मान्छे (खण्डकाव्य )बारे

–डा. गोविन्दप्रसाद आचार्य
यस काव्यभन्दा पूर्व लेखिकाको दुई खण्डकाव्य र एउटा कविता सङ्ग्रह युगको आह्वान (२०७५), भान्से महिला (२०७६), कालीको वेग (२०७७) मा प्रकाशित छन् । सबै पाठकहरूले विगतका कृतिहरूको अध्ययन गर्ने अवसर प्राप्त गरी सकेका छन् । पात्र र आख्यानको आकार छोटो भएकाले यसलाई महाकाव्य भन्न मिलेन । आठ सर्ग भएको महाकाव्य हुनुपर्ने हो । तर महाकाव्यका आवश्यक तत्व नभएका कारणले यसलाई खण्डकाव्य भन्नु नै उचित हुन्छ । यस खण्डकाव्यमा आरम्भमा गरिएको वैचारिक विश्लेषण अन्तिम खण्डमा सन्तुलन मिलाएर निष्कर्ष स्वरूप दिइएका छन् । हाम्रा सामाजिक परिवेशलाई लिएर देखापरेको यो मौलिक खण्डकाव्य सामाजिक दृष्टिले पनि उपयुक्त छ ।

यसभित्र समाजका अन्तर विषयहरू ज्यादै गहिरो रूपमा प्रस्फुटन भएर आएको देखिन्छ । परम्परागत रूपमा विकसित हुँदै आएको समाज जसले श्रम प्रतिको उपेक्षा गर्दै आयो, श्रमिकहरू प्रति पेसाका आधारमा विभेद उत्पन्न ग¥यो बनाएका सरसामानहरू सबैका लागि उपयुक्त हुने तर सामान बनाउनेहरू सिर्जना र सीपका धनी हुन् भन्ने मान्यता नराख्ने तिनीहरूलाई उपेक्षा र घृणा गर्ने जस्ता मानव सभ्यताले पछ्याउन नसक्ने विषयहरूका बारे यहाँ राम्ररी चर्चा गरिएको छ । समाज वर्गीय हुन्छ संसार वर्गीय छ, वर्गीय रूपमा देखापरेको अन्तर्विरोध यस काव्यमा राम्ररी प्रस्ट पारिएको छ । यदि मानिस कोही बिरामी भैहाल्यो भने ब्लड बैङ्कबाट रगत लगेर उसलाई प्रयोग गरिँदै यो कुन जातिको रगत हो भनेर उसले सोध्न सक्ला ? त्यहाँ कुनै जाति देखा पर्दैन, केवल बाँच्ने आशा देखा पर्छ । त्यही हाम्रो समाज विकसित र सुन्दर हुन्छ भन्ने कुरामा कसले विवाद गर्ने र प्रश्न उठाउने ठाउँ छैन । कविताको भाकामा पाठकहरूको मन छुने गरी लोकलयको भाका पछ्याउँदै विगत र वर्तमानका समस्याहरू काव्यका माध्यमबाट जनजनको मन सफा गरी यिनलाई मानवीकरण गर्न यस काव्यले प्रभावकारी रूपमा भूमिका खेल्ने छ । उत्ताउलो प्रेमका काव्य लेख्नेहरूलाई काव्यभित्र समाज कसरी प्रवेश गराउनुपर्छ भन्ने प्रभावकारी शिक्षा यस काव्यले दिन्छ । समाजलाई यथास्थितिवादमा अलमल्याएर सिङ्गो समय र युगलाई ठग्नेहरूको चित्रणका विषयमा यस काव्यले गहिरो गरी पाठ पढाएको छ । पेसा जसले जे गरे पनि हुन्छ भन्ने मान्यता यस काव्यको रहेको छ । विगतका काव्य कवितामा पनि यस्ता विषयवस्तुहरू उठाइएको छ । तर यस काव्यमा काव्यको लय भाषा परिस्कृत गर्दै तिनै विचारलाई अझै विस्तृत गरिएको छ । दलितहरूको विषयमा विदेशबाट पैसा ल्याएर खाने तर काम केही नगर्ने प्रवृत्तिलाई यस काव्यको मनस्थितिले चोटिलो व्यङ्ग्य प्रहार गरेको छ । समाजको वर्ग विश्लेषणमा यस काव्यले गहिरो गरी आफ्नो छाप छोडेको छ । पाठकहरूले पढ्दै जाँदा लोपोन्मुख शब्दहरू समेत शिष्ट र परिष्कृत भाषामा पढ्न पाउने छन् । कविता विगतका भन्दा लय बद्ध हुदै आएको छ मानव जातिको
सृष्टीदेखि नै लयको भूमिका प्रभावकारी रूपमा रहेको छ । विगतमा भन्दा काव्यको भाषा समेत सुध्रिएको छ । कतिपय ठाउमा अक्षरको घटीबढी र विभक्तिको प्रयोग गर्ने अभाव देखिए तापनि यसलाई त्रुटि मान्न सकिन्न यो काव्यको विशेषता हो । आगामी दिनमा पनि यस प्रकारका काव्यहरू नेपाली समाजलाई खाँचो छ । सशक्त क्रान्तिकारी चेतना निरन्तर प्रयोग गरेर समाजमा नविन परिवर्तन आउन सक्छ भन्ने वैचारिक भाव भूमिबाट यो काव्यको रचना भएकोले मैले ठोस रूपमा त्रुटिहरू फेला पार्न सकिन यति प्रभावकारी र सशक्त काव्यलाई एक एक त्रुटि केलाएर निहुँ खोज्नु समयको खर्च गर्न मात्र हो तसर्थ मैले देख्दा सुरुदेखि अन्तिमसम्म विचारको सन्तुलन ज्यादै राम्रोसँग मिलाइएको छ । कताकता लेखनाथको ‘ऋतु विचार’ लेखनका दृष्टिले शास्त्रीय छन्दमा भए पनि यस काव्यको कवित्व कोषकाव्यसँग मिल्दोजुल्दो स्थिति देखिन्छ । यस प्रकार यस काव्यका गुण दोषतर्फ भन्दा सामाजिक विषयवस्तु ज्यादै प्रभावकारी रूपमा आयो । मान्छेले मान्छेलाई हेर्ने दृष्टिकोण यस काव्यमा छर्लङ्ग पारियो । सबै पाठकहरूले काव्य पढ्दा मसिनो गरी लेख्दै विषयवस्तुलाई ज्यादै कवित्वतर्फको प्रयोगमा ध्यान दिइएको छ । कविता खोज्नेले लोक कविता प्राप्त गर्न सक्छ, विषयवस्तु खोज्नेले
गहिराइ प्राप्त गर्न सक्छ भन्ने मेरो मान्यता रहेको छ ।

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित