भारतीय पुँजीवादको नाभी साम्राज्यवादी वित्तीय पुँजीसित जोडिएको छ

– तुहिन देव
पोलिटव्यूरो सदस्य, भाकपा (माले) रेड स्टार
१) भारतमा भर्खरै लोकसभाको चुनाव सम्पन्न भएकोछ । तपाईको पार्टीले यस चुनावलाई कसरी मूल्याङ्कन गर्यो ?
– लोकसभा चुनाव पछिको स्थितिबारे हाम्रो मूल्यांकन यो छ कि संसदमा घोर दक्षिणपंथी आरएसएस र भाजपा फासीवादी स्पष्ट रूपबाट कमजोर भएको छ । विपक्षको स्थितिमा अपेक्षाकृत सुधार भएकोछ । तथापि मनुवादी र ब्राम्हणवादी फासीवाद समाजको व्यापक र सूक्ष्म रुपमा गहिरो जरा गाडेकोछ । यसले गर्दा फासीवादको विरुद्ध रणनीतिक संघर्षलाई मजबूत बनाउनु परेकोछ । लोकसभा चुनाव भन्दा पछि पनि संसद भन्दा बाहिर फासीवादी हमला विना रोक–तोक जारी छ । जस्तो कि छत्तीसगढ़ ,मध्यप्रदेश जस्ता भाजपा शासित राज्यहरूमा अल्पसंख्यकहरू विशेषतः मुसलमान, ईसाइ तथा दलित, आदिवासीहरूका विरुद्ध गाई रक्षाको नाममा हिंस्रक हमला जारी छ । संसारको सबै भन्दा ठूलो र सबैभन्दा पुरानो फासीवादी संगठन आरएसएस द्वारा लोकसभा चुनावका बेला इस्लामोफोबिया (इस्लाम को डर देखाएर घृणा र विभाजनको विष)अहिले पनि फैलाउने काम भइरहेकोछ।
यसको साथै, एकातर्फ नागरिक संशोधन विधेयक (सीएए), समान नागरिक संहिता (यूसीसी) आदि सहित मुस्लिम विरोधीरअल्पसंख्यक विरोधी बहुसंख्यक हिन्दु राष्ट्र परियोजनाको विरुद्ध तथा अर्को तर्फ आर्थिक आरक्षण (भ्ध्क्) जस्तो ब्राÞह्मणवादी एजेण्डाको विरुद्ध पार्टी र वर्गरजन संगठनहरूको नेतृत्वमा रणनीतिक संघर्ष तेज पार्नु पर्दछ । घोर दक्षिणपंथी, कॉरपोरेट समर्थक, मजदूर विरोधी, किसान विरोधी, महिला विरोधी र पर्यावरणको दृष्टिबाट विनाशकारी नीतिहरू तथा संघवाद (फेडरलिज्म) विरोधी तथा निरंकुश कठोर कानूनहरूको विरुद्ध पार्टी र वर्गरजन संगठनहरूको नेतृत्वमा संघर्षलाई केन्द्रदेखि राज्य स्तर सम्म तीव्र पार्नु पर्दछ ।
२) हालै सम्पन्न निर्वाचनको परिणामले भारतमा कम्युनिस्ट पार्टीहरुको अवस्था कमजोर देखायो,होइन र ?
–तपाईंले भनेको कुरा सही हो कि भारतमा कम्युनिस्ट पार्टीहरूको अवस्था या वामपंथी आंदोलन कमजोर छ । यो ४८ औं लोकसभा चुनावमा देशका वामपंथी पार्टीहरूले मात्र ८ सिट जीत हासिल गरेका छन् । यो अलग कुरा हो कि यी पार्टी मा कति वामपंथ या कम्युनिज्म बचेको छ । हाम्रो विचारमा भारतका कम्युनिस्ट पार्टीहरू मध्येमा भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादी (माकपा ) र भारतीय कम्युनिस्ट पार्टी (भाकपा)ले वर्ग संघर्षको बाटो छोडेर वर्ग समझौताको बाटो अपनाइसकेका छन् । यी पार्टीहरूले माक्र्सवाद लेनिनवादको केवल नाम लिन्छन् तर यिनीहरू संशोधनवादी तथा सामाजिक जनवादी पार्टी बनिसकेका छन्।केरलको उदाहरण लिने हो भने हामीले देख्ने छौ“ कि तिनीहरू माक्र्सवादी कम्युनिस्ट पार्टी (सीपीएम) को नेतृत्वमा वाम मोर्चाको शासन छ तर यस लोकसभा चुनावमा उसले केरलमा एक सीट पनि प्राप्त गर्न सकेन किनकि मेहनतकश गरीब वर्गका मुद्दाहरूलाई छोडेर तिनीहरू नव उदारवादी आर्थिक नीतिलाई अपनाएर पू“जीवादी बाटो तर्फ लागेका छन् ।केरलमा वाम मोर्चा सरकारले एक बंदरगाहलाई अडानी जस्तो महाभ्रष्ट कॉरपोरेट घरानालाई सुम्पिदियो । त्यसको विरुद्ध जब त्यहा“का मछुआरेहरूले आन्दोलन गरिरहेका थिए माकपाका कार्यकर्ताहरू फासिस्ट आरएसएसका स्वयंसेवक तथा राज्य पुलिस दुवै सित मिलेर त्यस आन्दोलनलाई दमन गर्दै थिए ।
३) फासीवाद विरोधी मन्चका उद्देश्यहरू के के हुन् ?
– जनताको दुश्मन नंबर एक अडानी, अंबानी जस्तो महाभ्रष्ट कारपोरेट घरानाका लठैत मनुवादी फासिस्ट शक्तिहरू संसदीय संघर्ष, वर्ग संघर्षका नै अंश हुन् । यदि तपाईले भारतको मौजूदा ठोस परिस्थितिको ठोस विश्लेषण नगर्ने हो भने लेनिन ले भने जस्तै क्रान्ति हुन सक्दैन । मौजूदा परिस्थितिमा आरएसएस नव फासीवादी शक्ति जसको वैचारिक आधार घोर अमानवीय मनुस्मृति केन्द्रित मनुवादी ब्राम्हणवादी हिन्दुत्व हो । यसका विरुद्ध संसदीय र सड़क संघर्ष हरेक सच्चा कम्युनिस्टको लागि तात्कालिक कार्य हो ।यो लड़ाईमा कम्युनिस्ट क्रान्तिकारी संगठनहरूले आफ्नो मेहनतकश वर्ग एवम् उत्पीडित जनताको हित र एजेंडासित कुनै सम्झौता गर्नु हुन्न । हाम्रो इंडिया गठबंधन सित गहिरो मतभेद छ किनभने त्यसमा अधिकतर दल,जुन राज्यहरूमा सत्तामा छन् त्यहा“ कॉरपोरेट परस्त नव उदारवादी जन विरोधी नीतिलाई लागू गरिरहेका छन् । तर हाम्रो मान्यता यो छ कि इंडिया गठबंधन सित जोडिएको भाजपा विरोधी दल,फासीवादी होइनन्, पूंजीवादी तथा दलाल पु“जीवादी जरूर हुन् ।मौजूदा परिस्थितिमा आफ्नो मजदूर वर्ग र उत्पीडित जनताका हितका प्रश्नमा दृढ रह“दै हामी फासीवादी र गैर फासीवादी पार्टीहरूको अन्तरविरोधबाट लाभ उठाउनु पर्दछ र जनतालाई यस अमानवीय परिस्थितिबट तात्कालिक राहत दिलाउने प्रयास गर्नु पर्दछ ।जनताको जनवादी क्रान्ति र अगाडिको समाजवादी क्रान्तिको लागि मार्ग प्रशस्त गर्नु पर्दछ । जुन व्यक्ति, आरएसएस र भाजपासित बा“की राजनैतिक दलहरूलाई भिन्नता छुट्टाउ“दैनन,जो फासीवादी र गैर फासीवादी पार्टीहरूमा भिन्नता छुट्टाउ“दैनन, तिनीहरू माक्र्सवादी–लेनिनवादी हुन सक्दैनन् ।
भाकपा (माले) रेड स्टारले गत १० मार्चमा नागपुर (जहा“ फासिस्ट आरएसएसको मुख्यालय छ)मा अखिल भारतीय फासीवाद विरोधी जन कन्वेंशनको आयोजन गरेको थियो । यस कन्वेंशनमा कम्युनिस्ट क्रान्तिकारी दल, संघर्षशील दलित, महिला र अल्पसंख्यक संगठनहरूले भाग लिएका थिए ।कन्वेंशनको अन्त्यमा सर्वसम्मतिबाट नागपुर घोषणापत्र जारी गरिएको थियो। जसमा अखिल भारतीय स्तरमा लोकसभा चुनावमा जनताका दुश्मन कारपोरेट घरानाका दलाल आरएसएसर भाजपालाई परास्त गर्न, लोकतंत्र, संविधान, धर्मनिरपेक्षता, जाति आधारित आरक्षणलाई बचाउन तथा इस्लामोफोबियालाई मुखभरी जवाब दिन फासीवाद विरोधी मोर्चा बनाएर भाजपा विरोधी मतहरूको विभाजनलाई रोक्ने र फासिस्ट शक्तिहरूलाई जवाफ दिनका लागि देशव्यापी अभियान चलाइएको थियो ।हाम्रो पार्टीले कतिपय राज्यहरूमा हाम्रो जनाधार भएर पनि लोकसभा चुनाव लडेन किनकि हाम्रो उद्देश्य भाजपा विरोधी मतहरूलाई विभाजन हुनबाट रोक्नु थियो। तर इंडिया गठबंधनमा शामेल केही वामपंथी दलहरूले एक दोस्रोको विरुद्ध चुनाव लडेर आरएसएसर भाजपालाई अप्रत्यक्षरूपमा मदत पुर्याए ।
४) तपाईको पार्टीले भारतलाई साम्राज्यवादी होइन विस्तारवादी मान्दै आएको छ ।कारण के होला?
– भाकपा (माले) रेड स्टारले यो मान्यता राख्दछ कि भारत एक नव उपनिवेशिक देश हो। यसले छिमेकी देशहरुमा आक्रमक विस्तारवादी नीति लागू गर्दछ ।
भारतलाई नव साम्राज्यवादी देश मान्ने विचार जर्मनीबाट आयातित विचार हो । यो लाइनको सर्व प्रथम प्रवक्ता जर्मनीको पार्टी ःीएम् का तत्कालीन महासचिव स्टेफान एंगेल्स थिए। । उनकै विचारबाट प्रेरित भएर २०१५ मा लखनऊमा आयोजित भाकपा (माले) रेड स्टारको दशौ महाअधिवेशनमा पहिलो पटक ःीएम् जर्मनीका भाइचारा प्रतिनिधि कामरेड क्लॉजले भारत, इंडोनेशिया, ब्राजील, साउथ अफ्रीका सहित एशिया,अफ्रीका र लैटिन अमेरिकाका देशहरूलाई नव साम्राज्यवादी देश बताउ“दै एक पेपर प्रस्तुत गरेका थिए । तब महाधिवेशनमा आयोजित अन्तर्राष्ट्रिय सेमिनारमा रेड स्टारको तर्फबाट पहिले कामरेड शंकर, त्यस पछि कामरेड पी.जे. जेम्सले त्यस अवधारणाको विरोध गर्दै आफ्नो बिचार प्रकट गरेकाथिए । त्यसबेला देखि आज सम्म क्ष्ऋइच् जसमा ःीम्ए नेतृत्वमा रहेको छ । हाम्रो वैचारिक संघर्ष चलिरहेकोछ । । जर्मनीको ःीएम् को यस अवधारणालाई पेश गर्नु भन्दा पहिले कसैले यस बारेमा बोलेका थिएनन् । अहिले पनि एशियाली देशका कम्युनिस्ट पार्टीहरूमा केवल कामरेड मोहन विक्रम सिंहको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी ( मसाल) ले मात्र ःीएम् को कदम पछ्याउ“दै भारतलाई नव साम्राज्यवादी देश भनेको छ ।, अन्यथा अरु कुनै पनि कम्युनिस्ट पार्टीहरूले यस्तो विचार राखेका छैनन् । रेड स्टारले पछि नव साम्राज्यवादको अवधारणाको बारेमा सैद्धान्तिकरूपबाट खंडन गर्दै एक किताब पनि प्रकाशित गरेकोथियो । जुन किताबमा विस्तृतरुपमा भारत किन नव साम्राज्यवादी देश होइन भनेर खण्डन गरिएकोछ ।
रेड स्टारले यो मान्यता राख्दछ कि द्वितीय विश्व युद्ध पछि अमेरिकी साम्राज्यवादको नेतृत्वसा साम्राज्यवादी शक्तिहरूले पुरानो किसिमको प्रत्यक्ष उपनिवेशवादलाई त्यागेर नव उपनिवेशिक शासन र शोषणलाई अपनायो । साम्राज्यवादी शक्तिहरूले एशिया, अफ्रीका र लैटिन अमेरिकामा देखावटीरुपमा मुक्तिको नाममा सत्ता हस्तान्तरण गरे तर पर्दा पछिबाट अपनो दलाल शासक वर्ग मार्फत यी देशहरूलाई लुटने काम गर्दै आइरहेका छन् । भारतमा पनि यस्तै भयो । १९४७ पछि यहा“का दलाल शासक वर्ग पनि साम्राज्यवाद माथि नै भर परेकोछ । भारत पुरानो प्रकारको गुलामीको सट्टामा नया“ गुलामीको षड्यन्त्रमा फस्यो । महान बहसको दौरानमा कॉमरेड माओ त्से तुंगले भनेका थिए कि पुरानो प्रकारको उपनिवेशवादको सट्टा नव उपनिवेशवाद ज्यादा अनिष्टकारी र खतरनाक छ । किनकि यसमा विदेशी साम्राज्यवादी अगाडि देखिदैन । देशी दलाल शासक वर्ग सत्तामा देखिन्छ । तर राजनैतिक,आर्थिक, सामरिक सारा नियन्त्रण साम्राज्यवादी देश, क्ष्ःँ, ध्त्इ, ध्यचमि द्यबलप गठबंधन,बहुराष्ट्रिय कम्पनीहरूले गरेका हुन्छन् । निश्चितरूपले भारतको शासक वर्गलाई साम्राज्यवादको कनिष्ठ साझेदार मान्न सकिन्छ । भारतको पूंजीवाद कहिलै पनि आत्मनिर्भर या स्वतंत्र पूंजीवाद रहेन । बरु यसका नाभी नालको सम्बन्ध साम्राज्यवादी वित्तीय पूंजी सित छ । यसले गर्दा चाहे अडानी, अंबानी या मित्तल,टाटाले विदेशमा जति पनि कम्पनीहरू खरिद गरेका छन्, आफ्नो पू“जी र बजारको विस्तार ,साम्राज्यवादी वित्तीय पूंजीको साथ सहयोगमा उनीहरू सित मिलेर र उसको नियन्त्रणमा रहेर नै गर्न सकेका छन् ।
हाम्रो मान्यता यो छ कि भारतमा जनताको जनवादी क्रान्तिको एक महत्वपूर्ण कार्यभार साम्राज्यवादलाई उखेलेर फ्या“क्नु हो । हाम्रो जस्तो कृषि प्रधान देशमा कृषि क्रान्ति नगरी क्रान्ति सम्पन्न हुन्न । हाम्रो देशमा जनताको जनवादी क्रान्तिमा बुर्जुआ अन्तरवस्तु याने कि साम्राज्यवादको चंगुलबाट देशलाई सा“चो अर्थमा मुक्ति दिलाउने कार्य अहिले सम्म अधुरो नै रहेकोछ ।तब हाम्रो देश कसरी नव साम्राज्यवादी देश बन्न सक्दछ ? यो कुरा सा“चो हो कि यहा“ पुरानो किसिमको जनवादी क्रांति हुन सक्दैन बरु नया“ जनवादी क्रान्ति हुनेछ । जसमा अगुवाई मजदूर वर्गले गर्ने छ ।
दोस्रो कुरा, साम्राज्यवादको जूनियर पार्टनर देश हुनुको नाताले भारतले विस्तारवादी नीति लागू गर्दछ । जो पछिल्लो दश वर्षमा सबै भन्दा घोर दक्षिणपंथी फासिस्ट शक्तिहरूको शासनमा ज्यादा आक्रामक विस्तारवादी नीति बन्न गएकोछ । नेपाल, बांग्लादेश, भूटान, श्री लंका, माल्दिभ्समा उसले विस्तारवादी नीति अपनाउ“छ। संघी मनुवादी फासिस्ट शक्तिहरूले पाकिस्तानलाई चिर शत्रु ठान्दछन । भारतको मोदी सरकार बडे भाइले जस्तो दादागिरी गर्दछ (द्यष्न द्यचयतजभच द्ययककष्कm) भारतीय प्रतिक्रियावादी शासक वर्ग अमरीकी साम्राज्यवादको जूनियर पार्टनरको रूपमा दक्षिण पूर्व एशियामा पनि उसले साम्राज्यवादको हितको लागि सम्बन्ध बढाएको छ । हामीले भारतीय विस्तारवाद ,फासीवाद र साम्राज्यवादी शोषणको बिरुद्ध दक्षिण पूर्व एशियाको क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुलाई लिएर एक जुझारु समन्वय समिति बनाउने सोचाई बनाएकाछौ ।
५) तपाईको पार्टी दुई वर्ष पहिले बिभाजित भएको थियो । बिभाजन हुनुका सैद्धान्तिक र व्यवहारिक कारणहरू के के हुन् ?
– सितंबर २०२२ मा केरल राज्यको कोझिकोडमा भाकपा (माले) रेड स्टारको १२ औं पार्टी महाधिवेशन भएकोथियो । त्यो महाधिवेशनबाट एक सानो समूह बिभाजित भएर भाकपा माले क्रांतिकारी पहल (आर.ई.) निर्माण गरेका थिए । हाम्रो मतभेद पार्टी कांग्रेस भन्दा एक साल पहिले मसौदा दस्तावेज लेखन समय शुरू भए पछि भएको थियो । हामीले पार्टी कार्यक्रम,पार्टी संविधान,क्रान्तिको पथ,तात्कालिक कर्तव्यबारे प्रस्ताव सहितका दस्तावेजहरूलाई अध्ययन गरिरहेका थियौं । पार्टी कार्यक्रममा १९४७ मा भारतलाई औपचारिक मुक्ति (ँयचmब िक्ष्लमभउभलमभलअभ) र राजनैतिक मुक्ति (एयष्तिष्अब िक्ष्लमभउभलमभलअभ)मिलेको थियो भनेर लेख्नु पर्दछ भन्ने उनीहरुको भनाइ थियो । हामीले त्यस विचारको विरोध गरेका थियौ“ ।
दोस्रो कुरा, उनीहरू सित हाम्रो मतभेद यो थियो कि आरएसएसर भाजपा फासीवादका विरुद्ध मोर्चा बनाउ“दा माकपा,भाकपा जस्ता संशोधनवादी, वर्गसंघर्ष देखि विमुख वामपन्थीहरूलाई लिएर शासक वर्गको पार्टी कांग्रेसलाई पनि शामेल गर्नु पर्दछ भन्ने थियो । अरु त अरु भाजपा विरोधी गठबंधनू इंडियाू मा समेत शामेल हुनु पर्दछ भन्ने उनीहरूको भनाइ थियो । हामीले यस कुरालाई विलोपवादी सोंच बतायौं। मेहनतकश वर्ग तथा उत्पीडित वर्गहरूको एजेंडालाई तिलांजली दिएर बुर्जुआ पार्टीहरू सित गठबंधन गर्नु आफ्नो कम्युनिस्ट चरित्र र संघर्षशील विरासतलाई त्याग गर्नु हो भन्ने हाम्रो भनाइ थियो ।
उनीहरु मध्ये संजय सिंघवी र प्रदीप सिंह ठाकुरले त सीधा सीधा सामाजिक जनवादी माकपा, भाकपा जस्ता पार्टीहरूमा विलयको कुरा गरेकाथिए । त्यसरी महान नक्सलबाड़ी किसान विद्रोहको विरासत माथि गद्दारी गर्ने पहल गरिरहेका थिए । हामीले फासीवाद विरोधी मोर्चा लोकसभा चुनावमा बनायौ । तर हाम्रो मजदूर वर्ग र उत्पीडित वर्गको एजेंडाहरूलाई माथि उठाएर ,संघर्षशील फासीवाद विरोधी दलहरू र संगठनहरूलाई लिएर मोर्चा बनायौं ।
उनीहरूसित हाम्रो तेस्रो मतभेद पनि निकै महत्वपूर्ण थियो ।कोझिकोड केरल पार्टी कांग्रेसको निर्णयका अनुसार ‘जाति उन्मूलन आंदोलन ,लैंगिक समानताको लागि आंदोलन र पर्यावरण संरक्षण आंदोलनलाई वर्ग संघर्षको अविभाज्य हिस्सा मानिन्छ’ लाई पूरा जोडदिएर विरोध गरेका थिए । उनीहरू कहिलै पनि फासिस्ट आरएसएसको वैचारिक आधार मनुवादीर ब्राम्हणवादी हिन्दुत्वको विरुद्ध लड़ने र वर्ग संघर्षलाई जाति व्यवस्था उन्मूलन संघर्षलाई एक गराउने देख्न चाह“दैन थिए । जब पार्टी कांग्रेसमा प्रतिनिधिहरूले केन्द्रिय कमिटीका सदस्यहरूले जाति सूचक पदवीर टाइटल सहित ब्राम्हणवाद जनाउने शब्दहरू त्याग्न पर्यो उनीहरूले यो निर्णयलाई मान्न इन्कार गरिदिए । हामीलाई के लाग्दछ भने भारतमा पछिल्लो ढाई–तीन हजार वर्षमा जति पनि वर्ग संघर्ष चल्यो ती संघर्षहरूमा वेद समर्थक पुरोहितवादी मनुवादी ब्राम्हणवादी शासकहरूका विरुद्ध शोषित पीडित शुद्र अति शुद्र जनताको वर्गसंघर्ष नै थियो । जसमा अमीर सवर्णों (मुख्यत राजा, महाराजा,सामंत,जमींदार आदि) र दलितर उत्पीडित महिला, आदिवासी, अन्य पिछड़ा वर्गर समाजको बीचको संघर्ष नै वर्ग संघर्ष हो । आज पनि मेहनतकश वर्गको ९० प्रतिशत हिस्सा (मजदूर,गरीब किसान, खेतिहर मजदूर र गरीब मेहनतकश जनता) दलितर पिछडा उत्पीडित जातिहरू र अनुसूचित जनजातिर आदिवासी समुदाय स“ग सम्बन्धित छन् । भारतमा वर्ग संघर्ष र जाति उन्मूलन संघर्षको बीच गहिरो अन्तर्सम्बन्ध छ ।
६) केही समय पहिले तीन पार्टी मिलेर बनेको भाकपा माले (मास लाइन) प्रति तपाईको पार्टीको दृस्ठिकोण के हो ?
– भाकपा माले रेड स्टारबाट निस्किएको भाकपा माले आर आई, भाकपा माले न्यू डेमोक्रेसी बाट निस्किएको प्रजापंथा समूह र भाकपा माले पीसीसीबाट निस्किएको समूह मिलेर भाकपा माले मास लाइन बनेको हो । हाम्रो मान्यता छ कि यो एकता एक अवसरवादी एकता हो, सिद्धान्तहीन एकता हो। जहा“ मुख्य राजनैतिक विचार ,लाइन माथि समझौता गरेका छन् ।जस्तो कि रेड स्टारबाट छुटेकाआठ नेताका बीचमा पनि वैचारिक राजनैतिक एकता थिएन ।जस्तो कि संजय सिंघवी जब रेड स्टारमा थिए त्यतिबेला नै पार्टी लाइनलाई विरोध गर्दै एमएलपीडी जर्मनीले जस्तै भारतलाई एक नव साम्राज्यवादी देश मान्दथे ।प्रदीप सिंह ठाकुर,भारतलाई एक अर्ध उपनिवेषिक अर्ध सामंती देश मान्दथे । १९७० को पार्टी कार्यक्रमको जस्तै बाकी साथीहरूले जो हामीबाट अलग भए उनीहरुले रेड स्टार ले जस्तै भारतलाई एक नव उपनिवेशिक देश मान्दथे । तर पनि उनीहरूले रेड स्टारलाई छोडेर आफ्नो संगठन आर आई बनाए । त्यसैले हामीले त्यसलाई एक इंद्रधनुषी गठबंधन भन्ने गरेका छौ“ ।अब प्रजापन्थ जो न्यू डेमोक्रेसीबाट अलग भएकोथियो । त्यसले भारतलाई पू“जीवादी देश हो र क्रान्ति को चरण समाजवादी हुनु पर्दछ भन्ने मान्दथ्यो । पीसीसीबाट अलग भएको गुटले भारतलाई अर्ध उपनिवेशिक अर्ध सामन्ती मान्दथ्यो । जब क्रान्तिको चरण र राज्य सत्ताको चरित्रलाई लिएर नै उनीहरूमा एकता हुन पाएको छैन भने उनीहरुबाट क्रान्तिकारी आन्दोलन कसरी अगाडि बढ्ला ? सबै भन्दा उल्लेखनीय कुरा त के छ भने मास लाइनले कम्युनिस्टहरुलाई एकजुट गराउनु आफ्नो उद्देश्य बताउ“दछ। तर जसले आफ्नो पार्टीलाई नै एकता गराउन सकेको छैन, यदि मतभेदहरुलाई जनवादी केंद्रीयताको नीति बाट हल गर्न जोड दिने हो भने कसरी एकता कायम गर्लान् ?संक्षेपमा मास लाइन एक अवसरवादी गठबंधन हो र यसबाट देशको क्रांतिकारी आन्दोलनलाई कुनै लाभ मिल्ने वाला छैन ।
७) भारतमा लोक सभाको चुनाव भन्दा पहिले ठूलो किसान आन्दोलन चलेको थियो। अबको किसान आन्दोलन कसरी अगाडि बढ्ने छ ?
– १९ नवंबर २०२१ मा प्रधानमंत्री नरेंद्र मोदीले आफ्नो भाषणमा भनेकाथिए कि सरकारले काला कृषि कानूनहरुलाई फिर्तालिने छ । घोषणा अनुसार मोदी सरकारले यी तीन कानुन खारेज गरेको हो । यो कदम लाखौं किसानहरूको विजय थियो। चिसो, गर्मी र वर्षाको पर्वाह नगरी एक वर्षदेखि सडकमा ऐतिहासिक आन्दोलन गर्नेहरुको यो ठूलो जीत थियो । यो आन्दोलनमा लड्दै ज्यान गुमाएका सात सयभन्दा बढी शहीद किसानहरूको विजय हो । लखिमपुर खेरीमा मन्त्रीका छोराले मारेका किसान र तिनका परिवारको पनि यो जीत हो ।
हामीले ख्याल राख्नु पर्ने कुरा के छ भने यी सबै किसाहरुको हत्याका लागि फासीवादी मोदी सरकार जिम्मेदार छ । ऐतिहासिक किसान आन्दोलनको दौरान आरएसएसको नीति ,सरकार र उसको पालतू गोदी मीडियाले घृणा फैलाउने संस्कृतिलाई आफ्नो मुख्य हतियार बनाएर किसानहरूलाई खालिस्तानी आतंकवादी, माओवादी, आन्दोलनजीवी आदि–आदि ।
ऐतिहासिक किसान आंदोलनको नेतृत्व गर्ने वाला संयुक्त किसान मोर्चा (क्प्ः) ले घोषणा गरेको थियो कि एमएसपीको गारंटी, बिजली बिल २०२० को फिर्ता, विभिन्न राज्यहरूमा किसानहरू माथि दर्ज मुद्दा फिर्ता लिने, शहीद किसानहरूलाई न्याय र लखीमपुर खीरी हत्याकांडका सूत्रधार या मुख्य अपराधी केंद्रीय मंत्री अजय मिश्रा टेनी (भाजपाका बाहुबली केंद्रीय मंत्री यश पटक लोकसभा चुनावमा पराजित भए) माथि आपराधिक मुद्दा चलाउनु पर्दछ भन्ने हाम्र माग थिए । किसानहरूको संघर्ष जारी रहनेछ । कैयौं राज्यहरूमा क्प्ः को राज्य इकाईको नेतृत्वमा उपरोक्त मुद्दा माथि आंदोलन र अभियान चलिरहनेछ । किसान आंदोलनको नै प्रभाव थियो कि भाजपा उम्मीदवारहरूलाई पंजाब,हरियाणामा किसान जनता प्रचारमा गांवमा जान रोक लगाए ।लोकसभा चुनावमा पंजाबबाट भाजपा सम्पूर्णरूपले साफ भयो । हरियाणा,राजस्थान र पूर्वी र पश्चिमी उत्तर प्रदेशमा भाजपालाई हारको सामना गर्नु पर्यो । यो सब कारपोरेट–भगवा फासीवाद विरोधी लड़ाकू किसानहरूको कारण नै संभव भयो। आज जनताको एकताको जीत भयो ।
८) भारतमा मजदूर आंदोलनको अबस्था कस्तो छ ?
– अक्टूबर क्रान्ति पछि लगभग आधा शताब्दी सम्म संसारभर मजदूर वर्ग र उपनिवेशवाद विरोधी आंदोलनहरूले जोड पक्रिएको थियो । विशेष रूपले फासीवादी शासनको हार पछि र ब्रिटेनको नेतृत्व वाला उपनिवेशवाद पछिअमेरिकाको नेतृत्व वाला नवउपनिवेशवादमा परिवर्तन भयो । साम्राज्यवादी देशहरूमा बुर्जुआ शासनका साथ–साथ अफ्रिकी–एशियाई लैटिनर दक्षिण अमेरिकी देशहरूमा आश्रित शासनहरूलाई कुनै लोकतांत्रिक अधिकारहरुको स्वीकार गर्नको लागि बाध्य हुनु पर्दछ । ८ घण्टाको कार्य दिवस वैश्विक स्तरमा राज्यको नेतृत्वले कल्याणकारी नीति अन्तर्गत स्वीकृत छ ।तथापि, १९७० को दशक पछि साम्राज्यवादी संकट र अन्तर्राष्ट्रिय वामपंथले झेल्नु परेको वैचारिक–राजनीतिक झटकाबाट साम्राज्यवादद्वारा कल्याणकारी राज्यको अवधारणालाई छोडेको कारण नवउदारवादको आगमनको लागि मार्ग प्रशस्त भयो । जसले श्रम र प्रकृतिलाई लूटनको लागि कार्पोरेट पू“जीलाई बिना रोकतोक स्वतन्त्रता प्रदान गर्यो । पछिल्लो वर्षको कठिन संघर्षको माध्यमबाट मेहनतकश वर्गद्वारा आर्जित सबै लोकतान्त्रिक अधिकार खोस्न गैरहेकोछ । यस्तो समाजमा समयमा नै जब जोडदाररुपमा प्राविधिक प्रगतिले श्रमिकहरूको वास्तविक मजदूरीमा वृद्धि र कामको समयमा कमी ल्याउनुको सट्टा श्रमलाई उत्पादकतामा कैयौं गुणा वृद्धि गरेकोछ । वास्तवमा कॉर्पोरेट शक्तिहरूद्वारा मुनाफाका दर र पूंजी धन संचयले आकाश छोइरहेकोछ । जबकि कार्पोरेट धन संचय अहिले सम्म अज्ञात स्तरमा पुगेकोछ । श्रमिकहरूको अत्यधिक–शोषण र उनीहरूबाट अतिरिक्त–मूल्य निचोड़ने कार्य भयानक स्तरमा पुगेकोछ । नया“ उत्पादन र प्रसंस्करण प्रौद्योगिकिको समर्थनको साथै प्रतिक्रियावादी कॉर्पोरेट पूंजीले श्रमका एक नया“ अन्तर्राष्ट्रिय विभाजन शुरू गरेकोछ । जसलाई ‘लचीला विशेषज्ञता’ र कार्यबल को ‘वैश्विक अनौपचारिकीकरण’ भनिन्छ, जसले गर्दा कैयौं लाख श्रमिक बेरोजगारी, अल्परोजगार र संविदाकरणतर्फ अगाडि बढेको छ । यस प्रक्रियाले पूरा संसारलाई ‘बेरोजगारीको बंजर भूमि’मा परिवर्तन गरिदिएकोछ । २१ औं शताब्दीको ‘नया“ प्राविधिक क्रान्ति’ जेनेरेटिव आर्टिफिशियल इंटेलिजेंसको उद्भव र अर्थव्यवस्थाको तृतीयकरसेवा क्षेत्रमा यसको प्रयोगमा कुनै रुकावट छैन, जहा“ आज अधिकांश कार्यबल लागेको हुन्छ, यदि यसको विरोध नगर्ने हो र उचित तरिकाबाट यसलाई नबदल्ने हो भने सारा संसारका मजदूर वर्ग र पूरै मानवतालाई एउटा अप्रिय आपदमा धकेली दिनेछ ।
तथापि, अब साम्राज्यवादी देशहरू र नवउपनिवेशवादीरुपबाट उत्पीडित देशहरू, दुवैमा घोर दक्षिणपंथी नवफासीवादको ज्वार बढ्दो छ, श्रमिक वर्ग र सबै उत्पीडितहरूको स्थिति कमजोर हु“दै गैरहेकोछ । वैश्विक अरबपतिहरूको संख्यामाअभूतपूर्व वृद्धि र तिनीहरूद्वारा धन सम्पदामा वृद्धि भैरहेको छ ।
भारतको कुरा गर्नु हुन्छ भने यो सबै भन्दा अधिक आबादी वाला देश हो ।भारतमा आरएसएस, संसारको सबभन्दा ठूलो र सबभन्दा पुराना फासीवादी संगठन हो।आज यहा“ जसले प्रतिक्रियावादी फासीवादी शासनको बागडोर संहालिरहेकोछ ।
मोदी सरकार द्वारा प्रचलित ४४ श्रम कानूनलाई चार श्रम संहिताहरूमा परिवर्तित गरेर नवफासीवादी कदम बढाएकोछ — वेतन बारे संहिता, औद्योगिक संबंधबारे संहिता, सामाजिक सुरक्षाको संहिता र व्यावसायिक सुरक्षा, स्वास्थ्य र कामकाजी परिस्थितिको संहिता ।
भारतमा मजदूर वर्गको संख्या ५० करोड़ छ । जसमा ९० प्रतिशत भन्दा अधिक हिस्सा असंगठित र अनौपचारिक क्षेत्रमा कार्यरत छन् । जो आधारभूत जनवादी अधिकारबाट वंचित छन् ।
भारतमा ट्रेड यूनियन आन्दोलनको स्थिति राम्रो छैन ।ज्यादातर केंद्रीय ट्रेड यूनियन,संगठित क्षेत्रमा नै चासो राख्दछन।
अहिले कम्युनिस्ट क्रान्तिकारी साथीहरूको नेतृत्वमा संचालित संघर्षशील ट्रेड यूनियन (जसमा कॉमरेड आर मानसैय्याको नेतृत्व वाला त्ग्ऋक्ष् पनि शामिल छ) मोदी सरकारद्वारा थोपरेको कॉरपोरेटपरस्त चार लेबर कोडका विरुद्ध देश भर अभियान चलिरहेको छ ।
९) इजरायल–प्यालेस्टाइन युद्ध बारे तपाईको धारणा के छ ?
–इसराइलद्वारा प्यालेस्टाइनमा नरसंहार भइरहेको छ । भाकपा (माले) रेड स्टार त्यो नरसंहारको विरुद्धमा छ ।
अमेरिकी सहयोगमा जियोनवादीर यहूदीवादी युद्ध अपराधी इजराइलद्वारा अक्टूबर २०२३ देखि गाजामा प्यालेस्टाइनी अरबहरुलाई नस्लीय सफाया चलिरहेको छ। ।इसराइलद्वारा प्यालेस्टाइनको बचेखुचेका जनतालाई दक्षिणबाट उत्तर गाजा तर्फ रजाहमा बलपूर्वक पठाइएकोछ । अब हत्यारा राष्ट्र इसराइल, राफामा भीषण जनसंहार गरिरहेकोछ । आस पासका प्यालेस्टाइन इलाकाहरूमा इसराइलद्वारा करीब ४० हजार प्यालेस्टाइनीको हत्या गरियो ।जसमा एक तिहाई बच्चाहरूको हत्या गरिएकोछ । अस्पतालमा उपचार गराइरहेका बिरामी तथा शरणार्थी शिविरका शरणार्थीहरू मारिएका छन् ।
यो भीषण अपराधमा अमरीकी साम्राज्यवादबाट भरपूर हतियार र अन्य मदत मिलीरहेकोछ ।
१९४८ मा अमेरीका र ब्रिटेन जस्ता पश्चिमी साम्राज्यवादी देशहरूले बलपूर्वक प्यालेस्टाइनको जमीनबाट उनीहरूलाई विस्थापित गरी संसारभरिका यहूदीहरूलाई ल्याएर यरुशलम सहित पूरा प्यालेस्टाइनमा बस्ती बसालियो । अहिले जामा कत्लेआम जारी छ । साम्राज्यवादी देशहरू इसरायलको पक्षमा उभिएर जनसंहार प्रति ताली बजाइरहेका छन् ।
भारतका शासक वर्ग देखावटीरुपमा विश्व शांतिको गफ दिइरहेकाको छ । संयुक्त राष्ट्र संघद्वारा प्रस्तुत युद्धविरामको प्रस्तावको पनि भारतले समर्थन गर्दैन ।
‘तुरुन्त गाजामा युद्धविराम लागू गर्ने र नदी देखि समुद्रसम्म प्यालेस्टाइन मुक्ति को माग’लाई संसारभरिबाट जबरदस्त समर्थन मिली रहेकोछ । यूरोपका प्रत्येक देशका हरेक शहर मा यूरोप र अमरीकाको विभिन्न विश्वविद्यालयमा यसको समर्थनमा ठूलो संख्यामा विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन् ।
हामीलाई के लाग्दछ भने बर्बरता झेलिरहेका प्यालेस्टाइनका साथ आफ्नो एकजुटता कायम गर्नु सबै सच्चा कम्युनिस्ट शक्तिहरूको जिम्मेदारी हो। हाम्रो पार्टी दुई राष्ट्र सिद्धांतलाई मान्दैन । भाकपा (माले) रेड स्टार सम्पूर्णरुपले मुक्त प्यालेस्टाइनको पक्षमा छ । हामी इसराइललाई एक दुष्ट राष्ट्र र अमरीकी साम्राज्यवादको एक लठैत मान्दछ । आज प्यालेस्टाइनी प्रतिरोध संघर्षमा कामरेड लैला खालिद र कॉमरेड अल मेहरको नेतृत्वमा वामपंथी संगठन पीएफएलपी हमास आदि सबै शक्तिका महत्वपूर्ण योगदान छ ।
१०) रुस–यूक्रेन युद्ध सम्बन्धी तपाईको पार्टीको दृष्टिकोण के हो?
– साम्राज्यवादको गहिरो संकटको अभिव्यक्तिकोरूपमा अंतर–साम्राज्यवादी विरोधाभास र भू–राजनीतिक तनाव बढिरहेकोछ ।
रूस गएका भारतीय मजदूरहरूलाई रूसी शासकले रूसी सेना मा जबरदस्ती शामिल गरेर यूक्रेनका विरुद्ध लड़न पठाइरहेको छ । कैयौं भारतीय मजदूरहरूको युद्धमा मृत्यु भैसकेकोछ ।भारतमा त्यस प्रति आक्रोश उत्पन्न भैरहेको छ । भारत सरकारले रूसलाई आफ्ना मजदुरलाई सेनामा भर्ना नगर्न भनेकोछ ।भारत का फासिस्ट शासक वर्ग, साम्राज्यवादको जूनियर पार्टनर हो । त्यसैले उसले अमरीकी र रूसी दुवै साम्राज्यवादीहरू सित मोलतोल गर्दछ ।मोदी सरकार,रूसबाट कम मूल्यमा पेट्रोलियम खरीद गरी त्यसलाई ज्यादा मूल्यमा अर्को देशलाई बिक्री गर्दछ ।
११) भारतीय कम्युनिस्ट आन्दोलनका धाराहरूबारे जानकारी गराउनु न ।
–मेरो विचारमा भारतको कम्युनिस्ट आन्दोलनमा मोटोरुपमा भन्नू पर्दा तीन धारा छन् । पहिलो धारा हो –भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) अर्थात माकपा र भारतीय कम्युनिस्ट पार्टी अर्थात भाकपा । तथाकथित वाम मोर्चा वाला यस धारा मुख्यतस् संशोधनवादी या सुधारवादी धारा हो ।जसले वर्ग संघर्षको बाटो छोडेर वर्ग समझौताको मार्ग अपनाएको छ । यो धाराका पार्टीहरू संसदीय दलदलमा गहिरो स“ग भासिएका छन् । क्रान्तिद्वारा राज्य सत्ता कब्जा गर्ने यिनीहरूको कुनै उद्देश्य छैन । नवउदारवादी कॉरपोरेट परस्त नीतिहरूलाई अपनाएका छन् ।
दोस्रो धारा जसले संसदीय संघर्षलाई बहिष्कार गरेर केवल सशस्त्र संघर्षको माध्यमबाट देशको मुक्ति गर्ने ठान्दछ । भाकपा (माओवादी) अराजकतावादी र अति वाम धारा हो ।ये छत्तीसगढ़,झारखंड केही जंगल क्षेत्रमा सक्रिय छ ।
तेस्रो धारा जसले अति वाम अराजकतावादी र अति दक्षिणपंथी सुधारवादी दुवै अवसरवादी धाराको विरुद्ध संघर्ष गर्दछ । क्रांतिकारी जन दिशाको आधारमा एक क्रांतिकारी बोल्शेविक शैलीको कम्युनिस्ट पार्टी आवश्यक छ ।
यस धारामा भाकपा (माले) रेड स्टार,भाकपा (माले ) न्यू डेमोक्रेसी), पी सी सी भाकपा (माले) आदि कम्युनिस्ट क्रांतिकारी दल छन् ।
१२ ) हा“क साप्ताहिक मार्फत थप भन्नू केही छ कि ?
–हा“क साप्ताहिकको माध्यमबाट नेपालका मेहनतकश वीर जनताको नाममा एक संदेश दिन चाहन्छु –
नेपाल र भारतका जनताका बीच लामो समय देखि ऐतिहासिक सांस्कृतिक– सामुदायिक गहिरो मित्राता रह“दै आएकोछ । तपाईंहरूले २००६ मा नेपालको राजशाहीलाई प्रबल जनआन्दोलनद्वारा उ“खेलेर फ्या“क्नु भयो । नेपालमा सच्चा ‘लोकतंत्र’ जनताको जनवादी लोकतंत्रको स्थापनाका लागि सबै सच्चा वामपंथी,देशभक्त,जनवादी,शोषित पीडित, मेहनतकश जनता लगातार संघर्षरत हुनुहुन्छ । सच्चा लोकतंत्रको स्थापना ,जनताको जनवादी नेपालको रचनाको लड़ाईलाई हामी भारतवासी रुचिपूर्वक हेरिरहेका छौ“ र त्यसबाट प्रेरणा पनि लिइरहेका छौ“ ।
साथीहरू, तपाईहरू नेपालमा जनताको दुश्मन साम्राज्यवादी शक्तिहरू विशेष गरी अमेरीकी साम्राज्यवाद र उसको दलाल देशीय शासक कार्पोरेट–सामंती शक्तिहरू विरुद्ध लडिरहनु भएकोछ । त्यही किसिमले हामी भारतका जनता पनि, साम्राज्यवादको जूनियर पार्टनर कारपोरेट घरानाको लठैत संघी मनुवादी फासिस्ट शक्तिहरूको अत्याचारबाट बर्बाद भैरहेके छौ“ ।मौजूदा हालातमा हाम्रो देशमा दुनियाको सबै भन्दा पुराना र फासीवादी संगठन आरएसएसको । मार्गदर्शनमा फासिस्ट मोदीको भाजपा सरकारको शासनमा हाम्रो इतिहासको सबै भन्दा अंधकारमय अवधिमा हामी बा“चिरहेका छौ“ । यश कुरालाई भारत निवासी प्रवासी नेपाली मेहनतकश साथीहरूले पनि अनुभव गरेकै होलान् कि ७५ वर्षमा देशमा सबै भन्दा बढी गरीबी, भुखमरी, बेरोजगारी, अशिक्षा र मंहगाई छाएको छ ।अडानी अंबानी जस्ता महाभ्रष्ट कॉरपोरेट घरानाहरूको लूटबाट आम जनता तबाह भएकाछन । यिनीहरूको फासिस्ट संघी लठैत,एक बहुलतावादी ,बहुराष्ट्रीय,बहुधार्मिक,बहुजातीय,बहुभाषीय देश लाई बलपूर्वक एक कारपोरेट शासित हिंदुराष्ट्र बनउन जोडदार कोशिश गरिरहेका छन् । आरएसएसको वैचारिक आधार,भारत का संविधान होइन बरु मनुस्मृति हो । जसकाअनुसार तमाम दलितर उत्पीडित, आदिवासी,अल्पसंख्यक,महिला तथा गरीब मेहनतकश जनतालाई गुलामको दर्जा दिएको छ, मानवको रुपमा लिएकोछैन । आफ्नो बहुुसङ्ख्यक हिन्दू राष्ट्र निर्माण गर्न काश्मिरदेखि मणिपुरसम्म, हाथरस उत्तर प्रदेशदेखि नुह हरियाणासम्म घृणा र विभाजनको राजनीतिका आधारमा धर्म र जातिका नाममा उन्माद मच्चाएका छन् । उनीहरूको जनविरोधी नीतिको विरोध गर्नेहरू या त जेलमा छन् वा मारिएका छन् ।
भारत के मौजूदा सत्ताधारी संघी मनुवादी फासिस्ट शक्तिहरू, नेपाल सहित तमाम छिमेकी देशहरूका पनि दुश्मन हुन् । यिनका रवैया नेपाल प्रति घोर विस्तारवादी है।ये कलिमती, लिंपियाधारा आदि मुद्दे पर नेपाललाई धम्काउने र दादागिरी दिखाउने गर्दछ ।आरएसएस फासिस्ट गैंग,नेपालमा राजशाही र हिंदुराष्ट्र पुनः स्थापना गर्ने षड्यंत्रमा लागेकोछ । नेपाल भित्र पनि घृणा र विभाजन की साजिश रचिरहेकोछ
यस प्रकारको माहौलमा हामी सबै प्रगतिशील शक्तिहरू मिलेर मानवताको शत्रु साम्राज्यवाद,फासीवाद र प्रतिक्रियावादी शक्तिको विरुद्ध लडेर शोषणहीन र जनताको जनवादी नेपाल र भारतको स्थापनाको लागि लड़नु पर्दछ । म भाकपा (माले) रेड स्टारको तर्फबाट नेपाली मेहनतकश जनता र हा“क साप्ताहिक पत्रिकाका पाठकहरूलाई के विश्वास दिलाउन चाहन्छु भने तपाईहरू सित हरेक संघर्षमा हामी एकजुट भएर लड्ने छौ“ र का“धमा का“ध मिलाएर अगाडि बढ्ने छौ“ ।
इंकलाब जिन्दाबाद १
साम्राज्यवाद,फासीवाद मूर्दावाद १
समाजवाद नै एकमात्र विकल्प १
नेपाल र भारतका जनताको जुझारु एकता जिन्दावाद १

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित