका क्रान्तिकारीहरु ,छरिएर रहेका विभिन्न समुह तथा व्यक्तित्वहरुलाई यो ऎतिहासिक एकता प्रक्रियामा सामेल हुन आह्वान गर्दछौ । तपाई हाम्रो यस प्रकारको एकताले नेपाली क्रान्तिको बलियो सदरमुकाम खडागर्ने छ र क्रान्ति सम्पन्न हुनेछ । विज्ञप्तिमा जुन कुरा अपिल गरिएको छ त्यसले एकताको आवश्यकता , उद्देश्य लक्ष्य सुस्पष्ट गर्नुका साथै हाम्रो कर्तव्य र दायित्व समेतको दिशानिर्देश गरेको छ । यो ऎतिहासिक कार्यभारलाई आत्मसात गरेर यो एकतालाई बलियो बनाउदै सबै छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरुलार्इ गोलवन्द पार्नु तात्कालिक कार्यभार हो भने नेपालमा लामो समय देखि कायम रहेको अर्ध औपनिवेशिक , अर्ध सामन्ती विशेषता सहितको नव औपनिवेशिक अर्थ सामाजिक स्थितको अन्त्य गर्दै , जनताको जनवादी क्रान्ति हुँदै बैज्ञानिक समाजवादको स्थापना गर्नु हाम्रो आधारभुत रणनीति हो । त्यो महान उद्देश्यलाई केन्द्रमा राखेर नै पार्टी एकता गरिएको हो । क्रान्तिकारीहरु बीचको एकताले श्रमजीवि वर्गमा उत्साह पैदा गरेको छ भने प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरुको निद हराम गराएको छ । त्यति मात्र होइन, विभिन्न अवसरवादी शक्तिमा समेत खैलामैला मच्चिएको छ । त्यसैको परिणाम हो यो पार्टी एकताका विरुद्ध विभिन्न शक्ति र व्यक्तिहरु आफ्नो सम्पुर्ण शक्ति लगाएर यसको विरोधमा वान्ता गर्दै हिडेको पनि देखिन्छ । क्रान्तिकारी आन्दोलनलाई केन्द्रमा राखेर हुने एकताप्रतिकुनै पनि कम्युनिस्टले विरोध गर्दैन र गर्नु पनि हुदैन । तर,यहाँ आधारभुत विषयमा समान धारणा रहदा रहदै बेग्लै गुट वा समुह बनाइ राख्ने परम्परा रहदै आएको पृष्ठभूमिमा त्यसप्रकारको गुट नै चाहिन्छ भन्ने सोचाइहरु पनि विभिन्न रुपमा प्रकट भएको देखिन्छ । त्यसप्रकारको सोचाइ वा चिन्तन सहि होइनन् र त्यसले क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्न पनि सक्दैन । पार्टी स्वयं विपरित बीचको एकत्व भएकोले त्यहाँ विभिन्न मत र दृष्टिकोण रहनु स्वभाविक हुन्छ । यदि कसैले मतभेद रहितको पार्टी खोज्दछ भने त्यो सम्भ्व हुने कुरा पनि होइन र त्यो स्वयं द्वन्द्ववाद विरुद्धको कुरा हुन्छ । यस विषयमा माओले यदि तपाईं एकताको पक्षमा हुनुहुन्छ भने तपाईंको विचार भन्दा भिन्न विचारसङ्ग नै हो एकता तपाईंका सम्पुर्ण विचारमा सहमत भैसकेको भए त्यहा एकताको जरुरी नै हुँदैन ।

पार्टी एकतालाई सार्थक परिणाममुखी र क्रान्तिको भरपर्दो शक्तिका रुपमा स्थापित गर्न पार्टी नेतृत्व पंक्ति , पार्टीका आम कार्यकर्ता सचेत रहनु पर्दछ ।र, यो एकतालाई जनस्तर सम्म पुर्याउनु पर्दछ । कम्युनिस्ट आन्दोलनमा मुख्य समस्याको रूपमा रहेको दक्षिणपन्थी अवसरवादका विरुद्ध बैचारिक राजनैतिक रूपमा भण्डाफोर र संघर्ष गर्दै क्रान्तिकारी आन्दोलनको निर्माणमा ध्यान केन्द्रित गर्नु पर्दछ ।यो एकताप्रती कसले कस्तो टिप्पणी वा विरोध गर्छ भन्ने कुरालाई आधार बनाएर होइन , हाम्रो दायित्व र कर्तव्य नेपाली श्रमजीवि वर्ग तथा समुदायको मुक्ति कसरी सम्भव हुन्छ भन्ने विषयमा नै केन्दित हुनु पर्दछ । प्रतिक्रियावादी राज्य सत्ता दिन प्रतिदिन संकटग्रस्त बन्दै गइरहेको पृष्ठभूमिमा त्यो संकट क्रान्तिद्वारा मात्र हल हुन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै त्यसको तयारीमा जुट्नु अहिलेको मुख्य अविभारा हो । यो एकताका विपक्षमा आएका कतिपय टीका टिप्पणीहरु क्रान्तिकारी आन्दोलनलाई केन्द्रमा राखेर भन्दापनि मुख्यत ,पुर्वाग्रह, ईष्या र आवेगद्वारा आएकोले त्यसप्रति त्यति धेरै चासो र चिन्ता गर्नु हुदैन । तर , कतिपय निराधार ,कपोलकल्पित र भ्रामक विषयको भने खण्डमा गर्नु नै पर्ने हुन्छ । पार्टी एकताको मर्म भावना र उद्देश्यलाई केन्द्रमा राखेर सबै पार्टी पक्ती एकताबद्ध हुदै जनस्थरमा पुग्नु अहिलेको प्राथमिक कार्य हो । माओले भने झै कार्यदिशा र कार्यक्रमलाई जनतासङ्ग जोड भन्ने मान्यतालाई आत्मसात गर्दै संघर्षका माध्यमवाट जनतालाई गोलवन्द गरेर मात्रै सबै प्रकारका भ्रम चिर्न सकिने छ । अत पार्टी एकतालाई सार्थक बनाउन तथा अपुरो र अधुरो क्रान्तिको कार्यभार पूरा गर्न सम्पुर्ण शक्ति केन्दित गरौ र निरन्तर अगाडि बडौ ।

अहिलेको एकताको सन्दर्भमा क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट निस्काशितत भएका कतिपय साथीहरु र एकता प्रक्रियामा सामेल नहुनु भएका ने क पा( मशाल ) का केहि साथीहरुले यो एकताप्रति नकारात्मक प्राकारका जुन अभिव्यक्ति दिनु भएको छ त्यसमा राजनीति र वैचारिक विषय भन्दा पनि अलि बढी आक्रोश र आवेग देखिन्छ । त्यस सन्दर्भमा यति मात्रै भनौ जसले यो एकता सिद्धान्तहीन र अराजनैतिक भन्नु भएको छ वहाँहरुको त्यो भनाइमा कुनै सत्यता छैन । बरु तथ्य के हो भने यी दुई पार्टीका बीचमा रहेका मतभेदले एकतालाई कुनै अफ्ट्यारो पार्दैन भनेर वहाँहरुले बोलेका कुरा सायद धेरै कार्यकर्ताले भुलेका छैनन् होला । अचम्म त के भयो भने पहिले त्यसरी एकताको पक्षमा वकालत गर्ने साथीहरु कसरी यो एकताको विपक्षमा पुग्नु भयो यो अलि सोचनीय विषय बनेको छ । आशा गरौ छुटेका ती साथीहरु पनि क्रमश आन्दोलनको क्रममा जोडिदै जानु हुनेछ र एकीकृत कम्युनिस्ट आन्दोलनको निर्माणमा योगदान पुर्याउनु हुनेछ । यो एकता समयको माग र आवश्यकताले सप्पन्न भएको हो । त्यसलाई अरु विस्तार र व्यापक बनाउदै क्रान्तिकारीहरुको भरपर्दो केन्द्र बनाउनु अहिलेको आवश्यकता हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित