रामबहादुर बुढा
प्रारम्भ ः
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गत चैत्र ४ गतेदेखि “जनसम्बन्ध विस्तार अभियान” संचालन गरिरहेको छ । यो अभियान २०८२ वैशाख १८ गते मई दिवसको दिन समापन हुनेछ । जनसम्बध विस्तार अभियान पार्टी र जनताको सम्बन्ध जोड्ने अभियान हो । यो जनताका दुःख र पीडालाई उनीहरुकै घर आँगनीमा पुगेर नजिकैबाट जान्ने बुझ्ने अभियान हो । जनतालाई मुक्तिको मार्गको जानकारी दिने अभियान पनि हो ।
पार्टीको केन्द्रबाट गठित ४ वटा टोलीले पूर्व निर्धारित कार्यतालिका अनुसार कार्यक्रम अगाडि बढाइरहेको छ । गत चैत्र ४ गते ४ वटा टोलीले चार ठाउँबाट पाँचथरको चियोभञ्ज्याङबाट पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीस, झापाको काँकडभिट्टाबाट स्थायी समिति सदस्य हरिभक्त कंडेल, कञ्चनपुरको गड्डाचौकीबाट स्थायी समिति सदस्य कृष्णराज पौडेल र बैतडीको झुलाघाटबाट स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीले यो अभियानको उद्घाटन गर्नु भएको थियो र उहाँहरुले नै अहिले अभियान टोलीहरुको नेतृत्व गरिरहनु भएको छ । त्यसबाहेक देशभित्र पार्टीका १६ वटै व्यूरोमा पनि चैत्र ४ गते उद्घाटन गरी जनसम्बन्ध विस्तार अभियान चलिरहेको छ । (नोटः एकाध व्यूरोमा ४ गते उद्घाटन हुन सकेन)
केन्द्रीय अभियान टोलीमा ः छुटिने र जोडिने क्रमः
केन्द्रीय अभियान टोलीमा चैत्र ४ देखि अहिलेसम्म लगातार हिंड्ने सदस्यहरु, र केही सदस्यहरु बीचमा जोडिनु र छुट्ने क्रम पनि जारी छ । अभियान सुरु भएको आधा महिना पूरा भयो र अझ पूरा एक महिना त अभियान अवधि बाँकी नै छ । रामसिंह श्रीसले नेतृत्व गर्नु भएको टोलीमा रामसिंह श्रीस (क्रा.क.पा.ने., स्थायी समिति सदस्य), चन्द्रहरी सुवेदी (क्रा.क.पा.ने, पिविएम), सुरेन्द्र भण्डारी (क्रा.क.पा.ने. पोलिट्व्यूरो सदस्य), डिल्ली बोहोरा (क्रा.क.पा.ने, केन्द्रीय सदस्य), दोर्जी शेर्पा (क्रा.क.पा.ने, केन्द्रीय सदस्य), शारदा महत (क्रान्तिकारी महिला संगठन नेपाल, केन्द्रीय समिति सहसंयोजक), अनु निरौला (क्रा.क.पा.ने. केन्द्रीय सदस्य), बालकृष्ण सुवेदी (क्रान्तिकारी किसान महासंघ नेपाल सचिवालय सदस्य), टेक बहादुर वि.क., (केन्द्रीय संयोजक, एकीकृत दलित मुक्ति मोर्चा नेपाल), ईश्वर तिमिल्सीना (केन्द्रीय संयोजक, क्रान्तिकारी टे«ड युनियन महासंघ नेपाल), प्रभात भट्टराई (केन्द्रीय सहसंयोेजक, अनेरास्ववियु, क्रान्तिकारी), बसन्त जर्घामगर (विद्यार्थी, सिन्धुली), तारा तुम्बाहाम्फे (जिल्ला सचिव, तेह्रथुम, क्रा.क.पा.ने), राजकुमार राई (जिल्ला सचिव, भोजपुर, क्रा.क.पा.ने) यो टोलीमा प्रायः अभियानकर्मीहरु सुरुदेखि नै लगातार यात्रारत हुनुहुन्छ । सरेन्द्र भण्डारी चैत्र १३ गते टोली नं. दुईलाई आफू १६ नं. व्यूरो इन्चार्ज भएको नाताले १६ नं. व्यूरोबाट १५ नम्बर व्यूरोलाई टोली हस्तान्तरणका बेला मोरङ पुगेर पुनः अभियानसित जोडिन भोजपुर पुग्नु भयो । एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक टेकबहादुर वि.क. र विद्यार्थी नेता प्रभात भट्टराई धनकुटाबाट जोडिनु भयो । भोजपुरको चखेवाभन्ने ठाउँबाट सुरेन्द्र भण्डारी, डिल्ली बोहोरा, बालकृष्ण सुवेदी, तारा तम्बाहाम्फे लगायत अभियानबाट छुटेर फर्किएर पुनः आफ्नो कार्यक्षेत्रमा जानुभएको छ ।
टोली नं. २ मा हरिभक्त कंडेल (स्थायी समिति सदस्य, क्रा.क.पा.ने) , कृष्णदेव दनुवार (पिविएम, क्राकपाने) , नारायण शर्मा (केन्द्रीय सदस्य, क्रा.क.पा.ने), क्षेत्रबहादुर थापा (केस. क्राकपाने), बाबुराम सुवेदी (केस, क्राकपाने), अम्बिका रेग्मी (बैकल्पिक केस, क्राकपाने), रंगवीर दोङ, (बैकल्पिक केस. क्राकपा ने), शोभा सेन्चुरी (केन्द्रीय कार्यालय सदस्य, एकीकृत दलित मुक्ति मोर्चा नेपाल), उहाँहरु लगातार यस टोलीमा हुनुहुन्छ । अम्बिका रेग्मी सुनसरीबाट जोडिनु भएको थियो । स्वास्थ्य उपचारका लागि सिराहाबाट उहाँ छुट्नु भयो । व्यूरो नं. १५ र १६ अभियानमा हिंडनु भएका पार्टीका केन्द्रीय सदस्य योगेन्द्र ढकाल, विमल निरौला, राधा खतिवडा, सुमन पराजुली लगायत सुनसरीबाट छुट्नु भयो । मोहन तामाङ(के.स.,क्राकपाने) ले उदयपुरमा समय दिनुभयो र उहाँ पनि सिराहाबाट छुट्नु भयो ।
टोली नं. ३ मा कृष्णराज पौडेल (स्थायी समिति सदस्य, क्रा.क.पा. ने), चक्रपाणि शर्मा (पी.वी.एम, क्रा.क.पा.ने) , नारायण योगी ( पिविएम क्राकपाने), अम्बिका मुडभरी (पिविएम, क्राकपाने), शेरबहादुर देउवा (पिविएम, क्राकपाने), दिलबहादुर कडायत ( सिसिएम, क्राकपाने), जितामित्र सुनार (बैकल्पिक पि.वि.एम, क्रा.क.पा.ने) , झनक श्रेष्ठ (केन्द्रीय सदस्य, क्रा.क.पा.ने), दिपक विष्ट (बैकल्पिक केस, क्राकपाने), टंक कोइराला (बैकल्पिक के.स. क्राकपाने) यस अभियानमा हुनहुन्छ । लालबहादुर जाग्री (पिविएम, क्रा.क.पा.ने) को जिम्मा चार नं. टोलीमा भए पनि ३ नं. व्यूरोको इन्चार्ज भएका हिसाबले उहाँ बाँके र बर्दियाको कार्यक्रममा आउनु पर्ने भएकाले टोली नं. ३ सँग जोडिनु भएको हो । अम्बिका मुडभरी स्वास्थ्य उपचारका लागि चैत्र १६ गते टोलीबाट छुट्नु भएको छ ।
टोली नं. ४ मा हेमन्त प्रकाश ओली (स्थायी समिति सदस्य, क्रा.क.पा.ने), धनेश्वर पोख्रेल (पिविएम, क्रा.क.पा.ने), रामबहादुर थारु (पिविएम, क्राकपाने), मिलन ओली (के.स, क्राकपा ने), होमबहादुर खड्का हुकम (केस.क्राकपाने), दिनेश थापा (केस, क्राकपाने), नविन खड्का (केन्द्रीय सचिवालय सदस्य, अखिल (क्रान्तिकारी), लोकेन्द्र खड्का (के.स, क्रान्तिकारी युवक संघ नेपाल), मोहन ठगुन्ना (दार्चुला) लगायत यो टोलीमा हुनुहुन्छ । दिपक शाही (बैकल्पिक पिविएम, क्राकपाने) दैलेखबाट यो अभियानमा जोडिनुभएको छ । अभियानमा शुरुदेखि जोडिएका पार्टीका पिविएम केवि गुरुङ डडेल्धुराबाट छुट्नु भयो । अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य नविन खड्का डडेल्धुराबाट जोडिनु भएको हो ।
भित्ते लेखनः
आजभोलिको डिजिटल युगमा भित्ते लेखन पुरानो प्रचारशैली कतिपयलाई मन नपर्न सक्छ । तर तीनवटा पार्टी मिलेर क्रा.क.पा.ने गठन भएको हो । सर्वसाधारणको बीचमा पार्टीलाई परिचित गराउन, स्थापित गराउन भित्ते लेखन एउटा माध्यम हो । यो कुरालाई हृदयगमन गरेरै अभियानका चार वटै टोलीले भित्ते लेखनलाई महत्व दिएका छन् । टोली नं. १ मा दोर्जी शेर्पा, चन्द्रहरी सुवेदी लगायत टोली नं. २ मा क्षेत्रबहादुर थापा, रंगवीर दोङ, कृष्णदेव सिंह दनुवार,टोली नं. ३ मा जितामित्र सुनार, दिलबहादुर कठायत, दीपक विष्ट, झनक श्रेष्ठ र टोली नं. ४ मा हेमन्त प्रकाश ओली, धनेश्वर पोख्रेल, नविन खड्का लगायतले भित्तेलेखन गरिरहनु भएको छ ।
श्रम शिविर
अहिलेसम्म (यो १५ दिनको अवधिमा) टोली नम्बर २ र ३ ले अभियानकै क्रममा श्रम शिविर संचालन गरेको छ । टोली नं. २ ले मोरङ र उदयपुरमा, टोली नं. ३ ले कैलालीमा अभियानकै क्रममा श्रम शिविर संचालन ग¥यो । श्रम शिविरबाट जनतासितको भावनात्मक सम्बन्ध बलियो गराउन मद्दत पुगेको अभियानकर्मीहरुले महशुस गर्नु भएको छ । श्रमलाई सम्मान, श्रमिकलाई इज्जत गर्ने संस्कृति विकास गर्न यस्ता शिविरबाट मद्दत पुग्ने अभियानकर्मीहरुले विश्वास लिनु भएको छ । टोली नं. ४ ले पनि डडेल्धुरामा छोटो समय श्रममा भाग लिएको थियो ।
जुलुश, कोणसभा र पर्चा वितरण
चारवटै टोलीको यो अनिवार्य दैनिकी बनेको छ– विहान उठेर नित्यक्रम ग¥यो, झोला बोक्यो, बजारक्षेत्रमा गाउँमा बाटाघाटामा पर्चा वितरण ग¥यो, चोकमा उभियो माइकबाट अभियानको महत्व बतायो । जे जस्तो सम्भव हुन्छ जुलुश ग¥यो ।
अभियानमा सांस्कृतिक कार्यक्रम
टोली नं. २ र ३ ले अभियानमा सांस्कृतिक कार्यक्रमलाई जोडेको छ । नारायण शर्मा अखिल नेपाल जनसांस्कृतिक महासंघका सचिवालय सदस्य र रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष हुनुहुन्छ । २ नं. टोलीले अभियान टोलीले कोणसभा गरिरहेका बेला शर्माले “मधेशी पहाडी हिमालका हिमाली” जस्ता गीत गाउनु भएको छ । “सानो सानो बुकुरो” गीतमा अभिनय गर्नुभएको छ । उता अखिल नेपाल जनसांस्कृतिक संघका सहसंयोजक नारायण योगीले पनि तराई क्षेत्रमा टोली नं.३ मा कतिपय ठाउँमा थारु भाषाका गीत त कतिपय ठाउँहरुमा जनवादी नेपाली भाषाका गीत गाउनु भएको छ । टोली नं. ४ ले पनि सुर्खेतको गुटुमा सांस्कृतिक प्रस्तुति दिएको थियो ।
सामाजिक संजाल ः
यो अभियानमा अभियानकर्मीहरुले टिकटक, युटुव, फेसबुक जस्ता सामाजिक संजाललाई प्रयोग गर्नु भएको छ । टोली नं. २ ले सबैभन्दा बढी टिकटक बनाएको छ । यसमा नारायण शर्मा र शोभा सेन्चुरीको विशेष भूमिका रहेको छ । टोली नं. ३ ले अभियानका क्रममा आरक्ष पीडित, सहकारी लघुवित्त, बैंक पीडितहरुसितका अन्तक्र्रियालाई फेसबुक लाइभ गरेको छ । दीपक विष्ट यो टोलीमा जोडिएपछि श्रम शिविर स्थल कैलालीबाट उहाँले युट्युव बनाउनुभयो । टोली नं. ४ मा लालबहादुर जाग्री र नविन खडका लगायतले सामाजिक सन्जाललाई व्यवस्थित गर्न कोशिश गर्नुभएको छ ।
अन्त्यमा
केन्द्रबाट गठित ४ वटा टोली बाहेक व्यूरो र जिल्लाहरुले पनि जनसम्बन्ध विस्तार अभियान संचालन गरिरहेका छन् । यो अभियानले जनतासित पार्टीको सम्बन्धलाई बलियो बनाउनु योग पु¥याउने छ ।
जनसम्बन्ध विस्तार अभियान पार्टी र जनता जोड्ने अभियान
Comments

