काठमाडौँ। राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले नेकपाका संस्थापक पुष्पलाल.को ४८ औँ स्मृति दिवसका सन्दर्भमा राष्ट्रिय स्वाधीनताबारे गोष्ठी गर्ने भएको छ। २०८३ असार २९ गते राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका संयोजक सन्तबहादुर नेपालीको अध्यक्षतामा बसेको भर्चुअल बैठकले सो कार्यक्रमबारे निर्णय गरेको हो। श्रावण ७ गते काठमाडौँमा गर्न थालिएको उक्त गोष्ठीमा पुष्पलालका राष्ट्रिय स्वाधीनता सम्बन्धी नीति र कृतिहरूको स्मरण गरिने आयोजकहरूले बताएका छन्। उक्त गोष्ठीमा देशभक्त,जनतान्त्रिक,वामपन्थी तथा बौद्धिक व्यक्तित्वहरू को जमघट रहनेछ।
असार २५ गते १ पठाउ चलाक गणेश नेपालीले गरेको आत्मा दाहलाई बालेन सरकारको जनतालाई बाँच्न नदिने नीतिका कारणले भएको घटना बताउँदै त्यस्ता घटनाहरु दोहोरिन नदिने स्थिति सिर्जना गर्नका लागि मोर्चाले माग गरेको छ। दलाई लामाको ९१औं जन्मदिवसलाई नेपालमा मनाउन छुट दिनुलाई वर्तमान बालेन सरकार एक चीन नीतिका विरुद्ध गएको ठहर गर्दै वक्तव्यमा त्यसलाई राष्ट्रघात भएको बताइएको छ । विगत देखि नेपालले मान्दै आएको असंलग्न परराष्ट्र नीतिलाई कार्यान्वयन गर्नका लागि अन्य शक्ति राष्ट्रहरुसँग अनाक्रमण सन्धि गर्नको निम्ति सरकारसँग मोर्चाले माग गरेको छ वक्तव्यमा बालेन सरकारले सुकुम्बासीहरूलाई वर्षायामको बेला सडकमा पुर्याउनुलाई अमानवीय, क्रुर र दमनकारी व्यवहार भनिएको छ । वक्तव्यमा सुकुम्बासीहरू विस्थापित परिवारहरूसित मानवोचित व्यवहार गर्न पनि सरकारसँग मोर्चाले माग गरेकाृे छ ।



