अमृतकुमार केसी
भिवाडी । अखिल भारत नेपाली एकता समाज, भिवाडी नगर समितिको अन्तर्गत महिला विभागको आयोजनामा १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस भव्य रूपमा सम्पन्न गरिएको छ।कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष श्री अमृतकुमार के.सी.ले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा केन्द्रीय सदस्य बाबुराम बस्नेत र विशेष अतिथिमा महिला केन्द्रीय सदस्य कल्पना के.सी., महिला क्षेत्रीय सदस्य कमला खड्का, बिनिता खड्का, नगर महिला सदस्यहरू उजेला बस्नेत, निर्मला थापा, कमला थापा र हिरा थापा रहनुभएको थियो।
महिला अध्यक्ष कल्पना के.सी.को सञ्चालनमा कार्यक्रम अघि बढाइएको थियो। कार्यक्रमको प्रारम्भमा ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जलि स्वरूप एक मिनेट मौन धारण गरिएको थियो।विभिन्न वक्ताहरूले श्रमिक समुदायको वर्तमान अवस्था र भविष्यको दिशा सम्बन्धमा आफ्ना विचार राख्दै समग्र समाजको विकासका लागि श्रमिक, महिला, युवती तथा बालिकाहरूको सर्वाङ्गीण विकास अपरिहार्य रहेको औंल्याएका थिए।
भाषणका क्रममा वक्ताहरूले भिवाडी निवासी श्रमिक तथा महिला समुदायको एकता र संगठित प्रयास नै सिङ्गो समाजको समुन्नतिका लागि महत्त्वपूर्ण रहने धारणा राखेका थिए।अन्त्यमा कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक समापन गरिएको थियो।

