चैत्र – १५,काठमाडौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा प्रचार प्रसार ,सदस्यता वितरण ,जनभेटघाट, वालपेन्टिङ ,सभा,जुलुस लगायतका कार्यक्रम सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको छ ।
टोली नम्बर १ ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना पाँचथरको चियोभन्ज्याङबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यो अभियान टोलीले पाँचथर , तेह्रथुम हुँदै धनकुटा हुँदै अरुण नदी तरेर भोजपुर प्रवेश गरी जुलुस ,कोण सभा र वालपेन्टिङ ,पर्चा वितरणका कार्यक्रम गरिरहेकोछ । अभियान टोलीले आज विहान भोजपुरको तिवारी भन्ज्याङबाट हिडेर हिले भन्ज्याङमा पर्चा वितरण गरी श्यामशिला भन्ज्याङमा कोण सभा गरेकोछ । अभियान टोली आज दिउँसो भोजपुर जिल्लाको सदरमुकाम भोजपुर बजार पुग्दैछ ।
टोली नम्बर २ ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना झापाको काँकडभिट्टाबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यो टोली आज सुनसरी जिल्लाबाट चतराको बाटो हुँदै उदयपुर जिल्लाको रामपुरबजार प्रवेश गर्दै छ । त्यहाँ अभियान टोलीलाई स्वागत गरिदै छ ।
टोली नम्बर ३ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना कञ्चनपुरकोे गड्डाचौकीबाट चैत्र ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले चैत्र १५ गते आज बर्दिया जिल्लाको सदरमुकाम गुलरिया बजारमा मिटरब्याज ,लघुबित्त,सहकारी ठगी बारे अन्तरक्रिया गर्दैछ । अन्तर्कृया कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा तीन नम्बर ब्युरो ईन्चार्ज लाल बहादुर जाग्रीले कार्यपत्र पेश गर्दै हुनुहुन्छ । अन्तरक्रिया पछि बर्दियाको गुलरियामै कोण सभा कार्यक्रम हुने बताइएकोछ ।
टोली नम्बर ४ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना बैतडीको
झुलाघाटबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यो टोली डढेल्धुरा,डोटी,अछाम हुँदै अहिले दैलेखको गाउँ गाउँमा कार्यक्रम गरिरहेकोछ । आज विहानमा अभियान टोलीले दैलेखको चामुण्डा बिन्द्रासैनीको वडा नम्बर ५मा स्थानीय सित कुराकानी गर्यो । आज सोही पालिकाको जम्बु काँध ,बुढेली, चाल्ने चौतारा,भैरबी गा . पा. कोखम्बोगाडे बजार,टाडीमाडीमा कार्यक्रम गर्दैछ ।

