जन सम्बन्ध विस्तार अभियानको आठौं दिन कुन टोलीले के कार्यक्रम गर्दैछ ?

चैत्र – ११,काठमाडौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा प्रचार प्रसार ,सदस्यता वितरण ,जनभेटघाट, वालपेन्टिङ ,सभा,जुलुस लगायतका कार्यक्रम सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको छ ।

टोली नम्बर १ ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना पाँचथरको चियोभन्ज्याङबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यो टोली हिजो धनकुटाको सिंधुवा, जोरपाटी ,तेलिया लगयतका स्थानमा कार्यक्रम गर्दै हिजो बेलुकी धनकुटा सदरमुकाम आइपुगेको छ ।आज विहानै टोलीले धनकुटा सदरमुकाममा वालपेन्टिङ गर्दै छ र दिउँसो धनकुटा बजारमा कोण सभा गर्ने छ ।
टोली नमर २ ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना झापाको काँकडभिट्टाबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले आज विहानमा मोरङको बुढिगङ्गा गाउँपालिकाको गङ्गा चोकमा कोण सभा सम्पन्न गर्यो । आजै टोली मोरङ जिल्ला छाडेर सुनसरी जिल्ला प्रवेश गर्दै छ ।

टोली नम्बर ३ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना कञ्चनपुरकोे गड्डाचौकीबाट चैत्र ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले चैत्र ११ गते बिहान कैलाली जिल्लाको पहलमानपुरमा एक कोण सभा सम्पन्न गरेको छ । घोडाघोडी नगरपालिकाको आमफाटामा खाना खाएर साढीपानी,बौनिया,मसुरियामा कार्यक्रम गर्दै बेलुकी लम्कीमा बास बस्ने छ ।
टोली नम्बर ४ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना बैतडीको
झुलाघाटबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यो टोलीले आज विहानमा डोटीको सदरमुकाम शिलगडीमा एक कोण सभा सम्पन्न गरेको छ । यस टोलीले डोटीको फ्लोटमा भित्तेलेखन गरेर ,त्यस क्षेत्रमा प्रचारप्रसार गरेर डोटीबाट अछाम प्रवेश गर्दैछ ।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित