चेन्नई । अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समिति अन्तर्गत कोयम्बेडु र मोगापेर एरियाको संयुक्त प्रथम सम्मेलन १३ अप्रेल २०२५ का दिन चेन्नईको त्रिमंगलममा सम्पन्न भएको छ। संयुक्त सम्मेलनको अध्यक्षता सिता घिमीरेले गर्नु भयो। अतिथिको आशान ग्रहण पछि शहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलार्इ शब्दबाट मैना अधिकारीले र गीतर संगीतबाट रक्तिमका कलाकारहरुले आउ है एकताको झन्डामुनि भन्ने गीत द्वारा स्वागत गरेका थिए। प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य अर्जुन केसीले मैनबत्ती बालेर संयुक्त एरिया सम्मेलनको उद्घाटन गर्नु भएको थियो। सम्मेलन सफलताको शुभकामना दिनेहरूमा क्षेत्रीय सदस्य डिल कुमार नेपाली, भिम बहादुर थापा, रक्तिम बाट प्रेम गोतामे, चेन्नै दक्षिण नगर बाट नारायण पौडेल, पश्चिम नगर सदस्य जीवन थापा, हिरा पौडेल, अर्जुन हमाल, खेमनाथ न्यौपाने, दिपक पौडेल, हेमनाथ सापकोटा र वलराम चापागाइ रहनु भएको थियो।
सम्मेलनले कोयामवेडु एरिया तर्फ उमानाथ ढकालको अध्यक्षतामा १३ पूर्ण २ बैकल्पिक र ५ सलाहकार गरी २१ सदस्यीय कोयमबेडु एरिया समिति चयन भएको छ ।जसमा उपाध्यक्ष खोमनाथ शर्मा, सचिव वुद्धी प्रसाद रेग्मी, सह सचिव हिरा पौडेल, कोषाध्यक्ष मोहदत्त शर्मा, सदस्यहरू सुनिता बस्याल, मैना अधिकारी, देवी रिजाल, दिपक पौडेल, उजेली शर्मा, भूपि पौडेल विष्णु पाठक, नविन पाठक, वैकल्पिक सदस्य मान बहादुर थापा, बलराम चापागाइ, सलाहकार, चन्द्रश्वर शर्मा, शान्ता रसाईली, चोवनाथ शर्मा, पुष्पाराज शर्मा, होमनाथ सापकोटा र एक स्थान रिक्त रहेको छ। भने प्यानल प्रमुख अतिथि अर्जुन केसीले प्रस्तुत गर्नु भएको थियो।

त्यस्तै मोगापेर एरिया तर्फ दिल कुमार नेपालीको अध्यक्षतामा १३ पूर्ण ३ वैकल्पिक ५ सलाहकार गरी २१ सदस्यीय मोगापेर एरिया समितिको चयन गरेको छ। जस्मा उपाध्यक्ष अर्जुन हमाल, सचिव जीवन थापा, सह सचिव सिता घिमीरे, कोषाध्यक्ष सिता थापा, सदस्यहरू प्रेम गोतामे, कुमारी रायमाझी, निर्मला नेपाली, माया परियार, गोमा शर्मा, डोल बहादुर गुरूंग, रूपा रोकाय, यम कला नेपाली, वैकल्पिक सदस्य गिता नेपाली, रामकुमारी पुन, टेक बहादुर नेपाली, सलाहकार राज कुमार, लोकेश खड्का, मिना परियार, रूपा सुनार र सुनिता नेपाली रहनु भएको छ । प्यानल प्रस्तुत नगर अध्यक्ष राजु अधिकारीले गर्नु भएके थियो। नव निर्वाचित समितिलाइ बधाई दिनेहरूमा समाजका केन्द्रीय महासचिव महेन्द्र वस्याल, क्षेत्रीय अध्यक्ष हेमराज रिजाल, चेन्नई पश्चिम नगर अध्यक्ष राजु अधिकारी, केन्द्रीय सदस्य सुनिता बस्याल र केन्द्रीय सदस्य माया थापा रहनु भएको थियो। भने कार्यक्रमको संचालन देवी रिजालले गर्नु भएको थियो ।


