–किसनबहादुर
सपना थियो सुनौलो नेपालकोे निर्माण गर्ने
आशा थियो सर्वहारा को मुक्ति गर्ने।बाँचा थियो संसार बदल्ने
बीच बाटामा आयो हावाहुरी त्यो हावाहुरीले बाटो बिर्साइदियो
फुट र जुटको श्रृङ्खला चलिरह्यो
जनताका सपना कल्पनामात्र रह्यो ।
एकथरी नेता संसदीय व्यवस्थामा रमाए
एकथरी नेता क्रान्तिको ज्योति बाल्दै छन्
अर्को थरी नेता क्रान्तिको ज्याति निभाउदै छन्
तर पनि क्रान्तिको ज्वाला गरिबको भुँडीमा हुर्किएको छ।
भुँडीमा हुर्किरहेको क्रान्तिको शिशुको गर्भपतनको खेल चलिरहेको छ
विश्व औद्योगिक इतिहासलाई हेर्दा इतिहास कहिले पनि पछाडि फर्किदैन
इतिहास कहिले पनि अगाडि बढ्छ।
इतिहासलाई साँचो अर्थमा बुझ्नु आफुले आफुलाई जाँच्न पर्छ
मान्छे जन्मे पछि मृत्यु वश्य छ
तर पुर्नजन्म कहिले हुदैन
त्यस कारण इतिहास कहिलै पछाडि फर्किन।
विश्वस्तरमा राजतनन्त्र समाप्त भइसकेको छ
नेपालमा अझै मृत भइसकेको राजतन्त्रलाई पुनर्जीवित गर्न खोजिरहेका छन्
राजाको रैतीबाट बल्ल नेपाली जनताले मुक्तिको पाएको छ
देश गणतन्त्रमा प्रवेश गरिसकेको छ।
कथित राजावादीहरुले सडकमा चिच्याउँदैमा
राजसंस्था फर्किन्छ भन्नु र सपनामा विवाह गरेर देखाउछु भन्न एउटै हो
त्यस कारण आफ्नो बुद्धिले जोगी बन्नु अर्काको बुद्धीले राजा न बन्नु नेपाली उखान छ
आफ्नो देश बनाउँन नेपाली जनता नैं कसिनुपर्छ विदेशीको भरमा होइन ।

