अधूरो क्रान्ति पूरा गर्नुपर्छ ।

करण दयाल
प्रवासीका समस्या यस्तै हुने गर्छन्
प्रवासीहरू यसरी बिना तुक मर्छन्
पढ्ने बिद्यार्थी या मजदुर यस्तै मर्छन्
जसको बोल्नेवाला छैन त्यसैलाई मार्छन।

छोरीलाई न्याय मिल्छ भन्ने आसै छैन
विदेशमा हाम्रो आफ्नो भन्ने कोहि छैन
हाम्रो देशको सरकारको आस छदैछैन
स्वतन्त्र देशका नागरिक हामी हुदैहैन।

किन यस्तो भोग्नु पर्छ सँधै नेपालीलाई।
मानसम्मान विदेशमा नेपाली नागरिकलाई
इज्जत छैन हत्या हिंसा मात्रै छ नेपालीलाई
श्रमको शोषण मात्रै गरिन्छ नेपाली लाई।

लम्सालको हत्या कलेज भित्रबाट गरियो
बाँकी बिद्यार्थीलाई लखेटेर बाहिर गरियो
हौस्टलबाट बिद्यार्थी रोडमा बेसहारा पारियो
बिद्यार्थी बेखर्चि रोडमा पैदल जाने बनाइयो ।

नेपाली बिद्यार्थी रोडमा अलपत्र परेका छन
छोरीहरू रोडमा बेसहारा रूदै हिडेका छन
कलेजमा सुरक्षा छैन एक्लै हिडेका छन्।
उनीहरू एक्लै हिडेर आपतमा रहेका छन।

प्रकृति लम्सालको आत्महत्या होइन हत्या हो
घटना दिनको उज्यालो झै छर्लङ्ग र सत्य हो
नेपाली बिद्यार्थी मात्रैनभै देशलाई धम्की दियो
नेपालको बजेट भन्दा युनिभर्सिटीको ठुलो भन्न पुग्यो।

यी समान्य कुराहरू देशको लागि गरिन्छ
एउटा कलेज पनि देशलाई अपहेलना गरिन्छ
एकजना व्यक्तिले देशलाई धम्की सहित बोलिन्छ
हाम्रो देशको सरकारले चुपचाप सुन्ने गरिन्छ ।

त्यसैले हामी आफ्नो सुरक्षा आफै गर्ने गरौं
देशको अर्थतन्त्र कम्जोर छ त्यसैलाई ध्यान गरौं
अर्थतन्त्र किन कम्जोर भयो होला खोज्ने गरौं
देश यस्ते कम्जोर होत? यहाँ पट्टि हेर्ने गरौं।

देशका नागरिक ,समाज , सुरक्षाको कुरा आयो
देशका नागरिक बचाउनु देश परिवर्तन गर्नप¥यो
देशका युवाहरू समयमै ध्यान राख्नु पर्ने भयो
काम नलाग्ने पार्टीका पछाडि किन लाग्न पर्यो।

क्रान्तिकारी कम्युनिस्ट पार्टीले रेखांकन गर्दैछ
देशको सबै भेगहरूमा कार्यक्रम दिरहने गर्दैछ
देश र जनताका मर्महरू सधैं जनप्रस्तुत गर्दैछ
क्रान्तिकारी कम्युनिस्ट पार्टी देशमा कदम चाल्दैछ।

जनआन्दोलन जनसंघर्ष तीव्रगति चलेका थिए
ती आन्दोलन गर्ने पार्टीहरूलाई आफ्नै पारा थिए
देशको लागि नभएर नेताको फाइदाको लागि थिए
जन संघर्ष जन आन्दोलन त भए फाइदामा नेता रहे।

त्यसकारण क्रान्ति अधुरो रह्यो अब पूरा गर्नपर्छ
सैद्धान्तिक वैचारिक संरचनाबाट पोख्ता हुनु पर्छ
देशको युवाशक्ति देशको लागि अगाडि आउनुपर्छ
देशको लागि सम्पुर्ण युवाहरू कर्तव्यबोध हुनुपर्छ ।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित