जन सम्बन्ध विस्तार अभियानको सातौं दिन कुन टोलीले के कार्यक्रम गर्दैछ ?

 

चैत्र – १०,काठमाडौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा प्रचार प्रसार ,सदस्यता वितरण ,जनभेटघाट, वालपेन्टिङ ,सभा,जुलुस लगायतका कार्यक्रम सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको छ ।

टोली नम्बर १ ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना पाँचथरको चियोभन्ज्याङबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यो टोली धनकुटाको सिंधुवामा हिजो बेलुकी बास बस्यो ।आज धनकुटाको विभिन्न ठाउँमा जनभेटघाट , प्रचारप्रसार र कोण सभाको कार्यक्रम गर्ने छ ।

टोली नम्बर २ ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना झापाको काँकडभिट्टाबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले आज विहानमा मोरङको बिराटचोकमा कार्यक्रम गर्दै छ । यो अभियान टोली आज सदरमुकाम विराटनगर तिर लाग्दैछ ।

टोली नम्बर ३ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना कञ्चनपुरकोे गड्डाचौकीबाट चैत्र ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले चैत्र १० कैलाली जिल्लाको धनगडी ,फूलबारी ,हसुलिया र मसुरियामा कोण सभा ,जनभेटघाट लगायतका कार्यक्रम गर्ने छ ।

टोली नम्बर ४ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना बैतडीको
झुलाघाटबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यो टोलीले आज विहानमा डोटीको शिलगडीमा पत्रकार सम्मेलन गर्दै छ । यस टोलीले दिउँसो डोटीको दिपायलमा कोण सभा ,जनभेटघाट लगायतका कार्यक्रम गर्ने छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित