अमृत के.सी
हरियो वन, नीलो आकाश,
हाम्रो धर्ती, हाम्रो सास।
तर आज चिसो छन् उसको मन,
दुषित बन्यो उसका तन।
रूख काट्यौं, खोला सुखायौं,
स्वार्थमा हामी अगाडि बढ्यौं।
प्लास्टिकले छोप्यौं धरतीको काख,
अब त त्यसले गर्छ करुण चित्कार।
हे मानव, अझै समय छ,
सच्याऊ अब आफ्नो चलन र रीत।
रूख रोप, पानी जोगाऊ
पृथ्वीलाई देऊ नयाँ जीत।
कसम खाऊ पृथ्वी बचाउने,
आफ्ना सन्तति हाँसाउने।
यो धर्ती हाम्रो माया हो,
यसलाई बचाउनु धर्म र कर्तव्य हो।
Comments

