चैत्र – १२,काठमाडौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा प्रचार प्रसार ,सदस्यता वितरण ,जनभेटघाट, वालपेन्टिङ ,सभा,जुलुस लगायतका कार्यक्रम सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको छ ।
टोली नम्बर १ ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना पाँचथरको चियोभन्ज्याङबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यो टोली पाँचथर , तेह्रथुम हुँदै धनकुटाको सदरमुकाममा हिजो कार्यक्रम सम्पन्न गरेर आज धनकुटाको पश्चिम छिन्ताङ र आँखी सल्ला लगायतका गाउँमा कार्यक्रम गर्ने योजना बनाएको छ ।
टोली नमर २ ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना झापाको काँकडभिट्टाबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले आज विहानमा सुनसरी जिल्लाको बुढा सुब्बा डांडाँमा कोण सभा सम्पन्न गरेकोछ । अभियान टोलीले चिनियाँ चोकमा कोण सभा गरे पछि दिउँसो धरान नगरपालिकाको भानु चोकमा एक अन्तर्कृया कार्यक्रम गर्दै छ ।
टोली नम्बर ३ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना कञ्चनपुरकोे गड्डाचौकीबाट चैत्र ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले चैत्र १२ गते बिहान लम्कीचुहा नगरपालिका ६ , चैनपुरमा स्थानीय बासिन्दाको बिचमा अभियान टोलीले छलफल अन्तरक्रिया कार्यक्रम गर्यो। अभियान टोली प्रमुख तथा पार्टीका स्थाई समिति सदस्य कृष्णराज पौडेलले समसामयिक तात्कालिक राजनीतिक विषयमा र किसानहरुको हक अधिकारका बिषयमा बोल्नु भएको थियो। कार्यक्रम अभियान टोली सदस्य तथा संयोजक अम्बिका मुडभरी ( अञ्जना ) ले पनि महिला आन्दोलन र अधिकारको बिषयमा बोल्नु भयो। अभियान टोली सदस्य नारायण योगीले सिमली छायाँमा बसी भन्ने गीत गाउनु भएको थियो। कार्यक्रमको सहजीकरण शेरबहादुर देउवाले गर्नु भएको थियो।
अभियान टोलीले क्रान्तिकारी किसान महासंघ नेपाल चैनपुर टोल समिति गठन गरेको छ।
अध्यक्ष–पुष्कल वुढा
उपाध्यक्ष– कृष्ण विष्ट
सचिव– डण्डी प्रशाद ढकाल
कोषाध्यक्ष– पार्वती जैसी
सदस्यहरू–दिपक बि क
डिल्ली बटाला
कुम्भ विष्ट
कालु बि क
करबिर देउवा
भगी देउवा
अमर देउवा
प्रसादले देउवा
लोक बहादुर देउवा
बहादुरे देउवा
सल्लाहकारस् लोक बहादुर बि क
क्रान्तिकारी महिला संगठन चैनपुर टोल समिति गठन गरेको छ।
अध्यक्ष –देवसरा उपाध्याय
उपाध्यक्ष– विपना देउवा
सचिव –कृष्णा कलेल ९ देउवा०
सदस्यहरू–खगीसरा बि क
पदमा देउवा
मिना देउवा
सिता ढकाल
सरश्वती देउवा
पार्वती जैसी
मना देउवा
वसन्ती देउवा
कोकिला देउवा
सरस्वती महरा
पुष्पा देउवा
अमृता देउवा
पवित्र देउवा
टोली नम्बर ४ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना बैतडीको
झुलाघाटबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यो टोलीले आज विहानमा अछामको जयगढीमा कोण सभा गर्दै छ ।त्यस पछि यो टोली रामरोशन पुग्नेछ र बेलुकी अछामको सदरमुकाम मंगलसेन पुग्नेछ ।

