वाल्टिमोर ,२१ चैत्र । अमेरिकाको मेरिल्याण्ड राज्यका राज्य विधायक सदस्य डा. ह्यारी भण्डारीका भाई कोशिशले यस पटक चुनाव जित्ते कोशिश गरिरहेका छन् । अमेरिकाको मेरिल्याण्डको वाल्टिमोरमा रहेको नेपाली सामाजिक संस्था वानाको निर्वाचन नजिकिए सँगै उमेदवारहरुको घरदैलो र चुनावी अभियान आक्रामक रुपमा अगाडि बढेको छ ।आफुले चुनावी अभियानलाई व्यापकता बनाएको कोशिशले बताए । कोशिशले स्वतन्त्र रुपमा आफनो नेतृत्व टिमनै खडा गरेर संस्थापनका उमेदवारहरुलाई चुनौति दिदै चुवाब जित्ने लक्ष्य नजिक पुगेको दावी गरेका छन् । यहि ६ तारिकमा वानाको निर्वाचन हुदै छ । भण्डारीको टिम र अरु २ टिम गरी गरी तिन छुट्टा छुट्टै टिम अहिले निर्वाचनमा होमिएको छ ।
तीनवटै समुहले आ आफुले चुवाव जित्ने दावी सहित यतिखेर मतदाताको घरघरमा भोट माग्न पुगिरहेका छन् । करिव ४ हजार ८ सय मतदाता रहेको वाना नेपालीहरुको निकै ठुलो संस्थाका रुपमा स्थापित भएको छ । समग्र मेरिल्याण्डका नेपालीहरुलाई समेट्ने गरी बृहत वानाको अवधारण बनाएर आफु समकालीन , मध्यकालीन र दिर्घकालीन योजना सहित टिमनै खडा गरी निर्वाचनमा होमिएको भण्डारीको दावी छ । उनले विज्ञ र युवा टिम बनाएर अहिले मतदाताका घरघरमा भोट माग्न पुगिरहेका छन् । मतदाताकोमा पुग्दा निकै उत्साह र हौसला पाएको भण्डारीको दाबी छ । भण्डारी सफ्ट्वयर ईन्जिनियर हुन् । उनीसँग दाजु ह्यारीको टिममा बसेर सामाजिक काम गरेको राम्रो अनुभव पनि रहेको र उनले वानाको नेतृत्व गर्न पाए भने उदाहरणीय र सफल काम गरेर देखाउन सक्ने उनका सारथीहरुको दावी छ ।
उनकै टिमकी वरिष्ठ उपाध्यक्षको उमेदवार डा .एकता कोईरालाले आफुहरुमाथि मतदाताको विश्वास निकै बढेको र आफुहरुले चिुनाव जित्ने दाबी गरेकी छन् ।टिम कोशिशमा उपाध्यक्षमा गणेश भट्राई,महासचिवमा तारा खरेल न्यौपाने, सचिवमा जनक पुन मगर, कोषाध्यक्षमा राजेन्द्र रेग्मी, बोड अफ डाईरेक्टमा अर्जुन क्षेत्री, डम्मर वस्नेत,डा कृष्ण विष्ट , निर्णय प्रधान र राजिव क्षेत्री उम्मेदवार रहेका छन् ।सन् २००५ मा स्थापना भएको सामाजिक संस्था वानाले नेपाली समाजको हित र विकासका लागि धेरै कामहरु गरेको छ । संस्थाले आफनै भवनबाट नेपाली समाजलाई सेवा गरिरहेको छ । ४ हजार ८०० बढी सदस्य संस्थामा आवद्ध रहेका छन् ।
वानाको विकासमा सांसद डा. ह्यारी भण्डारीको ठुलो योगदान रहेको अगुवाहरु बताउछन् । ३ वर्षको कार्यकाल हुने वानामा तीनै वर्षमा गर्ने आफ्नो कार्य एजेन्डा तयार गरेको देखिन्छ ।भण्डारीले पहिलो वर्षमा बिद्यार्थी सहायता केन्द्र स्थापना, सरकारी समन्वलाई प्रभावकारी, आर्थिक पारदर्शीता,समग्र मेरिल्याण्डमा रहेका नेपालीका संघ संस्था संग सहकार्य, विकेन्द्रिकृत वाना अवधारण बनाएका छन् । त्यस्तै दोस्रो वर्षमा काठमाण्डौको विमान स्थलमा मेरिल्याण्डसुचना डेक्स स्थापना,वानामा नेपाली पुस्तकालय स्थापना, व्यवस्थित सदस्यता प्रणाली लागुगर्ने बताएका छन् । त्यस्तै तेस्रो वर्षमा वाना सामुदायीक केन्द्रको स्तरोन्नतिर विस्तार, नेपाली सांस्कृतिक संग्राहलय निर्माण लगाएतका योजना बनाएका छन् ।
आफ्नो नेतृत्वको टिम वानामा निर्वाचित हुनासाथ नेपालीको रोजाईमा वाना, विश्वविद्यालयमा वाना,नव आगन्नतुकका लागि वाना, संस्कार संस्कृतिको संरक्षणमा वाना,नया पुस्ताका लागि वाना,खेल र युवा सँग वाना र बा आमा सँग वाना कार्यक्रम लागु गर्ने पनि उनले बताए । यी सबै कार्यक्रममले समग्र लाई समेट्ने उनको दावी छ । निकै उत्साहका साथ कोशिस गरेका कोशिशले आफनो कोशिस सफल हुने दावी गरेका छन् । टिमनै निर्वाचित हुने उनको दावी छ ।
![]()

