अहो कस्तो बेला आयो (कविता )

टिका सुवेदी

अहो कस्तो बेला आयो
मकै छर्ने बेला गुज्रीन थाल्दैछ
ब्यस्त अति ब्यस्त देख्छु तिमीहरुलाई
आफ्नो मान पद कुर्सी र हैकम्यता मा
पानी परेर भिजीसकेको बारी सुक्दैछ।

२, ४ गेडा मकैका बिउ यसो फ्याक्ने फुर्सद रैनछ क्यारे है
अब कसरी अबका २ ,४ बर्ष पछिलाई
त्यही २,४ गेडा मकैका बिउ जोहो गर्न सक्छौ र तिमीहरुले,
कसरी फल्लान र कठै ती २,४ गेडा मकैका दाना
जब तिमी अहिले अन्तै अन्तै ब्यस्त भईरहेका छौ।

समय घर्के पछि हतारिएर मकैका घोंगा लाग्ने बेला,
माटो बर्षाले हिलाम्य भएको बेला,
बचेका ति २,४ गेडा मकैका बिउ छर छार पारेर त
मन बुझाउने बाटो मात्र हुनेछ,
तर ती २,४ मकैका गेडा (बिउ) पनि बर्षातसंगै कुहिएरै जानेछन ।

अनि मकैका गेडाको अनिकाल लाग्नेछ
अनि बल्ल तिमीहरुलाई छटपटी हुनेछ,
अनि बल्ल तिम्रो होस चेत खुल्नेछ,
अब के गर्ने भनेर,

अब त तिमीहरु के नै गर्न सक्छौ र ?
समय यस्तो ग़लत चलिरहेको बेला।

कुर्ची मोह सत्ता मोहको जोड घटाउले गर्दा
आफ्नो काम कर्तव्य र जिम्मेवारीलाई बिर्सेर
व्यक्तिगत स्वार्थ तिर,
यो महत्वपूर्ण समयलाई बर्बाद बनाईरहेका छौ तिमीहरुले

तिमीले तिम्रो अहिलेको स्थान कसरी बनेको थियो र
कसले बनाईदिएको थियो
त्यति मात्र के तिमी सम्झन सक्छौ त ?

अहँ सक्दै सक्दैनौ
कसैगरी पनि सक्दैनौ।
किन की
तिमी संग दंभ छ
तिमी संग पावर छ
भ्रष्टाचार गरेको सिनो छ बाकस भरी
अनि कसरी सम्झन सक्छौ त ?

समय घुमिरहेको छ
तिम्रा खेलहरु सकिने बेला आईरहेको छ
तिमीहरुका लागि एक पुषले जाडो सकिएला
तर तिमीलाई तिम्रो स्थान र हैसियत बनाईदिनेहरुको
पुष प्रत्येक बर्ष आईरहन्छ
झस्काईरहन्छ।

सत्ताको फोहोरी खेलमा
भ्रष्टाचार गर्न मोलतोल गर्न
अहिले तिमीहरुलाई फुर्सद छैन।

हो तिमीहरु अन्तै ब्यस्त छौ,
तिमीहरु अन्तै आफ्नै दुनियामा छौ।

तर अहिले
जनताहरुको चुलोमा निराशा बढिरहेको छ।
१८ बर्ष ननाघेका नाबालाक र नाबालिकहरु समुन्द्र तरिरहेका छन।
ठूलो जहाज चढिरहेका छन
लाखौ ऋण बाबु आमाको थाप्लोमा हालेर सुख र शान्तिको लागी,
किन कि बाध्यता बनाईदिएको छ यो सरकारले।

डाक्टर बन्ने, ईन्जिनीयर बन्ने, पाईलट वकिल अनेक
बन्न सक्ने त्यो कलिलो दिमागमा
यहाँ अहिले
किचेनका जुँठा भाँडा कसरी चम्काउने,
होटेलका बेड कसरी मिलाउने,
यो महंगीको रासन कसरी भर्ने,
कलेजको फ़ी कसरी जम्मा गर्ने,
महंगो कोठा भांडा कसरी पुरा गर्ने
भनेर
नसुती नसुती ज्यान फालेरै,
ज्यानकै माया मारेरै,
जे होला होला भनेरै,
अमुल्य जिनदगीको सम्झौता गर्दैछन परदेशमा।

कास,
यहि स्तरको पढाई नेपाल मैं भएको भए,
छोटा समयका रोजगार ९पार्ट टाईम जब० नेपालमै पाउन सक्ने बातावरण नेताहरुले बनाईदिन सकेको भए,
बाबु आमाको काखमा बस्ने बेला,
बुबा आमाको केयर चाहिने बेला,
पढ़ाई गर्न अनी सुनौलो भविष्य बिदेशमा बाहेक छैन भनेर
पढ्न आउन बाध्य ति निर्दोषहरु।

आउन त पढ्ने भनेरै आएको त हो तर,
पढाई संगै दुख गर्न सके अनी मेसो मिले
२र४ हजार कमाएर आउदाको ऋण तिरौला भन्ने नै थियो।

घरमा ७ बजे सम्म बाबु आमालाई घुर्काएर खाएका
कतिपय ज्यानलाई दुख संघर्ष त सिकाएको छ यो परदेशले
तर अपरिपक्व ति कलीला दिमागमा पनि कति धेरै असर परिरहेको होला।
कतिपय संघर्ष नबुझेका र संघर्ष देखी डराउनेहरुले
आफु आएको बाटो सदाको लागी बिर्सीसकेका छन।
बाबु आमालाई ऋण साथै पिडा बढाईरहेका छन।

यो सबै हुनुको कारण
यिनै भ्रष्ट नेता, दलाल, बिचौलीया नै हुन।

हो यस्तो बेला
सम्झने हामीहरुले तिमीहरुलाई नै थियो
गुहार्ने हामीहरुले तिमीहरुलाई नै थियो
तर तिमीहरु
बिमुख छौ।

म भन्छु यो बेला
सक्छौ भने

रोज़गारी सिर्जना गर,
आफ्ना लाई मात्र पोष्ने काम नगर,
कल कारख़ाना खोल,
बिश्व बिधालयहरु त छन तर पढ्ने वातावरण पनि सिर्जना गर।

तिम्रो काम के हो त?
जनताको पिर मर्का बुझ्ने।
मर्का के के मा छ त्यो बुझ्ने।
महंगीलाई सन्तुलन बनाउने।

भोली
अनि २र४ गेडा मकैका बिउ नरहे जसरी
हामी पनि त्यस्तै पो हुने हौ कि ?
भोली बिहान हामीहरु रहेनौ भने
तिमीहरुलाई फेरी त्यो कुर्चीमा सत्तामा कसले पुर्याईदिने?
फेरी तिम्रो दंभ कसले बढाईदिने?

त्यसैले म भन्छु।
कुन समयमा के गर्ने त्यो बुझ्ने गर।
समय सकिएपछी जती गर्छु भने पनि हुनेवाला छैन।
यस्तो अवस्थामा जनतामुखी भएर सेवा गर।

राजनीति गर्ने भनेको हामी जनतासंग हातेमालो गरेर गर्ने हो।
बेला यहि हो भोलीको दिन गरीबका घरमा फेरी हात जोड्दै फर्कन सक्ने वातावरण बनाउने।

त्यसैले
अहिले सत्ता गिराउने चलाउने खेलमा नलाग।
अहिले जे समस्या आईपरेको छ त्यो समस्यासंग जुध्न सबैजना जुन पार्टीका भएपनि मिलेर अगाडी बढ।
पहिलो प्राथमिकता भनेको जनताको स्वास्थ्य सुरक्षा मा ध्यान देऊ।
जनताले यो अवस्था पार गर्न सकेभने मात्र भोलीका दिनमा तिमीहरु हामीहरुको घरदैलोमा नाक फुलाएर हिड्न पाउनेछौ।

नत्र भने तिम्रो राजनीतिक भविष्य माटोमा मिलाउन सक्ने क्षमता हामीहरुकै हातमा छ।

गुल्मी,हाल जापान

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित