१) यो भन्दा पहिले तपाई हाँक साप्ताहिकलाई दिएको अन्तर्वार्ताका अनुसार यहाँले २०३१ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नु भएको थियो । पार्टी सदस्यता प्राप्त गर्दाको क्षणलाई कसरी स्मरण गर्नु हुन्छ ?
–समाजमा रहेका व्याप्त शोषण, दमन र जाली फटाहा एवं सुदखोरहरुद्वारा गरिब, किसान, जनसमुदायमाथिको चरम उत्पीडनका विरुद्ध मेरो नेतृत्वमा बागलुङको विहुँकोटका जागरुक युवाहरु स्थानीय रुपमा आन्दोलनरत थियौं । न्याय, समानता र मुक्तिका लागि कम्युनिष्ट पार्टीले नेतृत्व गर्छ भन्ने प्रारम्भिक चेतना ममा थियो । त्यसैक्रममा एकीकृत चौम सम्बन्धित पार्टीसँग सम्पर्क भयो र पार्टी सदस्यता फारम भर्ने काम भयो । जुन मेरो लागि अत्यन्त गौरव र उत्साहको विषय बन्यो । जसले कम्युनिस्ट आन्दोलनमा अगाडि बढ्न प्रेरित ग¥यो ।
२) तपाईं २०३८ मा अखिल (छैटौं) को केन्द्रीय कोषाध्यक्ष र २०४० मा महासचिव भइ काम गर्नु भयो । संगठनमा प्रवेश गर्दा बित्तिकै विद्यार्थीहरूलाई पाँचौ र छैठौंको भिन्नताबारे जानकारी गराइन्थ्यो भन्ने सुनिन्छ । त्यो कुरा साँचो हो? विद्यार्थीहरूलाई संगठनमा आबद्ध गर्दा अरू के कुराले कन्भिन्स गर्नु हुन्थ्यो?
–पाँचौं र छैठौं अखिलका तत्कालका अन्तविरोध मुख्यतः प्राविधिक खालका थिए । अखिलले गरेको २०२९ को चौथो सम्मेलनलाई अवैधानिक (जतिबेला झापालीहरुले जवस चाहिंदैन भन्ने मान्यता राख्थे । ) भनी शुरुमा पाँचौं वालाहरुले कुरा उठाए । विद्यार्थी आन्दोलनमा दमन भयो, २०३३ सालमा अयोध्यामा अखिलको पाँचौं राष्ट्रिय सम्मेलन भयो । त्यसको नेतृत्व निनु चापागाईले गरेका थिए । यो सम्मेलनलाई विदेशमा सम्मेलन गरेको, गुटगत संकीर्णता, सबैलाई नसमेटी मुठ्ठीभरले सम्मेलन गरेको जस्ता आरोपहरु पाँचौंले छैठौंमाथि लगाउँथे । छैठौं अखिलले त्यसको प्रतिवाद गर्दै ठोस अवस्थाको ख्याल नगर्ने मिथ्या आरोप, व्यक्ति हत्याको राजनीति अंगालेको (वन एरिया, वन स्कायड, वन युनिट र वन एक्सनको नारा र नीति) जवस चाहिंदैन भन्दै सम्मेलन बहिष्कार (गरेको) इतिहासको अगाडि बढेको गतिलाई नकारेको फुटपरस्त नीति अंगालेको जस्ता विषयहरु उठाउँथे । जनवादी र जनतान्त्रिक पदावली प्रयोगमा एक अर्काका विरोधी थिए । यसमा मुख्यतः वाम राजनीतिक आन्दोलनको फाँटमा देखा परेको पार्टी फुटको प्रभाव युवा विद्यार्थी आन्दोलनमा पर्नु स्वभाविक थियो–त्यसकै उपज थियो पाँचौं र छैठौं अखिल । अखिलमा २०२९ को चौथो सम्मेलनलाई पछि अखिल पाँचौंले सकार्दै पाँचौं सम्मेलन गरे । त्यसैबेला २०३६ मा लिलामणि पोख्रेलको नेतृत्वमा अखिलको छैठौं सम्मेलन गरे । यस बाहेक राजनीतिक मुद्दाहरु पनि उठाई विद्यार्थीहरुलाई कन्भिन्स गरिन्थ्यो ।
३) अखिल नेपाल युवक संघमा काम गर्दाको अनुभव के छ ?
–निरंकुश पंचायती व्यवस्थाको विरुद्ध कम्युनिस्टहरु सबभन्दा बढी अग्रसर थिए । पार्टीको नेतृत्वमा क्रान्तिकारी युवाहरुलाई संगठित र परिचालन गरिन्थ्यो । युवाहरुलाई जुझारु दस्ताका रुपमा अखिल नेपाल युवक संघमा आबद्ध गरिन्थ्यो र समाज परिवर्तनको भूमिकामा अग्रसर गरिन्थ्यो । जसले युवाहरुलाई सामन्ती र पुँजीवादी शोषण, दमन एवं विकृति विसंगतिका विरुद्ध जागरुक गर्दथ्यो । क्रान्तिकारी युवादस्ता तथा कम्युनिष्ट पार्टीको सहयोगी संगठनको रुपमा परिचालित गरिएका थियो ।
४)यहाँले २०३५ सालमा तत्कालीन चौम पक्षधर नेकपाको बाँके जिल्ला सेक्रेटरी भएर काम गर्नु भयो? नेकपा बाँके जिल्लाको संक्षिप्त ईतिहास वताउनु हुन अनुरोध छ ।
–इतिहास जस्तो गहन र खोजको विषयमा आधिकारिक धारणा राख्न त्यति सहज छैन । तथापि बाँकेको कम्युनिस्ट आन्दोलनको कुरा गर्दा २०३५ साल अगाडि कम्युनिष्ट पार्टीसँग सम्बन्धित केही गतिविधि र सम्पर्क रहेको पाइन्छ । त्यसैक्रममा माधव ज्ञवालीको नेतृत्वमा पुष्पलाल समूहको शिक्षक, बुद्धिजीवीमा केही सम्पर्क र सामान्य प्रभाव देखिन्छ । त्यसैबेला चौथो महाधिवेशन पक्षधर म बाँके जिल्लाको सेक्रेटरीको रुपमा २०३५ मा जोडिन पुगें । म संस्थापक सेक्रेटरी थिएँ । त्यसबेलासम्म बाँकेमा झापा आन्दोलनको प्रभाव थिएन । चौथो महाधिवेशन धाराको प्रभाव विस्तारै शिक्षक, विद्यार्थी र किसानमा पुनर्वास् क्षेत्र खजुरा आसपास, तीनवटै क्याम्पस र अन्यत्र विस्तारित हुँदै गयो । अखिल छैठौंको छैठौं सम्मेलन २०३६ मा सम्पन्न भएपछि अखिल (छैठौं) को बाँकेका सबै क्याम्पसबाट प्रतिनिधित्व भयो । २०३६ मा नै चौमको नेतृत्वमा पंचायतको एक दलीय तानाशाही विरुद्ध सभा, जुलुश जस्ता कार्यक्रम सम्पन्न भए । त्यसको जगबाट चौमको विस्तार हुँदै नेकपा (माओवादी) जनयुद्धको तयारीसम्मको भूमिकामा जोडिन पुग्यो । जसको क्रान्तिकारी धारा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसँग आबद्ध छ । अर्को धारा २०३६ पछि माले एमालेको पनि सम्पर्क र संगठनको प्रभाव पनि क्रमशः बढ्दै संसदीय धारमा अहिलेसम्म छँदैछ । नेकपा (माओवादी) को एउटा धार खुला परिस्थितिमा आएपछि नेकपा (माओवादी केन्द्र) को रुपमा संसदीय धारामा प्रतिक्रियावादी सत्तामा छ ।
५) २०४१ को पाँचौ महाधिवेशनमा प्रचण्ड, बादल,देव गुरुङ लगायतका युवाहरू नेकपा ( मशाल) को केन्द्रमा आएका थिए भनिन्छ ।तर एक ठाउँ बादल र हरिभक्त कँडेल २०४२ मा पार्टी विभाजन भएपछि मोटो मशालका केन्द्रीय सदस्य बने भनेर लेखेको पाइयो । सत्य कुरा के हो ?
–२०४१ को पाँचौं महाधिवेशनमा मोहन वैद्य (क. किरण) महासचिव तथा प्रचण्ड र देव गुरुङ नेकपा (मशाल) को केन्द्रीय समितिमा निर्वाचित भएको कुरा सत्य हो । त्यतिबेला बादल केन्द्रीय समितिमा परेका थिएनन् । २०४२ मा मोहन विक्रम पक्षधर कमरेडहरुको एउटा हिस्सा (४ जनाको सदस्य) पार्टीबाट अलग भै नेकपा (मसाल) विभाजन भएपछि पार्टी नेकपा (मशाल) ले २०४२ मा प्रथम राष्ट्रिय भेलाको आयोजना ग¥यो । त्यसै भेलाले क. हरिभक्त कंडेल (प्रतिक) र रामबहादुर थापा (क. बादल) इन्द्र विलास (चितवन) र का. एस.पी. सहित ४ जनालाई केन्द्रीय समितिमा निर्वाचित गरेको थियो ।
६) नेकपा एकताकेन्द्रको एकतामहाधिबेशनका बेला चलेको फोरम बारे केही स्मरणीय कुरा छन् कि ?
–नेकपा (मशाल), नेकपा (चौम) लामा समूह, सर्वहाराको श्रमिक संगठन (रुपलाल समूह) र मोहन विक्रमबाट अलग भै बनेको नेकपा (मसाल) को बाबुराम भट्टराई लगायतको एउटा समूह एकताबद्ध भै नरबहादुर कर्मचार्य (संस्थापक नेता) अध्यक्ष र प्रचण्ड महासचिवको नेतृत्वमा बनेको नेकपा (एकता केन्द्र) को २०४८ मा एकता महाधिवेशन चितवनको माडीमा १५ दिनसम्म चलेको थियो । त्यस महाधिवेशनमा नेपाली क्रान्तिको कार्यदिशा, त्यसको संगठनात्मक ढाँचा लगायतका विभिन्न विषयमा र भिन्न मतका विषयलाई लिएर फरक फरक दस्तावेजहरु प्रकाशित गरी महाधिवेशन अगावै जिल्ला तहसम्म फोरमहरु संचालित गरी महाधिवेशनमा व्यापक दुई लाइन संघर्ष चलेको थियो । अन्त्यमा दीर्घकालीन जनयुद्धको कार्यदिशा बहुमतले पारित गरेको थियो । त्यसको नेतृत्व प्रचण्ड, मोहन वैद्य लगायतले गरेका थिए । दुुई लाइन संघर्ष निकै घनीभूत र पेचिलो बनेको थियो । तर त्यो मैत्रीपूर्ण नै रह्यो ।
७) तपाई पार्टीमा आर्थिक विभाग प्रमुख भइ काम गर्नु भयो । पार्टीमा हिसाब किताबको पारदर्शिता र हिसाबलाई ब्यबस्थित बनाउन ध्यान दिनु पर्ने कुराहरू के के हुन् ?
–हो, जनयुद्धको क्रममा २०५८ मा मेरो नेतृत्वमा हितमान शाक्य र श्रीराम ढकालको ३ सदस्यीय केन्द्रीय आर्थिक विभागको गठन भएको थियो । यसले पार्टीको समग्र आय केन्द्रित गर्ने, त्यसको हिसावकिताव व्यवस्थित र चुस्त दुरुस्त राख्ने र आवश्यकताका आधारमा पार्टी निर्णय बमोजिम खर्च गर्न पाउने जिम्मा पाएको थियो । पार्टीमा हिसावकितावको पारदर्शिता र आय–व्ययलाई व्यवस्थित गर्न निम्न विषयमा ध्यान दिइएको थियो ः (क) सबै सदस्यले आय व्ययको दैनिक हिसाव राख्ने (ख) आय–व्ययको स्रोत र विवरण खुलाउने, (ग)बील भौचरहरु राख्ने (घ) सबै हिसाब सम्बन्धित कमिटीमा पेश गर्ने र पारित गराउने (ङ) सबै कमिटीहरुमा अडिटिङको व्यवस्था गर्ने गराउने पारित गराउने (च) सबै रकम र हिसाव केन्द्रिकरण गर्ने–आवश्यकताका आधारमा निर्णय बमोजिम विकेन्द्रित गर्ने । (छ) हरेक कमिटीले बजेटको व्यवस्था गर्ने, र (ज) अडिट पछिको हिसावको सार संक्षेप सर्कुलरद्वारा तल्ला कमिटीलाई जानकारी गराउने आदि मुख्य छन् । अहिले पनि पार्टी र संगठनमा हिसावलाई व्यवस्थित गर्न आवश्यक छ । ध्यान दिन आवश्यक छ ।
८) तपाईले पार्टीमा अनुशासन तथा अनुगमन विभाग प्रमुख पनि भइ काम गर्नु भयो । पार्टी नेता र कार्यकर्तामा अनुशासनको महत्वबारे स्पष्ट गर्नु हुन अनुरोध छ ?
– क्रान्तिकारी कम्युनिस्ट पार्टीमा मालेमावादी विचार, वर्ग पक्षधरता, पार्टी र क्रान्तिप्रतिको निष्ठा र समर्पण भाव आदि जस्ता सचेतनाले स्वेच्छिक अनुशासनको विकास गर्ने हो । साथै पार्टी एउटा सर्वहारावर्गको जनउत्तरदायी संस्था भएकोले त्यसले तय गरेका नीति, निर्णय तथा निर्देशन, विधि , विधान, पद्धति अनुकूल चलेका छन् कि छैनन् भन्ने कुराले पार्टीको चरित्र निर्धांरण गर्ने गर्दछ । पार्टीमा अनुशासन र अनुगमनलाई आत्मसाथ गर्न सबै तहले निम्न कुरामा ध्यान केन्द्रित गर्न आवश्यक छ । (क) माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधारा ठिक ढंगले बुझ्ने, प्रयोग गर्ने र विकास गर्ने, (ख) सर्वहाराकृत, एकीकृत केन्द्रीकृत, चुस्त र गतिशील पार्टीको निर्माण गर्ने (ग) सर्वहारा र क्रान्तिकारी जनशैलीद्वारा सुदृढ र प्रगाढ जनसम्बन्ध स्थापित गर्ने (घ) नीति निर्देशन र अनुगमनको द्वन्द्वात्मक सम्बन्धलाई एकताबद्ध र संयोजन गर्दै समग्र पार्टी पंक्तिलाई रुपान्तरण गर्ने । (ङ) सबै खाले प्रवृत्तिका विरुद्ध पार्टीलाई रुपान्तरण गर्न चिन्तन र व्यवहारमा एक रुपता कायम गर्ने र (च) वैचारिक–राजनीतिक कामको क्षेत्र, सांगठनिक क्षेत्र, आर्थिक क्षेत्र र सांस्कृतिक क्षेत्रमा नीति र नियमावली बनाइ लागु गर्ने आदि । यिनै विषयलाई ध्यानमा राखेर नेकपा (माओवादी) ले २०६१÷०६२ मा मलाई पार्टीको अनुशासन तथा अनुगमन विभागको प्रमुखको रुपमा जिम्मेवारी दिएको हो ।
९) तपाईं विद्यार्थी आन्दोलनका क्रममा २०३८ सालमा ५ महिना सिन्धुपाल्चोक जेलमा ,२०३८ सालमै काठमाडौं डिल्लीबजार खोरमा पनि थुनिनु भयो । २०३४ सालमा राजतन्त्रको विरुद्ध तथा गणतन्त्रको पक्षमा पर्चा छर्दा पनि गिरफ्तार हुनु भयो । कष्टडीमा रहँदाका भुल्न नसकिने केही घटनाहरू छन् कि ?
–क्रान्तिकारी कम्युनिस्ट पार्टीको कुनै पनि नेता÷कर्ताकर्ता प्रतिक्रियावादी सत्ताको हिरासत वा जेलमा रहनु अनौठो कुरा त भएन नै । जुनसुकै अवस्थामा पनि कम्युनिस्टले जेल जीवनमा पनि श्रमलाई सिर्जनाको साधनको रुपमा सम्मान र प्रयोग गर्दछन् । कष्टडीमा रहँदा चौतारा जेलभित्र मेरो नेतृत्वमा बन्दीहरुलाई गरेको अध्यापन कार्य एउटा स्मरणीय कार्य थियो । त्यसले बन्दीहरुसँगको सामिप्यता र सम्बन्ध प्रगाढ बनायो । छुट्नेबेला बन्दीहरु ज्यादै भावुक भए । फेरि भेट गर्ने वाचा गरें । उनीहरु मध्ये केहीको छुट्ने अवधि भएकाले जेलबाट छुटे । म पाटन क्याम्पसमा सभापति थिए भेट गर्न आएपछि संगठित पनि भए । त्यस्तै शिक्षक आन्दोलनका सन्दर्भमा डिल्लीबजार खोरमा १८ दिनसम्म ५५ जनासँगै रह्यौं । त्यसमा हामीलाई फुटाउन प्रशासनले निकै कोशिश ग¥यो विभिन्न प्रकारको प्रलोभन र साउती ग¥यो तर हामी छुटे सबै छुट्ने नत्र सबै आप्mनो आन्दोलनको लक्ष्यका लागि निसर्त सबै रिहा हुने प्रतिबद्धताले हाम्रो एकता र संघर्षको गहिरो छाप प¥यो । यस्तै २०३४ मा गणतन्त्रको पक्षमा पर्चा छर्दाको क्षण र अनि हिरासत र तारिखमा छोडेको अवस्था पहिलो घटना भएकाले त्यसको छुट्टै स्मरण बन्यो ।
१०) आम निर्बाचन भएको १५ महिनामा प्रधानमन्त्रीले ३ पटक बिश्वासको मत लिनु पर्ने , प्रदेश सरकारहरूमा लगातार फेरबदल ,यो अस्थिरताले देशलाई कता लैजादैछ भन्ने ठान्नु हुन्छ ?
–आम निर्वाचनपछि पटकपट सरकार बदलिने जुन अवस्था देखिएको छ । त्यो प्रतिक्रियावादी संसदीय व्यवस्थाको चारित्रिक विशेषता हो । यस प्रकारको अस्थिरता र तरलताले बैदेशिक शक्ति केन्द्रहरुलाई चलखेल गर्न झन झन बलियो आधार बन्दै गयो । अर्को कुरा सत्ताको दलाली चरित्रका कारण दलगत र निहित स्वार्थ सिद्धिको साधनको रुपमा सरकारले उदांगो चरित्र प्रकट भयो । केन्द्रीय र प्रादेशिक गठबन्धन बन्दा वा बदलिंदा कुनै वैचारिक र नीतिगत धरातलको अभावले जतिबेला पनि अस्थिरता भैरहने अवस्था रह्यो । जसले गर्दा वैदेशिक शक्तिहरुको दलाली र चाकडीको प्रतिस्पर्धा मौलायो । सामान्य स्वाभीमान र स्वतन्त्र ढंगले सोच्ने र काम गर्ने स्थितिको तीब्र ह्रास हुँदै गयो । राष्ट्र, राष्ट्रियता र स्वाभिमानमा गम्भीर खतरा बढ्दै गयो । समग्रमा राष्ट्र असफलताको शिकार बन्ने दिशातिर गैरहेछ । त्यसलाई रोक्न राष्ट्रियता र नयाँ जनवादीको क्रान्तिकारी आन्दोलनले मात्र त्यसप्रकारका अत्तरविरोधको हल गर्न सक्छ । नत्र राष्ट्रघात र जनघातको पट्यार लाग्दो निरन्तर ओरालो लाग्ने अवस्थामा बदलाव आउन सक्दैन ।
११) देशको समग्र राजनीतिक परिस्थितिलाई कसरी मूल्यांकन गर्नु हुन्छ ?
– राष्ट्रघात, जनघात एवं जनतन्त्र विरोधी क्रियाकलापका विरुद्ध क्रान्तिकारी कम्युनिस्टहरुले एकताबद्ध मै नयाँ ढंगले पहल गर्न आवश्यक छ । नामधारी संसदवादी कम्युनिस्टहरु राष्ट्र र जनताको दोहन गर्न र भ्रष्टाचार, कमिशनतन्त्र र दलालीमा लिप्त छन् – जतिसुकै विकासस र निर्माणको राग अलापे पनि त्यो केवल भ्रम छर्ने मात्र हो । नव उदारवादी अर्थतन्त्रको सिरानी हालेर उन्नति प्रगति र समाजवादको परिकल्पना केवल हांस्यास्पद कुरा मात्र हो र यो ठगहरुको धन्दा हो । पुरानो राज्यसत्ता साह्रै मक्किइसकेको छ । यसलाई ढाल्न बहुसंख्यक उत्पीडित वर्ग र समुदायले संगठित चोटिलो प्रहारलाई योजनाबद्ध ढंगले विकास गर्दै निर्णायक प्रहारमा जुट्न आवश्यक छ । यो पहल क्रान्तिकारी कम्युनिस्ट र देशभक्तहरुको संयुक्त प्रयासले नयाँ जनवादी सफल क्रान्तिको उद्घोष गर्न सक्छ । सम्भव छ सुन्दर भविष्य निर्माणको ।
१२) अहिले विकास हुँदै गइरहेको देशको यो संकटबाट मुक्ति पाउन के गर्नुपर्ने ठान्नु हुन्छ?
–यो कहालीलाग्दो संकटबाट मुक्ति पाउन साम्राज्यवादद्वारा पालित पोषित दलाल पुँजीवाद, नोकरशाही पुँजीवाद र कमजोर सामन्तवादी कडीका विरुद्ध निर्णायक संघर्षलाई व्यवस्थित ढंगले अगाडि बढाउन जरुरी छ । त्यतिले मात्र पुग्दैन, क्रान्तिका विरुद्ध तगारो बनेको तमाम खाले दक्षिणपन्थी संशोधनवाद–अवसरपवाद, जो नामधारी कम्युनिस्टका रुपमा साम्राज्यवाद र विस्तारवादका असली गोटीका रुपमा प्रतिक्रियावादी संसदीय व्यवस्थाका तावेदारलाई परास्त गरेर मात्र नयाँ सामाजिक व्यवस्था र जीवनको सुत्रपात हुन सक्दछ । त्यसको लागि मालेमावादी विचारधारात्मक तथा राजनीतिक कार्यदिशाको विकास गर्न आवश्यक छ । यसका साथ अहिलेको विश्व परिस्थिति तथा राष्ट्रिय परिस्थितिको गर्भबाट मालेमावादका समग्र विषयलाई सुक्ष्म अध्ययनका साथ ठोस स्थितिको पहिचान सहित विकास एवं प्रगति गर्न आवश्यक छ । यिनै समग्र अध्ययनबाटै नयाँ कार्यदिशाको विकास सम्भव छ ।
१३) क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा मशाल बीचमा केन्द्रीय स्तरमा पार्टी एकता सम्पन्न भएकोछ । यो एकताको औचित्यता बारे प्रकाश पार्नु पर्दा के भन्नू हुन्छ ?
–क्रान्तिका लागि अनुकूल वस्तुगत परिस्थिति बढ्दै गए पनि आत्मगत परिस्थिति कमजोर भएकाले क्रान्तिले निर्णायक मोड लिन सकेको छैन । यसमा टेकेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच लामो समयदेखि चल्दै आएको वैचारिक, राजनीतिक छलफल, बहसका बीचबाट यो एकता भर्खर २०८१ वैशाख १८ गते सम्पन्न भएको हो । यो एकता विश्व सर्वहारावर्गका साथै नेपाली सर्वहारावर्ग र उत्पीडित जनसमुदायका लागि एक गौरवपूर्ण ऐतिहासिक आवश्यकताको विषय पनि हो । यो एकता प्रक्रियाले वस्तुगत र आत्मगत अवस्थाको अन्तरलाई कम गर्ने सहयोगीको भूमिका निर्वाह गर्नेछ । यसले क्रान्तिकारी कम्युनिस्टहरु र क्रान्तिका हिमायती जनसमुदायलाई उत्साहका साथै थप आशावादी बनाएको छ । तमाम प्रकारका दक्षिणपन्थी संशोधनवादीहरु र सबै अवसरवादीहरुले फैलाएको भ्रमजाललाई चकनाचुर पार्दै अघि बढ्न प्रेरित गरेको छ । आशा गरौं नयाँ जनवादी क्रान्ति पूरा गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने सपनालाई क्रमशः व्यवहारिक रुप दिन सफल हुनेछौं ।
१४) पार्टीका आगामी कार्यक्रमहरु के छन् ?
–केन्द्रमा भर्खर पार्टी एकता सम्पन्न भएको छ । दुई पार्टी बीचको एकतालाई प्रदेश र जिल्ला हुँदै तल्ला निकायसम्म अभियानात्मक रुपमा एकता सम्पन्न गर्न जरुरी छ । पहिलो कुरा दुई पार्टी बीचको संगठनात्मक सफलतालाई पाटी, जवस÷मोर्चा लगायतका सबै क्षेत्रका विभिन्न निकायमा अभियानात्मक रुपमा सम्पन्न गर्ने छौं । दोस्रो हामी एकता महाधिवेशनको घनीभूत प्रक्रियामा पनि प्रवेश गर्ने छौं र त्यसका साथै राष्ट्र र जनताका समस्या राष्ट्रियता, जनतन्त्र र जनजीविकाका प्रश्नमा केन्द्रित रही ठोस र मूर्त संघर्षका कार्यक्रम पनि संचालन गर्नेछौं ।
१५) अन्त्यमा हाँक मार्फत भन्नू पर्ने थप केही छ कि?
–स्थापित पत्रिका हाँक साप्ताहिक मार्फत् हाम्रो पार्टीका विचारहरु सम्प्रेषित गर्ने अवसर दिनु भएकोमा हार्दिक धन्यवाद सहित यो पत्रिका हाँकको थप प्रगतिको कामना गर्दछु ।
नवउदारवादी अर्थतन्त्रको सिरानी हालेर समाजवादको परिकल्पना गर्नु ठगहरुको धन्दा हो
Comments

