पान्डिचेरी । अखिल भारत नेपाली एकता समाज पान्डिचेरी न.स. त्रिभुवनि ए.स.को आयोजनामा १३६ औ अन्तरास्ट्रिय मजदुर दिवस साथै २३औ वार्षिक एरिया सम्मेलन सम्पन्न भएको छ । गोपाल राउतको अध्यक्षतामा कार्यक्रम सन्चालन रमेश थापाले गर्नुभएको थियोे । एकमिनेट मौनधारण पछि,जनमानसलाई शब्द द्वारा नगर समिति उपाध्यक्ष कुमारी थापाले स्वागत गर्नु भएको थियो । पुण ब. खड्काले मन्तव्य राख्नुभएको थियो । १ मजदुर दिवसबारे र एकता समाजको लक्ष्य र उद्देश्य बारे के.स. सदस्य राजु थापाले स्पष्ट पार्नु भएको थियो । सम्मेलनले गोपाल राउतको अध्यक्षता ९ पुर्ण र २ वैकल्पिक गरी ११ सदस्यीय समिति गठन भएको छ ।
Comments

