नेपाली मुद्रामा चुच्चे नक्सा

नेपाल र भारतकोबीचमा सिमानामा संधै समस्या भईरहेको कुरा नौलो होइन । यो समस्या सुगौली सन्धि यतादेखि नै रहेको छ । नेपालको अधिकांश भारतसँग सीमा जोडिएका स्थानमा भारतले सीमा अतिक्रमण गरेको छ । भारत र नेपालको सिमानाको तीन तर्फ ठाउँ ठाउँमा सीमा विवाद कायम ऐतिहासिक प्रमाण र तथ्यहरुले नेपाली भूभाग भित्र पर्ने बताईएका स्थान पनि भारतले मिचिरहेको तथ्य कोहीबाट लुकेको छैन । त्यो मध्ये नेपालको पश्चिमी भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी ऐतिहासिक तथ्य र प्रमाणले नेपाली भूमि हो भनेर स्पस्ट पारे पनि भारतले आफ्नो क्षेत्र बताउँदै अन्तर्राष्ट्रिय कानुन सन्धिहरुको वेवास्ता गर्दै एकतर्फी रुपमा भौतिक संरचनाहरु निर्माण गर्दै आईरहेको छ । भारतले वेवास्ता गरेको र संरचनाहरु खडा गर्दै आएको छ । सीमानाको विवाद समाधान गर्न छोडेर भारतले आफ्नो एकलौटी गरिरहेको छ । चीन र भारतले यस नाकाबाट सीमा व्यापार गर्न मञ्जुर भएको भन्ने सन् २०१५ मा भएको भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीको चीन भ्रमणको समयमा सहमति भएको थियो । त्यस समयमा दुवै देशले नेपाललाई सोधेका थिएनन् । नेपालले सो कुराको विरोध गरेको थियो । नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रलाई समेटेर भारतले नक्सा प्रकाशित गरेपछि नेपालले २०७७ जेठ ७ गते लिपुलेक, लिम्पयाधुरा र कालापानी क्षेत्र समेटेर नेपालको चुच्चे नक्सा जारी गरेको थियो । यो जारी गरेको चुच्चे नक्सालाई नेपालको संसद जेठ ३१मा सर्वसम्मतिले अनुमोदन गरेको थियो । नेपालले चुच्चे नक्सा जारी गरेपछि नेपाली खुशी हुनु स्वभाविक नै थियो र छ ।

अहिले नेपालको एक सय रुपियाको नोटमा नेपालको सोही चुच्चे नक्सा राख्ने निर्णय २०८१ वैशाख २० गते बसेको मन्त्री परिषद्को बैठकले निर्णय गरेको छ । नोट छपाईको प्रक्रियामा छ । तर नेपाल सरकारको यो निर्णयको विरोधमा भारत रहेको भन्ने खबर आईरहेका छन् । भारतद्वारा विरोध हुनु निकै दुःखद कुरा हो । कुनै पनि सार्वभौम सम्पन्न मुलुकले आफ्नो देशको नक्सालाई आफ्नो मुद्रामा राख्नु सार्वभौम अधिकार हो । यो भूमि नेपालको रहेको ऐतिहासिक तथ्य प्रमाणहरुले बोलिरहेका छन् । तर पनि भारतले यो कुरालाई मानेको छैन । वार्ता, संवाद र सहमतिको आधारमा सीमा समस्या समाधान गर्न तर्फ कुनै ध्यान दिएको छैन ।

एकतर्फीरुपमा नेपाली भूमिमा भौतिक संरचनाहरु निर्माण गरिरहेको छ । देशहरुका बीचमा सीमा विवाद भएको भन्ने आईसकेपछि त्यसको समाधान गर्नतर्फ दुवै देशले ध्यान दिनु पर्ने हो तर भारतले कुनै चासो नै दिएको छैन । नेपाली भूमिलाई आफ्नो भूमि जस्तै गररहेको छ ।

नेपालले सय रुपियाको नोटमा नेपालको चुच्चे नक्सा राख्ने निर्णय गर्नु आफैमा उत्तम निर्णय हो । यो निर्णयको सबै नेपालीले स्वागत गरेका छन् ।यसको साथ साथै नेपाल सरकारले भारतसंग विवाद रहेका स्थानहरुको सीमानाको विवादलाई छिटो हल गर्न आवश्यक छ । नेपालले लिम्पियायाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो देशको चुच्चे नक्सामा समेटेपनि त्यो भूभागलाई नेपालले उपभोग गर्न पाईरहेको छैन । भारतले नै सुरक्षा फौज राखेको छ । नेपालीहरुलाई बस्न दिईरहेको छैन । नक्सा जारी गरेरको पनि लामो समय भैसकेको छ । यो अवधिमा पटक पटक सरकार फेरिएको छ । फेरिएका सरकारहरु कसैलेपनि यो विषयमा भारतसित द्वीपक्षीय भेटवार्तामा कुरा उठाउन सकेका छैनन् नेपालको भूभाग हो भनेर फिर्ता ल्याउने कोशिश गर्न सकेका छैनन् ।
अब चुच्चे नक्सालाई मात्र हामे भनेर बस्ने होईन । भूभाग नै नेपालको बनाउन पहल र प्रयास हुन आवश्यक छ । त्यसकोलागि चाहिने वार्ता, संवाद तथा कुटनीतिक पहलकदमी नेपालको हुन आवश्यक छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित