बेङ्गलोर।अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिको आयोजनामा १३६ औँ अन्तराष्ट्रिय श्रमिक दिवस मनाइयो। कार्यक्रमको अध्यक्षता अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिका अध्यक्ष राम दत्त पाण्डेले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नगर समितिका कोषाध्यक्ष शिवराम वि.क. ले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाज केन्द्रीय उपाध्यक्ष किसन बहादुर बिक , विशेष अथिति केन्द्रीय सचिव रामसिंह बिक, हाँक साप्ताहिक कर्नाटकका प्रतिनिधि करन दयाल, केन्द्रीय सदस्य सेर बहादुर दयाल, केन्द्रीय सदस्य तथा रक्तिम सांस्कृतिक विभागका केन्द्रीय सदस गणेश वि.क, महिला केन्द्रीय विभाग सदस्य तथा बेङ्गलोर दक्षिण महिला विभागकी अध्यक्ष कलावती दयाल, महिला केन्द्रीय विभाग सदस्य तथा बेङ्गलोर दक्षिण महिला नगर विभागकी सचिव मिना विक, विद्यार्थी केन्द्रीय सदस्य प्रतिभा विक , दक्षिण भारत क्षेत्रीय समितिका वसन्ती विक, सुन्दरी कोली जनक विक, द्रोपती विक , हिरा ओडको अथितत्या रहेको थियो अथिति आशन ग्रहण पछि देश र जनताको लागि शहादत प्राप्त गर्नुभएका सहिदहरू प्रति एक मिनेट मौनधारण गरिएको थियो।
मौनधारण पश्चात उपस्थित जनसमुदायलाई शब्द बाट अर्जुनभाटले स्वागत गर्नुभएको थियो भने गीत र संगीतबाटरक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले स्वागत गर्नु भएको थियो । स्वागत मन्तव्य पछि केन्द्रीय उपाध्यक्ष किसन बहादुर बिक ले अन्तराष्ट्रिय श्रमिक दिवस औचित्य बारे स्पष्ट पार्दै अन्तराष्ट्रिय श्रमिक दिवस संसारमा हरेक वर्ष मई १ मा मई दिवस अथवा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ। यो दिवसले सर्वसाधारण जनतालाई र श्रमिकहरूलाई नयाँ समाज निर्माणमा श्रमिकहरूको योगदान तथा ऐतिहासिक श्रम आन्दोलनको स्मरण गराउँदछ।
सबभन्दा पहिले सन् १८८९ मा समाजवादी समूह ट्रेड –यूनियनको एक अन्तर्राष्ट्रिय महासंघले शिकागोमा भएको ‘हे मार्केट घटना’ –१८८६० लाई स्मरण गरेर श्रमिकहरूको समर्थनमा १ मई दिवस मनाउन थालिएको हो।
१ मई १८८६ मा भएको शिकागोमा भएको हड्ताल आक्रामक थियो। शिकागो त्यसबेला जुझारू वामपन्थी मजदूर आन्दोलनको केन्द्र बनेको थियो। शिकागोमा ८ घण्टा कार्य दिवसको माग गरेर हड्ताल शुरू भयो। त्यसबेला मजदूर कठोर परिस्थितिमा काम गर्न बाध्य थिए। उनीहरू १५ देखि २० घण्टासम्म कम तलबमा काम गर्थे।
१ मई शिकागोमा मजदूरहरूको एक विशाल बाढी मारियो र संगठित मजदूर आन्दोलनको आव्हानमा शहरका सम्पूर्ण कारखाना बन्द गरियो र उपकरणहरू लाई ठप्प बनाइयो। मजदूर आन्दोलनमा कहिल्यै पनि वर्गीय एकताको यति शानदार र प्रभावकारी प्रदर्शन भएको थिएन। यो आन्दोलनले मजदूर वर्गको लडाइँको इतिहासमा एक नयाँ अध्याय थपिदियो।
यो आन्दोलनको क्रममा शिकागो प्रशासन र कारखाना मालिक चुप बसेनन्। ४ मई शिकागो को हे मार्केट स्क्वायरमा जम्मा भएका मजदूरहरू माथि गोली चलाउन शुरू गरियो, यसपछि पुलिस र मजदूरहरूको बीचमा हिंसात्मक झडप शुरू भए, जसमा ४ जना नागरिक र ७ जना पुलिस अधिकारीहरूको मृत्यु भयो भने सयौं मजदूर हरू घाइते भए। धेरैलाई गिरफ्तार गरियो। श्रमिक अधिकारको उल्लंघनको विरोध गरिरहेका र कामको घण्टा कम गर्ने र ज्याला बढाउने माग गरिरहेका धेरै मजदूरहरूलाई गिरफ्तार गरियो र आजीवन कारावास तथा मृत्युदण्डको सजाय दिइयो।
सन् १८८९ मा समाजवादी र श्रमिक पार्टीहरू द्वारा निर्माण गरिएको संस्था दोस्रो अन्तर्राष्ट्रिय १ मई लाई अन्तराष्ट्रिय श्रमिक दिवसको रूपमा मनाउने घोषणा गरेको थियो।
नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको थियो । तर २०६४ सालदेखि अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन सरकारले आधिकारिक रुपमा सार्वजनिक विदा दिन थालेको थियो । बताउन भयोे। कार्यक्रममा शुभकामना दिनेहरुमा स्याम बहादुर परियार, बोम बहादुर परियार, मोहन लाल परियार, ललिता चन्द,बिमला पाण्डे , गिता वक,रहनु भएको थियो।अन्तमा कार्यक्रम समारोहका अध्यक्ष राम दत्त पाण्डेले विसर्जन गर्नुभएको थियो।


