नारायण योगी
हामीलाई बुबाले ०३३–३४ सालमा जब राप्ती गा.पा. –३ बाघढड्डि बसन्तपुरबाट बसाइँ सराई गराएर लमही नपा–६बलरामपुरमा ल्याउनु भयो । त्यतिबेला म कक्षा–७ मा लालमटियाको आदर्श निमाविमा पढदथे । भाइ शिशिर योगी कक्षा–१ मा र बहिनीहरू, राधा, पुष्पा सानै थिए । कान्छी बहिनी रेखा म बनगाउँ हाईस्कुलमा कक्षा–१० मा पढ्ने बेला ०३६–०३७ को आन्दोलनमा लागे र वारेन्ट काटेकाका कारण फरार भएर भारतको भिलाई शहरमा गएको बखत जन्मिएको होे । हामी बसन्तापुर छँदै त्यहाँ राप्ती नदीमा वारिपारि गर्नका लागि सालको सिङ्गो रूखद्वारा बनाएको डुङ्गा नै एक मात्र साधन थियोे । त्यति बेला देउखुरीको राप्ती नदीमा करिब करिब पच्चीस वटा साना ठूला घाटहरू थिए । मैले डुङ्गा चलाउन बसन्तापुर मैसि के को थिएँ । त्यहाँ कहिले काहीं बुबा घरमा नहुने बेला म डुङा चलाउने पालोमा जाने गर्दथें । बसन्तापुरको घाट त्यति धेरै चलन चल्तीको थिएन । किनकि नदी पारिका गाउँहरू, बडहरा, पत्रिङगा,जेठान गाउँ, पचाहा, भानपुरगाउँको आफ्नै डुङ्गा थियोे । त्यतिबेला गाउँका मानिसहरू नदी पारिको बनमा दाउरा ल्याउन डोरिको लागि बनकस (बाबियो) ल्याउन जानका लागि र आफन्त ईष्टमित्रहरूका घर व्यवहारसँग जोडिएका काममा नै डुङ्गालाई नदी वारी पारी गर्ने साधनको रूपमा प्रयोग गर्दथे । आफ्नो गाउँका बाहेकसँग वार्षिक अन्नवाली तोकेर लिने गर्दथे । त्यहाँ पैसा लिएको मलाई खास सम्झना छैन । हामीहरूको त्यतिबेला बसन्तापुरमा डेढ बिगाहा जमिन थियोे र बुबाले बलरामपुर आएर पनि डेढ बिगाहा नै किन्नु भएको थियोे ।
तर हामीले जग्गाको पैसा चुक्ता नगदै बसन्तापुर गाउँको जिम्वाल भोजराजको साईलो छोरो भीष्म शर्माले हाम्रो बुबा एक दिन कामले त्यहाँ गएको बखत आफनै बज्यै कहाँ रातिको खाना खाएर त्यहीँ रात बिताउनु भयो । र बिहान भोरमै बलरामपुर फर्कनु भयो । भिष्म शर्माले बुबालाई चोरी केसमा फसाउन महाजाल बुन्ने काम बुबा बसन्तापुर जानु पूर्व नै योजना बनाए देखिन्छ, त्यो घटनाक्रमले । किनकि उक्त चोरीको बिगो रकम नै २६ हजार रहेको थियो । जबकि त्यतिबेला केदार भन्ने त्यो खिचरी मिचरि बेच्नेले कसरी त्यति ठूलो रकम त्यो व्यापारबाट जुटायो ? उ नेपाली नागरिक पनि थिएन । उसंग त्यतिधेरै रकम कहाँबाट आयो ? यसको कुनै जवाफ छैन । बुबा घरमा आएर राम्रोसँग थकाइ मेटन पनि पाउनु भएको थिएन । गढवाको पुलिसले बुबालाई गिरफ्तार गरेर लिएर गए । गढवा ठानामा निकै यातना दिएर ठेंडुकामा राखेर आतंकित बनाएर चोरी गरेको हँुं भनेर साविती वयान गराउने काम गरे र यो काममा भीष्म शर्मा र प्रशासन साथै हाम्रो अलि टाढाको गोतियार देबिनाथलाई मतियार बनाउने काम भयो । यसरी बसन्तापुरको जग्गा बेचेको २६ हजार रूपियाँ स्वाहा भयो र जसका कारण हामीले यहाँ पुरै पैसा तिर्न सकेनौं । जग्गा हाम्रो हातबाट गयो । हामीहरू सेमरहवा र बलरामपुर आउनु प¥यो । साउनको महिना थियो । पानीको बेला बेला दर्केर पर्दथ्यो । कहिले सिम सिम पर्दथ्यो, यद्यपि पूर्व तर्फ अलि अलि खुलिरहेकाले फुलराम काँधमा बहना र छतरि ओढेर हामीलाई बोलाउन आईसकेका थिए । मलाई आमाले बेलुकी नै डुङ्गाको पालो छ भनेर अह्राउनु भएको थियोे । म पनि बेलुकीको भुटेको भात, सिन्किको अचारसँग खाजा खाएर एउटा पोलिथिनको ओढा र बहना लिएर बाटोमा निस्केको थिएँ । आज हाम्रो पालोमा बलिराम, जगतराम, लिखराम, जनकु, सिताराम, मथुरा, फुलराम र म थियौं । हामी सबै जना जुटेर गाउँको सिमाना नेर पगाहाले बाँधिएको डुङ्गा फुकाएर नदीको किनारै किनार कसैले अगाडिबाट तान्दै दुई जनाले बहनाको टुप्पले धकेल्दै डुङ्गा चल्ने घाटसम्म पु¥याउने काम भयो । तात्कालिन निरंकुश पंचायत सरकारले बलरामपुरमा ठेक्का लगाएको थियोे । ठेकेदारको कर्मचारीले डुङ्गामा चढने यात्रुहरूसँग शुल्क उठाईसकेपछि यात्रुहरू डुङ्गामा पंक्तिबद्ध भएर बसे । कसैले टाउकामा जल चढाए कसैले पैसा चढार शान्त मुद्रामा बसे । म यहाँको घाटको लागि अलि नयाँ भएकोले डुङ्गाको पछिल्लो चालकको सिटमा जगतराम दाइ बसे, म बिचमा रहे र अगाडि दुई जनाले पछितिर तीनजनाले डुङ्गा खियाउने काम पछिल्लो सिटमा बसेका जगतरामले डुङ्गा जोडले धकेलेर आफु सिटमा बसेपछि हामीले जोड जोडले पानी काटेर डुङ्गाको गति बढाउने काम ग¥यौं । डुङ्गा आफ्नै गतिमा सललल वेगका साथ पानी काटेर पारी पुग्दै थियोे । वर्षातको पानी केही घण्टा अगाडि रोकिएको थियोे । आज नदीमा ठूला छालहरू उठेका थिएनन् । प्रायः यात्रुहरू डुङ्गा छुटिसकेपछि शान्त र भयभीत बनेर स्वास प्रस्वास पनि बिस्तारै फेरेझै सतर्क मुद्रामा बस्ने गर्दछन । हुन पनि त्यतिबेलाको त्यो यात्रा निकै जोखिमपूर्ण हुने गर्दथ्यो, कतिपय बेला धेरै भिड हुँदां, यात्रु धेरै भएको कारण वा चालकको कमजोरीका कारण पनि , कतिपय दुर्घटनामा मानिसहरूले ज्यानै गुमाएका छन् । डुङ्गा यस्तो साघन हो जसको पछिल्लो सिटमा चालक बसेर बिना, ब्रेक, बिना, गेयर, एक्सिलेटर नभएर सलल बग्दछ । जसलाई चलाएर मानिसले सुविधा प्राप्त गर्दै आएको छ । त्यतिबेला एउटा व्यक्तिको एक तर्फी डुङ्गाको भाडा आठआना, पचास पैसा थियोे । जसमध्ये हामीलाई सयकडा ४०% मात्र प्राप्त हुन्थ्यो बाँकी ठेकेदारले लैजान्थ्यो । भैंसी, रांगा, घोडा तारेको पैसा हामी सबैको साझा हुन्थ्यो र त्यही पैसाले हामीलाई डुङ्गा चलाउने काममा हौसला दिन्थ्यो । आजको दिनको पालोमा घोडा तराउने मौका अलिक बेसि मिलेको थियो । आज घाटवाला सबैको अनुहारमा बेग्लै चमक सहजै अनुमान गर्ने सकिन्थ्यो । फुलरामले ठेकेदारसँग हिसाब किताब गर्दै थिए । अब हामी सबै आफ्ना लुगा, बहना, डोरी बाट्ने बनकस ल्यएकाले डोरी स्याहर्दै थिए । साझँ परिसकेको थियोे । हामीले साँझ आउने यात्रुलाई फर्कन अनुरोध गर्दथ्यौ र उनीहरू फर्कन्थे पनि । किनकि रातिको बेला नदी विशालदेखिने र नदी पारिको भाग धमिलो देखिने भएकोले डुङ्गा ठिक ठाउँमा लिएर जान निकै जोखिमपूर्ण रहेकोले र केही तल बितल परे यात्रुलाई जोगाउने सेफ्टिको साधन केही थिएन । जिल्ला पन्चायतले त केवल ६०% लिन मात्रै जाने थियो । त्यसैले डुङ्गाको यात्रा यसैपनि निकै जोखिमपूर्ण हुन्थ्यो । त्यसदिन अब हामी डुङ्गा बाध्न जानका लागि हामी तयार थियौं । ठिक त्यही बेला टाढैबाट दुई जना बर्दि लगाएका व्यक्तिले हातको इशारा गर्दै जोड जोडले चिच्याउँदै दौडिदै घाटतर्फ आईरहेका थिए । पछि पछि एकजना लमक लमक गर्दै आईरहेको थियोे । हामीले लख काटयौ पक्कै सरकारी मानिस हुन । जगतरामले भने यी पक्का फेन पुलिस हुईटं । सारन फेन सताईकलगअतरा साँझ कैला अनुहार बिगारेर भने ।
लिखरामले जो सिदै भने ,मैटे नघाई जैबे जैबे नैकरम अड्डी लिए । पुलिस स्वां स्वां र फ्वांफ्वां गर्दै ठेकेदार अगाडि उभिए ठेकेदारले अलि मधुरो स्वरमा भने, किन रात पार्नु भयो त हवल्दार साव । हवल्दार नजिकै आईपुग्दा ह्वस रक्सी नराम्ररी गन्हाएको थियोे । हवल्दारले राता राता आँखा पार्दै भन्यो आज लमहीमा पुराना साथी भाइ भेटिए र यसो रमाइलो गरौं भने । के गरौ खै ढिला भयो । ठेकेदारसंग याचनाको भाव व्यक्त गर्दै हवल्दारले दलाली ग¥यो ।
फुलरामले हाम्रो हिसाबमा आएको पैसा टोपीभित्र राखेर घप्लक्क टोपी लगाएर हामी घाटवालेलाई फकाउँदै भने लेउ लेउ भैय्या तो हरे जिन झन्खनाउ अब यी बाबुनके सरकारी काम, सरकारी मनै जन्टि बटो । चिल्लो घस्दै भने । म लगायत तीन जानलाई फुलरामले फकाउँदै जाउ जाउ भैयौ ऐने फेनटे काम लगहिं भनेर हामीलाई फकाउन खोजे हामी पनि के गर्ने मरता क्यानै करता भनेझै जानै परयो। जगतराम ले रिसले रन फनिएका थिए । हामीलाई पारीबाट सिधै डुङ्गा बान्ने स्थानमा डुङ्गा ल्याउने भनेर उनीहरू ठूलो डुङ्गा लिएर फर्किए । हामीले सानो डुङ्गा तान्न गयौं । हवल्दारको टोली डुङ्गासंग सगंै अगाडि बढे । जगतराम दाईको अनुहार रिसले रातो बनेको थियोे । के गर्ने त्यो बेलाको पञ्चायती शासन आक्रोशको घुटकी पिएर बस्नु सिवाय अरू कै नै उपाय थियो । नदीमा छाल यतिबेला बीचमा एकठाउँ उठिरहेको थियोे । जगतराम दाईले एकोहोरिएर त्यसलाई हेरिरहेका थिए । मैले सोधें, का हेरटो डाडु भने । अरे उहे डुम्मा हे यी लाउ छुवाईक परल भन्दै मसुक्क हासें । लिखरामले कुरा बुझे र वाह मोर मनक बात कहलि ज्वाइँ भने । म अल्ल मल्ल परे ।
डुङ्गा तानेर माथि डुङ्गा खोल्ने ठाउँसम्म पुगेको थियोे । म र बलिराम रोकियौ । जगतरामले भने, अउर टिकरा डारब तानो । उनको ध्याउन्न अर्कै थियो । डुङ्गा अलिकति माथि लिएर गएर हवल्दारको टोलीलाई बस्न भन्यौं । हवल्दार त ढिकमा उभिएको उभियै छ पछि पुलिसले आफै बोकेर डुङ्गामा चढाउने काम ग¥यो । डुङ्गा जगतराम दाईले खोले । डुङ्गा बेगले अगाडि बढायो । न भन्दै डुङ्गा एउटा छाल डुम्मामा परी हाल्यो, पानीले छ्यापेर तीन जना लछछ्पपै रूझे । त्यतिबेला उनीहरूको अनुहार हेर्ने लायक थियोे । आधा परान निस्केको जस्तो । जगतराम मन्द मन्द मुस्कुराईरहेका थिए । अचानक डुङ्गा उनले किनारमा पुग्ने पुग्ने बेला ठाडो गराए हामी मुखा मुख गर्याैं । डुङ्गा यति जोडले किनारको अग्लो ढिकमा ठोकियो कि हवल्दार त डुङ्गामा एकदम उत्तानो प¥यो । दुई जना पुलिस थरथर कामिरहेका थिए । हवल्दार रिसाउँदै भन्यो । अलि हेरेर डुङ्गा चलाउँदैनौ । झन्डै मारेनौ । लिखरामले भने अँध्यारो भयो नि हजूर । राति त भै हाल्यो । जगतराम खुशीले गद्गद थिए । हामीले डुङ्गा अलि माथिसम्म तान्यौं । र बाँध्ने ठाउँमा ल्याउनलाई पारीबाट खोल्यौं । डुङ्गा बेगका साथ बान्ने स्थानमा ल्यायौं । केसी बज्यैको होटलमा फुलरामले चियाको चुस्किलिईरहेका थिए । हामी सबै । जुटेपछि फुलरामले शिरको टोपी उतारेर उनको आफ्नो रूमाल बिच्छ्याएर दिन भरिएको कमाई खनाए । सबैका आखां खुशीले नाँचे । हामी मध्ये बलिराम चौधरी जसलाई मैले बाजे भनेर बोलाउँछु । उनी कक्षा दस पढदा पढदै छोडेका भएकोले पैसा बाँड्ने काम उनले नै गरे । आज बीस बीस रूपैयाँ भाग परेको थियोे । मैले आमालाई एउटा आशा चुरोटको पकेट र भाइ बैनीहरूलाई सुन्तला स्वादका चक्लेट मिठाइँ किने । सबै आआफ्नो घरतिर लाग्यौं । मैले बचेको पैसा आमालाई लगेर दिएँ । आमालाई पैसाको भन्दा सिगरेट हातमा परेको दिन उहाँको अनुहार नै धपप्क बल्दथ्यो ।
चाभिकको असर
आजपनि राप्ती नदीमा पानीको सतह बढेर नदीमा ठुला ठुला छालहरू उठिरहेका थिए। सधैं झैँ यसपटक पनि हाम्रो पालोमा फुलराम, बलिराम,टेकराम,जगतराम,जनकु,चिल्हु लिखराम र म थिएँ ।आज ठुलो डुङ्गामा मेरो पनि पालो थियोे । मानिसहरूको चाप बेसिनै थियोे । पानीको सतहले ढिक ढिक छुन खाजेको थियो ।नदीको उत्तर तर्फ बलरामपुरको गाउँको सिमानामा पानी घटन थालेकोले ठूलाठूला चिरा पर्दै (ओत )माटोका ढिस्का खसी रहेका थिए।प्राय नदीको पानी कम हुदानै कटान हुने गर्दछ।एकैपटक पानी बढेरजाने बेलामा राप्ती नदीको भेल हव्वात्तै चारैतिर फैलिएर जान्छ ।आज पनि त्यस्तै छ।नदीमा ठुला ठुला( डुम्मा)छालहरू उठिरहेका थिए। ठूलो भेलमा नदीले कतिपय स्थानमा पुर्ने गर्दछ। कतिपय स्थानमा खनेर गहिरो पनि बनाउने गर्दछ। राप्ती नदीमा चाहिँ प्राय सम्पूर्ण नदीमा उठनेछालहरूले नदी पुर्ने कामनै गरिरहेको थियो।किनकि पहाडी क्षेत्रमा वन विनास विकास निर्माणकोे काम र पहिरो जाने कारणले त्यहाँको माटो ढुङ्गा बगेर आउदां नदी पुरिने क्रम बढिरहेको छ। हामीले डुङ्गा चलाउंदा प्राय छाल जोगाएर नै चलाउने गर्दथ्यौं।आजको पालोमा आएका जगतराम ,लिखराम, रचिल्हु बलिराम खाना खान गए बाकिहामिचार जनाले डुङ्गा चलाई रहेका थियौं ।
फुलरामको फुर्ती अरूदिन भन्दा फरक थियोे । किनकि हिजो पानी धेरै परेर,बाढीले गर्दा डुङा चाडैं नै बाध्नु परेकाले आज मानिसहरूको चाप बढी नै थियो । फुलरामले टोपिमाराखेको बिडिकोठुटो सल्काएर सर्को तान्दै भने ू भैयौ हालि हालि करोमनैबर्हटटां ,पाछेकर्रा परि।भाईहरू छिटो छिटो गर यात्रुहरू बढदै छन् पछि अफ्ठ्यारो पर्ला । कोईलाबास तिरबाट नुन,तेल,लत्ताकपडा , मट्टीतेल अरूविभिन्न सामाग्री हरूपालै पालो तराउंदै घोडाहरूलाईभने छांदेरराखेकाथिए।कतिपय घोडाहरूलाईभने चाभि लगाउनु पर्ने थियोे । बलिरामजी आएपछि वहाँ लाई चाभि लगाउने जिम्मेवारी फुलरामलेदिए।घोडोअलि जब्बर नै थियोे ।तैपनि उनले हिम्मत हारेनन्। डुङ्गा खोल्ने स्थान भन्दाअलि माथिल्लो घाटामा घोडालाईकुदाए। घोडोअलि मन फर्काउनखोज्यो। उनले जोडले जग्गर समाएर एक सिप्किनि लगाए।घोडो जोडले पौडियो।नदिमा राङगा ,भैंसी, घोडा गाई, गोरू लाई वारीबाटपारि र पारिबाटवारी तार्ने बेलामा विभिन्न तरिका हरू छन्।त्यहीनियमअनुसार तार्नु पर्दछ। भैंसी ,रागां गाई,गोरूको पुच्छर समाएर तार्नु पर्दछ र घोडा तार्दा नदि बगिरहेको तर्फ घोडांको जग्गर समातेर तराउनुपर्दछ। यदि घोडांकोकानमापानि पर्योभने घोडा तुरुन्तै मरिहाल्दछ। त्यसैले घोडाले कानठाडो पारेरनदि पौडिने गर्दछ।आज घोडालाई चाभि लगाउने धेरै नै भयो ।यसले हामी सबैको हृदय खुशीका लहरहरू दौडिनै रहेका थिए। त्यतिबेला मानिसको भाडा पचास पैसा थियोे ।चाभि लगाएको एक रूपिया लिने गर्दथ्यौं । बाख्रा को एकसुका अर्थात पच्चीस पैसा थियोे ।बाख्रा ,भेडां, र भैसीको बच्चा पाडा,पाडीलाई पनि डुङ्गा मा राखेर तार्नु पर्दथ्यो।
खाना खान गएका घाटका पालो बस्ने हरू आए पश्चात् हामीहरू पनि खाना खाएर आयौं। घोडा, राङ्गा लाई चाभि लगाए बापत प्राप्त धनराशि फुलरामले टोपीमा जतन गरेर राखि रहेका थिए। डुङ्गा खियाएर मानिसलाई वारि पारि गराउने काम जोर सोरका साथ चलिरहेको थियोे । ठेकेदारले पैसा तलमाथि नगरोस भनेर हामी सबैले चनाखो बनेर हेर्ने गर्दथ्यौ ।यो काममा सबैभन्दा बढी ध्यान दिएर हेर्ने गर्दथे। कैयौंपटक यस्तो भिडाभा डमा ठेकेदारले पैसा तलमाथि गर्न सक्ने संभावना प्रवलनै रहन्थ्यो।र यस्ता घटना हरू भएका पनि थिए। त्यो बेला निरंकुश पंचायती व्यवस्थाको एकदलीय शासन पद्धतिमा पाईलै पिच्छे ,ज्यादतीका घटनाक्रम चलिरहन्थे।डुङ्गा संचालनमा पनि हामीले यस्ता कैयौं सानाठूला उत्पिडनहरू सहनु पर्दथ्यो।डुङ्गामा चढदा पानीमा पसेर गएरमात्र डुङ्गामा चढन सकिथ्यो। ठुलो भेलमा त्यो काम झनै कठिन हुन्थ्यो ।
जुत्ता खोल्ने कुरामा झिजो मानेर आफुलाई बोक्न लगाउने मानिस मध्ये प्राय प्रहरी प्रशासन तर्फका र ठुला बडा सामन्तहरू हुन्थे । यस कामबाट हामी एक जना सामन्त को व्यवहारबाट निकै पीडित थियौं ।उनको मझौला काठि कदको रातो घोडा थियोे ।जो अलिक बुढो पनि भै सकेको थियोे ।उनले प्राय पैसा पनि पुरा दिदैन थिए। हामीले सिझनि बेलुकी को नास्ता खाई सकेका थियौं । नदीपारी उनैको रातो घोडा देखियो ।जगतराम लक्का जवान थिए।उनी अलिक सुरा पनि थिए।उनीतर्फ हेरेर भने फुलरामले कुरा निकालेलि डम्डा अपनिक लडिया पहुरना काम आगैल ।यी टे हमार पुरान चाभि चलैलक पैसा नै देहलेहो एक स्वरमै भने । क्रमशः
रातो घोडाले किन हरेस खायो
फुलरामको कुरा सुनेर जगतराम असन्तुष्ट हुँदै भने अईसिक पैसा नैदेना मनैनके चाभि कैसिक लगैनाहो ? का हमार पेट नैहो । ? भनेर रन्फनिएर डुङ्गा तर्फ गए। फुलरामले भने अईसिक जिन खनाउ भैयौ । अब हमरे काम टे करहिक परल । ल्यौ ल्यौ जाउ डम्डा यी मनैया आजनै डि टे कालह्टेडि । लिखरामले थपे, चाभि लगैलक पैसा बिन लेले काछोरब अड्डि कसे । सबैलाई रातो घोडांको मालिक संग मालिकले चाभि लगाएको पैसा नतिरेको मा एउटा आक्रोस थियोे । हामीले डुङ्गा तानेर माथि लिएर गयौं । जगतराम पनि जांगर लाई नलाई नदीको छेउमा हिडिरहेका थिए । फुलरामले फेरि उनलाई फकाउंदै भने । जाई डमडा नघा डि । पैसा मै जसिक फेन निकारम भने पछि उनी नदी पारि जानलाई डुङ्गामा चढे । डुङ्गामा अरू यात्री चढेपछि डुङ्गा खोल्ने काम भयो । रातो घोडाकामालिकले घोेडालाई सुम सुम्याई रहेका थिए । घोडाले नाकबाट जोड जोडले आवाज निकालेर फ्यार, फ्यार गरिरहेको थियोे । मालिकले घोडा आज किन अलि जागर नलाए जस्तो जस्तो छ । किन हिजो अस्ति का दिनमा सरपट दौडिने घोडा एकदमै सुस्त देखिएको छ भन्दै चिन्ताको भाव व्यक्त गर्दै थिए उनले ।
डुङ्गाबाट ओर्लिएर जगतराम घोडासमिप पुगे घोडाले हिहिहि फुर––––फुर –––––– थुतुनो बजाउँदै मन्टो हल्लायो।घोडाको मालिक ले उनको हातमा कोर्रा दिदै आफुले समाएको कैंजा उनलाई समाउन भने र अलिक राम्रोसँग तार्नु है चौघरी रोव देखाउदै भने । जगतरामले राता राता आखांबनाएर खाऊंला झै गरेर मालिक तिर हेरेर घोडामाथि चढेर घोडालाई एक कोर्रा लगाए । केहीबेर घोडालाई दौडाएर घोडा छोडने स्थानसम्म लिएर गएर घोडाको कैंजा समाएर उर्लिरहेको नदीमा घोडालाई खोले । घोडा कुन्नि किन हो पारि पट्टी जान मानिरहेको थिएन । वारि फर्कन निकै बलगरिरहेको थियोे । उनले कोर्राले पिठ्युंमा हानि रहेकाछन् । बल्लतल्ल अलि अलि घोडो सोझियो । तर घोडोनदिको बिचमा उठिरहेको छाल देखेर डरले छालाको बिचमा उसले मन्टो फन्क्क बटार्दाखेरि छालले पुरै ढाकियो घोडार उकुसमुकुस भए झै देखियो । उसले एकतमासले मन्टो झट्कारी रहेको थियो । उनले जोड जोडले कोर्रा चलाउदै जग्गर समाएर पारित तराउन कोसिस गरिनैरहेका थिए । तर घोडो डुब्दै निस्कदैं र अलि अलि खुट्टा चाल्दै छेउमा पुग्न पुग्न लाग्दा एक पटक त ढलि सकेको , ।
बल्लतल्ल छेउमा पुगेर मन्टो जोडले झट्कारेर घोडों हिहिहि––––––गरेर चिच्यायो र थर्रर कामेर गर्ल्याम्मै भुईमा ढल्यो । उनी पनि अक्क न बक्क परे घोडाको मालिक हस्याङ फस्याङ गर्दै घोडा नजिक आएर टाउको समाएर थचक्क बसेर तल मन्टो गराएर एकोहोरिएर घोडा तर्फ हेरिरहेका थिए । घोडा मरेको खबर त्यो घाटमा वारि पारि फैलियो । फुलरामले एक पटक जगतरामतिर हेरे उनी मुसु मुसु हासीँ रहेका थिए । साँझ बलरामपुरको डेगमा रातो घोडाको मालिकले चाभी लगाएको पैसा कहिल्यै दिंदैन थियोे रे आज नदीको छालले त्यसको फैसला यसरी गरिदिने काम भयो, पाप धुरी बाट कराउंछ भनेर भनेको यही त होला भन्ने कुराको चर्चा थियो ।
उनले भनिन् हेर बाबू पहिले पहिले मलाई के लाग्दथ्यो भने यो घरतिमा म जस्तो दुःखी, पीडित अरू कोही छैन, तर जब म पनि एक साल बुढा संगै पिल्सिङ बुझ्ने भनेर गोरखपुर आएं । यहाँ आएर मैले जे जेदेखे जतिजना संग भेटेर कुरा गरें मेरो पीडा भन्दा त उहाँहरूका पीडा कतिहो कति धेरै रहृछन् । मेरो बुढा त सग्लो हुनुहुन्छ अरूका त उफः बोल्दा बोल्दै उनी भक्कानिन्छिन् । कसैका हात छैनन् । नक्कली हात लगाएका छन,। कसैका खुट्टा छैनन्, नक्कली खुट्टा दुखेर एकतिर राखेर । काटिएको डरलाग्दो घाउ देखाउंदै कुनामा चुपचाप बसेका । कसैका अनुहारमा बमको चोटले अनुहार कुरूप देखिने, कसै कसैको दुबै आँखा गुमेको कारणले अरूले डोर्याएर मात्र हिडन बन्ने । सम्पूर्ण जीवन अरूको हातमा । कति मन पोल्दोहो उनीहरूको आहः उनका गह गह आंशु आएका थिए । उनले छेउमा राखिएको एक गिलास रक्सी स्वाट्ट पारिन र निरन्तर बोल्न थालिन् ।
बाबू यो सबै देखेर नै मैले एक्लो छोरोलाई पढाइलेखाइ गराएर जागिरे बनाउने सोचेकि थिएँ । तर के गर्नु लाहुरे को छोरो कि हाडको थुप्रो कि धनको थुप्रो भनेर उत भारतीय गोर्खा पल्टन मा भर्ना भएर कारगिलको लडाइँमा गयो । फेरि उ कहिल्यै फर्किएन बाबू कहिल्यै फर्किएन ।
उनी हिक्क हिक्क गरेर रून थालिन, । मैले भने भो आमा नरूनुस अब यो कुरा पनि रोकौ भनेर ढाडस दिन खोजें तर अहं उनी रोकिईनन। आखांको आशु पुछ्दै गला अबरुद्ध पारेर बोल्दै गइन हेर बाबु मैले कसरी बिर्सन सक्छु त्यो पल, उसले बेला बेला पेटमा हानेका ती लात्तीका हनाईहरू
अनि सकि नसकि पेट भित्रै घस्रिदैं गर्दाको त्यो मिठोस्पर्स । मेरो ह्दय कति प्रफुल्लित हुन्थ्यो त्यो बेला, जब उ सुरुवातको अवस्थामा थियोे । उसलाई केही क्षति नहोस भनेर मैले के काम गरने नगर्ने गर्हाै भारि नबोक्ने गरें । कति धेरै सावधानीहरू अपनाएँ ।
काकीको पीडा र भैंसी फर्किएको दिन
यसरी काकीले आफ्नो छोरो जन्मदाको क्षणको अनुभूति यसरी राखिन । मैले कसरी बिर्सन सक्छु त्यो पल जति बेला उसले आफ्ना कलिला सानासाना हातका औलाहरूले मेरो अनुहारमा केही खाजेझैं गर्दा कहिलेकाहीँ नाकका पोरामा औला छिराएर काउकुति लगाउँदाको क्षण । यो मनकति प्रफुल्लित हुन्थ्यो । उनले अतितलाई को ट्याउँदै भनिन अनि त्यो दिन पनि आयो त्यो अपार खुशीको क्षण मन मेरो विभोर भयो । हर्षाेउल्लासका लहरहरू उठे । त्यो जन्मदाको अथाह पीडा पछिको एक उत्सव समान खुशी । आहः कति धेरै प्रफुल्लित थियो यो मन आज वयान गर्न सक्दिन मैले । जब सुत्केरी भैसके पछि जब मेरो कोखिलामा उसलाई सोढेंनीले ल्याएर राखि दिईन मैले उसको अनुहार पहिलोपटक हेरें । मुटुको गति ढुकढुक गर्न थाल्यो । मेरो स्तनका टुप्पाहरूमा विद्युतको एकलहर दौडियो । छोरो मेरो सानिध्यको अनुभूति भएर हो मुख च्याप च्याप पार्दै केही खान खोजे झै ग¥यो । मैले उसलाई हातले चुरिएको दूध ख्वाउन छातीमा टाँसे उसले हतारहतारमा दुध चुस्न थाल्यो । मलाई अनौठो आनन्दानुभूति भयो । उसले पनि दश महिनाको भोक प्यास सबै क्षणभरमै पुरा गर्ने आशाका साथ दुध चुस्नमा तल्लीन रह्यो । आमाको पहिलो अनुभव । पहिलो बात्सल्यताको क्षण , पहिलो ममताको मिठास छताछुल्ल भएर पोखियो । उनले स्मृतिका पानाहरू खोलिरहेकी थिईन हामीलाई अबेर भैसकेको थियोे । मैले काकी अब फेरि कुरा गराला भनेर बिदा लिएँ ।
आजको पालोमा सेमरहवाका फुलराम, वासुदेव, बिचकान बरापु, जगतराम कुमाल, र बलरामपुरका लिखराम, चिल्हु, सकलराम र मेरो पालो थियोे । नदिमा पानीको सतह माथि नै थियो । नदी पारी रातीदेखि नै एउटा ट्याक्टरले रासायनिक मल ल्याएर आएको थियोे । आज महा कर्रापरि नारायण भाइ चिन्तित हुँदै भने लिखरामले । किनकि त्यतिबेला मलखादको बोरा एक क्विन्टलको आउने गर्दथ्यो । र त्यो बोकेर डुङ्गामा राख्न निकै कठिन हुन्थ्यो । मलखादमा एसिडको मात्रा बढी हुने भएकोले पिठ्युँमा छाला पर्दथे । हामीले दुवै डुङ्गालाई माथिल्लो घाटसम्म पु¥याउने काम गर्याैं। सानो डुङ्गाद्वारा मानिस तार्ने र ठूलो डुङ्गाबाट मलखाद तार्ने सल्लाह भयो ।
मैले त्यतिबेला डुंगाको पछिल्लो सिटमा बसेर डुङ्गा चलाउने काम सुरु गरिसकेको थिएँ । फुलरामले भने हालि हालि करो भैयौ आज महा धेर कामबा पानी फेन धेर बा लाउ नम्माके तानक परि । छिटोछिटो गर भाईहो आज काम पनि धेरै चापछ । र पानीको मात्रा धेरै भएकोले डुङ्गा तान्न धेरै समय लाग्छ त्यसैले छिटो गर । हामीले आ आफ्ना लुगा फेर्याै । फुलरामले पनि आफ्नो भेग्वा ठिक पारे । म बहना लिएर पछाडिको सिटतिर गएर डुङ्गा धकल्न थाले । अरू तीन जना पनि बहना लिएर आए । वारिबाट आएका पारि जाने यात्रुहरू जहाँबाट डुङ्गा छुटने हो त्यहीँ गएर उभिएका थिए । हामीहरूले डुङ्गा त्यहीँ नेर लगि सकेपछि उनीहरू तछाड मछाड गर्दै डुङ्गामा चढन आउंदै थिए । तर पानीको सतह धेरै भएकोले फुलरामले अलि जाडले भने हजुर यहोर जिन आई अउर टिकरा जाई लाउ अउर टिकरा तानके डारब – तपाईहरू यता न आउनुस हामीले डुङ्गा अलिक माथिल्लो घाटसम्म तानेर लगे पश्चात् मात्र डुङ्गा खोल्नेछौं । तपाईंहरू अलिक माथि जानुहोस भने । डुङ्गा माथिल्लो घाटसम्म लिएर गयौं । सबैलाई मिलेर बस्न आग्रह ग¥यौ । आज डुङ्गा लामो समय तान्न परेकाले यात्रुको संख्या धेरै नै थियो । एक पटकमा सबै जनालाई तराउन सम्भव नदेखिएकाले फुलरामले भने अब्बे सक्कुजनहन लैजाई नै सेकजाई अउर जाने रूकक परल–सबैलाई यस पटक तराउन नसकिने भयो । हजुरहरू अर्को पालोमा चढनुहोला भन्दै बढी भएका यात्रुलाई ओराल्ने काम भयो । हामीले मानिसको चाप कम बेसिको कुरा सुनिश्चित गर्न यात्रुहरू डुङ्गामा बसिसकेपछि अलिक गहिरो पानीमा लगेर अनुमान गर्दथ्यौं । एक जना पनि बढी भएको भए यात्रुहरूलाई सम्झाउने र कोही पनि ओर्लन नमाने डुङ्गा रोकेर पानीमा उभिईराख्थौं । वा कोही परिचित छ भने उहाँलाई व्यक्तिगत रूपमा अनुरोध गर्दथ्यौं । आज पनि त्यसै ग¥यौं । घुम्ना गाउँका गढवामा कार्यरत हुलाकका खरदार मनिराम चौधरी ओर्लिएर डुङ्गा खोल्यौं । मैले अगाडिका दुई जना र पछिका पानी ख्याउने दुई जनालाई चढन भने । उनीहरू चढि सकेपछि जोडले पछिल्लो टुढंबाट डुङ्गा धकलेर उफ्रिएर सिटमा बसेर पानी फुर्तिका साथ पानी काट्दै डुङ्गालाई बेगका साथ अगाडि बढाउने काम गरिरहें । नदीको बिच बिचमा छालहरू उठिरहेका थिए । डुङ्गाका यात्रीहरू छालको नजिक डुङ्गा पुग्न आटेको देखेर अतालिएका थिए । मैले सबैलाई डुङ्गाको अघिल्लो भागलाई घुमाउने गरि पानी काटेर ख्याउन भने, सबैले त्यसै गरे डुङ्गा करिब १५–२० मिटरको दुरिमा तल मोडियो । मैले फेरि जोडले भने डुङ्गाको टुंढलाई ठाडो हुनेगरी पानी काटेर ख्याउने काम गरौं । सबैले त्यसै गरे । डुङ्गा ढिकमा पुग्न पुग्न लाग्दा ठोक्किएर डुङ्गाका मानिसहरू डुङ्गाबाट लडने डर भएकोले सबैलाई जोडले डुङ्गा समाउन भन्यौं ।
डुङ्गा ढिकमा जोडले ठोक्किदैं किनारमा पुग्यो । डुङ्गामा पहिलो पटक यात्रा गर्नेहरू डरले अझैसम्म कामिरहेका थिए । डुङ्गालाई तानेर हामीले माथिल्लो घाटसम्म ल्याउने काम ग¥यौं । ट्याक्टरमा रहेको खाद साझा संस्थाद्वारा साल्ट टे«डिङ कम्पनीले बिक्री वितरण गर्दथ्यो । हाम्रो देउखुरीमा त्यो मलखाद आउनु अगाडि घान, गहुँ मकै आदि अन्नबाली , नगदे बाली र तरकारी खेतीपातीबाट आयमा दोब्बर वृद्धि हुन थालेको थियो । पारिबाट सानो डुङ्गाका घाटवालाहरूपनि डुङा लिएर आईसकेका थिए । किनकि मानिसको चाँप बढदै गएका बेला हामीहरूले मलखाद तराउन सक्ने अवस्था रहँदैन थियोे । तर आज यात्रुहरूको चाँप थिएन । त्यसैले दुबै डुङ्गाबाट मलखाद ओसार्ने सल्लाह ग¥यौं र ट्रयाक्टरमा रहेको मलखाद डुङ्गामा लोड गर्न थाल्यौं । त्यतिबेला एक बोरा लोड अनलोडको पचास पैसाको दरले ज्याला पाईन्थ्यो । त्यो पैसा हामी घाटवालेहरूको साझा हुने गर्दथ्यो । बोरा गन्ने जिम्मा लिखरामलाई दिने कुरा भयो । किनकि उनी पंचका छोरा भएकोले अलि टाठा र अलि अलि पढे लेखेका थिए । फुलरामले भने अरे भैयौ हालि हालि बोरा लडहो रात साँझ कैके काम ओरवाईक परि– भाईहरू छिटो छिटो हात चलाउनु जसरी पनि यो काम आज सक्नै पर्दछ । हामीलाई पनि आज अरू दिन भन्दा बढी रकम पाईने भयो भने सबैको स्फुर्ति बढेको छ । डुङ्गाको तल सुकेका साना साना ढुङ्गा राख्ने काम गरेपछि मलखादको बोरा चांजेर राख्दै गयौ । केहीबेर पछि लिखराम दाईले भने अरे भाइ अब धेर जिनढारि एकबेर लाउ गहिंरवम लैजाके हेरक परल– ए भाइ अब लोडन गरौं एक पटक गहिरो पानीमा लिएर गएर डुङ्गाको लोड कति भयो हेर्नु पर्ने भयो । हामीले दुवै डुङ्गालाई त्यसै ग¥यौं । सानो डुङ्गा मालोड धेरै भएको रहेछ । माथिको एक लेयर बोरा बाहिर निकाल्यौं र डुङ्गा अलिमाथि तानेर डुङ्गा धकेल्यौ । नदी पारी यात्रुहरू बढदै गएका थिए । किनकि हामीले दुवै डुङ्गा रोकेको पनि डेढ घण्टा भैसकेको थियो । यात्रुहरूले ठेकेदारलाई के के कुरा लगाएका थिए । रिसले चुर भएर ठेकेदार नदीको छेउमा यताउता गरिरहेका थिए । डुङ्गा छेउमा आईसके पछि फुलरामतिर हेरेर भने दुवै डुङ्गामा मलखाद बोक्ने अडर कल्ले दियो हँ । के तिमीहरूले आफ्नो बाबुको सम्पत्ति ठानेका छौ ? आजभोलि तिमीहरूको निकै मन बढेको छ । फुलरामले याचना गर्दै सफाई दिन खोजे नाहि बाजे मनैन नै रहिटं ओहेक मारे हमरे मलखाद लदलक हो । यात्रीहरू एक आपसमा गलमल गरिरहेका थिए । हामीले हतारहतार मलखाद अनलोड ग¥यौं र डुङ्गा तान्दै माथिल्लो घाटतर्फ लिएर गयौं ।
हामीले डुङ्गा खोल्यौ । सधैं झैँ मानिसहरूले टाउकोमा पानी छम्कदै मन मनमा केही कुरा बोल्दै, कसै, कसैले पचिस पैसा, पाँच दश पैसा नदीमा चढाउन थाले । हामीले यात्रुहरूलाई बस्न आग्रह गर्याै । सबै शान्त मुद्रामा बसे । आज पनि म पछिल्लो सिटमा बसेर डुङ्गा चलाउने काम गरिरहेको थिएँ । पारिपट्टि एउटा मुर्राजातको भर्खरै व्याएको लैनो भैंसीको पाडो दुई जनाले बोकेर हिंडेका थिए । पछि पछि एकजनाले भैंसी डो¥याउँदै पछि पछि आईरहेका थिए । पाडो झोलुङगो चुपचाप थियोे । भैंसी बेला बेला कराई रहन्थो । मैले डुङ्गा ठिक ठाउँमा लगाए । लिखराम दाईले पगा हा समाएर जोडले ढिकमा हाम फालेर डुङ्गालाई थाम्ने काम गरे । यात्रुहरूले उज्यालो अनुहार लगाएर आ–आफ्ना जुत्ता चप्पल हातमा लिएर लुगा स्याहर्दै डुङ्गाबाट ओर्लेर आफ्नो गन्तव्य तिर लम्किए । राप्ती अञ्चलको राप्तीद्वारको रूपमा परिचित नेपाल–भारत सिमाको त्यतिबेलाको चल्तीको बजार थियोे कोईलाबास । त्यो बजारसंग जोडिएका सम्पूर्ण जनताको सम्बन्ध जोडने । र जीवनलाई सरल, सहज र आवश्यकताको पूर्ति गर्न सघाउने निकै महत्वपूर्ण र अनिवार्य साधन थियोे । राप्ती नदिमा चल्ने डुङ्गा अझं त्यसमा पनि बलरामपुरको घाटमा चल्ने दुवै डुङ्गा निकै महत्वपूर्ण र एकमात्र निर्विकल्प चल्तीको साधन थियोे । त्यसका कारणले नै जिल्ला पचांयतले ठेक्कामा दिएर आफ्नो आम्दानीको श्रोत मध्ये एक श्रोत यसलाई पनि मानेको थियोे ।
डुङ्गा चढनेको भिड नै थियोे । त्यसैले यसपाली भैसीलाई र उसको बच्चालाई लिएर जान सकिएन । पाडोलाई भुईमा झारेर उसको अनुहार देखिए पश्चात् मात्र भैंसी जोड, जोडले कराउन छाड्यो । बरू नजिकै गएर आफ्नो बच्चालाई चाटेर मातृत्वको भावना पोख्न थाल्यो । भैसीको मालिकलाई चाहिँ यो बेला न कुबेला पाडोलाई दुघ खान दिने हो भने घर गै सकेपछि त यसको बानीले अप्ठ्यारो पार्न सक्छ भन्ने चिन्ताका भावहरू उनको अनुहारमा प्रष्टै पढ्न सकिन्थ्यो ।
मानिस प्रकृतिको देन भए पनि उसले चेतना प्राप्त गरेको दिन देखिनै । आफ्नो स्वार्थका लागि, प्रकृतिमा रहेका यावत सबै चिजहरूलाई भरपुर रूपमा उपयोग गर्दै आएको छ । उसले त्यसका अधारमा अपरिमित उन्नति, प्रगति, विकास , ज्ञान विज्ञानको सफलताद्वारा लक्ष्य हासिल गर्दै आउँदै गर्दा वर्ग संघर्षको राप र तापमा नयाँ नयाँ समाज विकासका मुल्य मान्यताहरू स्थापित पनि हँुदै गएका छन् । अर्कोतिर जसरी भाकले प्याक प्याक गरिरहेको त्यो पाडो प्रति भैंसीको मालिकको कुनै दया भाव पैदा भएन र अहिले उसले दूध खाएमा उसको आयमा धक्का पुग्ने ठान्यो । यसैगरी आज मानिस व्यक्तिको निजी स्वार्थका कारणले अमानवीय, क्रुर, अपराध मनोवृति र स्वार्थलोलुपताका कारण जे भन्दछ त्यो गर्दैन । जे भन्दैन त्यो गरिरहेको छ । पाडोले जिब्रो निकालेर त्यतिकै दुध चुसिरहेको थियोे । लिखराम दाईले भैंसी डोरयाएर चावी लगाउन लगे । हामीले डुङ्गा तान्दै थियौं । उहाँले भैंसीलाई नदीमा दौडाई हाल्नु भयो ।
भैंसी अलिक परसम्म त गयो तर जब डुङ्गामा रहेको पाडो करायो भैंसी फरक्क फर्के र आयो । मैले डुङ्गा खोल्नै आँटेको थिएँ । फुलराम बरापुले भने –भैया भैसिनिया टे घुम गैल लाउ जिन छोरो अब लाउक सगें लैजाईक परि मैले डुङ्गा रोके । डुङ्गा मा बसेका यात्रुहरूलाई हामीले ओर्लिएर अर्को डुङ्गामा आउन अनुरोध ग¥यौंं । भैंसी फर्केकोले लिखराम दाजु रिसाएर चुर थिए । के गरौं कहिलै यस्तो पानीमा न पौडिएको पशु त्यै माथि बच्चा छोडेर कसरी जाओस? भैंसीलाई नदीको वहावको भागतर्पm गरायौं । पाडोलाई देखिने गरिराख्यौं । उक्त डुङ्गामा हामी घाटवाला मात्र चारजना बस्यौं । दुई जनाले पछाडि ख्ययाउने गर्याैं । एक जनाले अगाडि र लिखराम दाईले भैंसीको दाम्लो जोडले समाईराखेका थिए । पाडोलाई फुलराम बरापुले समाएका थिए । नदीको बीच भाग तरिसकेपछि कुन्नि कसरी हो । पाडोको अनुहार भैंसीले देखेन । त्यही भएर भैंसी एकछिन त डुबेको डुव्यै ग¥यो मैले आत्तिँदै सोधें फुलराम बरापुलाई । उनले भने ओह ! भन्दै पाडोलाई भैंसीले देखिने गरि उभ्याए पाडो करायो ।
भैंसीले पानीबाट बाहिर टाउको निकाल्यो । म लगायत सबैले सन्तोषको सास फे¥यौं । भैंसीलाई सकुशल तराई दिएकोमा भैंसी मालिक खुशी भएर थप रकम दिएका । आज सबैको अनुहारमा खुसीको चमक प्रष्टै देखिन्थ्यो ।
सानो डुङ्गा ज्यानको बाजी थापेर जोगायौं
देउखुरीमा २०१८ सालमा राप्ती नदीमा आएको ठूलो बाढी सैलाफले देउखुरीमा निकै ठूलो क्षति पु¥याउने काम ग¥यो । कैयौं गाउँहरू मानचित्रबाट नै बिलुप्त भए । कैयौं गाउँहरू बचे पनि ती नाम मात्रका रहे । त्यो गाउँका धेरै मानिसहरू गाउँ छाडेर बुढान अर्थ बाँके, बर्दिया, कैलाली र कञ्चनपुर बसाइँ सरेर गए । कतिपय बनको किनारमा खोरिया फाँडेर बस्ती बसाउन पुगे । कतिपय घरपरिवारहरू बाँझो जमिनमा घर बनाएर बसे । हाम्रो बलरामपुर गाउँ पनि एक प्रकारले उजाड नै भएको गाउँ हो । यहाँबाट करिब सत्तरी असी प्रतिशत मानिसहरू मध्ये धेरै बाँकेको फत्तपुरमा गए । कोही दाङ घोराही, कोही लमही बजारमा रहेर व्यापार बिजनेश गरिरहेका छन् । नदी पारिको मोतिपुर नदीवारि बलरामपुर गाउँसँगै जोडिएको थियोे । उक्त गाउँको जमिन अहिले पनि नदीवारि रहेको छ । आजको पालोमा सेमरहवा गाउँका मानिसहरूसँग संयुक्त पालो थियो । साउनको महिना थियोे नदी उफानमा थियोे । नदीमा ठूला ठूला छालहरू, डुम्मा उठिरहेका थिए । हामीले बलरामपुरको डुङ्गा बान्ने स्थानबाट डुङ्गा चल्ने घाटसम्म तानेर लग्योैं । राति पानीको झरि लागेकोले भल आउँछ भन्ने त लागेकै थियोे । तर यति चाडैं भेल आउँछ भन्ने अनुमान थिएन । उक्त कारणले नै हामीले सानो डुङ्गा नदीपारि छाडेका थियौं । प्रायः मानिसको भीड धेरै हुँदा हामीले दुबै डुङ्गा सञ्चालन गथ्र्यौं । त्यस दिन पनि धेरै मानिस वारिबाट पारि लिएर गयौं ।तर पारि मानिस कम भएको र हामी मध्ये चार जनाको भात खाने पालो भएकोले ठूलो डुङ्गामा चढेर वारि घरमा खानाखान आएका थियौं । घरबाट खाना खाएर फर्कदांसम्म त निकै ठूलोे भेल आईसकेको रहेछ । मैले फुलराम बरापुलाई सोधें । अईसिन कैसिक बाढ आइल भनेर । यसरी कसरी ठूलो भेल आयो भनेर । उनले भने कालाकाटे तिर हात देखाउँदै भने उ उहाँ हेरटे भैया बदरि कतरा करिया बा उहें मनके बरसल उहे पानी हो मचल आईटा । उ त्यहाँ हेर त बाबू कति धेरै कालो बादलले ढाकेको छ । त्यहाँ ठूलो पानी परेर नै भेल उर्लिएर आएको छ । हुन पनि को रङसिङको भेल निकै भयानक र भयतुल्य हुन्छ । रङसिङले धेरै को ज्यान लिएका कथाहरू छन् । जब त्यो राप्तीमा मिसिन्छ राप्तीको पनि रौद्र रूप बन्दछ । रङसिङको बाढी किन खतरनाक हुन्छ भने त्यसको गति धेरै र त्यहाँबाट ठूला ठूला रूखहरू बगेर आउने भएकोले हामीलाई डुङ्गा चलाउन निकै जोखिम हुन्थ्यो । यदि त्यो डुङ्गा चलाउने बेला ठोक्किन पुग्यो भने त सबै स्वाहा हुने डर । अर्कोतिर पानीको गति पनि धेरै नै भएकोले भनेको ठिक ठाउँमा डुङ्गालाई चलाएर लैजान हामीलाई हम्मेहम्मे पर्दथ्यौ ।
मेरो आमाले म सानो छँदा भन्नुहुन्थ्यो । पानीसँग कहिल्यै खेलचारी नगर्नु । यसको न समाउने हाँगो नसमाउने लहरो पानीमा पौडिन जान्यौं भने ज्यान जोगियो नजाने त ज्यानै जान सक्ने हुन्छ । कुरा एकदम सांचो नै हो । ठूला ठूला राप्ती नदीको भेलमा मैहूं भन्ने पौडीवाजहरूले सिल्टुङ खाएका कैयौं उदाहरणहरू छन् । झन् त्यो बेला त राप्ती नदी निकै गहिरो थियो ठूला ठूला रहहरू थिए र नदीमा भवरींहरू पनि त्यत्तिकै उठ्ने गर्दथे । कैयौंपटक त्यस्ता भवरीहरू परेर डुङ्गा पनि केही बेर रोकिने गर्दथ्यो । त्यो बेला हाम्रो पनि दाँतबाट पसिना छुटने गर्दथ्यो । त्यो भवरींमा परेपछि प्रायः पौडिन जतिसुकै सिपालु भए पनि त्यहाँबाट निस्कन हम्मे हम्मे पर्दथ्यो । पानीको सतह तीब्रताका साथ अगाडि बढिरहेको थियोे । नदीपारिको झुपडी नेर बाधेंको डुङ्गा पानीको सतह बढेरमाथि तैरिरहेको थियोे । सेमरहवा गाउँलेले आफ्नो खेतीपातीको बेलामा वर्षा, घामको बेलामा सुस्ताउने र घरबाट ल्याएको खानेकुरा त्यही झुपडीमा बसेर खानको लागि र पानी पर्दा अन्नपात पनि जोगाउनका लागि यसको प्रयोग गर्दथे । त्यो झोपडिनेर डुङ्गा तर्ने यात्रुहरू थिए । तर त्यो डुङ्गाको बचाउ गर्ने कोही थिएन । यदि यही गतिले पानी बढिरहेमा डुङ्गा डुब्ने प्रबल संभावना थियोे । यो स्थितिमा हामीले ठूलो डुङ्गा खोलेर जानका लागि पनि बिलम्ब हुने संभावना त्यत्तिकै थियोे । फुलरामले यो कुरा बुझेर सबै घाटवालेका तिर फर्केर भने यी लाउ लेहे के जाई । अब्बे नै गैलेसे लाउ पुह जाई–पारिको डुङ्गा लिनको जानेहो, छिटो गरौं नत्र डुङ्गा बगिहाल्छ । उनको कुरा सुनेर सबै गम्भीर बन्यौं । र मैले भने मै जैईम– मजान्छु । मेरो छेउमा उभिएका जगत प्रसाद दाईले पनि मेरो हिम्मत थप बल दिंदै भने–भाईलाई साथ दिन म जान्छु भने । सबैको अनुहारमा चमक देखियो । फुलराम बरापुले धाप मार्दै भने–धेरै हिम्मत देखैलो महि खुसिलागल । हां पहुरेंबर अस्थिलसे धिरे धिरे पहुरहो । उ टिकरा बिल्गाईटा सेमरा उोट्ठेहें परहो।–धेरै शाहस देखायौ तिमीहरूले नआत्तिकन धारजे भएर पौडनु र उ त्यो माथिल्लो किनारमा देखिने सिमल नेर हामफाल्नु भनेर अह्राएँ ।
हामीले यति धेरै जाखिम किन लियौं । अहिले त्यो कुरा सम्झँदा पनि शरिरका रौं ठाडा भएर आउँछन् । कता कता अविश्वसनीय पनि लाग्छ । बिना कुनै सेफ्टि हामीले दुस्साहसले भरिएको काम गर्ने दिशातिर अगाडि बढ्यौं । यद्यपि त्यो बेला सेफ्टिको कुनै साधन थिएन । तर गाउँमा कसै कसैले लौकाको तुम्मालाई प्रयोगमा ल्याउने गर्दथे । यो निर्णयमा हाम्रो दैनिकी पनि जोडिएको छ । यदि त्यो एउटा डुङ्गा बग्यो भने हामीलाई प्राप्त हुने ज्यालामा कमी आउने र हराएमा त्यो फेरि कहिले भेटिने हो ? त्यसको कुनै सुनिश्चितता भएन । यी सबै कारणले र डुङ्गा बग्न दिन हुन्न भन्ने कर्तव्यबोधले पनि हामीलाई नजानिँदो तरिकाले घचघच्यायो । नत्र त्यो सैलाफमा हामी दुई जनालाई मात्र जाने आँट कहाँबाट आयो ? हामी दुई जना सानो डुङ्गा जागाउने जिम्मेवारी लिएर पुर्वतर्फ हान्नियौं । मैले साहश जुटाउन जगत प्रसाद दाईलाई सोधें– दाइ पानी त ठूलै छ केही तल माथि त हुँदैन ? उनले आफ्नो पुरानो जुक्ति लगाउँदै ढाडस दिँदै भने–पानी त ठूलै छ भाइ तर एक पटक बल नलगाउनुहोला बिस्तारै बिस्तारै पौडिए तर्न सकिन्छ । यदि केही कारणले थाकि हाल्यौं भने नदीमा बग्ने मुडासमाएर बिसामला । उनको कुराले मलाई थप हौसला प्राप्त भयो । यो एउटा सानो कुराले मलाई निकै उर्जा दियो । यसै पनि मानिसको जीवनमा घटने कठिन कठिन अवस्थामा साना साना बैकल्पिक उपायहरूले सफलताको शिखर चुम्न मद्दत पु¥याउने गरेका मनग्गे उदाहरणहरू छन् । हामी सेमरहवा र घुम्नामा रहेको एउटा ठूलो सिमलको रूखनेर पुगेर नदीमा हाम फाल्यौं । नदी पारि टकियापुर,बाँधिपुर, धर्मापुर मोतिपुर सेमरिमा मानिसको कम्मर कम्मरसम्म पानी भैसकेको छ । हामीहरू पानीमा हाम नफाल्दै हाम्रा घाटवालेहरूले हामी गईरहेको हेर्दै थिए । नदी पारिकाले पनि हेरिरहेका थिए । मानौं कुनै पौडीको टुर्नामेन्ट भैरहेको छ । सबैले हामीमाथि नजर लगाएका थिए । जब हामी नदीको बिच भागमा पुग्न के आँटेका थियौं । त्यहाँ उठिरहेको ठूलो ठूलो डुम्मा छालले घप्लक्कै ढाक्यो मानिसहरू दौडिएर तलतिर जता हामी पौडीदै आईरहेका छौं त्यतै आईरहेका थिए । एकछिन त सासै राकिएला झै भयो । जगत प्रसाद दाईले ढाडस दिंदै भने कत्ति नआत्तिनु होला भाइ अब आईपुगेका छांै । तर हामीले बल्लतल्ल आधा नदी पार गरेका थियौं । नदीको बेगले तलतल खुट्टा शरीर तानिरहेको थियोे । हामीहरू पौडिन थालेको पनि करिब बीस मिनेट भैसकेको थियोे होला । हात खुट्टाको ताकत सक्किन थालेको आभास भैरहेको थियोे । नदीमा हामफाल्नु अगाडि उनले भनको जुक्ति अनुसार कुनै काठको मुढो देखिएन । बरू एउटा ठूलो भास सानातिना काठका डङ्गुर देखियो यसो नजिकै गएको त ह्वास्सै गन्ध आयो वाक आउला झै भयो । अब अलि कति पनि लापरबाही गरे डुब्ने खतरा थियोे । अबको पौडी जीवनमरणको बन्यो । सम्पूर्ण शक्ति लगाएर हामी जोड जोडले पौडियौं ।र किनारमा खुट्टाले भुई भेट्यौं । मैले मन मनै आमालाई धन्यवाद दिएँ । छेउमा गएर उत्तानो परेर क्षणभर विश्राम लिए । जगतप्रसाद दाईले पनि एकछिन थकाइ मेटे।फेरि हामी सानो डुङ्गा जोगाउन माथिल्लो घाटको झोपडी नेर गयौं । जगत प्रसाद दाईले पगाहाले किल्लामा र टुंढमा बाँधेर राखेको डुङ्गा फुकाउन डुङ्गा को अगाडि जानु भयो मैले पछिल्लो टुंढबाट धकलेर डोरि – पगाहालाई खुकुलो बनाउने काम गरें ।
जगत प्रसाद दाईले पगाहा फुकाएर र निकै मेहनत गरेर हामीले त्यो डुङ्गा अलि माथिसम्म लिएर गएर अलिक पानीको बहाव कम भएको स्थानमा एउटा किलो गाडेर त्यसैमा डुङ्गाको डोरी पगाहा बाध्यौं । टाढा टाढा जान भनेर हिंडेका कतिपय यात्रुहरू घरतिर फर्कन आँटेका थिए । किनकि पानीको बहाव निकै धेरैले भएकोले त्यो कम हुन समय लाग्ने पुर्वअनुमान भैसकेको थियोे । हामीले पनि भन्यौं । कि डुङ्गा त ३–४ बजेतिर मात्रै खोल्न सकिन्छ होला । त्यसैले हामीले कसैलाई पनि कर गरेर बस्नुस भन्न सक्दैनांै । यो सुझावले अरू थप यात्रुहरू निराश हुँदै निन्याउरो अनुहार बनाउँदै फर्किए । नदीमा ठुला ठुला काठका मुडाहरू बगिरहेका थिए । हातको ईशारा गर्दै जगत प्रसाद दाईले भने उ ल हेर्नुस् त भाइ रङसिङ खोलाले त एउटा सिङ्गै गोठ नै बगाएर ल्याएछ । त्यो गोठको ढाचा पानीको छालमा तलमाथि तलमाथि गरेर माथिल्लो भागबाट बगेर आईरहेको थियो । केहीबेर पश्चात् धानका खेतमा बाँधेर राखेका मुठाहरू पनि बगेर आईरहेका थिए । पानीको सतह घटेको छ छैन भनेर नदी किनारमा हेर्याै । फिज सहितको पानी घटिरहेको कुरा फिज नदीको किनारमा अडिएको थियोे र केही घन्टा डुबेर न देखिएका साना साना बुट्यानहरू देखिन थालेका थिए । नदीको छाल उठ्न थालेको थियोे । किनकि नदीमा जब उपल्लो तटिय क्षेत्रमा पहिरो गएर आउने ठूला ठूला ढुङ्गा, गग्रेटो माटो पहाडी मलिलो माटो तराईको फाँटमा जति आउँछ नदीको सतहमाथि उठ्दै जान्छ । त्यसका कारणले नै नदीमा ठूला ठूला छालहरू उठने गर्दछन् । पानीको सतह घटन थाले पछि नदी किनारका महिला हरू माछा मार्ने टापि हातले बुनेको एक प्रकारको माछा बल्झाउने जाल र पुरूषहरू हातले बुनेको जाल जसमा फलामका ठूला ठूला गाटिहरू टांगिएका हुन्छन् । टापि थाप्ने महिलाहरू नदी किनारमा रहेर माछा बल्झाई रहेका थिए लोग्ने मानिसहरू नदीको टिहिरा, वा घांघरमा जाल हान्ने गर्दथे । उ हाम्रो बोधपलाल गुरूवा दाइ पनि काँधमा जाल बोकेर निस्कियो । जगत प्रसाद दाई बडबडाए । कोही कोही दाउरा समाउन नदीमा हाम फाले, कोही कोही नदीको कम्मर कम्मरसम्मको पानीमा पसेर दाउरा समाति रहेका थिए । पारिपट्टीका हाम्रा घाटवाले बगालले पनि दाउरा समाति रहेका थिए । देउखुरीमा बनको किनारका बस्तिले बनबाट दाउरा ल्याउने र त्यसैको इन्धन बनाउँछन् । नदी किनारमा बसेका सबै गाउँलेहरूले नदीबाट दाउरा र तरकारीको लागि माछा मारेर आफ्नो जीवन यापन अनादिकालदेखि गर्दै आएका छन् ।
नदी पारीका घाटवालेहरूले काठ दाउरा समाउन थालेको देखे पछि जगत प्रसाद दाईले भने । यस्तै रित्तो हात किनबस्ने आज डुङ्गाबाट कमाई हुने छाटं देखिएन । बरू जाउँ उ त्यो टिहिरामा दाउरा खेरौं साझ डुङ्गा बाँध्न जाजे बेल डुङ्गामा राखेर लगौला । यो बेला दाउरा न बटुलेर कहिले बटुल्ने हो । मलाई त के खोज्छेस कानो आँखा झै भयो । हामी दुबै जना दाउरा थुपार्न गयौं । सेमरहवा, र बलरामपुरका मानिसहरू कोही पौडिदै दाउरा समाउँदै कोही अलिक ठूलो काठमा एउटा ठूलो ढुङ्गा राखेर त्यो काठलाई सुरक्षित गर्ने काममा मगन थिए । नदीमा आएको त्यसता काठहरूलाई सबैभन्दा पहिलोपल्ट जो पुग्छ उसले त्यो काठमाथि एउटा ढुङ्गा राखिदियो भने त्यो काठ उसको भयो । त्यो ढुङ्गा अरू कसैले हटाएर आफ्नो गराउन सक्दैन थियोे । हामीले पनि काठ जम्मा गर्याैं । पानीको सतह घटेपछि अरु दुईपटक डुङ्गा चलायौं । र डुङ्गामा काठ लोड गरेर डुङ्गा बाँघ्ने स्थानमा गएर डुङ्गा बाँधेर आ – आफ्ना दाउरा निकालेर थुप्रो लगायांै । घाटवाले सबै सधैं जम्मा हुने काकिको होटलमा जम्मा भयौं । आज कसैको अनुहार उज्यालो छैन । फुलराम बरापुले आज टोपि खोलेनन् । ठेकेदारले पैसा निकालेर हाम्रो भागमा पर्ने ४०% छुट्टयाइएर दिए । फुलरामले लिखरामलाई बाटन भने । उनले हिसाब गरे । हामीलाई जम्मा ४५–४५ रूपियाँ भाग प¥यो । दुई रूपियाँं बाँड्न मिलेन र त्यसको सुन्तला स्वादको चकलेट किनेर लिखराम दाईले सबैलाई तीन तिनवटा बाँडिदिए । हामी सबै आ–आफ्नो घर तर्फ लाग्यौं ।
हिलोमा, बालुवाद्वारा कुहिएको खुट्टाको उपचार विधि
हामी बसन्तापुर छदै मैले डुङ्गा चलाउन सिके पनि लामो समयसम्म वा भनौं दिनभरि नै डुङ्गा चलाउनु पर्दैन थियोे । त्यसैले पानी, गेगर, वालुवा र माटोले खुट्टा सडाउने काम गर्दैनथ्यो । अलि अलि औँलाका कापमा हिलोले खाएर साना–साना खतहरू बन्ने गर्दथे । जसमा नुन तेल फिटेर लगाएपछि ती खतहरू मेटिई हाल्दथे । तर यहाँ चाहिँ एउटा पालोमा करिब करिब १२–१४ घण्टासम्म पानीमा खेल्नु पर्दथ्यो । जसका कारण खुट्टाका औंलाहरूका कापकापमा रहेकोे छालाको माथिल्लो लेयर गएर रातो मासु प्रष्टै देखिने गर्दथ्यो । त्यो अवस्थामा निकै दुखाइ बढद्थ्यो । आजको पालोमा धेरै काम भएको थियोे । चावी लगाउने काम पनि धेरै नै भएको थियोे । मानिसको चाप पनि निकै थियोे । काम बढी भएको दिन हामीले दिउँसोको खाजा घरबाटै मगाएर खाने गर्दथ्यांै । आज मेरो खाजा पनि घरैबाट आएको थियो । चामलको पिठोको थोरै तेल राखेको तावामा रातो हुने गरी पकाएको दुईवटा रोटी र बोडिको तरकारी खुर्सानीको अमिलो बनाएर राखेको अचार थियो । त्यो बेला पिउने पानीको लागि अहिले जस्तो नलहरू थिएनन् । गाउँमा एउटा कुवा हुन्थ्यो र त्यही पानी नै सबैले पिउनु पर्दथ्यो । ठूलो गाउँमा दुईवटासम्म कुवा हुने गर्दथे । हाम्रो समाजमा सामाजिक चेतना निकै पछाडि थियोे अझ स्वास्थ्य सम्बन्धी कुरा त धेरै टाढाको भयो । मलाई लालमटियाको स्कुलमा पढदाको सम्झना ताजै छ । लालमटिया स्कुल जान बसन्तापुरबाट करिब डेढ घण्टाको बाटो थियोे । हामीहरू हिंडेर नै जान्थौं । त्यतिबेला प्लास्टिक त सायद आएकै थिएन । बोतलमा त्यही रक्सीका हुने गर्दथे । त्यो पनि बिरलै । हाम्रा घर व्यवहारमा अधिकांस माटोद्वारा बनेका भाँडा कुँडा र काठद्वारा बनाईएका बस्तुहरू नै थिए । जस्तो धान राख्ने डेहरि, कुठुलि, पानी खाने करूवा, भात चलाउने डबला, दाल, तरकारी चलाउने चटुवा, मसला पिस्ने, डोकनि, कोसि, ठूलो परांत, पानी राख्ने घैलो, ठिलिया, रोटी पकाउने तावा, भकारी आदि धेरै नै यही निर्मित बस्तुहरू नै प्रयोगमा ल्याईने गर्दथ्यौं । ती सबैको नाम यस आलेखमा समाबिष्ट गर्न सम्भव छैन ।
जेहोस त्यतिबेला देश, समाज, जनताहरू स्वाबलम्बी नै थिए भन्दा अतियुक्ति नहोला । त्यो जुनसुकै कारणले होस् । हामीहरू बिहान नौ बजेभित्रै खाना खाएर कपडा लगाएर तयार रहनु पर्दथ्यो । अन्यथा साथीहरूले छाडेर गई हाल्दथे । हाम्रो घर गाउँको सिरानमा थियोे । म तयार भए र साथीहरूलाई पर्खने गर्दथें । साथीहरू सबै आएपछि हामीहरू स्कूलतर्फ लाग्दथ्यांै । हामीलाई पिउने पानीको निकै कठिनाइ त्यतिबेला हुन्थ्यो । जब वर्षा सुरु हुन्थ्यो किनकि अघि पछि त राप्ती नदीको पानी पिउने गर्दथ्यांै । वा नदी किनारमा गाउँका किसानले बनाएका जररूवाहरूको पानी पिउने गर्दथ्यौं कहिलेकाहीँ यस्तो हुन्थ्यो कि पानी प्यासले घाँटी सुक्न थाल्दा राप्ती नदीबाट आएको धमिलो पानीलाई आफुले लगाएको टोपीले छानेर तत्कालको प्यास मेटाउने गर्दथ्यौं । घाटमा पनि राप्ती नदीको पानी सङ्लो हुँदाका दिन त्यही पानी पिउथ्यौं । र पानी धमिलो आएमा कुवाको पानी पिउथ्यौं । घाटमा बस्नेहरूले नदी किनारमा एउटा अलिक ठूलो खाल्डो हातले खनेर चिसो र सङलो पानीको मुल जस्तो निस्किएपछि त्यही पानी पिउने गर्दथ्यौं । डुङ्गामा चढ्न आएका यात्रुहरूले पनि प्यास लागेको खण्डमा उक्त मूलको पानी पिउने गर्दथे । हामीले यदाकदा माटोको घैंटो ल्याएर त्यसैमा मूलको पानी भरेर राखेर पिउने गर्दथ्यौं । टेकराम दाईले आज बल्छि पनि लिएर आएका थिए । बल्छि पहिलोपटक निकालेर हेर्न जाँदा तीन चारवटा बैखा माछा बल्झिसकेका थिए । आज धेरै मिठा माछा खान पाईने भयो भनेर सबै हर्षित थिए । यसमा सबैभन्दा बढी ब्यग्र थिए त फुलराम बरापु । उनलाई माछाको स्वाद भन्दा माछाको भुडींको स्वादले धेरै लट्ठ पाथ्र्यो । माछाकम उनको रस कसरी बस्यो । यो कुरा हामीलाई कहिल्यै थाहा भएन । दिउँसोको खाजा पछि डुङ्गा तर्ने यात्रुहरूको चाँप घट्दै गएको थियोे । फुलरामले टेकराम दाजुलाई भने, भैया तैं लाउमे जिन जा हमरे हेर डारब मच्छिम गेह लगा।बाबू तिमी डुङ्गा चलाउन आउन पर्दैन हामीले चलाउन सकिहाल्छौं । बरू माछा बल्झाउन जोड गर्न प¥यो । उनले अलि चित्त नबुझेको झैं गरि, ले ले जाईटुं । मच्छि बझहिटे न नानम पकरके नन्ना थोरेबा–ल ल म जादै माछा बल्झिएपछि त ल्याई हाल्छु नि माछा समाउन जाने होईन क्यारे भनेरउनि बल्छि थापेको तिर गए । उनले हातमा एक मुठो बनकस, बाबियो ल्याएका थिए । बल्छि थाप्ने ठाउँ नेर किलो गाडेको ठीक अगाडि बसेर डोरी बाट्न थाले ।
एउटा कुरा के स्मरणीय छ भने मैले थाहा पाउने बेलादेखि अहिलेसम्म प्राय नब्बे पन्चानब्बे प्रतिशत किसानहरू कुनै न कुनै काममा ब्यस्त रहने गरेको देखेको छु । त्यो पनि विशेषतः थारू जनजातिका किसानहरू नै काममा डटिरहेकोे देखेको छु । उनले समयको सदुपयोग गर्दै डोरी बाट्न व्यस्त रहे । त्यो डोरी खासगरी माघ पर्व मानेर सकेपछि खरले छाएका घरहरू फेरि छाउन पर्ने र कतिपय घरहरूलाई मर्मत गर्नुपर्ने भएकोले त्यसमा अत्याधिक मात्रामा डोरीको प्रयोग गर्नु पर्ने भएकोले बाबियो डोरी धेरै नै बाटेर राख्नु पर्ने हुन्छ । अक्सर घाट बस्न आउने सबैले नै डोरी बाट्नका लागि बाबियो, बनकस ल्याउने काम गरेकै हुन्थे । मैले पनि बनकस लगेको बेला डोरी बाट्ने गर्दथँे । मलाई लाग्छ कृषि कर्म संग जोडिएका जो कोहीलाई पनि यस्ता काम सहजै आउने गर्दछ । बल्छि निकाल्ने समय भयो कि भएन भनेर उनी एकपटक किलो नेर उभिएर डोरी समाएर बिचार गरे । बिचार गर्ने भनेको के हो भने त्यसमा दुई तीनवटा कुरा छन् । डोरी छाम्ने बेलामा एउटा हातले डोरी समाउने, समाएको बेलामा यदि माछा बल्छिमा बल्झिएको छ भने उसले जोड जोडले बल्छिबाट फुत्किनका लागि झयाट्–झयाट् झटका दिने गर्दछ । यदि सानो माछा बल्झिएको छ भने खास थाह पाउन सकिँदैन । बल्छिमा बाम माछा बल्झिएको छ भने पनि उसले त्यति विधि बल गर्दैन । तर सहर माछो बल्झिएको छ भने सानै माछोले पनि निकै बल गर्दछ । यसरी कति ठूलो माछा प¥यो वा परेन भन्ने कुरा थाहा हुन्छ । धेरै परेको कुरा पनि कति पटक वा पटकपटक डोरी तानेकोबाट थाहा हुन्छ । बल्छिमा बाँधेको ढुङ्गा फुकिएर ढुङ्गा बिहिन बनेर नदीको किनारमा माछा आएर खेलिरहेकोबाट पनि माछा बल्झिएको थाहा हुन्छ । कहिलेकाही माछाले बल्छिलाई भाँचेर, वा डोरी चुँडालेर भागेर गएको अवस्थामा पनि डोरी ढिलो भएको र त्यो छेउमा आएको हुन्छ । टेकराम दाईले डोरी हेरेर यसो बिचार गरे झैँ गरे । हामीले टाढाबाट एकटक लगाएर हेरिरहेका थियौं । उनी फेरि डोरी छाम्न झुके ।
डुङ्गा तर्ने यात्रुहरूको चाँप घट्दै गएको थियोे । फुलरामले टेकराम दाजुलाई भने, भैया तैं लाउमे जिन जा हमरे हेर डारब मच्छिम गेह लगा । बाबू तिमी डुङ्गा चलाउन आउन पर्दैन । हामीले चलाउन सकिहाल्छौ । बरू माछा बल्झाउन जोड गर्न प¥यो । उनले अलि चित्त नबुझेको झैं गरि, ले ले जाईटुं । मच्छि बझहिटे न नानम पकरके नन्ना थोरेबा–ल ल म जादैु माछा बल्झिएपछि त ल्याई हाल्छु नि माछा समाउन जाने होईन क्यारे भनेर उनी बल्छि थापेको तिर गए । उनले हातमा एक मुठो बनकस, बाबियो ल्याएका थिए । बल्छि थाप्ने ठाउँनेर किलो गाडेको ठीक अगाडि बसेर डोरी बाट्न थाले ।
उनको अनुहारमा एउटा चमक देखियो । माछा त परेका रहेछन्, नाति मच्छि टे बाझलबटा खेचुहिया मुस्क्याईटावै बलिराम बाजेलेसहि थप्दै भने । उनले बिस्तारै डोरी तानेर किनारमा ल्याउन थाले । किनारमा ल्याउने बेलामा निकै चनाखो बन्नुपर्छ । एउटा डोरिमा करिब सात आठवटा बल्छि रहेको हुन्छ । कहिलेकाही चार पाँच वटा माछा पनि बल्झिएका हुन्छन् । माछा पानीमा छट्पटीदै गरेको प्रष्टै देखियो । उनले पल भर ढिलाइ नगरीकन सरर सबै बल्छि सहितको डोरि तानेर ढिकमा पुरयाए । तिनवटा बैखा माछा र एउटा बाम माछा बल्झिएको रहेछ । आज सबै घाटवालेहरूको भागमा एक एक दुना माछा पर्ने भयो । सबैले टेकराम दाईलाई धन्यवाद दिईरहेका थिए । उनी मख्ख थिए । उनलाई बल्छिमा बल्झिएका माछाको तरकारी बनाउन घरमा लिएर जान भन्यौं । हामीहरू अलिक साँझ दुवै डुङ्गा लिएर जाने भन्यौं । उनले माछा डोरीमा उनेर काँधमा झुण्डाएर आफ्नो घर तर्फ लामो लामो डेग चाल्दै हिडें ।
भदौको महिनामा यसैपनि चारैतिर पानीको राज्य हुन्छ । त्यहिकारणले नै शरिरका छालाहरू नरम तथा मुलायम हुने हुदां हिलो,माटो ,बालुवा ले आक्रमण गरेर गलाउछ।श्रावण मा मेरो खुट्टा त्यतिबिधि गलि सकेको थएन। दैनिक कांचो तेल ,बेसार लगाएर केही आराम नै थियो ।तर भदौको महिनामा धपडि पनि बेसि नै हुन गयो। स्कुल त छुट्टिनै थियोे । घाटको पालाको दिन बाहेकका दिन मा बल्छि लाउन जाने गरेको ले पनि खुट्टामा समस्या बढिरह्यो जसका कारण आज हिड्दा पनि निकै कठिनाइ भै रहेको थियोे । हामीले डुङ्गा बाधेर आ– आफ्नो पानी खियाउने बहना कांधमा बोकेर टेकराम दाईको घरमा पुग्यौं । तरकारी पाकेर पनि सालको मालुकाको पातका दुना दुनामा भान्से ले बटा लाउन थालेकि थिईन। बटा लगाउदां कसैलाई कम वा राम्रो नराम्रो नपरोस भनेर सबै बिचार पु¥याउने र त्यहि अनुसार बटा लगाउने प्रचलनछ।बटा लगाउंदा भाडांको पनि बटा लाग्ने गर्दथ्यो। बास्तवमा पकाउने को बटा लाग्नु पर्नेहो तर भाडाको भनेर त्यो बटा भान्सेकै हो र हुनु पर्दछ। हामी सबैले आ– आफ्नो बटा लिएर घर तर्फ लाग्यौं। म घर पुगेर बहना राखे र लुगाफाटो फेरेर यसो आंगन निस्केको थिएँ ।म खाचेच्याएकोदेखेर आमाले खुट्टा तर्फ हेरेर भन्नु भयो हेरत यसको खुट्टा त हिलो र वालुवालेलेखाएर कस्तो भएको छ ।
हिलो र बा लुवाले खाएको खुट्टाको उपचार विधि
उनको अनुहारमा एउटा चमक देखियो । माछा त परेका रहेछन्, नाति मच्छि टे बाझलबटा खेचुहिया मुस्क्याईटावै बलिराम बाजेले सही थप्दै भने । उनले बिस्तारै डोरी तानेर किनारमा ल्याउन थाले । किनारमा ल्याउने बेलामा निकै चनाखो बन्नुपर्छ । एउटा डोरीमा करिब सात आठवटा बल्छि रहेको हुन्छ । कहिलेकाही चार पाँच वटा माछा पनि बल्झिएका हुन्छन् । माछा पानीमा छट्पटिँदै गरेको प्रष्टै देखियो । उनले पल भर ढिलाइ नगरिकन सरर सबै बल्छि सहितको डोरी तानेर ढिकमा पु¥याए । तिनवटा बैखा माछा र एउटा बाम माछा बल्झिएको रहेछ । आज सबै घाटवालेहरूको भागमा एक एक दुना माछा पर्ने भयो । सबैले टेकराम दाईलाई धन्यवाद दिईरहेका थिए । उनी मख्ख थिए । उनलाई बल्छिमा बल्झिएका माछाको तरकारी बनाउन घरमा लिएर जान भन्यौं । हामीहरू अलिक साँझ दुबै डुङ्गा लिएर जाने भन्यौं । उनले माछा डोरीमा उनेर काँधमा झुन्डाएर आफ्नो घर तर्फ लामो लामो डेग चाल्दै हिडें ।
भदौको महिनामा यसै पनि चारैतिर पानीको राज्य हुन्छ । त्यही कारणले नै शरीरका छालाहरू नरम तथा मुलायम हुने हुँदा हिलो, माटो, बालुवाले आक्रमण गरेर गलाउँछ । श्रावणमा मेरो खुट्टा त्यति बिधि गलिसकेको थएन । दैनिक कांचो तेल, बेसार लगाएर केही आराम नै थियो । तर भदौको महिनामा धपडी पनि बेसि नै हुन गयो । स्कुल त छुट्टिनै थियोे । घाटको पालाको दिन बाहेकका दिनमा बल्छि लाउन जाने गरेकोले पनि खुट्टामा समस्या बढिरह्यो जसका कारण आज हिंड्दा पनि निकै कठिनाइ भै रहेको थियोे । हामीले डुङ्गा बाँधेर आ–आफ्नो पानी खियाउने बाहना काँधमा बोकेर टेकराम दाईको घरमा पुग्यौं । तरकारी पाकेर पनि सालको मालुकाको पातका दुना दुनामा भान्सेले बटा लाउन थालेकी थिईन । बटा लगाउँदा कसैलाई कम वा राम्रो नराम्रो नपरोस भनेर सबै विचार पु¥याउने र त्यही अनुसार बटा लगाउने प्रचलन छ । बटा लगाउँदा भाँडाको पनि बटा लाग्ने गर्दथ्यो । वास्तवमा पकाउनेको बटा लाग्नु पर्ने हो तर भाडाको भनेर त्यो वटा भान्से कै हो र हुनु पर्दछ । हामी सबैले आ–आफ्नो बटा लिएर घर तर्फ लाग्यौं । म घर पुगेर बहना राखे र लुगा फाटो फेरेर यसो आँगन निस्केको थिएँ । म खोचच्याएको देखेर आमाले खुट्टा तर्फ हेरेर भन्नु भयो हेर त यसको खुट्टा त हिलो र बालुवाले खाएर कस्तो भएको छ भनेर उहाँ बारीमा रहेको मेहन्दीका पात लिन जानु भयो र मेहन्दी र आँपको अम्चुरसँग सिलौटोमा मसिनो गराएर पिस्नु भयो र खुट्टामा लेपन गरि दिनुभयो । क्षणभर घाउ चहरायो ।
केही घण्टाको पछि उहाँले सुकेका मकैका ठोटा लिएर आउनुभयो । साथै एउटा माटोको कोशि ल्याउनु भयो । त्यसमा ती ठोटाहरू राख्नु भयो । मलाई अग्लो पिंढीमा बस्न लगाएर त्यो ठोटामा आगो लगाउनु भयो र आगो धेरै बोल्यो त्यसलाई मध्यम पार्न हरियो घाँस राख्नुभयो । त्यसपछि मलाई दुवै खुट्टा त्यो कोशिमा राख्न लगाएर माथिबाट बाक्लो काम्लो राखि दिनुभयो । केही बेर पछि खुट्टाका पैताला, आंैला राता बने । यो उपचार विधिद्वारा मैले आफ्नो खुट्टा निको पारें ।
कछुवा बल्झाउने जुक्ति
आज बिहान बिहानै टेकरामकोे छोरा राजुले घरमा आएर भने । काका ,का खेचुहियाक शिकार खैबो ? के कछुवाको मासु खाने हो ? काका भन्दै सोधे आमा भान्सामा हुनु हुन्थ्यो, हतपत गर्दै बाहिर आएर भन्नुभयो खैना हो नाति दुई किलो सम मिलि– हो खानी हो के दुई किलो पाइन्छ नाति ? दुई किलो टे नै पुगि बुडि एक किलो भर बनजाई राजुले भने । आमाले हुन्छ भन्नुभयो र भान्सा तिर जानू भयो । म पनि राजुसँग सँगै कछुवाको मासु लिन उनको घरमा गएँ । टेकराम दाजुले कछुवाको माथिल्लो खोल निकालिरहेका थिए । त्यो खोलको हाडलाई घोटेर खाएपछि दमलाई राम्रो गर्दछ भनेर आमाले त्यो खोल वा भनौ माथिल्लो हाड ल्याउन भन्नु भएको थियो त्यो हाड मथुराले पनि लैजान्छु भनेका थिए । उनलाई पनि दमको समस्या थियोे । खोल निकाल्दै गर्दा मेरो ध्यान खोलमा अलिक बढी थियोे । खोल निकालि सकेर टेकराम दाजुले भने ल्उरे यी खोल्रहि के के लैजाईटा लैजाउ । ए हजुर हो यो हड्डीको खोल क– सले लैजाने हो लानुहोला । त्यसको बसुलाको सहायताले दुई फ्याक गरेर हामी दुई जनाले एक एकवटा बाँड्यौं । मासु काटेर सकेपछि आफ्नो भागको मासु लिएर घर आएँ । त्यतिबेला किलोको सय रूपैयाँ पर्दथ्यो । थारू जनजातिहरूका पाका पुराना वैद्य र मानिसहरूले दमको रोगिले यसको सेवन गरे पछि रोग निको हुन्छ भन्दथे । सायद यसको मासुमा पाईने पोषक तत्वको कारणले रोग निको हुन सहयोग पुग्दथ्यो होला । यो उभयचर प्राणी भएकोले यसको रोग प्रतिरोधात्मक शक्ति धेरै हुनु स्वाभाविक नै थियोे । र हो पनि । यसको मासु चाहिं अलिकति बिस्यानो हुन्छ ।
त्यसदिन हामीले त्यसैको तरकारी संग बिहानको खाना खायौं ।राप्ती नदिमा माछा मार्न का लागि बिभिन्नकिसिमका उपायहरू अबलम्बन गरि माछा मार्ने गरिन्थ्यो । साना देखि ठुला ठुला माछा मार्ने अनेकौं उपाय हरू थिए। हिउँदमा साना माछालाई भुक थापेर, झोङखेलेर, दुवालि थुनिसकेपछि ढडिया थापेर, ढुङ्गा माथि ढुङ्गा ले हानेर , रातिमा कपडा ,खर,वा सायकलको टायर जलाएर र पेट्रोम्याक्स बालेर त्यसको प्रकाश मा घरमा रहेका धारिला बस्तुहरूले माछा मार्ने गरिन्थ्यो । अहिले पनि ती सबै पद्धति हरू जारी छन् ।यद्यपि पेट्रोमेक्सको स्थानमा चार्जिङ लाईट र करेन्ट द्वारा पनि माछा मार्ने काम निकै बढेको छ जो निकै नै घातकसाथै गैरकानुनी छ। त्यसबाहेक जबराप्ति नदि मा बम हान्ने ,महाजाल चौंधि द्वारा माछा मार्ने काम सुरू भयो ,नदिका साना ठुला थुप्रै जातका माछाहरू लोपनै भए। मैले थाहपाउने बेला सम्म उदांर माछा जो सधैं पानी माथि टाउका निकालेर बगालका बगाल देखिन्थे ।तर ती माछा लोप भएको अहिले बीस बर्ष भैसकेको होला ।कहि कतै देखिदैनन्।त्यसतै भसेंढ, टेङगर रैन, पर्हनि ,आदि माछाहरू देखिन छाडेकाछन। यो कुरा निस्च पनि सुखद कदापि मान्न सकिदैन । यही क्रम नरोकिने हो र यसको लागि राज्यको तर्फबाट कडा कानुन बनाएर लागू नगर्ने हो भने अहिले पाईने माछा पनि लोप हुन दस बीस बर्षपनि लाग्ने छैन। जो हामी देउखुरी बासिकोलागि ,चिन्ता र लज्जा को बिषय हुनेछ ।राप्तिमा ठुला ठुला माछा बल्झाउन बर्षातकोबेलामा ठुलो भेल आएर जबपानी घटने समय हुन्थ्यो त्यतिबेला नदिकोदुबैकिनारको माटो लाई नदिको छालले दबाब दिएर काटने गर्दथ्यो र ठुला ठुला माटाका ढिस्काहरू – ओट खस्ने गर्दथे ।त्यो खस्दा त्यो माटोमा रहे किरारहरू, गडौला , आदि चिजबिज खानका लागि ती ठुला माछाहरू आउने गर्दथे ।त्यसता स्थानमा ठुलो बल्छिमा गड्यालहरू उनेर चारोसहित पानीमा बल्छि फाले पछि ठुला माछा बल्झन्थे। त्यसतो माछा बलाझाउने साधनलाई डगन भन्ने गर्दथे।माछा बल्झाउने त्यहि साधन थियो कछुवा बल्झाउने पनि । कछुवा को लागि ुबल्छिथाप्नु अगावै पहिले कछुवा देखिनु पर्दछ। यदि त्यो देखिएको छैन भने त्यहाँ डगन लगाउनुको कुनै औचित्यछैन। किनकि कछुवा जहाँ पायो त्यहीँ बस्ने गर्दैन । उभयचर प्राणी भएको ले उ ढिकमा पनि आएर बस्न रूचाउछं। वा भनौ उ अनिवार्य रूपमा त्यसतो ठाउँको खोजि गर्दछ।
कछुवा बल्झिएर गाउँमा खबर आउनु केही दिन पुर्व फलानो ठाउँमा कछुवा ले डुबुल्की मारेको देखियो ,वा फल्नाले छेउमा नै कछुवा हिड्ने गरेको चिन्ह देखे भन्ने आदि खबर का हल्ला हरू फैलिन्छन्। यसै पनि कछुवा जुनठाउमा देखिन्छ त्यहाँ अलिक लामो समय बस्ने गर्दछ।यसरी उसले आफु लामो समय बस्ने भै सकेपछि मात्रै बाहिर देखिने गर्दछ। त्यसको आधारमा कछुवा बल्झाउन खप्पिस टेकराम चौधरीले कछुवा बल्झाउने गर्दथे। कछुवा बल्झाउनको लागि खासमा उ लोभिने र उसले आखां चिम्लेर खाने आहाराहो जिउदो चरिङ्गा माछा । जसको ढाडमा बल्छि उनेर पानीमा छाडिदिएपछि त्यो माछा लामो समय जिवितनै रहन्छ र कछुवा ले चरिङ्गा माछा जिवित नैछ भनेर क्वापै खान्छ र बल्छि उसको मुखमा बल्झिन्छ।ठूलो कछुवा लाई छेउंमा ल्याएर।पल्टाएर टाउकोमा थिचेर मार्ने काम गर्ने गरिन्छ । क्रमशः


